Saturday, October 22, 2016

नेपाल साहित्यिक पत्रकार सङ्घको प्रथम पूर्ण वैठक सम्पन्न


नेपाल साहित्यिक पत्रकार सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन पश्चातको प्रथम पूर्ण वैठक यही २०७३ साल कार्तिक ६ गते नुवाकोटको ऐतिहासिक दरवार परिसरमामा सम्पन्न भयो । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा सङ्घका पूर्व  अध्यक्ष रोचक घिमिरेको पनि उपस्थिति थियो । बैठकले -

१)   सात सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ । सल्लाहकार समितिमा रोचक घिमिरे, कमल दीक्षित , चुडामणि रेग्मी , शिव रेग्मी , डि. आर. पोखरेल , नरेन्द्रबहादुर श्रेष्ठ र  बिरबहादुर चन्द रहनुभएको छ ।

२)  तेह्र सदस्यीय सचिवालयको गठन गरेको छ।सचिवालयमा अध्यक्ष- नगेन्द्रराज शर्मा, वरिष्ठ उपाध्यक्ष- मातृका पोखरेल, उपाध्यक्षहरु- - वियोगी बुढाथोकी , लक्ष्मी उप्रेती , रामप्रसाद पन्त, नवराज पुडासैनी 'ज्योत्स्ना' , महासचिव- मोहन दुवाल, उप - महासचिव - चेतनाथ धमला, सचिवहरु - यादव भट्टराई र होमशङ्कर बास्तोला र कोषाध्यक्ष - नवराज रिजाल र सदस्यहरुबाट गणेश राई र लक्ष्मी भट्टराई रहनुभएको छ ।

३)  नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय समितिमा बाँकी रहेको रिक्त पदमा साहित्यिक पत्रकार माधव पोखरेललाई मनोनयन गरेको छ । अब केन्द्रीय समितिको संख्या ३५ सदस्यीय भएको छ।

४) आगामी फागुन महिनाभित्र भारतको बनारसमा ' नेपालको साहित्यिक पत्रकारितामा बनारसको योगदान ' विषयक गोष्ठी गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकारहरु रचना साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र उदय साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ । 

सोही दिन नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजना र नुवाकोट साहित्य प्रतिष्ठान ,नेपालको सह- आयोजनामा नुवाकोटको विदुरमा  ' नुवाकोटेली साहित्यिक पत्रकारिता विगत र वर्तमान ' सम्बन्धी बिचार गोष्ठी सम्पन्न भयो । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको प्रमुख अतिथी सङ्घका  पूर्व  अध्यक्ष रोचक घिमिरे हुनुहुन्थ्यो । युवा समालोचक एवं प्रगतिशील लेखक सङ्घका केन्द्रीय महासचिव आर.एम. डंगोलको कार्यपत्र रहेको उक्त गोष्ठीमा वियोगी बुढाथोकी, मातृका पोखरेल , रामप्रसाद पन्त, श्रीराम श्रेष्ठ आदीले बोल्नुभएको थियो। 

==========================================

कान्तिपुर दैनिक, वर्ष-२४,अङ्क -२४५ , २०७३ साल कार्तिक ८ गते 





































































































































































































No comments:

Post a Comment