Tuesday, July 5, 2016

आलेखन - वर्ष: ६ पूर्णाङ्क : २





साहित्यिक पत्रकारिता विषयक अनुसन्धानात्मक पत्रिका
आलेखन
  वर्ष : ६            पूर्णाङ्क : २                  २०७३ साउन

प्रधान सम्पादक 
मातृका पोखरेल

सम्पादक मण्डल 
लक्ष्मी उप्रेती
आर.एम. डङ्गोल
नवराज रिजाल
नवराज पुडासैनी ‘ज्योत्स्ना’

कार्यकारी सम्पादक
चेतनाथ धमला

प्रकाशक
नेपाल साहित्यिक पत्रकार सङ्घ
केन्द्रीय कार्य समिति
काठमाडौँ

मूल्य रु..........

आवरण सज्जा
वसन्तराज अज्ञात
(साथी कम्प्युटर)


मुद्रण
शब्दघर छापाखाना
वागबजार, काठमाडौँ


नेपाल साहित्यिक पत्रकार सङ्घ
दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित सल्लाहकार तथा
केन्द्रीय कार्य समिति (२०६८)

केन्द्रीय सल्लाहकार
अमर गिरी
ईश्वरचन्द्र ज्ञवाली
कमलमणि दीक्षित
कृष्ण प्रसाईं
चूडामणि रेग्मी
नगेन्द्रराज शर्मा
नरनाथ लुइटेल
नरेन्द्रबहादुर श्रेष्ठ
लोकबहादुर थापा मगर
वियोगी बुढाथोकी
डा. विष्णुविभु घिमिरे
शिव रेग्मी
हरिगोविन्द लुइटेल

केन्द्रीय समिति
अध्यक्ष
रोचक घिमिरे
उपाध्यक्ष
आर.सी. रिजाल
मातृका पोखरेल
लक्ष्मी उप्रेती
वासुदेव अधिकारी
ज्ञानुवाकर पौडेल
महासचिव
मोहन दुवाल
सचिव
चेतनाथ धमला
कोषाध्यक्ष
नवराज पुडासैनी ‘ज्योत्स्ना’
सदस्य
अशोक सुवेदी
आर.एम. डङ्गोल
इरान राई ‘सेवक’
कृष्णराज सर्वहारी
गणेश भण्डारी
गणेश राई
घनश्याम कँडेल
ठाकुर बेलवासे
डी.आर. पोखरेल
दीपसागर पन्त
धीरेन्द्र प्रेमर्षि
नवराज रिजाल
प्रकाश सिलवाल
भगतदास श्रेष्ठ
भरत भारद्वाज
यादव भट्टराई
रामकुमार तामाङ
रामप्रसाद पन्त
विवश वस्ती
विष्णु भण्डारी
वीरबहादुर चन्द
शार्दुल भट्टराई
श्रीओम श्रेष्ठ ‘रोदन’
होमशङ्कर बास्तोला


सम्पादकीय


साहित्यिक पत्रिकाको इतिहास निकै लामो र गौरवमय छ । वि.सं.१९५५ सालमा प्रकाशित भएको ‘सुधासागर’ लाई साहित्यिक पत्रकारिताको पहिलो खुट्किलो मान्ने हो भने पनि अहिलेसम्मको साहित्यिक पत्रकारिताले ११७ वर्ष लामो यात्रा पूरा गरेको छ । साहित्यिक पत्रकारिताका ११७ वर्षको इतिहास साहित्यिक पत्रकारिताको वर्तमान अवस्थालाई हेर्ने हो भने निराशाको एउटा अत्यासलाग्दो पहाड हाम्रो अघिल्तिर उभिएको मात्र भेटिन्छ ।
समाजमा साहित्यलाई स्थापित गर्न र प्रभावकारी बनाउन साहित्यिक पत्रिकाहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । स्रष्टालाई समाजसँग जोड्ने पहिलो काम साहित्यिक पत्रिकाले नै गर्छ । अहिलेको डिजिटल दुनियाँमा स्रष्टा र समाजलाई जोड्ने कार्यमा विभिन्न विकल्पहरू अघिल्तिर आए पनि एउटा 
लामो कालखण्डसम्म स्रष्टाहरूले साहित्यिक पत्रिकाहरूसँग भर पर्नु शिवाय अर्को उपाय पनि थिएन । अहिलेसम्म पनि स्रष्टाका रचनाहरू समाज र पाठकसँग पु¥याउने कार्यमा सबैभन्दा अब्बल र महŒवपूर्ण भूमिका साहित्यिक पत्रिकाहरूकै रहेको छ ।
नेपालमा साहित्यिक पत्रिकाले स्रष्टा र समाजबीचको सम्पर्कलाई मात्र स्थापित गरेन । नयाँ चेतना र विचारलाई जनसाधारणको बीचमा लाने कार्य समेत ग¥यो । नेपालको प्रगति र रूपान्तरणमा साहित्यिक पत्रिकाहरूको महŒवपूर्ण हिस्सा थियो र छ । पत्रकारिताको जग बसाल्ने साहित्यिक पत्रिका यतिबेला समाचार पत्रकारिताको छायामा परेको सर्वत्र महसुस भइरहेको छ । आजको पत्रकारिताले साहित्यिक कर्मलाई सहयोगी मान्नुभन्दा पनि उपभोगको क्षणिक वस्तुका रूपमा ग्रहण गरेको आभास हुन्छ । परिणाम स्वरूप साहित्य र पत्रकारिता दुवै कुराको अवमूल्यन भइरहेको छ । मानौँ साहित्यिक पत्रकारिता र समाचार पत्रकारितामा एउटा खाडल पैदा भइरहेको छ । यतिबेला समाचार पत्रकारिता केही बलियो र शक्तिशाली बनेको हतियारका रूपमा रूपान्तरित भइरहेको छ भने साहित्यिक पत्रकारिता दमित वर्गको एउटा निरीह  आवाजको प्रतिनिधित्व गरिरहेको मात्र बोध हुने गरेको छ । यो दमित आवाजलाई सुन्न कोही पनि तयार भएको देखिँदैन । तर साहित्यिक पत्रकारिताको अघिल्तिर एउटा गौरवशाली इतिहास छ । जसका कारण मानिसहरू साहित्यिक पत्रकारिताको गौरवशाली इतिहासलाई सोच्न बाध्य हुने छन् ।
कुनै समय समाचार पत्रकारिताको मूल जग पनि साहित्यिक पत्रकारिता नै थियो । समय क्रममा दुवैमा कामका प्रकृतिहरू फरक फरक हुँदै गए । यतिबेला समाचार पत्रकारिताले मानिसहरूमा सूचना सहित सामान्य ज्ञान दिने कार्य गरेको छ भने साहित्यिक पत्रकारिताले सांस्कृतिक चेतना सहितको विशिष्ट ज्ञान दिने कार्य गरेको छ । यी दुवै पत्रकारितामा आआफ्ना विशिष्ट  भूमिकालाई ख्याल गरेर साहित्यिक पत्रकारिता र समाचार पत्रकारिताको महŒवलाई सबैतिरबाट मनन गर्न जरुरी छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना पश्चात् साहित्यिक पत्रकारिताको हकहितका लागि महŒवपूर्ण कार्यहरू सम्पन्न भएका छन् । यही संस्थाको अगुवाईमा नेपाल सरकारले साहित्यिक पत्रिकाहरूलाई वर्गीकरण प्रणालीमा लग्यो । अझै पनि हाम्रा अघिल्तिर साहित्यिक पत्रकारिताका चुनौतीहरूको पहाड गजधम्म बसेको छ । पक्कै पनि यी चुनौतीहरूलाई पर्गेल्न सजिलो छैन । साहिहित्यक पत्रकारितामा समय खर्चनेहरूको सामूहिक प्रयत्न विना यो काम सम्भव पनि छैन । सबै साहित्यिक पत्रकार एवम् यसप्रति सद्भाव राख्ने सबैले ध्यान पु¥याउन जरूरी छ ।
‘आलेखन’ को यो अङ्क ढिलो गरी पाठकहरूसामु हामीले ल्याएका छौँ । यसका लागि हामी सबैसँग क्षमा माग्न चाहन्छौँ । यस अङ्कका लागि सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको आशा एवम् विश्वास राख्दछौँ । आगामी अङ्कको लागि उचित सुझावको अपेक्षासहित ।

मातृका पोखरेल
प्रधान सम्पादक



विषय सूची
लेख /संस्मरण
पर्वत जिल्लाको साहित्यिक गतिविधि
  इन्द्रकुमार विकल्प ÷७
साहित्यिक पत्रकारितामा “गजल” साहित्यिक पत्रिकाको भूमिका
  इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ ÷१७
शारदाको कथा
  ऋद्धिबहादुर मल्ल ÷२६
साहित्यिक पत्रकारिताको विकास क्रममा झापा
  चूडामणि वशिष्ठ ÷३२
साहित्यिक पत्रकारिताको विकास क्रममा झापा ः एक टिप्पणी
  पुण्य खरेल ÷४४
साहित्यिक पत्रकारिता ः एक दृष्टिकोण
  चेतनाथ धमला ÷४९
पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास
  दधिराज सुवेदी ÷५७
पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास ः एक टिप्पणी
  प्रा.डा. गोपाल भण्डारी ÷७५
पश्चिमाञ्चलको साहित्यिक पत्रकारितामा धवलागिरि अञ्चल
  प्रेम छोटा ÷८५
लोकतन्त्रमा पनि उपेक्षित साहित्यिक पत्रकारिता
  रोचक घिमिरे ÷९४
अनलाइन साहित्यिक पत्रकारिता ः चुनौती र समस्या
  वासु श्रेष्ठ ÷९७
“अनलाइन साहित्यिक पत्रकारिता ः चुनौती र समस्या” नामक कार्यपत्रमा मेरो टिप्पणी
विक्रम सुब्बा ÷१०९
सत्यमोहन विशेषाङ्कका कथा
   वासुदेव अधिकारी ÷११२
ताप्लेजुङका पत्रपत्रिकाको सङ्क्षिप्त इतिहास
 हेमराज अधिकारी ÷१२६

अन्तर्वार्ता
साहित्यिक पत्रपत्रिकामा नारीले निरन्तरता दिनुपर्छ
भुवन ढुङ्गाना ÷१३६
साहित्यिक पत्रिकामाथि भेदभाव भएको छ
मोहन दुवाल ÷१४०



पर्वत जिल्लाको साहित्यिक गतिविधि
  इन्द्रकुमार विकल्प


नेपाली साहित्यको विशाल भण्डारमा पर्वत जिल्लाको साहित्यलाई समावेश गर्दा जिल्लाका आदिवासी मानवसँगै लोकसाहित्यबाट सुरुवात भई आफ्ना मनका भावहरूलाई मौखिक रूपमा अभिव्यक्त गरेर एक पुस्ताबाट अर्को पुस्तामा रूपान्तरित हुँदै आइरहेको पाइन्छ । युगौँदेखि चल्दै आएका लोकगाथाहरू, कथा, कहानी, गाउँखाने कथा, चुट्किला, उखान टुक्काहरू, लोकगीत, असारेगीत, दाइँ गीत, तीजका गीत, देउसी–भैलो, गन्धर्व गीत आदिबाट साहित्यलाई संरक्षण प्राप्त भएको पाइन्छ । 
पर्वत जिल्लाको लिखित साहित्यिक इतिहासलाई सरसर्ति दृष्टिगत गर्दा नेपाली साहित्यको आधुनिक कालमा आएर मात्र पर्वतका साहित्यकारहरूले साहित्य सिर्जना गरेको देखिन्छ । 
‘शारदा’ साहित्यिक पत्रिका वि.सं.१९९२ को प्रकाशनपछि गोमादेवी उपाध्यायले वि.सं.१९९४ मा ‘जलन’ शीर्षकको कविता प्रकाशन गरेर साहित्यिक फाँटमा पर्वत जिल्लाको पहिलो साहित्यिक व्यक्ति, भएको देखिन्छ । शारदा’ पत्रिकामै वि.सं.१९९६ मा कृष्णबम मल्ल ‘बच्ची’ कथा लिएर देखा परे भने पुस्तककारको रूपमा ‘उजेली छामा’ उपन्यास, ‘पागल दुनियाँ’ नाटक (२००८) लिएर मोहनबहादुर मल्लको उदय भएको देखिन्छ । वि.सं.१९९४ मै जलन कविता प्रकाशन गरी साहित्यमा पदार्पण गर्ने गोमादेवी उपाध्यायका पुस्तकाकारको रूपमा धेरै समयपछि जलन कविता सङ्ग्रह (२०३७) प्रकाशन भयो । 
त्यसपछि साहित्यिक फूलबारीका फूलहरू (२०३७), बाँच्ने रहर (२०३९), मातृव्यथा (२०४१), चार नारी हस्ताक्षर–समालोचना (२०४२), कार्यशील महिलाको भूमिका–निबन्ध (२०४२), कवि म.वी.वी.शाहका काब्य प्रवृत्तिहरू– समालोचना (२०४२), पौराणिक नारी परिचय–(२०४८), मानव धर्म र आस्था–भजन कविता (२०५०), चाँदनी शाहको काब्यसंसार– समीक्षा (२०५०), इन्दु (२०५०), इन्दु 
(२०४२), तिरस्कृत आत्मा, (२०४३), अञ्जु (२०४६), आदि कविता खण्डकाव्य, समालोचनाका कृतिहरू प्रकाशित भइसकेका छन् र उहाँलाई एक स्थापित साहित्यकारको रूपमा नेपाली साहित्यिक इतिहासले स्वीकारेको छ । 
‘शारदा’ पत्रिका मार्फत १९९६ वि.सं. मा बच्ची कथा लिएर उदाउनुभएका कृष्णबम मल्ल गुरुजीको मलामी (२००९), देवता (२०१८), श्री ५ रामशाहको न्याय (२०४१) कथा सङ्ग्रह प्रस्तुत गरी नेपाली साहित्यको कथा विधामा उत्कृष्टता हासिल गर्ने मल्लको योगदान ठूलो रहेको पाइन्छ । 
पुस्तकाकारको रूपमा पहिलो पुस्तक प्रदान गरेर योगदान पु¥याउनुहुने मोहनबहादुर मल्ल नेपाली साहित्यको उपन्यास विधाका सशक्त साहित्यिक हस्ताक्षर मानिनुहुन्छ । ‘पागल दुनियाँ नाटक’ (२००८), ‘उजेली छामा’, (२००८), ‘माया रानी’, (२००९) ‘बहादुर नजर (२०२६), ‘बाइसे–चौबिसे–इतिहास’ (२०३२), ‘पञ्चायत’ (२०१०), ‘समयको हुरी’ (२०१६), ‘भूमरी’ (२०१६) ‘जेली’ (२०३९), ‘रामछाँया’–२०६२ (मृत्युपछि) उपन्यास र त्रिफला (२००९), कथा सङ्ग्रहका साथै सिंजा इतिहासको डोरेटो (२०३४) जस्ता थुप्रै ऐतिहासिक पुस्तक तथा लेखरचनाहरू प्रदान गर्नु भई नेपाली साहित्यकै इतिहासमा अविस्मरणीय रहनु भएको छ । 
२०११÷०१२ सालमा किसान गीता लिएर कालीभक्त पन्तको उदय भए पश्चात् ‘पश्चिम चार नं. को इतिहास’ (२००९), ‘हाम्रो राष्ट्रिय कर्तव्य र दर्शन’ (२०१७), ‘हाम्रो संस्कृति र इतिहास’ (२०१८), ‘हाम्रा गीत सुधारको बाटो’, (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भ वध’ (२०५०) पुस्तकहरू प्रकाशन भएको देखिन्छ । उहाँका लेखरचनाहरू इतिहास, लोक साहित्य, संस्कृतिको उत्थानमा समर्पित देखिन्छन् । नेपाली संस्कृतिप्रेमीहरू माझ उहाँको नाम उच्च रहेको छ । 
२०१२ सालमा भवानीशङ्कर उपाध्यायले ‘अथसन्तमनोञ्जरी कवितावली’ धर्म सम्बन्धी कविता सङ्ग्रह ‘श्री शिवगीता’ (२०१२) र ‘नीतिज्ञान’ (२०२६) पुस्तक प्रकाशित गरेर सन्तोष नै सुख र आनन्द हो भन्ने कुराको पुष्टि गरेका छन् । २०२० सालमा ‘गिरिवर धारण’–खण्डकाव्य, ‘वामनावतारम्’–संस्कृत नाटक (२०२५) प्रकाशित गर्ने नारायणप्रसाद उपाध्याय एकैचोटि ‘त्रिजन्मा’–महाकाव्य लिएर २०५० साल र ‘अनमोल’ (कविता सङ्ग्रह २०५९) लिएर उपस्थित भएका छन् । २०२२ सालमा ‘भुमिसुधारको सवाई’ प्रकाशित गर्ने यज्ञप्रसाद सुवेदीका ‘कल्पना सङ्ग्रह (प्रथम भाग –२०२४, दोस्रो भाग –२०२७, तेस्रो भाग –२०५७) –कविता सङ्ग्रह, र ‘भानुभक्त रामायण लोक भजनमाला’ 
(२०५६), ‘धार्मिक उदाहरणमाला’ (२०५६), ‘कृष्ण चरित्र’ (२०५६), २०४६ को ‘जनआन्दोलन र ठूलीपोखरी चिनारी’ (२०५७) आदि पुस्तकहरू प्रकाशनमा आएका छन् । 
त्यसैगरी टीकाराम उपाध्याय अर्यालको ‘राष्ट्रनायक श्री ५ महेन्द्रको वाराणसी विदाइको एक झलक’–यात्रा (२०२२), ‘नेपालको इीतहासमा शाह वंशको देन’ इतिहास (२०३३), ‘नेपालको मुलुकी प्रशासन र प्रशासनिक सुधारहरू’–राजनिति (२०४०), ‘संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनामा शाही नेपाली सेनाको सक्रिय योगदान’ (२०४२), ‘भावनाको तरङ्ग’ (कविता सङ्ग्रह (२०५९) प्रकाशित भएको पाइन्छ । 
२०२३ सालमा ‘टुसा’ कविता सङ्ग्रह लिएर दण्डपानी शर्मा देखा पर्नु भएको छ । २०२७ सालमा ‘गुप्तेश्वर खण्डकाव्य’ प्रकाशन गरेर साहित्यिक यात्रा थाल्नुहुने शान्तिनारायण श्रेष्ठका ‘झङ्कार’ (२०५६), ‘विसङ्गति’ (२०५६), ‘स्पन्दन’ (२०५६), ‘बैँसका सुसेलीहरू’ (२०५७), ‘बाडुल्की’ (२०५७), ‘स्मृतिका लहरहरू–शोककाव्य’ (२०६०), ‘अनुभूति’ (गजल सङ्ग्रह, २०६०), ‘अवतरण’–हाइकु सङ्ग्रह (२०६१) ‘अनावरण’ (ताड्का सङ्ग्रह) २०६२, ‘संस्मरण’ (नियात्रा) २०६२, ‘अजम्मरी माया’ (गजल सङ्ग्रह) २०६३, ‘अन्तध्र्वनि’ (चोका सङ्ग्रह) २०६४, ‘खाटा बस्न नसकेका घाउहरू’ (मुक्तक सङ्ग्रह) २०६६, ‘अपेक्षा’ 
(सेदोका सङ्ग्रह) २०६७, ‘भावावेश’ (मुक्तक सङ्ग्रह) आदि कविता सङ्ग्रह प्रकाशित भएका छन् ।
२०२९ सालमा श्यामानन्द पौडेल ‘पर्वत लहरी’ लिएर उदाए । उनका अन्य कृतिहरूमा ‘शान्तिक्षेत्र नेपालको राष्ट्र मञ्जरी’ (२०४१), ‘गीता लहरी’ 
(२०४९) ‘करुणामयी नारी’ (२०५६) रहेका छन् । २०३३ सालमा ‘उपर्युक्त कठिनाई उपन्यास’ लिएर चन्द्रप्रकाश मल्ल देखा परेका छन्, २०३७ सालमा ‘धौलागिरिको कोपिला’ लिएर दयाराम रिजाल उदाएका छन् । 
२०३८ सालमा ‘सम्वेदना औ सम्वेदना’ कविता सङ्ग्रह प्रकाशन गरी नेपाली साहित्यमा परिष्कारवादी साहित्यको थालनी गर्ने साहित्यकार अविनाश श्रेष्ठका ‘परेवा सेता काला’ (२०४१), अनुभूति यात्रामा (२०४७), ‘अश्वस्थामा हतोहत’ (२०५०), ‘तानिया इन्द्रकमल र अन्धकार’, ‘काठमाडांँ हेर्र्र्नुहोस् यस सहरलाई’ आदि कथा, कविता, गीत, नाटकहरू प्रकाशित र प्रदर्शित भइसकेका छन् भने उहाँ एक सफल फिल्मी कथा लेखक, पटकथा÷संवाद लेखकको रूपमा नेपाली साहित्यको इतिहासमा स्थापित हुनुभएको छ । 
२०४१ सालमा ‘समालोचनको बाटोमा’ समालोचनात्मक कृति लिएर उदाउनुभएका हिरामणी शर्मा पौड्यालले ‘बोटे भाषाको अध्ययन’ (२०४२), ‘कुमाल भाषाको अध्ययन’ २०४३, पर्वते भाषाको स्वरूप र संरचना (२०४४), ‘परिक्रम’ (२०४४), ‘रचना विवेचना’ (२०४६) आदि कृतिहरू लिएर समालोचनाको फाँटमा नेपाली साहित्यको ठूलो योगदान गर्नु भएको छ ।
२०४१ सालमा ‘स्वयम् ज्योतिषी’ ज्योतिष शास्त्र ‘सिद्घार्थ’ –खण्डकाव्य 
(२०४३), ‘नेपाली कविता कुसुम‘–कविता (२०४२), ‘किसान’–खण्डकाव्य (२०४१), ‘पूर्वीय र पाश्चात्य एकाङकीको विकास’–२०४२ ‘कविताकुञ्ज’ –कविता 
(२०४२), ‘मेरो जेलयात्रा’–जीवनी (२०४२), ‘पर्दा भित्रको जिन्दगी’–नाटक (२०४३), ‘ग्रह शन्ति क्यूँ’–शिक्षा (२०४७) लिएर देखा पर्नुहुने बलराम उपाध्याय रेग्मी साहित्यकार र ज्योतिषलाई समानुपातिकरूपमा अगाडि बढाइ रहनुभएको छ । 
२०४३ मा रत्नराज पाण्डेको ‘नेपालमा वैयक्तिक स्वन्तत्रता कानुन’ प्रकाशित भएको छ । त्यसैगरी २०४३ सालमा प्रवासमा रहेर पनि खड्कराज गिरीको ‘रूप प्रतिरूप’ (कथा सङ्ग्रह), ‘अभाव (कथा सङ्ग्रह, १९९२ इ.सं.) ‘कथादेखि पर’ कथा सङ्ग्रह (१९९८ इ.सं.) लगायत हिन्दी तथा नेपाली भाषामा पुस्तकहरू अनुवाद गरेको पाइन्छ । 
२०४४ सालमा ‘सम्झनाका डोबहरू’ कविता सङ्ग्रह प्रकाशित गर्ने इन्द्रकुमार ‘विकल्प’को मनका खुसीहरू (कविता सङ्ग्रह, २०५२), ‘स्व.मोहनबहादुर मल्लको जीवनी’ (२०५५), ‘दुई आत्माको मिलन’ (उपन्यास, २०५६) र ‘भुल्काहरू’ (मुक्तक सङ्ग्रह, २०५८), ‘सर्वदलीय घर’ (लघुकथा सङ्ग्रह (२०६०), ‘लालीगुराँस फुल्ने मन’ (२०६२, गजल सङ्ग्रह), ‘बैँसका रहरहरू’ (कथासङ्ग्रह–२०६३), ‘निस्तो सम्झौता’ (कथासङ्ग्रह – २०६४), ‘जिगीषा’ (हाइकुसङ्ग्रह –२०७०) प्रकाशित भएका छन् ।
२०४५ सालमा ‘युवायुवतीलाई’ लिएर हरिहर पोखरेल र ‘दीपक’, ‘प्रणय वियोग’ खण्डकाव्य लिएर टीकाराम शर्मा पौडेलको उपस्थित भएको देखिन्छ । २०४६ सालमा ‘युधिष्ठिरको कुकुर’, ‘भावसङ्केत’–१ (२०५१), ‘डाँफेका प्वाँखहरू’ (२०५२),‘कवि र उनी’ (२०६४), सृजना गर्ने साहित्यकार लक्ष्मीराज शर्मा पौडेलको रचनाहरू पत्रपत्रिकामा पढ्न पाइन्छन् । 
टुकनाथ रेग्मी २०४८ सालमा ‘सृजनाका धुनहरू’ गीत, कविता,कथा सङ्ग्रह र‘बेलूराम’ खण्डकाव्य–२०६८ लिएर देखा परे भने ‘सङ्घर्ष’ उपन्यास लिएर कपिलमणी रेग्मी र ‘सङ्कीर्तन भक्तिकुञ्जन’ –धर्मशास्त्र लिएर घनश्याम उपाध्यायको पदापर्ण भयो । 
कुशुमाकर न्यौपानेले कास्की जिल्लामा प्रचलित लोकगीतमा ‘वृक्ष, वनस्पति र वन’–लोकगीत खोजमूलक पुस्तक (२०४९) मा प्रकाशित भएपछि ‘पैयँुखोले लोकगीतको सङ्कलन, वर्गीकरण र विश्लेषण’(२०४४), ‘सामुदायिक वनविकासका प्रचारप्रसारमा कास्की जिल्लाका लोकगीतको भूमिका’–(२०४८),‘पोखरेली उखानको सङ्कलन’ र अध्ययन–(२०५३), ‘पोखरेली गाइने जातिमा प्रचलित लोक गीत एक अध्ययन (२०६०), ‘गन्धर्व जातिको लोकसाहित्य र प्रदर्शनकारी लोककलाको अध्ययन’ (२०६२), ‘गोपीचन लोकनाटक’ (२०६५), ‘लोकरामायण’ (२०६५), ‘पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन’ ‘शोधप्रबन्ध’ 
(२०६६), ‘लुम्बिनी अञ्चलको पहाडी जिल्लाका भाषाभाषी, श्रुतिपरम्परा एवं प्रदर्शनकारी लोककलाको अध्ययन (२०६७), गण्डकी अञ्चmका गन्धर्व जातिमा प्रचलित बाल लोकगीतहरूको अध्ययन’ (२०६७), ‘कस्केली जातजाति र उखान’ 
(२०६९), ‘दशावतार बालन’ लोकनाटक (२०६९) प्रकाशित गर्नुभयो । 
२०५० सालमा गोविन्द नेपालीको ‘सन्ध्या कुनै क्षण’–उपन्यास र कविता सङ्ग्रह प्रकाशित भएका छन् । नारायणप्रसाद जोशीका २०५२ मा ‘प्रजातान्त्रिक योद्घाको आत्मकथा’(२०५४) मा ‘तपोभूमि’, ‘तिखापुख जोशीको वंशावली’ आदि प्रकाशित भएको देखिन्छ । २०५३ मा साधना प्रतीक्षाको ‘रगतको दुई रङ्ग’ कथा सङ्ग्रह प्रकाशित भएपछि र ‘अतृप्त आकाश’ (२०६१) नदीका तिर्खाहरू 
(गजल सङ्ग्रह २०६८) प्रकाशित भएका छन् । २०५४ सालमा पं. नारायणप्रसाद पौडेलको ‘श्रद्घाञ्जली–सम्पा’, शोककाव्य, ‘सनातन धर्म परिचय’–सम्पा.धर्म 
(२०५५), ‘सर्वफलप्रद सवोत्तम सरल’–धर्म (२०६०) प्रकाशित भएको भेटिन्छ । २०५४ मा ‘अन्धो प्रेम’ उपन्यास, ‘एकरात’ उपन्यास (२०५५), ‘चर्चित नेपाली लोकगीत’ (२०५५), ‘राजकुमारी डायना’–जीवनी (२०५६) मा बाबुराम गिरीको उपस्थिति देखिन्छ । २०५५ मा जीवन पौडेलको ‘विश्व शान्तिको स्थापना’, हरिकृष्ण आचार्यद्घारा ‘स्वार्थ एक मात्रात्मक अध्ययन’ र मुरलीधर शर्मा पौडेलको‘श्रद्घाञ्जली’ (शोककाव्य), ‘पौडेल कुल स्मृति वंशावली’ (२०५७) शोक काव्य, ‘मातृस्मृति’ (शोककाव्य) प्रकाशित भएको पाइन्छ । 
२०५६ मा पूर्णबहादुर कार्की प्रतीक्षाको ‘भोका विरालाहरू’ –कथा सङ्ग्रह, खेमनाथ पौडेलको ‘हलिकी च्याम्थरी’– खण्डकाव्य, ‘आमा’ शोककाव्य –(२०५८) प्रकाशित भएको पाइन्छ । २०५७ मा बालुवाको मुठी कविता सङ्ग्रह, देश सधैँ रुने छैन कविता सङ्ग्रह (२०५९) लिएर भेषराज रिजाल उदाए । 
२०५७ मा ‘आफ्नै व्यथाहरू’– कविता सङ्ग्रह, प्रकाशित गरेपछि ‘पश्चातापको आँसु’ कथा सङ्ग्रह, ‘जीवनलीला’–खण्डकाव्य ,‘बूढो जवानी’ 
(२०५८), ‘कोपिला’ लघुकाव्य २०५९, ‘तीन युग एक कथा’–महाकाव्य (२०६०), ‘जीवनलीला–उपन्यास’ (२०६०), ‘काठमाडौँ देहरादुन –यात्रा विवरण’ (२०६०),‘म र मेराहरू–जीवनी’ (२०६०), ‘अग्नि ज्वाला’ –महाकाव्य (२०६९), ‘नियती’–उपन्यास (२०६९), ‘तन्नेरी हजुर बा’ –उपन्यास (२०६९), ‘माटो र बिरुवाले भोकलाग्यो भन्दछन्’ –कृषि काव्य (२०६१),‘मोहनीको मीठो म्वाइँ’ –कविता सङ्ग्रह (२०६२), ‘परिवर्तन’–कथा सङ्ग्रह (२०६३),प्रकाशित गर्नुहुने सदानन्द अभागिका थुप्रै कृषि सम्बन्धी पुस्तकहरू प्रकाशित भएका छन् । 
२०५८ मा कृष्णादेवी शर्माको ‘सुनाखरी’र ‘लालीगुराँसको देश’ कविता सङ्ग्रह (२०५८), ‘नारायणहिटी काण्ड’ कविता सङ्ग्रह (२०५९), अत्याचारी घर– गीत (२०५९) र ‘घरभेटी भाउजू’ कथा सङ्ग्रह,‘प्रजातन्त्रमा प्रश्नचिन्ह’ गीत सङ्ग्रह–२०६०, ‘स्मृतिको एक झिल्को’ खण्डकाव्य–(२०६२), ‘निर्झरणी’ गजल सङ्ग्रह –(२०६३), ‘सृष्टिसौगात’ छन्दोबद्घ कवितासङग्रह–(२०६५),‘क्रान्तिकारी’ विश्वेश्वर’ महाकाव्य(२०६९), प्रकाशित भएको छ । 
२०५८ मा भरत विवश पौडेलको कविता सङ्ग्रह,‘ओझेलको सुवास’, ‘सिमान्तरेखाहरू’ संयुक्त कविता सङग्रह– (२०६८), शङ्कर लामिछानेको ‘प्रेमकथा’ लघुउपन्यास (२०५८)मा प्रकाशित भएको छ ।२०५९ मा ‘बिदाइ’–नाटक लिएर उदाएका बाबुराम ‘शील’को गीत सङ्ग्रह–१ र भाइटीका (उपन्यास, २०६२) प्रकाशित भएको थाहा हुन आएको छ । २०५९ मा मञ्जु गुरुङको ‘हृदयका अक्षरहरू’ कविता सङ्ग्रह विष्णु अदिप्तको ‘परी’ बालकथा सङ्ग्रह झलक गुरुङ शिरीषको ‘कुहिरो भित्र’ लघुकथा सङ्ग्रह, थानेश्वर गौडेलको ‘गरिबको व्यथा’ खण्डकाव्य, मदन सापकोटाको कविता सङ्ग्रह ‘घायल जिन्दगी’ र छवि सुवेदीको ‘माटोको सन्देश’ (२०५९) कविता सङ्ग्रह, माटोको मन कविता सङ्ग्रह–(२०६१), प्रकाशित भएको छ ।
 २०६० सालमा केदारनाथ दास रेग्मीको ‘श्री सीताराम स्तुति’ – भजन र रामप्रसाद आचार्य पहाडीको ‘जन्जीर’ ( उपन्यास), विक्रम विवशको ‘पुष्पाञ्जली’, श्रीकृष्ण घायलको ‘नवी नमूना’ (खण्डकाव्य), ‘नमूना’ (उपन्यास) प्रकाशित भएका छन् भने कृष्णप्रसाद पराजुली ‘शिश’ु को भावकाव्य ‘रातो आँसु’ २०६०), ‘शिशुका कविता’– (२०६२), ‘तुलसीपत्र’ खण्डकाव्य, ‘ब्याकरणसोपान’ नव्यकाव्य–(२०६४) प्रकाशित भएको पाइन्छ । 
२०६१ सालमा अर्जुन उजाडको खण्डकाव्य, षडानन्द पौडेलको लघुकथा सङ्ग्रह ‘परिवेश’ र ‘बाउको बिहे’ निबन्ध सङ्ग्रह–(२०६२) प्रकाशन भएको पाइन्छ । २०६२ मा शोभाकान्त गौडेलको कविता सङ्ग्रह ‘म ढुङ्गो कसरी बनूँ’, सरस्वती शर्मा जिज्ञासुको ‘नारीको आह्वान’–गीति सङ्ग्रह(२०६१), हुस्सुभित्रको घाम गजल सङ्ग्रह– (२०६२) र दयाराम पौडेलको खण्डकाव्य ‘अश्रुधारा’ प्रकाशित भएका छन् । २०६२ मा नै यम ढुंगाना केसीको जीवनका लहरहरू कथा सङ्ग्रह, ‘बगैँचाका फूलहरू’ (कविता सङ्ग्रह)–२०६७, ‘धौलागिरीको काखबाट’– 
(२०६९),प्रकाशित भएको छ । गोपाल प्र. भुषालको खण्डकाव्य कुसुम– 
(२०६२), सालमा वैकुण्ठ भुसालको ‘हिमचुलीको देश’–कविता सङ्ग्रह, ‘न हाँसेको धर्ती’ कविता सङ्ग्रह–(२०६३), ‘ठूलो भाले’ एकाङ्की सङ्ग्रह –(२०६३) प्रकाशित भएको छ । त्यसरी नै रेणुका जिसी जलनको ‘जनलका अभिव्यक्तिहरू’ गजल सङ्ग्रह, रामचन्द्र रोदन र सुदिप आँसुको उपन्यास ‘पुनर्मिलन’, सुदिप क्षेत्री निर्दोषको ‘तिम्रो नासो’ उपन्यास, प्रेमगौतम (जिशिशिर) को ‘नङ्ले कोतरिएको दाग’–लघु उपन्यास प्रकाशित भएको छ । 
२०६३ मा गोविन्दप्रसाद भुषालको ‘आमा’ कथा सङ्ग्रह ,विक्रम विवशको ‘जेल जिन्दगी’ (गजल सङ्ग्रह) मिलन बिछोड कार्कीको ‘बिछोडका चोटहरू’ गजल सङ्ग्रह, रेनुका जी.सी. जलनको– ‘जलनका अभिव्यक्तिहरू’ प्रकाशित भएका छन् । २०६४ देखि पुस्तक प्रकाशन गर्नु हुने राजेन्द्र पहाडीका ‘महिलाविरुद्ध हिंसा–एक सामाजिक विवेचना’ (२०६६), शान्तिनारायण श्रेष्ठका कवितामा ‘समाजशास्त्रीय चिन्तन’ (२०६७), ‘सामाजिक सर्वेक्षणका लागि आधारभूत तरिकाहरू’ (२०६७),इन्द्रकुमार विकल्पका लघुकथा सङ्ग्रहको ‘सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली’ (२०६८), ‘नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय’ (२०६८), सहलेखन,‘नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका’ (२०६८), ‘नेपालमा महिला हिंसा’ (२०६९), ‘बोल्नेको पीठो बिक्छ’ (२०६९) कृति एवं विकास र साहित्य सम्बन्धी लेखरचनाहरू विभिन्न स्थानीय एवं राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएका छन् भने सङ्गीता आभाषको ‘किन दुख्छ मन अझै’ (गजल सङ्ग्रह), गणेशकुमार जि.सि को ‘अग्नियात्रा’ (कविता सङ्ग्रह) र ‘सिमान्त रेखाहरू’ (संयुक्त कविता सङ्ग्रह २०६८) प्रकाशित भएको छ । २०६४ मा नै हिराबहादुर के.सीको ‘रगतको होली’ (खण्डकाव्य) र ‘घर छोड्दाको रात’ (खण्डकाव्य २०६९) प्रकाशित भएको देखिन्छ । 
२०६५ मा ‘नगरा घन्कन्छ’ (गजल सङ्ग्रह) र ‘सिमान्त रेखाहरू’ (संयुक्त कविता सङ्ग्रह) प्रकाशित गरेका आर.के. अदीप्त गिरीको ‘शब्द सङ्गीत’ (संयुक्त गीत सङ्ग्रह–२०६२) पनि प्रकाशित भएको छ भने उषा आचार्यको ‘उषाका किरण’ प्रकाशित भएको छ । २०६६ मा मिलन पुर्जा स्पन्दनको ‘एकै नजर’ 
(गजल सङ्ग्रह) प्रकाशित भएको छ । २०६७ मा इन्द्रमान खत्रीको ‘मनको तृष्णा’ (गजल सङ्ग्रह), डि.आर.शर्माको ‘पहाडको झरना’ (गजल सङ्ग्रह), जून फगामीको ‘आभास’ (गजल सङ्ग्रह), रमेश परियारको ‘समय चक्र’ (कथा सङ्ग्रह) प्रकाशित भएको देखिन्छ । 
२०६८ मा डा. चूडामणि शर्माको ‘नेपालको प्रजातान्त्रिक इतिहास वि.सं.२०१७–२०३६’, कृष्णबहादुर जोशीका ‘हरिपद्म पुष्प’ (कविता सङ्ग्रह), अदिप्त ज्योतिको ‘जलन’ (मुक्तक सङ्ग्रह), वैभवदीप श्रेष्ठ र जगन्नाथ नूतनको ‘सिमान्त रेखाहरू’ (संयुक्त कविता सङ्ग्रह), कृष्णराज शर्माको ‘इन्द्रकुमार विकल्प ‘व्यक्तित्व कृतित्व’’ (समालोचना), गीतादेवी सुवेदीको ‘सिलसिला’ (गजल सङ्ग्रह) प्रकाशित भएको देखिन्छ । 
२०६९ मा शिवप्रसाद शर्माको नेपाली साहित्यको विकासमा कालीको सुसेलीको ‘योगदान समालोचना’, सङ्गीत श्रोताको कविता सङ्ग्रह ‘म काठमाडौँ आइपुगेँ’ प्रकाशित भएको छ भने भगवती पौडेलको ‘तारा मण्डलको छानो’–बालकथा, ‘पराक्रमिक कलम’–बाल कविता, ‘आमा मलाई जून छुन देउ’ (बाल कविता), ‘मरेको बालक घर आयो’– बाल कथा प्रकाशित भएको देखिन्छ । 
२०७० मा गोविन्द पहाडीको ‘मृत्युन्जय’ संस्मरण–२०७० मा प्रकाशित भएको छ । प्रवासमा रहेर ‘तीजको मैदानमा बहिनीको आँसु’ (१९५५ इ.सं.) १६ मिनेट (१९८४ इ.सं.) आदि पुस्तक प्रदान गर्ने प्रेमर्सी सुवेदी र ‘प्रतिद्घन्दीको खोजी’ कविता सङ्ग्रह दिने बाबुराम लामिछानेको योगदान पनि कम महŒवपूर्ण छैन ।
पर्वत जिल्लाको साहित्यिक गतिविधिलाई दृष्टिगत गर्दा पर्वत जिल्लाबाट प्रकाशित भएका पत्रपत्रिकाहरूको उल्लेख गर्नु पनि मनासिव देखिन्छ ।
‘आँकुरा’े हस्तलिखित २०१८ लाई शान्तिनारायण श्रेष्ठद्वारा सम्पादन तथा प्रकाशन गरिएको छ भने ‘झर्ना’ २०२० लाई पौडेलद्वारा सम्पादन गरी महेन्द्र शिखरी मा.वि. ले प्रकाशन गरेको छ । ‘पर्वतमाला’ २०२२ को प्रधानसम्पादक मोहनबहादुर मल्ल रहनु भएको छ । ‘पालुवा’ २०६३ मा प्रकाशित भएको पाइन्छ भने प्रतिभा २०२३ हिरामणी शर्मा पौडेलको सम्पादनमा भवानी विद्यापीठ मा.वि.को मुखपुत्र प्रकाशित भएको छ । ‘इच्छाको फूल’ २०३४ लाई टीकाबहादुर प्रसाईले सम्पादन गरी महेन्द्र शिखरी मा.वि. द्वारा प्रकाशित भएको छ । ‘गङ्गा’ २०३७ लाई असीम आजादले सम्पादन गरी अर्जुनकुमार श्रेष्ठद्वारा प्रकाशित गरिएको छ । श्री नारायण मा.वि.कुश्माबाट ‘शिक्षा कुसुम’ २०३७ मुखपत्र प्रकाशित भएको छ । ‘प्रतिभा’ (नयाँ) २०३८ लाई इन्द्रकुमार विकल्पले सम्पादन गरी पर्वत युवा क्लबले प्रकाशन गरेको छ । ‘कालीको सुसेली’ त्रैमासिक२०५४ देखि पर्वत साहित्य सङ्गमको प्रकाशन र इन्द्रकुमार विकल्पको सम्पादनमा र ‘बाल सुसेली’ २०५७ पर्वत साहित्य सङ्गमकै प्रकाशनमा प्रधान सम्पादक इन्द्रकुमार विकल्प र सम्पादनमा इन्द्रमान खत्री रहनु भएको छ । शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प, तारकजङ्ग थापाको संयुक्त सम्पादनमा प्रकाशित ‘सगुन’ पत्रिकालाई त्रैमासिक रूपमा पछिल्ला अङ्कहरूको सम्पादक शान्तिनारायण श्रेष्ठ र प्रधान सम्पादक राजेन्द्र पहाडी रहनु भएको छ । पर्वत (वस्तुगत) २०५४, पर्वत २०५५, पर्वत विकास दर्पण २०५५, ‘ज्योतिष जागरण’ मासिकलाई बलराम उपाध्यायद्वारा सम्पादन गरिएको छ । ‘धवला’ २०५५, जनजागृत उच्च मावि तिलाहारका विद्यार्थीहरूबाट प्रकाशित ‘काँडा बीचको फूल’, ‘चेतना, फूलका थुँगा’, ‘आकृति पर्वत गुञ्जन’– (२०५८), नारायण उच्च मा.वि.कुश्माका विद्यार्थीहरूबाट ‘जागरण’, ‘फोडिएको पत्थर’, ‘पर्वतमाला (नयाँ)’, कर्मचारी मिलन केन्द्रबाट ‘पर्वतमाला’ (जेसीजबाट) पनि प्रकाशित भ्एका छन् । त्यसैगरी मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान मल्लाजबाट ‘कालाञ्जर’, मल्लाज बेनीकै जेलियस ग्रुपबाट ‘पर्वत गुञ्जन’, गोविन्द अधिकारीको सम्पादनमा ‘छालहरू’– 
(लघु कथा सङ्ग्रह), काठमाण्डौमा रहेका पर्वतेलीहरूबाट ‘पर्वत आह्वान’, सरस्वती शर्मा ‘जिज्ञासु’को सम्पादनमा ‘नवमाधुरी त्रैमासिक’, राजेन्द्र पहाडीको सम्पादनमा ‘समुदाय र सिर्जना त्रैमासिक’, शङ्कर गिरी, नवराज रिदम र जे.बी. सेभेनको सम्पादनमा ‘गण्डकीका छालहरू’, ‘धौलागिरी समर्पण’, ‘समर्पण’, ‘नवसौगात’, जीवन उच्च ठकुरीको सम्पादनमा ‘समिश्रण’, आर.के. अदिप्तको सम्पादनमा ‘ऋतुरङ्ग’, तारानाथ सुवेदीको सम्पादनमा ‘भावदीप’, सुसेलीका आवाजहरू प्रकाशित भइरहेका छन् भने लघु पत्रिकातर्फ ‘पहाडी गोरेटो’, ‘साहित्य क्षितिज’, नवराज उत्साहीको सम्पादनमा ‘नवरस’, राजेश गिरी विवशको सम्पादनमा ‘नवरश्मी’, गुञ्जन, सूर्योदय, मोदी मैदान, नवदीपन, नवदीप, गुप्तेश्वर,‘भञ्ज्याङ’, ‘शान्ति सन्देश’, ‘चौतारी’, ‘सितलचौतारी’, ‘नवसिर्जना’, ‘साहित्य प्रवाह’ आदि रहेका छन् भने साप्ताहिकरूपमा प्रकाशित भएका मोदीकाली, निष्पक्ष अभिमत, धौलागिरी पोष्ट, फलेवास, पर्वत जागरण, शुभ सन्देश, पर्वत सन्देश (स्थगित), न्यू कालीगण्डकी दैनिक र सहारा न्यूज दैनिकको योगदान पनि महŒवपूर्ण रहेको छ । 
पर्वत साहित्य सङ्गमले विविध खालका पुस्तकहरू प्रकाशन गर्दै आउने उद्देश्यअनुसार २०५९ सालमा ‘धौलागिरी स्पन्दन’ धौलागिरीको पहिलो गजल सङ्ग्रह प्रकाशित गरेको छ । जसको सम्पादनमा इन्द्रकुमार विकल्पले गर्नु भएको छ । 
यस छोटो लेखमा पर्वत जिल्लाका सम्पूर्ण साहित्यकारका पुस्तकहरू र प्रकाशित पत्रपत्रिकाहरूको नामावली सकेसम्म दिने कोसिस गरेको छु । मेरो प्रयास पूर्ण नहुन सक्छ । पूर्णताका निम्ति आगामी दिनमा म प्रयासरत रहने छु । 


सन्दर्भ सामग्री– 
नेपाली साहित्यमा पर्वत जिल्लाको ‘योगदान’– सुवेदी सुवन्तनाथ ।


(२०७० माघ १७ गते नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित पश्चिमाञ्चलको साहित्यिक पत्रकारिता विषयक गोष्ठी कुष्मा, पर्वतमा प्रस्तुत लेख)



साहित्यिक पत्रकारितामा गजल
साहित्यिक पत्रिकाको भूमिका
  इन्द्रकुमार श्रेष्ठ ‘सरित्’


नेपाली साहित्यिक पत्रकारिताको इतिहास खोतल्दा वि.सं.१९९१ देखि प्रकाशनारम्भ भएको सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा निस्किने ‘शारदा’ देखि उद्योग, धरती, प्रगति, इन्द्रेणी साहित्य, रूपरेखा, रचना, अभिव्यक्ति, रत्नश्री आदिमध्ये आज जेनतेन अभिव्यक्ति र रचना निस्किरहेका छन् । आजका नयाँ पुस्ताले हामीलाई आश्चर्यपूर्वक सोध्न बेर छैन, के कुनैबेला शारदा, उद्योग, धरती, इन्दे्रणी, प्रगति, रूपरेखा, रत्नश्री भन्ने पत्रिका पनि निस्किन्थे ? यदि तिनले सोधिहालेछन् भने पनि आश्चर्य नमाने हुन्छ । नेपालमा आजसम्म साहित्यिक पत्रिकाले भोग्दै आएको नियति नै यही हो । निस्किनु र दीर्घजीवी हुन नसक्नुको रोगबाट नेपालमा कुनै पनि साहित्यिक पत्रिका मुक्त छैनन् किनभने सरकारी पक्षबाट साहित्यिक पत्रकारिताका लागि कहिल्यै कुनै ठोस योजना आएको र कार्यान्वयन भएको हामीलाई थाहा छैन । त्यसैले सरकारी संरक्षणको अभावमा आज पनि साहित्यिक पत्रकारिता रहर, शौख र भाषा–साहित्यको सेवा बाहेक व्यावसायिक हुन सकेको छैन । अपवादको रूपमा सरकारी संरक्षणमा निस्किने मधुपर्क, गरिमा, समष्टि, मिर्मिरे, समकालीन साहित्य, कविता, प्रज्ञालाई लिन सकिन्छ । तैपनि सम्पूर्ण खर्च र जनशक्ति सरकारी तवरबाट प्राप्त हुने यी पत्रिकाहरूमा पनि कतिपय पत्रिका नियमित हुन सकेको देखिन्न भने स्तरीयताको सवालमा पनि प्रश्नचिन्ह नउठ्ने होइन । 
‘शारदा’ प्रकाशन भएको वर्षलाई गणना गर्दा पनि साहित्यिक पत्रकारिताको सुरुवात भएको करिब असी वर्ष भैसकेछ । शारदाले आप्mनो सुरुवातकालीन अवस्थामा जे भोगेको थियो आज पनि त्यही समस्या भोग्न बाध्य छ साहित्यिक पत्रकारिताले । सूचना विभाग मार्पmत प्राप्त हुने सानोतिनो विज्ञापनले प्रकाशनको लागि खर्च एक छेउ पनि पुग्दैन भने विक्री वितरणको अवस्था झनै नाजुक छ । च्याउसरि खुलेका प्रकाशन संस्थाहरूले पाठक बढेर एउटा साहित्यिक कृतिका लागि लेखकलाई अग्रिम दस लाख र बाह्र लाख दिने गुड्डी हाँके पनि राम्रो साहित्यिक पत्रिकालाई लाख रूपैयाँ मात्रै भए पनि दिने मालदार र दिलदार प्रकाशक आजसम्म एउटै देखिएको छैन । नेपालमा साहित्यिक पत्रकारिता अभैm पनि शौख र सेवा मात्रै भैरहेको सन्दर्भमा नेपाली, जनमत, कौशिकी, नवप्रज्ञापन, दायित्व, जुही, वनिता, थौ कन्हें, रचना, अभिव्यक्ति, बगर, तन्नेरी, दोभान, उन्नयन जस्ता साहित्यिक पत्रपत्रिकाहरू आप्mनै बलबुतामा कसरी बाँचिरहेछन्, आश्चर्य लाग्छ । पक्कै यो रुचि र शौखभन्दा पनि भाषा र साहित्यप्रतिको पे्रम र समर्पण नै हो ।
नेपालमा साहित्यिक पत्रकारिताको यो कन्तविजोग देख्दादेख्दै पनि शौख र रुचिले गर्दा नै म पनि जानी नजानी यही क्षेत्रसँग ठोक्किन आइपुगेँ । नेपाली साहित्यमा बामे सर्न थालेदेखि नै मलाई पनि साहित्यिक पत्रिकाको सम्पादक हुने  रहर थियो । यो रहरपूर्तिका लागि साथीहरूसँग मिलेर कहिले भित्ते पत्रिका निकाल्ने योजना बनाइयो त कहिले के, कहिले के योजनाहरू बनाइयो । तर मेरो रहर रहरमै सीमित भैरहेको थियो । २०४० सालतिर संयुक्त सांस्कृतिक टोली, तरहरा(सुन्सरी) को तत्वावधानमा प्रकाशनको तरखरमा रहेको समसामयिक साहित्यिक सङ्कलन ‘काँचुली’ को सम्पादकत्व मेरो भागमा पर्छ कि भन्ने मलाई आशा थियो । तर यो आशालाई निराशाले जित्दै सम्पादकत्व अर्कै साथीको भागमा परेपछि म हेरेको हे¥यै भएँ । हुँदा हुँदा उक्त सङ्कलनमा मेरो रचनासमेत अटाउन सकेन । मलाई मेरो रचना नछापिएकामा कुनै गुनासो थिएन । तर मनमा साहित्यिक पत्रिकाको सम्पादक हुने रहरभने झन् झन् झ्याङ्गिरहेको थियो । मेरो रहरलाई अझ मलजल दिने काम साहित्यिक पत्रकार सङ्घले ग¥यो भन्दा पनि हुन्छ । विशेषतः २०४४ सालतिर अच्युतरमण अधिकारी र विश्वविमोहन श्रेष्ठको नेतृत्वमा रहेको बेलामा साहित्यिक पत्रकार सङ्घले लेखकहरूको व्यक्तिगत विवरण भराउने क्रममा उक्त विवरण फाराम भराउँदा त्यसबेला नतः मेरा कुनै कृति प्रकाशित भएका थिए, न त मैले कुनै पत्रपत्रिकाको सम्पादन नै गरेको थिएँ । त्यसबाहेक मेरो भागमा नतः कुनै राष्ट्«िय पुरस्कार नै परेको थियो । त्यसैले साहित्यिक विवरण भर्नका लागि मसंँग आप्mनो नाम र फुटकर रूपमा तर यथेष्ट छापिएका रचनाहरूको सूची बाहेक अरु केही थिएनन् । त्यसैले आप्mनो साहित्यिक विवरण भरीभराउ पार्नका लागि पनि मलाई एउटा साहित्यक पत्रिकाको सम्पादन गर्नु जरुरी थियो, एउटा कृतिको प्रकाशन गर्नु अनिवार्य आवश्यकता भएको थियो । भर्खर भर्खर राजधानीमा पाइला टेकेको र गधेपच्चीसी नै नकटेको ठिटो मलाई कसले पुरस्कार देला र विवरण भर्नु ? यसको जवाफ मसँग थिएन । किनभने पत्रिकाको सम्पादक बन्न र कृति प्रकाशन गर्न त म आप्mनै मिहिनेत, साधना र लगनशीलताले सक्थेँ । तर पुरस्कारका लागि हात जोड्ने प्रवृत्ति मेरो हिजो पनि थिएन र आज पनि छैन भने तत्कालीन अवस्थामा साहित्यिक विवरण भर्दा पुरस्कारको त्यो कोलम भरिने तत्कालीन अवस्थामा सम्भावना कमै थियो । 
त्यहीबेला सरोजिनी छापाखानाका मालिक तथा कवि एवम् गजलकार बद्री दाइ (वद्रिलाल श्रेष्ठ) सँग भेट भयो । उहाँसँगको मित्रता झ्यागिँदै जाँदा त्यसबेला वद्री दाइको पे्रसमा हामी सुनिल सापकोटा, रत्न प्रजापति, माणिकरत्न शाक्य, युवराज नयाँघरे, ज्ञानेन्द्र विवश, म आदि नियमित जसो भेला भइरहन्थ्यौँ । यदाकदा त्यहाँ कवि एवम् गीतकार रमेश पौडेल र प्रमोद स्नेही पनि देखापर्नु हुन्थ्यो । हामी सबैलाई बद्री दाइले गजल लेख्न हौस्याउनु हुन्थ्यो । तर मेरा रचनाहरू २०३५ सालदेखि नै विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भैसकेका थिए भने मेरा कथाहरू त्यसबेलै गरिमा, मधुपर्क, गोरखापत्र, समष्टि, रूपरेखा आदिमा प्रकाशित भएर चर्चामा पनि आइसकेका थिएँ । लेखनको सुरुवातताका अर्थात् २०३५ सालदेखि नै मेरो विशेष रुचि कथामै थियो । गजलको त म असली स्रोता मात्र थिएँ । त्यसबेला डा. धु्रवचन्द्र गौतम र धु्रव सापकोटा संलग्न भएको साहित्यिक पत्रिका ‘प्रस्तुति’ सरोजिनी छापखानामै छापिन्थ्यो । मलाई सम्झना भएसम्म मेरा केही गजल उक्त पत्रिकामा छापिएका पनि छन् । साँच्चै भन्ने होभने मैले गजल लेखेको वद्रि दाइकै पे्ररणा र करले हो । उहाँसँग सङ्गत नभएको भए म सके नेपाली गजलसँग जोडिन्न पनि थिएँ होला । वद्रि दाइको पे्रसमा आउँदा जाँदा गर्दागर्दै उहाँ र म बीच नेपाली साहित्यमा एउटा गजल पत्रिका निकाल्ने सल्लाह भयो । पत्रिकाको नाम हामीले ‘गजल’ जुरायौँ । यसको सम्पादकको रूपमा म रहने भएँ भने प्रकाशकमा वद्रि दाइ रहनुभयो । 
पत्रिका निकाल्ने भयौँ त्यो पनि विशुद्ध गजल पत्रिका, तर निकाल्ने 
कसरी ? को कोसँग रचना माग्ने ? के कस्तो रचना माग्ने ? गजलभित्र के कस्ता रचनाहरू समावेश गर्ने ? यी सबै प्रश्नहरू चिरेर ‘गजल’ साहित्यिक त्रैमासिकको पहिलो अङ्क अब जसरी पनि निकाल्नु थियो । किनभने साहित्यिकवृत्तमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को सम्पादनमा यस्तो खालको पत्रिका निस्किँदैछ भन्ने निकै हल्लाखल्ला भैसकेको थियो । त्यसैले को कोसँग रचना माग्ने भन्ने बारेमा लेखकहरूको सूची बनाइयो । सोही अनुसार लेखक–गजलकारहरूसँग रचना मागियो । येनकेन प्रकारेण गजल त सङ्कलन हुने स्थिति देखाप¥यो । तर गजल विषयक लेखरचना कोसँग माग्ने ? गजल विषयक लेखरचना निःशुल्क कसले लेखिदेलान् त ? यसका लागि म बिहान जुरुक्क उठेर लेखकहरूकहाँ पुग्थेँ । लेखरचनाका लागि अनुरोध गर्थे । ‘गजल’ त्रैेमासिकको पहलिो अङ्कका लागि आवरण वद्रिलाल श्रेष्ठ आपैmँले तयार पार्ने हुनुभयो । लेखरचना र गजलका लागि अनुरोध गरिसकेपछि प्रकाशनमा केही आर्थिक सहयोग हुन्छ कि भनेर हामी विज्ञापनको खोजीमा लाग्यौँ । भन्दा असजिलो र सुन्दा विश्वास गर्न गाह्रो लाग्ने ज्यादै न्यून अङ्कको विज्ञापन हामीले खोज्यौँ । सरोजिनी छापाखानामा पत्रिका छाप्ने काम भइरहेको थियो । मलाई पनि हतार थियो । जे जस्तो भए पनि पत्रिका चाँडो निकाल्न सके हुन्थ्यो भन्ने मनमा चाहनाको छटपटी थियो नै । मलाईभन्दा अझ ‘गजल’ मा जजसका रचना परेका छन् तिनलाई झनै हतार थियो पत्रिकाको मुहार हेर्न । सरोजिनी छापाखानामा म वद्रि दाइको छेउमै बसेर ‘गजल’ त्रैमासिकको पहिलो अङ्कका लागि रचनाहरू कम्पोज र डिस्पोज गरेको हेरिरहन्थेँ । 
बिहान उठेर रत्नराज्यलक्ष्मी कलेज जाऊ, त्यसपछि दिउँसो कार्यालय 
(राष्ट्रिय बीमा संस्थान)को काम सिध्याएर प्रत्येक बेलुकी सरोजिनी छापाखाना पुग्नु मेरो दैनिकी नै बनेको थियो । फुर्सद भयो कि म हिरो रेञ्जर साइकल लिएर कि त रचना सङ्कलनका लागि कि त विज्ञापन उठाउनका लागि कुदिहाल्थेँ ।  राति आठ साढे आठ बजेतिर सिफलस्थित डेरामा पुगेर आपैmँले खाना बनाएर खानुपथ्र्यो। आप्mनो रहरका अगाडि यी कठिनाईहरू मेरो लागि कठिनाइ पटक्कै बन्न सकिरहेका थिएनन् । नौ महिनाको गर्भाधानभन्दा लामो अनुभूति भएको प्रतीक्षापछि वि.सं. २०४७ को वैशाखको सुरुमै जसोतसो नेपालकै पहिलो गजल साहित्यिक पत्रिका ‘गजल’ त्रैमासिकको प्रकाशन ग¥यौँ । पच्चीस जना गजलकारका पच्चीसवटा गजल र तीन जना लेखकका गजलविषयक लेखहरू रहेको अठार पृष्ठको गजल पत्रिका बजारमा ल्याउँदा खुसीले मेरा खुट्टा भुइँमा थिएनन् । नेपाली साहित्यकै पहिलो गजल प्रधान पत्रिका ‘गजल’ त्रैमासिकको पहिलो अङ्कमा डा. तुलसीप्रसाद भट्टराई, घटराज भट्टराई र घनश्याम परिश्रमीको लेख रहेका छन् भने गजलकारहरूमा मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, पुष्कर माथेमा, विजय बजिमय, वद्रिलाल श्रेष्ठ, वियोगी बुढाथोकी, लव गाउँले, धीरेन्द्र मल्ल, रत्न प्रजापति, दिव्य गिरी, केश पथिक, युवराज नयाँघरे, मुन पौडेल, धु्रव मधिकर्मी, रमेश पौडेल, गोविन्द गिरी पे्ररणा, घनश्याम न्यौपाने, भीम राना जिज्ञासु, सानुराजा श्रेष्ठ, पुष्पहरि क्याम्पा राई, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ र रेखादेवी श्रेष्ठ रहेका छन् । यस अङ्कमा गजलको विषयमा मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल र ज्ञानु राणासँगको कुराकानी समेत समावेश गरिएको छ भने सो समयसम्ममा नेपाली गजलको लेखन र गायनको क्षेत्रमा देखापरेका प्रतिभाहरूको सूची पनि समाविष्ट गरिएको छ । 
फारसको खाडीबाट सुरु भएको गजल हव्वा खातुन मार्पmत खडी बोली, उर्दु र हिन्दी हुँदै मोतीराम भट्टमार्पmत नेपाली भाषा र साहित्यमा भित्रिएको हो । वि.सं. १९६९ मा गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेबाट सम्पादित नेपाली साहित्यमा गजल विषयक पहिलो संयुक्त कृति ‘सङ्गीत चन्द्रोदय’ हो र यसै कृतिमार्पmत नेपाली साहित्यमा गजल नेपाली भाषामा मात्र नलेखिएर नेपाल भाषा लगायत भोजपुरी, मैथिलीमा समेत लेखिएको भेटिन्छ । नेपाली साहित्यमा पहिलो एकल गजल सङ्ग्रह प्रकाशित गर्ने गजल स्रष्टा चाहिँ भीमनिधि तिवारी हुन् । वि.सं.१९९३ मा यिनको ‘बयासी र बीस गजल मेरी’ प्रकाशित भएको देखिन्छ । हुन त नेपाली साहित्यमा गजल मोतीराम भट्टमार्पmत भित्रिए तापनि तत्कालीन राणा र शाहहरूका दरबारहरूमा गजल त्योभन्दा अगाडि नै भित्रिएको र त्यसको प्रयोग तालीमे नानीहरूले निरन्तर गरेको कुरा जानिफकारहरू बताउँछन् । यस बारेमा यहाँ नजाऔँ । किनभने यहाँ चर्चा र प्रसङ्ग नेपाली साहित्यको गजल विषयक पत्रिका ‘गजल’ त्रैमासिक र गजलसँगको मेरो साइनोको बारेमा भइरहेछ । भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरपछि नेपाली साहित्यमा गजल पूर्ण रूपमा नहराए तापनि यो ओझेलमै रह्योभन्दा पनि हुन्छ । तर वि.सं.२०३६ सालपछि गजलले आप्mनो लामो निद्राबाट शनैः शनैः व्युँझिएर साहित्यिक एवम् अखबारी पत्रिकाहरूमा पुछारमा भए पनि ठाउँ पाउन थाल्यो । आपूm सम्पादक बन्ने रहर त छँदै थियो सँगसँगै दुब्लो, पातलो र ख्याउटे भएर पनि नेपाली साहित्यमा आप्mनो दह्रो उपस्थितिका लागि सङ्घर्षरत गजललाई पनि मलजल गर्ने उद्देश्यबाट समेत अभिपे्ररित भएर प्रकाशित गरिएको ‘गजल’ त्रैमासिकको प्रकाशन नेपाली गजल साहित्यका लागि जबर्जस्त ऐतिहासिक मोड नभए तापनि एउटा महŒवपूर्ण र उल्लेखनीय सोपान भने पक्कै थियो । यो सत्यबाट मुख मोड्ने ठाउँ छँदै छैनभन्दा पनि हुन्छ । तत्कालीन अवस्थामा गजललाई पुछारमा स्थान दिने पत्रपत्रिकाहरूले पनि अब अलि महŒव दिएर गजल छाप्न थालेको अनुभूति हुन थाल्यो गजलकारहरूलाई । वि.सं. २०४७ सालदेखि २०५४ सालसम्ममा आइपुग्दा ‘गजल’ को जम्माजम्मी चार अङ्कमात्र प्रकाशन हुनसक्यो । यसमा अन्य कारण जेजस्ता भए पनि पत्रिकालाई चाहिने आर्थिक स्रोत जुटाउन नसक्नु, साहित्यिक पत्रिकाको विक्री वितरण व्यवस्थित नहुनु र यथेष्ट साहित्यिक पाठकहरू तयार गर्न नसक्नु नै थियो, किनभने एउटा सामान्य जागीरेले सधैँ आप्mनो खल्ती रित्याएर कति दिन भाषासाहित्यको सेवागर्न सक्छ र ? ‘गजल’ त्रैमासिकले निरन्तरता नपाउनुमा अर्को मुख्य कारण तत्कालीन अवस्थामा गजलमा कलम चलाउने सीमित गजलकार र समीक्षकले गर्दा पनि होभन्दा अत्युक्ति हुने छैन ।  तत्कालीन अवस्थामा अहिलेको जस्तो गजलका डाक्टर, कम्पाउन्डर, नर्स र अस्पतालहरू धेरै उत्पादन भैनसकेको अवस्थामा राम्रो गजल लेख्ने गजलकारहरूलाई संलग्न गराएर पत्रिका छाप्दा प्रत्येक दोस्रो अङ्कमा तिनै नाम दोहोरिनुको विकल्प थिएन । आजको जस्तो त्यो बेलामा नतः गजलको बाढी आइहालेको थियो न त त्यो बाढीमा गजल लेख्नेहरूको हुल नै बगेर आएको थियो ।
गजल लेखन मेरो पहिलो रोजाइ होइन बरु मेरो लेखनको पहिलो रोजाई कथा नै हो भनेर मैले माथि नै पनि उल्लेख गरिसकेँ । तैपनि गजल लेख्ने साथीहरूको सङ्गत र ‘गजल’ पत्रिका प्रकाशनको क्रममा गजलप्रति मेरो पनि मोह त्यसैत्यसै बढेर गएछ जब कि खासमा भन्ने हो भने म गजलको स्रोता मात्र हुँ । त्यसमा पनि विशेषतः मेहदी हसन, गुलाम अली, परवीन सुल्ताना, जगजीत सिंह, चित्रा सिंह, आशा भोंसले आदिका गजलहरू मेरा लागि कर्णप्रिय थिए । ‘गजल’ साहित्यिक त्रैमासिकको प्रकाशनमा लामो समय लाग्न थालेपछि मैले गजलकै बारेमा केही लेख्ने मनसुवा बनाएँ र गजल विषयक मेरो पहिलो लेख ‘गजल’ पत्रिकाको दोश्रो अङ्कमा ‘गजल, फजल, गीतलः एक अनौपचारिक टिप्पणी’ शीर्षकमा प्रकाशित भयो । त्यसपछि मैले नेपाली साहित्यमा देखा परेका गजलकृति र गजलकारहरूका बारेमा दुई दर्जनभन्दा बढी नै लेख÷समीक्षा लेखेर छपाएँ । गोरखापत्र, कान्तिपुर, राजधानी, हिमालय टाइम्स, अभिव्यक्ति, कविता, गुञ्जन, जनमत, अयन, गुम्बज, दायित्व, रूपरेखा (साप्ताहिक), सुदूरदीप, अविरामचक्र, कालीको सुसेली, समीक्षा, पलाँस आदिमा । विशेषतः ब्रोडसिट पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, हिमालय टाइम्सले मेरा गजल विषयक लेख रचनालाई प्राथमिकताकासाथ प्रकाशित गरेका छन् । गोरखापत्र, हिमालय टाइम्स र राजधानीले गजल विषयक मेरा थुपै्र लेखहरू पटकपटक प्रकाशित गरिदिएर नेपाली गजलको अभिवृद्धिमा निकै ठूलो टेवा पु¥याएको मेरो अनुभव छ । राजधानी दैनिकले त गजल विषयक मेरो लेखलाई तस्बिरसहित पूmल पेज रचनाको रूपमा स्थान दिएको कुरालाई म बिर्सिन सक्दिनँ । गजल विषयक लेखहरूमा मैले गजलको उत्पत्ति, यसको परिभाषा, नेपाली साहित्यमा गजलको प्रवेश, प्रभाव र वर्तमान अवस्था अनि यसको भविष्यको बारेमा समेत आप्mनो दृष्टिकोण प्रस्तुत गरेर लेखेँ । त्यसैगरी कृतिगत रूपमा मैले भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर, मोतीराम भट्ट, घनश्याम परिश्रमी, ऋषि बस्ताकोटी, खगेन्द्रप्रसाद बस्याल, रोशनकुमार राजभण्डारी, नैयर नदीम, धर्मोगत शर्मा तूफान, रामगोपालका कृतिहरूमाथि पनि समीक्षा÷समालोचना लेखेको छु । वि.सं. २०४४ देखि २०६० सालको अवधि ‘गजल’ त्रैमासिकको सम्पादन गर्दै, गजल कृतिहरूमाथि समीक्षा लेख्दै मैले करिब तीन दर्जन जति गजलको रचना गरेछु जसमध्ये केही रचनाले सङ्गीतबद्ध हुने मौका समेत पाए ।
अब फेरि अलिकति कुरा ‘गजल’ त्रैमासिककै गरौँ । ‘गजल’ त्रैमासिकको पूर्णाङ्क २ र ३ साधारण अङ्ककै रूपमा प्रकाशित भयो । अङ्क दुइमा लक्ष्मीदत्त पन्त, रत्नलाल ‘रत्न’, गोपीनाथ लोहनी ‘नाथ’, कृष्णप्रसाद रेग्मी, मीनाकुमारी, किसन थापा, रघुराम न्यौपाने, यात्रा थुलुङ, गोवद्र्धन पूजा, किशोर लामा, सुवासचन्द्र ढुङ्गेल, कृष्णहरि बराल, हिरा आकाश, अविनाश श्रेष्ठ, कृष्ण धरावासी, हरिशरण थापा, धीरेन्द्र पे्रमर्षि, सुनील पुरी, केशव आचार्य, प्रमोद स्नेही, धर्मोगत शर्मा ‘तूफान’ का गजल प्रकाशित भएका छन् भने शिव रेग्मी र रोशन थापाको लेख प्रकाशित भएका छन् । यस अङ्कको विशेष आकर्षणको रूपमा गजल गायिकाको रूपमा परिचित देविका प्रधानसँगको अन्र्तवार्ता रहेको छ । त्यसैगरी अङ्क तीनमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, प्रमोद स्नेही, कमला ‘निर्दोषी, मोहन बिहानी, दीपक रिसाल, कलाचन्द्र भट्ट, डा.राजेन्द्र बिमल, रामभरोस कापडी ‘भ्रमर’, जैनेन्द्र जीवन, अमृतलाल श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, मुन पौडेल, विवश पोखरेल आदिका गजल प्रकाशित भएका छन्भने रमा शर्मा र मनु ब्राजाकीको लेख समावेश भएका छन् । यस अङ्कमा पनि परिचित गायक आनन्द कार्कीसँगको गजलवार्तालाई स्थान दिइएको छ । 
वि.सं. २०५४ मा आइपुग्दा देशैभरि गजलको लहर आएको अनुभूति हुन थाल्यो । जता सुन्यो त्यतै गजलको चर्चा, जुन पत्रिका पल्टायो त्यहाँ गजललाई स्थान दिएको देखिन्थ्योभने प्रत्येक लेखक गजलकार पो हुन कि भन्ने स्थिति देखा परिरहेको अवस्था थियो । विभिन्न पत्रपत्रिकाहरू जस्तै ः आरोहरण, बसुन्धरा, विजया, प्रतिमा आदिले धमाधम गजल विशेषाङ्कहरू प्रकाशन गर्न थालेभने वि.सं. १९६९ पछि पहिलो पटक २०४७ देखि २०५३ को बीचमा जाँगरिला तन्नेरी सम्पादकहरूबाट समसामयिकगजल, समकालीन गजल, आकाशगङ्गा आदि शीर्षकमा सामूहिक गजल सङ्कलनहरू पनि देखा परे । त्यसका अतिरिक्त बारा, कलैयाबाट अमर त्यागी र नवराज रिजाल मिलेर गजल विषयक गोजी पत्रिका ‘मूच्र्छना’ मार्पmत गजलसाहित्यको सेवा गर्दै निरन्तर नेपाली गजललाई ब्युँझाउने कार्य गरिरहे । गजलकै क्षेत्रमा काम गर्नेहरूको समूह नै बनाएर २०५९।६० को पूर्व सन्ध्यातिर ‘गजल गृह’ देखा प¥यो भने सुरेश वाग्लेको विदेश पलायन पश्चात् सोही समूहका केही सदस्यहरूको समेत संलग्नतामा स्थापना भएको अनाममण्डली, चितवनबाट हाम्रो मझेरी समूह, पर्वतबाट इन्द्रकुमार विकल्पको संयोजनमा पर्वत साहित्य सङ्गम, पूर्वाञ्चल क्षेत्रबाट पनि विभिन्न समूहबाट गजललाई मलजल गर्न सक्रिय रहेको देखिन्छ ।
चारैतिर केवल गजलको चर्चा, गजलबारे खुल्दुली र गजल लेख्नेहरूको अन्त्यहीन लर्को देखेपछि नेपाली साहित्यमा गजलको प्रवेश, प्रभाव र गजलकारहरूको योगदानमाथि प्रकाश परोस् भन्ने उद्देश्यबाट अभिपे्ररित भएर ‘गजल’ त्रैमासिकको चौथो अङ्कलाई हामीले समीक्षा अङ्कको रूपमा निकाल्ने प्रयत्न ग¥यौँ । हाम्रो यो प्रयत्नलाई आ–आप्mनो समीक्षाद्वारा डा. तुलसी भट्टराई, प्रा. गोपीकृष्ण शर्मा, प्रा. केदार न्यौपाने, शिव रेग्मी, कृष्ण गौतम, रमेश गोर्खाली, कृष्ण प्रधान, शैलेन्दु प्रकाश नेपाल र वियोगी बुढाथोकीले साथ दिनुभयो । मेरो विचारमा यस प्रकारको सम्भवतः यो पहिलो प्रयास हुनुपर्छ नेपाली गजल साहित्यको सन्दर्भमा । किनभने नेपाली गजल साहित्य कता गइरहेछ र यो कता जानुपर्छ भन्ने विषयलाई यस अङ्कले थोरै भए पनि छर्लङ्ग्याएको हुनुपर्छ । जे होस्, सामूहिक सङ्कलन नै भए तापनि ‘गजल’ त्रैमासिकले नेपाली गजलको प्रचार प्रसारमा होस् वा श्रीवृद्धिमा धेरै नभए पनि कालान्तरमा पनि स्मरणयोग्य सानै भए पनि काम गरेभैmँ लाग्छ । यो मेरो व्यक्तिगत विचार हो । मेरो विचार सबैलाई ठीक लाग्नै पर्छ भन्ने छैन । त्यसैले मलाई आशा छ, यसलाई अतिशयोक्तिपूर्ण अभिव्यक्ति ठानिने छैन । किनभने सुरुवातताका केवल सम्पादक बन्ने हुटहुटीले ‘गजल’ त्रैमासिकको सम्पादक भएको मैले यसै क्रममा ‘गजल‘ प्रति समर्पित भएर येनकेन प्रकारेण ‘गजल’ को चौथो अङ्कसम्म प्रकाशन गरेँ । गजलको रचना गरेँ, केही गजलहरू रेकर्ड गराएँ । गजल विषय समीक्षा, लेख लेखेँ । यसका अतिरिक्त युवा रचनाकारहरूमा लोकप्रिय हुँदै गएको नेपाली गजललाई मौलाउनलाई आप्mनो तर्पmबाट अभैm केही योगदान गरुँ भन्ने मनसायले मैले २०६० सालतिर युवा गजलकारहरूलाई प्रोत्साहित गर्न ‘यासुवीर गजल पुरस्कार’ को स्थापना गरेँ । फलस्वरूप यो पुरस्कार पहिलो पटक मीनभवन क्याम्पसमा गजल गृहद्वारा आयोजित कार्यक्रममा वितरण गरियो । गजलपे्रमीहरू माझ यो पुरस्कारको चर्चा व्यापक रूपमा भयो । तर गजल गृहका सुरेश वाग्लेको विदेश पलायनले यो पुरस्कारले निरन्तरता पाउन सकेन । अझ भनूँ, गजलको क्षेत्रमा मलाई झकझक्याउने अर्को मान्छे भएन । वि.सं. २०५७–५८ सालतिरै ‘नेपाली साहित्यमा गजल’ विषयक कृतिको पाण्डुलिपि मदनमणि दीक्षित उपकुलपति हुँदा प्रकाशनार्थ दता गराएको थिएँ । तर उक्त पाण्डुलिपि मूल्याङ्कनबाट पास भएर पनि प्रकाशन हुन सकेन । उक्त पाण्डुलिपिको मूल्याङ्कनकर्ताले मलाई आप्mनो मूल्याङ्कन घरैमा बोलाएर देखाएका थिए । तैपनि उक्त पाण्डुलिपिले प्रकाशनको मुख देख्न सकेन । फलस्वरूप मैले २०६८ सालतिर उक्त पाण्डुलिपि फिर्ता ल्याएँ । साहित्यिक पत्रकारितामै जीवन सर्मपण गर्ने शान्तदेव भट्टराई, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, चूडामणि रेग्मी, मोहन दुवाल आप्mनै अाँखा अगाडि हुँदाहुँदै मैले साहित्यि पत्रकारितामा यसो गरेँ, उसो गरेँ भन्न त सुहाउँदैन नै । तैपनि जानेर वा नजानेरै नेपाली गजल साहित्यका बारेमा मैले पनि नोट नभए पनि चानचुन काम त गरेछु नै । मलाई थाहा छैन, भोलिका दिनमा मेरा यी कामले मलाई सम्झने छन् वा छैनन् र म यो पनि ठोकुवा गरेर भन्ने सक्ने अवस्थामा पनि छैन मेरो सानो यो कार्यले नेपाली साहित्यिक पत्रकारिताको गोरेटोमा केकस्तो पाइला अगाडि बढाउने काम ग¥यो ? बरु यो संस्मरणको मैजारो गर्ने क्रममा ‘गजल’ त्रैमासिकको यात्रामा क्षणिक नै भए पनि मेरो सहयात्री बन्ने वद्रिलाल श्रेष्ठ, रोशन थापा र प्रमोद स्नेहीलाई भने मैले सम्झिनै पर्छ । नमरी बाँचे, हेरौँ, नेपाली गजल साहित्यमा र ‘गजल’ त्रैमासिक मार्पmत साहित्यिक पत्रकारितामा मैले निर्वाह गरेको सानोतिनो भूमिकाले वर्तमान र भविष्यमा मलाई कसरी सम्बोधन गर्ने हो ? 
प्रधान सम्पादक : अयन
तरहरा, सुनसरी, 
हाल : एकताबस्ती, बुढानिलकण्ठ, काठमाडौँ


इतिहासको पानाबाट
शारदाको कथा
  ऋद्धिबहादुर मल्ल


त्यस बखतमा मेरा सहपाठी मित्र सर्दार रुद्रराज पाण्डे त्रिचन्द्र कालेजका प्रिन्सिपल थिए । एक दिन कुरैकुरामा मैले कलकत्ताको हेयर स्कुल जस्तोमा पनि मासिक पत्र निस्कन्छ भनेँ तपाईंको कलेजबाट पनि एउटा मासिक पत्रिका निस्कन सके त असलै हुने छ । मेरो प्रेस छ त्यसैमा छापी प्रकाशित गर्ने काम हुने छ । लेखहरू शिक्षक छात्रहरूबाट लिएर सङ्कलन गरुँला भन्ने कुरा चलाएँ । त्यस बखतमा समितिको उपसमिति वैठकमा उहाँले प्रस्ताव राख्नु भएछ । पुस्तक लेखिन त अपराध जत्तिकै ठहरिने ठाउँमा मासिक पत्रिका प्रकाशित गर्ने साहस एउटा दुःसाहस नै थियो । २÷३ वटा उपसमिति गइसक्यो कुनै पनि मेम्बरले पास गरेनन् । आखिर एक दिन सर्दारले मृगेन्द्रशमशेरसित टुँडिखेलबाट चोवाहारसम्म पैदलै जाने मौका परेछ र त्यसै हिँडाइमा एउटा मासिक पत्र चाहिन्छ । यो जमानामा ज्यादा मुट्ठी कसेर बस्नु ठीक परोइन भन्ने राणाहरूकै असलको निमित्त कुरा चलाउनु भएछ र बल्ल हुन्छ त समितिको मिटिङ्मा राख्नू भन्ने यचमभच दिएछन् । उहाँले मलाई भन्नुभयो– मैले दर्खास्त दिएँ र मे.ज. मृगेन्द्रको चाकरीमा जान्थेँ, भेट गरेँ र मासिक पत्रिका निकाल्ने कुरा चलाएँ । उनले त्रैमासिक निकाल्नू कसो होला भन्ने कुरा गरे मैले मासिकै भए मात्र निकाल्ने इच्छा छ भनेँ । समितिको मिटिङको कुरा श्री ३ जुद्धकहाँ जाहेर हुँदा दैनिक निकाल्छ भने पनि निकाल्न दिनू भन्ने हुकुम भएछ र मैले ‘शारदा’ नाउँ राखी मासिक पत्र निकाल्ने निश्चय गरेँ । १९९१ सालको माघे सङ्क्रान्तिदेखि शारदा मासिक पत्र निस्कन थाल्यो । त्यसताक मासिक पत्रिका नचलेको ठाउँ भएकोले ग्राहक बनाउन अधकट्टी रसिद कसैको समक्ष राखेमा के चिट्ठाको टिकट हो भन्ने सवाल गर्दथे । तिनीहरूलाई प्रति महिना १।१ वटा किताप पाइन्छ भन्ने जवाफ दिन्थेँ । शारदाको पहिलो अङ्कमा छापिन भनी लेख आउन थाल्यो । त्यस समयमा गोरखा पत्रका भूतपूर्व सम्पादक श्री प्रेमराज शर्माले मलाई निकै मद्दत गर्नुभयो । पत्रिका कसरी चलाउनु पर्दछ, त्यो कला मलाई थाहा थिएन । पहिलो अङ्कमा श्री सर्दार नरेन्द्रमणि आ दि को एउटा लेख समितिको व्याकरणसित मेल नखाने हुनाले ‘लेखकको इच्छामुताबिक लेख जस्ताको तस्तै छापिएको छ’ भन्ने टिप्पणी पर्न गयो । त्यो कुरालाई सर्दार नरेन्द्रमणिले डाइरेक्टर जनरल मृगेन्द्रशमशेर समक्ष उजुर गरिदिनु भएछ र मलाई तुरून्तै डाक्न पठाइयो । “यस्तो टिप्पणी किन दिएको ? तिमीले समितिको व्याकरणमा नमिलेको लेख छापिने छैन भन्ने कुनै नियम निकालेका छौ ?” भन्ने प्रश्न भयो वास्तवमा त्यस्तो केही पहिले दिइएको थिएन र मैले “अर्को अङ्कमा माफी माग्दछु” भनी हात जोडेँ । यो पहिले टुसाउन लागेकै बखतमा कुठाराघात पर्न आउन लागेको मलाई ठूलो चिन्ता लाग्यो । त्यसपछि सर्दार नरेन्द्रमणिले कुनै लेख दिनुभएन । बराबर बाहिरबाट लेखहरू आउँथे तर धेरैजसो लेखहरू अदालतमा फैसला लेखे जस्तो गरी शिरदेखि पुछारसम्म एउटै पूर्णविराम हुन्थ्यो । म रातरातभर बसीबसी सारा लेखलाई सार्दथेँ, पूर्णविराम मिलाउथेँ । एउटा अर्को कुरा के थियो भने विना समितिमा पास नगराई लेख छाप्न पाइँदैनथ्यो । सारा लेख समितिमा पठाइ समितिले तोकिदिएका मेम्बरहरूकहाँ लेख पास गर्नाको निमित्त पठाइन्थ्यो । कसै कसैले त चाँडो हेरी पास गरिदिन्थे । कसै कसैले त काहाँको झन्झट भनी त्यसै थन्क्याइदिन्थे । लेख पठाउनेहरू पत्रिकामा आÇनो लेख नछापिएकोले रिसाउने गर्दथे । अनेक मिन्नत गरी लेख जम्मा पारिन्थे समितिमा पुगेपछि अड्किदिँदा पत्रिकालाई लेखै नभएर छाप्न ढिलो हुन्थ्यो । जसो गरेर भए पनि पत्रिका निकाल्नै पर्ने हुनाले म अनेक अन्य भाषाका पत्रिकाहरूमा छापिएका लेखहरूलाई अनुवाद गर्दै पत्रिकामा भर्ने गर्दथेँ । याहाँसम्म कि पत्रिकाका पृष्ठहरू भर्नालाई व्यञ्जनादि पाकशिक्षाका लेखहरू समेतलाई लेख्तै पढ्ने पनि गर्नुपर्दथ्यो । यता लेख लेखको त्यस्तो अभाव हुन्थ्यो । फेरि ग्राहक बनाउदै हिँड्थेँ पैसा तुरुन्तै दिँदैनथे, पत्रिका पठाइदेऊ भन्दथे, तर पैसा पाइँदैनथ्यो । भन्न पठाउँदा “के त्यसको पनि पैसा दिनुपर्छ ?” भन्ने जवाफ आउँदथ्यो । १÷२ ठाउँमा त राणाजीहरूको ढोकामा कुरी पैसा लिन पठाउँदा १÷२ पटक मेरो पैसा असूल गर्ने मान्छेलाई गलहत्याई पनि पर्दथ्यो । यस्तै हिसाबले २÷४ वर्ष चल्दै थियो । यही बीचमा भारतीय डाँक व्यवस्था नेपाल राज्यमा आफैले गर्ने व्यवस्था हुन गयो र ४ पैसामा डाकद्वारा जाने गरेका पत्रिकालाई नेपाली १२ देखि २५ पैसासम्मको टिकट टास्नुपर्ने भयो र वार्षिक रु.४।– ले पर्तै नपर्ने भयो कसो गरूँ ? भनी डाइरेक्टरकाहाँ उजूर गर्दा “त्यसो भए बन्द गरिदेऊ” भन्ने जवाफ पाएर पत्रिका बन्द गर्नुपर्ने आवश्यकता पर्न गयो । यही बीचमा मलाई तराईतिर जानुप¥यो र मैले श्री ३ जुद्धको वीरगञ्जमा दर्शन गर्ने मौका प¥यो । मसित त श्री ३ को कुरा भएन तर मेरो मुख देख्नाले उहाँलाई ‘शारदा’ पत्रिको सम्झना भएछ र क्याम्पबाट डाइरेक्टर जनरललाई फोनबाट “आजकाल ‘शारदा’ किन मकाहाँ नआएको ?” भन्ने प्रश्न गरेछन् । डाइरेक्टरले “हाल ऋद्धि तराईतिर गएको छ, ऊ आउने बित्तिकै जाहेर गर्ने छु” भन्ने जवाफ दिएछन् । फेरि भीमफेदी भन्ने ठाउँमा मेरो भाइ सिद्धिले दर्शन पाएछ । हामी दुवै भाइ झण्डै उस्तै अनुहारका थियौँ । फेरि श्री ३ लाई ‘शारदा’ पत्रिको सम्झना भएछ र फेरि बालकृष्ण समलाई डाकी यावत कुराको सोधनी भएछ । उहाँले पनि ‘पत्रिकाको आवश्यकताको बारेमा अनेक कुरा थपिदिनुभएछ । यो कुरा मलाई उहाँकै मुखबाट पछि सुन्ने मौका परेको थियो । यत्तिकैमा श्री ३ जुद्ध काठमाडौँ सवारी भित्रियो र तुरुन्तै मलाई डाइरेक्टर जनरलले आठपहरिया पठाइ समात्न पठाए । मलाई “पत्रिका किन नचलाएको ?” भन्ने खप्की हुन थाल्यो । मैले “भारतको डाक व्यवस्था छँदा त एउटा पत्रिका ४ पैसामा चलाउन पाउदथेँ । झन् आÇनै मुलुकमा त्यो डाक व्यवस्था आएपछि १२ पैसादेखि २५ पैसासम्ममा चलाउनु पर्ने भएकोले चलाउन नसकेको हो” भन्ने जवाफ दिएँ । “त्यसो भए डाकको भारतीय व्यवस्था कस्तो रहेछ, लेखेर ल्याउनू” भन्ने भएपछि मैले डाक व्यवस्थालाई नेपालीमा सारी लगिदिएँ । सोही मुताविक गरी शारदा मासिक पत्रिकाको समितिबाट ००१ नम्बर राखी डाक महसूल ४ पैसामा चलाउने व्यवस्था भयो र फेरि चालू गर्ने व्यवस्था गरेँ । पहिलेका ग्राहकहरूबाट आउनुपर्ने पैसाको हिसाब गर्दा अन्दाजी ४ हजार रूपैयाँ जति बाँकी पर्न गएको रहेछ । पैसा असूल गर्नेहरूले चुटाइसम्म पाउँदा पनि पैसा असूल नभएकाले सारा अधकट्टी रसीदहरूलाई च्याती वागमतीमा बगाइदिन करै लाग्यो । पैसा असूल भएन । एक त आÇनो जाहान बच्चा पाल्ने पैसा यसरी यत्रतत्र हुँदा जाहानमा पनि अलि मनोमालिन्य आउन थाल्यो । आÇनो अर्को आर्जन नभए जत्तिकै थियो । गरेको व्यवस्था पनि त्यस्तो बिग्रन गएकोले एक तरहबाट ज्यादै खिन्नता आउन थाल्यो । यता यस्तो हुँदै थियो । ९७ सालको काण्डको सुरु हुन थाल्यो । ९५÷९६ सालदेखि त लेख आउन पटक्कै बन्द भयो । त्यसताक मैले सिद्धिचरणलाई शारदाको काममा मद्दत गर्ने काममा राखेको थिएँ । ९३÷९४ सालको पत्रिका पल्टाएर हेरेमा पत्रिका लङ्गडाउँदै थिचिँदै मिचिँदै प्रकाशित भएको प्रस्टै थाहा हुनेछ । सम्पादकीय लेख्ता पनि चारैतिरका हावा पर्यन्तलाई बचाउँदै लेख्नुपर्ने अवस्था भएकोले प्रायः सबै जस्तो लेखमा श्री ३ को गुणगान गर्नै पर्दथ्यो नत्र पत्रिकाको धुकधुकी पर्यन्त अवरुद्ध हुने डर थियो । यसै बीचमा छोटो कथा लेख्ने हाम्रो बानी नभएकोले बराबर सम्पादकीय त्यस्तो कथा लेख्नलाई लेखिन्थ्यो फलस्वरूप गुरूप्रसाद मैनालीज्यूको नासो जस्ता छोटो कथा बराबर लेखिन थाल्यो । त्यसैताक भवानी भिक्षु पनि तौलिहवाका बिर्तावाल पुरीहरूको काम गर्ने हुनाले काठमाडौँ आएका थिए, मैले सिद्धिचरणद्वारा उनलाई चिन्ने मौका प¥यो र उनी बराबर घरमा आउने गर्दथे । साहित्यिक हुनाले बराबर अरू विषयका साथै ‘शारदा’ को पनि चर्चा चल्दथ्यो । उनी नेपाली लेख्न जान्दैनथे तर उनको लेखहरू पनि शारदामा प्रकाशित होऊन् भन्ने उनको अभिप्राय थाहा भएको हुनाले मैले उनको ‘त्यो फेरि फर्केला’ गुनकेसरी भन्ने इत्यादि लेखहरूलाई नेपालीमा अनुवाद गरी शारदामा प्रकाशित गरिदिएँ । यसै बीचमा उनी बाबाहरूको साथमा तौलिहवातिर फर्केर गए । यता ९७ सालको काण्डको धरपकड सुरु हँुदै गयो । पत्रिका चलाउन गाहारो पर्दै आयो । उनी फेरि काठमाडौँ आएर मेरै घरमा बस्ने आग्रह गरेकोले मैले उनलाई आÇनै भान्छामा खान दिई घरैमा राखेँ । त्यसताक काठमाडौँमा बाहिरबाट आउने मान्छेलाई राख्न सख्त मनाही थियो तापनि पुलिस कप्तानहरूलाई उनी सरहदियै हुन्, मुग्लानिया होइनन् भन्ने परिचय दिइयो र राख्ने इजाजत पाएँ । मैले उनी मेरो प्रेसमा काममा लगाएका मान्छे हुन् भन्ने जवाफ दिएपछि बल्ल पुलिसको लखेटाइबाट बचे । भिक्षुलाई पनि ज. मृगेन्द्रकाहाँ लगी यिनलाई ‘शारदा’ को र प्रेसको काम लगाएको छु भन्ने परिचय गराएँ । त्यसैले उनी ९६ सालदेखि शारदामा लेख्ने गर्न थाले । नेपाली लेखेको मधेसी भाषाको शैली हुने हुनाले प्रायः मैले काँटछाँट गरी प्रकाशित गर्ने गर्दथेँ । मलाई त शारदा दीगो रहोस् भन्ने सिवाय अरू कुनै ध्यानै रहन्नथ्यो, त्यसैले उनले विशेषाङ्क छाप्ने प्रस्ताव राख्तथे, म सहमत भई छपाउने गर्दथेँ । खर्च बेहोर्ने मै थिएँ । उनलाई त्यसको भारदेही नपर्ने हुनाले खर्च ज्यादै गराइदिए । उनको स्पष्ट नबुझिने लेखले गर्दा ग्राहक ज्यादै कम हुँदै गए । सम्पादकीय पनि त्यस्तै हुन्थे । नेपालीमा उनले लेखेका लेखहरू प्रस्टै छुट्टिन्छ, किन हो त्यो त पाठकहरूलाई नै थाहा होला । यो ‘शारदा’ चलाउनलाई आफूले जति कष्ट र आर्थिक प्रश्न परिआएका थिए, त्यो भनिसाध्य छैन । मेरो आर्थिक अवस्था पनि सा¥है नाजुक, फेरि सबै लेखकहरूले ९७ सालको काण्डले गर्दा लेख्नै छोडिदिनाले पत्रिका बन्दै जस्तो हुन गयो । २००० सालमा मेरो आÇनो घरको मुद्दाले प्राइमकाहाँ मुद्दा पर्न गएको थियो । जुद्धशमशेरले पद्मशमशेरलाई प्राइम्मिनिस्टरी छोडी गएपछि २००२ सालमा ‘शारदा’ माथि कुठाराघात पर्न गयो । उसै त कागत मसी इत्यादि किन्ने पैसा कमै थियो, दोस्रो श्री ३ तिरबाट प्रेसर पर्दै आयो । कारण मैले शारदा चलाउन पैसाको मद्दत मागेको थिएँ, त्यसमा डाइरेक्टरले वर्षको १,२०० रूपैयाँ दिने, सम्पादकलाई ३६०, लेखकलाई महिनैपिछे ५० को दरले ६०० दिने । फेरि सम्पादकत्वमा पनि मृगेन्द्रको चाकरिबाज गोपाल रिमाललाई खटाएर पठाए । यो पद्मशमशेरको पाला थियो । मैले डाइरेक्टरलाई “यदि अर्को सम्पादक आई शारदा चलाउँदछ भने मैले प्रेसमा छाप्यो भनेर त्यसको जवाफदेही ममा नपरोस्” भन्ने जवाफ दिएँ । “त्यसो त हुन सक्तैन, तिमीले जवाफदेही हुनै पर्छ” भन्ने जवाफ आयो । ठीक यसै समयमा उक्त रिमालले एउटा सम्पादकीय लेखेर प्रेसमा छपाउनलाई कम्पोज गराए । मैले “यस्तो लेख त म राख्न दिन्नँ” भनी रोकिदिएँ । मैले त्यो लेख डाइरेक्टरलाई देखाउन लगेँ । त्यो लेखको बारेमा श्री ३ पद्मकाहाँ आए तर मैले त “डाइरेक्टरको मातहतको कुरा भएकोले त्यसो भए मलाई श्री ३ को लिखित यचमभच पाउनुपर्छ” भन्ने जवाफ दिएँ । यता यो कुरा चल्दै थियो । ५÷७ दिन व्यतित भयो । उता यसै बीचमा नेपालमा त्यस बखतसम्म जनतालाई थाहै नभएको ‘स्लोगान’ फलाक्दै जिन्दाबाद गरेर देश घुम्ने काम गरे । त्यसैमा रिमाल र अरू ठिटाहरू पनि साथै थिए । यस्तै हिसाबले देशव्यापी आन्दोलन सुरु भयो । फलस्वरूप “शारदाबाट रिमाललाई झिक, तिम्रो आÇनो छोरालाई सम्पादक बनाऊ” भन्ने यचमभच आएकोले गोविन्दबहादुर मल्ललाई सम्पादक बनाएँ । शारदामा त्यस बखतभन्दा अगाडि काम गर्ने कार्यकर्ताहरूले ‘माछा देख्यो दुलो हात, सर्प देखे पाखा हात’ भन्ने चरितार्थ गर्दै आफ्आÇनो घरतिर गए । जिनतिन गोविन्दबहादुरको सम्पादकत्वमा शारदा केही दिन चल्यो । यसै बीचमा श्री ३ पद्मले प्राइम्मिनिस्टरी छोडी राँची जान बाध्य गराइयो र श्री ३ मोहन प्राइम्मिनिस्टर भए । अब त कङ्ग्रेस भन्ने जजसलाई मन प¥यो आरोप लगाइ धरपकड हुन थाल्यो । फलस्वरूप विजयलाई भाषण दियो भन्ने आरोप लगाइ साढे ३ वर्षसम्म जेलको सजाय दिइयो । ‘शारदा’ मासिक पत्र माने देशलाई भड्काउने भन्ने आरोप लगाई सहश्र छिद्र खोजिन थाल्यो । एउटा कुनै देशको शासक कुनै कुराको विरुद्ध हुन गएको खण्डमा दिगो राख्न गाहारै पर्ने कुरा प्रस्टै छ । त्यसै कारण अनेक तरहको षडयन्त्र चलाई ‘शारदा’ बन्द गराउन चाला चल्न थाल्यो । हामी त देश भड्काउनेमा ठहरिन थाल्यौँ । ज्यानै जोगाउन मुस्किल थियो । शारदाको प्रकाशन यदाकदा मात्र हुन थाल्यो । त्यसपछि ७ सालको आन्दोलन चल्यो । श्री ५ सरकारको सवारी दिल्लीतिर भएपछि त ‘शारदा’ बिल्कुलै बन्द भयो । सवारी फेरि नेपाल फिरेपछि जिउँतिउँ गरी १।२ अङ्कसम्म छापियो । नत्र बन्दको बन्दै भयो । हाम्रो प्रेसले पनि शारदाको सट्टा ‘आवाज’ दैनिक पत्र निकाल्न थाल्यो । यही हो शारदाको संक्षिप्त आत्मकहानी ।
यसै बीचमा मेरो अनुवादको काम जारी नै थियो । फलस्वरूप चरित्रहीन, गोरा, आँखाको कसिङ्गर, डुङ्गा पल्टो, शेष प्रश्न, नाइट्रोड्यामको कुम्भे, शाहजाहाँ, ‘गुरु शिष्य संवाद–आध्यात्मिक लेख’ सबैभन्दा पछि ‘युद्ध र शान्ति’ धबच बलम उभबअभ को अनुवाद हुँदै थियो । आँखा खराब भएकोले म्यअतयच ले लेख्न मनाही गरे ।

 

(उन्नयन, पूर्णाङ्क २५, २०५४ बाट)




साहित्यिक पत्रकारिताको विकास क्रममा झापा
  चूडामणि वशिष्ठ


१. पृष्ठभूमि
संस्कृत पत्रम् शब्दले पात भन्ने बुझाउँछ । पत्रम् संस्कृत नाम शब्द हो । नेपाली लोकपरम्पराको अर्थमा चाहिँ पत्रम् भन्नाले पातमा लेखेको सन्देश भन्ने बुझिन्छ । पातमा लेखेको सन्देश, लिखित खबर वा चिठ्ठी, कुनै विषयको प्रमाण र पाना नै पत्र हो । (शर्मा, २०६२ ः ५६६) पातको अर्थ दिने पत्र शब्दले अहिले चिठ्ठी–समाचार लेखिएको कागज, धातुको पातलो पातो (ताम्रपत्र, कनकपत्र) आदि बुझिन्छ । (चापागाई, २०६२ ः ६७७) 
पत्रमा इका प्रत्यय जोडिएर पत्रिका शब्द बनेको छ । पत्रिका भन्नाले छापाखानाबाट कागज मसीको प्रयोग गरी विभिन्न घटना–विवरण, विचार, भावना आदि सत्यतथ्य रूपमा पाठकका जिज्ञासा मेट्न आउने अभिलेख भन्ने बुझिन्छ । भएका घटना, मानवीय सूचना र विचारलाई एक सूत्रमा बाँधी व्यक्ति वा समूदायमा पु¥याउने माध्यम पत्रपत्रिका हो (चालिसे, २०४५ ः २५) । पत्रपत्रिका भन्नाले आम सञ्चारका विविध माध्यमहरूमध्ये पाठकले आफ्नो अनुकूलतामा सुरक्षित राखी आफ्नो कौतुहल मेट्ने माध्यम भन्ने बुझिन्छ ।
पत्रकारिता भनेको चाहिँ आम चासोको विषयवस्तुहरूको खोज, सङ्कलन, लेखन, सम्पादन, संयोजन गरी सञ्चार माध्यम मार्फत प्रकाशन–प्रसारण गर्ने काम हो । लेखक, समाचार सङ्कलक, सम्पादक, स्तम्भकार, व्यङ्ग्य चित्रकार, फोटोग्राफर तथा समाचार उत्पादन, प्रकाशन–प्रसारण गर्ने व्यक्ति पत्रकार हो । विश्वको जुनसुकै कुनामा भइरहेका घटनालाई छनौट गरी शब्द, आवाज र तस्वीरद्वारा सम्बन्धित सन्देश जनसमक्ष पु¥याउने कार्य पत्रकारिता हो । पत्रकारिताका यस्ता माध्यमहरूमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन आदि पर्दछन् । 
लोकतान्त्रिक राज्यव्यवस्था भएका मुलुकहरूमा पत्रपत्रिकालाई राज्यको चौथो अङ्ग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछिको अर्को अङ्ग)–को रूपमा मानिन्छ । पत्रकारिताले नागरिकदेखि सरकारसम्मलाई सुसूचित गरी एक प्रकारको जनमत निर्माण गरेर समाज र राज्यव्यवस्थालाई सही ढङ्गले अगाडि बढाउन सक्छ । यसले सूचना, शिक्षा, प्रेरणा र मनोरञ्जन दिने काम गर्छ । आज पत्रकारिता प्रमुख राजनैतिक खेलाडी जस्तै बनेको छ । पत्रकारिताको यही शक्तिलाई बुझेर नेपोलियन बोनापार्टले भनेका थिए– ‘चार हजार सशस्त्र सैनिकभन्दा एउटै विरोधी पत्रिका खतरा र शक्तिशाली हुन्छ ।’ वास्तवमा पत्रकारिता भनेको समाजमा भइरहेका नवीन घटना वा क्रियाकलापहरूको सङ्कलन, सम्पादन, लेखन, प्रकाशन, प्रसारण कार्यसँग सम्बन्धी सूचना प्रवाहको क्रियाकलाप हो । 
पत्रकारिताका अनेक विधा वा किसिमहरू छन् । सञ्चार माध्यमहरू फरक–फरक उद्देश्यका साथ सञ्चालित हुन्छन् । पत्रकारिताका मोटामोटी विधा सूचनात्मक, विश्लेषणात्मक, अनुसन्धानात्मक, मनोरञ्जनात्मक भनिए पनि यसका सबै विधा किटान गर्न सम्भव छैन । प्रचलनमा रहेका विधाहरूलाई नै आधार मानेर यसको वर्गीकरण गर्नुपर्ने देखिन्छ । सूचना प्रविधि र विषयवस्तु वा भूमिकाका आधारमा पत्रकारितालाई मुख्य दुई वर्गीकरण गर्न सकिन्छ । 
१) विद्युतीय पत्रकारिता र २) मुद्रण पत्रकारिता । रेडियो, टेलिभिजन, अनलाइन आदि विद्युतीय पत्रकारिता हुन् भने समाचारपत्र वा अखबार र पत्रिका चाहिँ मुद्रण पत्रकारिता अन्तर्गत पर्दछन् ।
पत्रिकाहरू पनि विषयवस्तु वा क्षेत्रका आधारमा अनेक किसिमका हुन्छन् । फोटो पत्रकारिता, कानुनी पत्रकारिता, आर्थिक पत्रकारिता, खेलकुद पत्रकारिता, सिने पत्रकारिता, शिक्षा, स्वास्थ्य, कृषि, बाल पत्रकारिता, साहित्यिक पत्रकारिता आदि । विषयवस्तुले नै साहित्यिक पत्रकारितालाई अन्य पत्रकारिताबाट अलग्याउँछ ।
२. साहित्यिक पत्रकारिता
साहित्यका विभिन्न विधाहरूमा केन्द्रित भएर गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो । यसमा साहित्यिक विकास, चिन्तन, गतिविधि, समीक्षा, साहित्यिक बहस, अनुसन्धान, भाषा, शैली आदिको निरूपण, समीक्षा, समालोचना, आलोचना आदि सम्प्रेषण गरिन्छ । अथवा, साहित्यिक गतिविधिका बारेमा समाचार, रिपोर्ट, प्रतिवेदन, अनुसन्धान आदिका माध्यमबाट गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो । कविता, निबन्ध, नाटक, आख्यान जस्ता सिर्जनात्मक विधा र तिनका उपविधा तथा समालोचनात्मक लेखहरू समावेश गरी प्रकाशित गरिएको साहित्यसँग सम्बन्धित पत्रकारिता नै साहित्यिक पत्रकारिता हो । यसले भाषा र साहित्यको विकास विस्तारका साथै नयाँ सूचना जानकारी दिने गर्दछ । भाषा–साहित्यको विकास र विस्तारमा साहित्यिक पत्रकारिताको महŒवपूर्ण भूमिका रहेको हुन्छ । साहित्यका सम्पूर्ण सिर्जनात्मक विधा र समालोचना, दैनिकी, आत्मकथा, संस्मरण, अन्तर्वार्ता गतिविधि व्यङ्ग्य चित्र आदि जस्ता कुराहरू साहित्यिक पत्रकारिताभित्रै पर्दछन् । साहित्यिक पत्रकारिता, पत्रकारिताकै एउटा रूप वा प्रकार हो, जसले साहित्यको विकासमा महŒवपूर्ण मद्दत पु¥याउने गर्दछ । 
साहित्यिक पत्रिकाले साहित्यकारलाई चिनाउँछ, स्थापित गर्छ । यो साहित्यिक प्रतिभाको परिचायक उपादान हो । यो एउटा पेसा पनि हो । इतिहासमा धेरैजसो पत्रिकाको सुरुआत साहित्यिक पत्रकारिताबाटै भएको पाइन्छ । अखबारको फिचर लेख तथा समाचारमा धेरै–थोरै साहित्यिक तŒव रहेकै हुन्छ । धेरैजसो साहित्यकारले सुरुमै कृति प्रकाशन गर्दैनन् । अनेक फुटकर रचना साहित्यिक पत्रिकामा प्रकाशन गरी, त्यसको लोकप्रियतालाई बुझेपछि र त्यसबाट प्रेरित भएपछि मात्रै सङ्ग्रहका रूपमा अधिकांश पुस्तक प्रकाशन गर्ने गरेको पाइन्छन् । जस्तो लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रहका अधिकांश निबन्ध शारदा पत्रिकामा प्रकाशित भएका पाइन्छन् । उपन्यास तरिङ्गिणी (१९५९), सुन्दरी 
(१९६३), माधवी (१९६५), गोर्खाली (१९७२), चन्द्रिका (१९७२), गोर्खा संसार 
(१९८३), तरुण गोर्खा (१९८५) आदि जस्ता साहित्यिक पत्रिकाले–लेखनाथ पौडेल, सोमनाथ सिग्देल, राममणि आदी, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणी चालिसे, धरणीधर कोइराला जस्ता प्रतिभालाई अगाडि ल्याएको पाइन्छ । अझ शारदा (१९९१)–ले त लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, पुष्कर शमशेर, विश्वेश्वरप्रसाद कोइराला, माधव घिमिरेजस्ता आधुनिक साहित्यिक महारथी नै जन्मायो । मनोवैज्ञानिक, सामाजिक यथार्थलाई प्रस्तुत गर्दै भाषा–साहित्यको अभिवृद्धि साहित्यिक पत्रिकाले गर्छ । सर्जकहरूलाई जन्माउँछ, साहित्यको उन्नयन गर्छ अनि देश र जनताको हित तथा अधिकारका लागि आवाज पनि उठाउँछ ।

३. झापामा साहित्यिक पत्रकारिता 
नेपाली साहित्यिक पत्रकारिताको आरम्भकर्ता मोतीराम भट्ट हुन् । उनको सक्रियतामा प्रकाशित गोर्खा भारत जीवन (१९४३ बनारस) पत्रिकाले नेपाली साहित्यिक पत्रिकाको श्रीगणेश गरेको हो । यसपछि (१९५५) सालको सुधासागर नेपालबाट प्रकाशित पहिलो साहित्यिक पत्रिका हो । तर यो प्रकाशित भएको ऐतिहासिक पुष्टि भए पनि यो पत्रिका अप्राप्य नै छ । यसपछि (१९५८) मा गोरखापत्रको प्रकाशन भयो । गोरखापत्र अखबार भएपनि यसमा मनग्गे साहित्यिक सामग्री प्रकाशित भएका छन् । 
नेपाली साहित्यिक पत्रकारिताको विकास नेपालभित्रबाट भन्दा बाहिरबाट धेरै भएको पाइन्छ । बनारस, दार्जिलिङ, देहरादून आदि स्थानबाट प्रकाशित साहित्यिक पत्रिकाहरूले नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका छन् । वि.सं. १९९१ मा ऋद्धिबहादुर मल्लको सम्पादनमा प्रकाशित शारदा पत्रिका नेपाली साहित्यिक पत्रिकाको अविस्मरणीय घटना हो । यहीँबाट नेपाली साहित्यिक पत्रिकाले गति लिएको हो । नेपाली साहित्यिक पत्रिकालाई १९४३ देखि १९९१ सम्म आइपुग्न पादरी गङ्गाप्रसाद, मोतीराम भट्ट, गणेशलाल सुब्बा, सूर्य विक्रम् ज्ञावली, पारसमणि प्रधान, मातृकाप्रसाद अधिकारी, शम्भुप्रसाद ढुङ्गेलहरूको महŒवपूर्ण योगदान रहेको पाइन्छ । 
२००७ सालको राजनैतिक परिवर्तनपछि कुण्ठित भएर सुषुप्त रूपमा रहेका साहित्यकारहरू जागे । यस परिवर्तनले काठमाडौँमा मात्रै होइन देशभरि नै साहित्यिक नयाँ जागरणको लहर चल्यो, जसबाट झापा पनि अछुतो रहेन । २०१० सालमा श्यामकृष्ण शर्माको सम्पादनमा भद्रपुरबाट केटो नामक पत्रिकाको प्रकाशन भयो । यसैलाई झापाको र अन्ततः मेची अञ्चलकै पहिलो पत्रिका मानिन्छ ।
जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका र नभएका प्राप्त साहित्यिक पत्रिकाहरूको मात्र विवरण यहाँ प्रस्तुत गरिएको छ । यस लेखमा सबै पत्रिकाको विवरण आएको छ भन्ने दाबी गर्न मिल्दैन । जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएका र भएकै पनि कतिपय पत्रिकाहरूको नाम यस लेखमा छुट्न गएको वा खोज हुन बाँकी रहेको स्वीकार्नै पर्छ ।

झापाबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाको विवरण
क्र.सं. पत्रिकाको नाम प्रकाशन साल  सम्पादकको नाम
केटो २०१० श्यामकृष्ण शर्मा 
हाम्रो नेपाल २०११ महानन्द सापकोटा
विद्यामणि २०१६ भैरवबहादुर श्रेष्ठ
श्रीकुमारी शान्ति प्रसाई
प्रकाश २०१७ वसन्तकुमार खड्का
युवक २०१८ श्यामकृष्ण उपाध्याय
किरण २०१८ तेजराज खतिवडा
जुनेली २०१९ इन्द्र प्रधान÷ देवमणि ढकाल
पञ्चायत २०२० वसन्तकुमार खड्का 
भानु २०२० भवानीप्रसाद घिमिरे
१० आँखो २०२० जय बराल÷तेराख÷चन्द्र भण्डारी
११ पञ्चायत २०२० नकुल काजी÷भरत कोइराला
१२ उषा २०२० रुद्र खरेल÷इन्द्र प्रधान
१३ हाम्रो नेपाल २०२१ वसन्तकुमार खड्का 
१४ मेची सन्देश २०२३ स्वयम्भूलाल श्रेष्ठ
१५ मोती २०२३ चूडामणि रेग्मी र अन्य
१६ पाउलो २०२३ तेजराज खतिवडा
१७ कस्तूरी २०२४ हृषीकेश उपाध्याय 
१८ धारा २०२४ स्वयम्भूलाल श्रेष्ठ
१९ मुना २०२४ रामप्रसाद पोख्ररेल
२० तीनजुरे २०२५ मालेस्टामा दाहाल
२१ साँचो २०२५ दिव्य भूर्तेल 
२२ पञ्चामृत २०२५ वासुदेव शर्मा 
२३ हिमाल २०२५ राधाकृष्ण मैनाली÷रुद्र खरेल
२४ झटारो २०२६ तेजराज खतिवडा
२५ झम्पल २०२७ यज्ञराज प्रसाई
२६ कन्तुर २०२७ द्रोणाचार्य क्षेत्री÷सीता कोइराला 
२७ आह्वान २०२७ अम्बिका रिजाल÷पुण्य ढकाल
२८ सहयोग २०२७ हृषीकेश उपाध्याय
२९ हिमाल २०२७ वासुदेव गौतम
३० किसान दाइ २०२७ तुलसी अधिकारी (टी.ए.)
३१ लालटिन २०२७ मोती इङनाम÷उमा रिजाल
३२ आकृति २०२८ सुशिला÷नरेश कुमार 
३३ कोसेली २०२८ नारद ओझा 
३४ विवेचना २०२८ नकुल काजी
३५ विचार २०२९ भानुभक्त पोख्रेल
३६ धारो २०२९ तेजराज खतिवडा 
३७ श्रीपेच २०२९ गोविन्द्र श्रेष्ठ 
३८ धारो २०३० तेजराज खतिवडा
३९ नलिनी २०३० भरत पोखरेल
४० अञ्जुली २०३० बद्रीनारायण शर्मा
४१ अहिले २०३२ विष्णुविभूु घिमिरे 
४२ ऊर्नी २०३३ लक्ष्मी जोशी
४३ देउराली २०३३ डिल्लीराम तिमसिना
४४ शिरविन्दु २०३४ बोधराज निरौला÷गोविन्द श्रेष्ठ
४५ सेवा सुश्रुषा २०३४ डिल्लीप्रसाद भट्टराई 
४६ प्रतिभा २०३५ पुष्पराज प्रधान
४७ युगवाणी २०३५ लेखनाथ शर्मा निराला
४८ विश्वदीप २०३५ मदन ढकाल
४९ अध्ययन २०३५ चूडामणि रेग्मी 
५० छहारी २०३५ आशु ताम्राकार
५१ हिमज्योति २०३५ गोविन्दराज भट्टराई
५२ साहित्य ध्वनि २०३६ योग्यराज न्यौपाने 
५३ नवज्योति २०३६ युवराज गौतम
५४ साहित्यालोक २०३७ अमृतलाल श्रेष्ठ 
५५ जुही २०३७ प्रदीपमणि रेग्मी 
५६ हाच्छिउँ २०३७ देवेन्द्रकिशोर ढुङ्गाना
५७ यात्रा २०३७ देवेन्द्रकिशोर ढुङ्गाना
५८ रहर २०३७ डिकमान विरही
५९ संसार २०३८ श्यामकृष्ण उपाध्याय
६० लालीगुराँस २०३८ रञ्जीत खड्का 
६१ डोली २०३८ ओलाङचुङ देवान
६२ जनज्योति २०३८ गञ्जबहादुर दाहाल
६३ जय नेपाल २०३८ मुकुन्दकुमार ढुंगाना
६४ मेची २०३८ गमनराज आचार्य
६५ महिला संसार २०३८ सीता पाठक
६६ किसान २०३८ मेथङ घिसिङ
६७ दुबो २०३९ राजेन्द्र शर्मा शलभ
६८ आह्वान २०३९ भरत भूर्तेल
६९ काकरभिट्टा परिचय २०३९ विष्णुविभु घिमिरे
७० खितिति २०३९ कृष्ण धरावासी
७१. अरुणोदय २०४० डी. कौडिन्य÷विजय खरेल
७२. सङ्केत २०४५ दुर्गा दाहाल
७३. विश्वदीप २०४६ कमल जङ्गली आचार्य
७४. क्षितीज दर्पण २०४६ ठाकुरप्रसाद शिवाकोटी
७५. अञ्जली २०४९
७६. दोभान २०४९ लोकराज पौडेल
७७. ज्योतिष दर्पण २०४९ कृष्णप्रसाद भट्टराई र अन्य
७८. शासंक २०४९ राम आचार्य
७९. फलैँचा २०४८ जीवन कोइराला र अन्य
८०. गन्तव्य २०५० होम सुवेदी
८१. प्रतिभा २०५० खेमलाल पोखरेल र अन्य
८२. सिरिजंगा २०५० प्रेमप्रकाश थेवे
८३. कनकाइ प्रवाह २०५१ कोमल प्र.पोखरेल
८४. कनकाइ २०५१ कोमल प्र. पोखरेल
८५. दोमुखा २०५२ प्रयागराज काफ्ले
८६. पूर्णिमा २०५२ प्रयागराज काफ्ले
८७. तिलकोट २०५२ सुन्दकुमार राई
८८. यथार्थ कुरा २०५२ चूडामणि रेग्मी
८९. सङ्गम २०५२ कमल जङ्गली आचार्य
९०. उद्दीपन २०५२ भक्त खपाङ्गी
९१. आधारशिला २०५३ रामनाथ बाँसकोटा
९२. सिर्जना २०५३ दीपक पोखरेल
९३. त्रिफला दर्पण २०५३ प्रेमप्रकाश फलाहारी
९४. मेचीका सुसेली २०५३ पुण्यप्रसाद खरेल
९५. जिज्ञासा २०५४ धनेन्द्र शर्मा
९६. सङ्गम २०५४ उत्तमप्रसाद भट्टराई र अन्य
९७. त्रिफला २०५४ मोहन कुमार खड्का
९९. नवरङ्ग २०५४ डम्मर घिमिरे र अन्य
१००. अर्को विकल्प २०५५ प्रेमकुमार प्रधान
१०१. सुसेली २०५५ भोजराज कट्टेल
१०२ देवानछाप २०५५ चन्द्र भण्डारी
१०३ गन्तव्य २०५५ होम सुवेदी
१०४ दीक्षा २०५६ लीला उदासी
१०५ सप्रमाण २०५६ अरूण नेम्वाङ
१०६ मेची किनाराका कविता २०५६ भवानी घिमिरे
१०७ नीलगिरी २०५६ महेन्द्र लुइँटेल
१०८ साहित्याकाश २०५६ लोकेन्द्र बन्जारा
१०९ सुखानी २०५७ कमल गुरागाई
११० भानु प्रभा २०५७ लम्बोदार पौडेल
१११ सगरमाथा सौगात २०५९ पञ्चप्रकाश चेम्जोङ
११२ नवरङ्ग २०५९ डम्बर घिमिरे र अन्य
११३ सुसेली २०५९ विजय खरेल र अन्य
११४ मेची प्रपात २०६० केशवराज खनाल
११५ देवकोटा स्मारक २०६० चन्द्र भण्डारी
११६ दमक टाइम्स २०६१ दुर्गाप्रसाद अधिकारी
११७ साहित्य चौतारी २०६१ शिवशङ्कर थापा
११८ कञ्चन २०६१ दीपक गजमेर
११९ मेचीनगर २०६१ चन्द्र भण्डारी
१२० सूर्याेदय २०६१ गङ्गाबहादुर अधिकारी
१२१ धर्नासो २०६१ दिलिप घिमिरे
१२२ किराँत नामसाङ २०६२ डिकेन्द्रसिंह लिम्बू
१२३ हाम्रो पर्यावरण २०६२ के.आर.अम्बू÷गङ्गा अधिकारी
१२४ अनावरण २०६२ यज्ञराज प्रसाईं
१२५ दशरथ २०६४ विजयप्रसाद दाहाल
१२६ बाल ज्ञानमाला २०६४ घनेन्द्र शर्मा
१२७ साहित्य सचेतना २०६५ पुण्य खरेल र अन्य
१२८ अनुसूचन २०६५ भक्त खपाङ्गी
१२९ नयाँ जनअदालत २०६५ जि.एन. शर्मा
१३० द इन्फो एक्सप्रेस २०६५ मीन प्रसाई
१३१ पूर्वाञ्चल २०६५ मदन ढकाल
१३२ पूर्वी प्रतिध्वनि २०६५ नकुल काजी
१३३ किच्चकवध २०६६ चिन्तामणि दाहाल÷गोपाल गिरी
१३४ यात्रा २०६६ गणेश निरौला÷टङ्क विकल्प
१३५ हाम्रो भूमि २०६६ डिल्लीराज श्रेष्ठ
१३६ योगीनरहरिनाथ २०६७ कमलप्रसाद पोखरेल
१३७ पल २०६७ उमाकान्त खनाल र अन्य
१३८ ज्वलन २०६८ वसन्त बहादुर लिम्बू
१३९ सुप्तुङ २०६८ प्रेम राई
१४० आरोहण २०६८ लीलाप्रसाद अधिकारी
१४१ मिर्मिरे बिहानी २०६८ अच्युत सुवेदी

यी साहित्यिक पत्रिकाका अतिरिक्त झापाबाट जति पनि समाचारपत्रहरू प्रकाशित हुन्छन् तिनमा साहित्यलाई पनि निकै प्राथमिकता दिएको पाइन्छ । गीत, गजल, कविता, निबन्ध, कथा, लघुकथा आदि छोटा सामग्री सबैजसो समाचारपत्रमा प्रकाशित हुने गरेका छन् । कतिपय दैनिक समाचारपत्रले साप्ताहिक रूपमा एक दिन साहित्यिक अङ्क प्रकाशित गर्ने गरेका छन् भने कतिले मासिक रूपमा प्रतिभा परिचय भनेर साहित्यिक सामग्री मात्रै पनि प्रकाशन गर्ने गरेको पाइन्छ । यसरी अखबारकै नाउँबाट साहित्यिक पत्रकारिता गर्नेहरूमा विवेचना, सिद्धार्थ, पूर्वाञ्चल आदि रहेका छन् ।
यसैगरी झापा जिल्लाका धेरै माध्यमिक विद्यालय, उच्च मा. वि. र कलेजहरूले आफ्नो मुखपत्रको रूपमा पनि साहित्यिक पत्रिका प्रकाशन गर्ने गरेको पाइन्छ । त्रि.वि.ले स्नातक तह (मानविकी) तेस्रो वर्षको १०० अङ्कको कार्यमूलक पत्रकारिता पाठ्यक्रममा राखेको हुनाले विद्यार्थीहरूले अभ्यासका रूपमा साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आएका छन् । विद्यार्थीहरूकै सम्पादनमा प्रकाशित यस्ता पत्रिकाहरूमा मेची, कोहेड, मनकामना, कनकाई आदि हुन् ।
यसरी झापाबाट प्रकाशित साहित्यिक पत्रिकाको सूची लामै भए पनि थोरै पत्रिकाले मात्रै निरन्तरता पाएका छन् र केही पत्रिका बन्द भए पनि प्रकाशनको समयमा चर्चित भएको पाइन्छ । लामो समयदेखि निरन्तरता पाउने पत्रिकाहरूमा – भानु, जुही, कनकाई, सुसेली, सुखानी, नवरङ्ग आदि पत्रिका रहेका छन् भने बन्द भए पनि आफ्नो समयमा बहुचर्चित र लोकप्रिय रहेका पत्रिकाहरूमा झम्पल, लालटिन, झटारो, आँखो, पञ्चामृत, यथार्थकुरा, विश्वदीप आदि उल्लेखनीय रहेका छन् । 
झापा जिल्लामा ११ वटा एफ.एम. रेडियोहरू सञ्चालित छन् । यिनले पनि नेपाली साहित्यको उन्नति र विकासमा गहकिलो योगदान पु¥याएका छन् । यस्ता एफ.एम. हरूमा कञ्चनजङ्घा, पाथीभरा, मेची ट्युन, सीमाना, आरम्भ, सनराइज, विर्ता एफ एम, सप्तरङ्गी, रेडियो सन्देश, सरगम, नागरिक आदि रहेका छन् । एउटै कञ्चनजङ्घाले साताको पाँच–पाँचवटा साहित्यिक कार्यक्रम सञ्चालन गर्छ । मेची ट्युनको झटारोले विकृति र विसङ्गतिमाथि झटारो हानिरहन्छ । यसरी एफ.एम. हरूले पनि आ–आफ्नै तरिकाले साहित्यिक कार्यक्रम सञ्चालन गरेर झापा जिल्लालाई नै साहित्यमय बनाएका छन् । 
बेलाबेलामा प्रकाशित हुने स्मृति ग्रन्थ, स्मारिका, सामयिक सङ्कलनहरूले पनि साहित्यलाई नै उच्च प्राथमिकता दिने गरेका छन् ।
माथि उल्लेखित झापाली साहित्यिक पत्रिकाहरूको प्रकाशन र समयलाई हेर्दा २००७ सालको राजनैतिक परिवर्तनले पत्रकारहरूमा उक्सिएको मानसिकता, पत्रपत्रिकामा आएको लहर, २०१७ सालमा पञ्चायती व्यवस्थाको आगमनले केही ओइलायो । प्रजातन्त्रमाथि कुठाराघात भएको कवि कलाकारहरूले स्पष्ट महसुस गरे । तर पनि २०१० सालबाट सुरु भएको झापाली साहित्यिक पत्रिका प्रकाशन २०२४ सालसम्म उत्साहकै साथ प्रकाशित हुँदै आए । यो समयमा झापाबाट डेढ दर्जन जति साहित्यिक पत्रिका प्रकाशित भएको पाइन्छ । 
२०२५ सालदेखि पञ्चायती व्यवस्थाले पञ्च विरोधी वा सरकार विरोधी गतिविधिमाथि कडा निगरानी गर्न थाल्यो । अझ २०२८ सालको झापा काण्डपछि धेरै प्रगतिवादी साहित्यिक पत्रिकाहरूमा प्रतिवन्ध पनि लगायो । जसमा पञ्चामृत, तीनजुरे, आँखो, उषा जस्ता पत्रिका पर्दछन् । यो क्रम २०३१ सालसम्म रह्यो । 
२०३२ सालमा छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन आयो । यसपछि सरकार पञ्चायती व्यवस्था विरोधीहरू प्रति कठोर र क्रुर बन्दै गयो । २०३२ सालको प्रकाशन सम्बन्धी यो कानुनलाई पत्रकारहरूले कालो कानुनको रूपमा लिए । कुनै पनि सामग्री सेन्सर नगरी प्रकाशित गर्न नपाइने भयो । यस्तो कठोर समयमा पनि लेखक साहित्यकार तथा पत्रकारहरूले अनेक छद्म नाममा लेख्न छोडेनन् । २०३२ देखि २०३५ सालको बीचमा एक दर्जन जति साहित्यिक पत्रिकाको प्रकाशन भएको पाइन्छ । 
२०३६ सालदेखि पञ्चायती व्यवस्थाको तुजुग निस्तेज हुँदै गयो । २०४६ सालसम्ममा पञ्चायतका पोया खुकुलिँदै जुइना खुस्किँदै गए । पञ्चायती बाघपन्जाका नङ्ग्रा खिइँदै खुस्किँदै गएकाले पत्रकारितामाथि आक्रमण गर्ने क्रम प्रायः रोकिएको पाइन्छ । यो समय झापाली साहित्यिक पत्रिकाको उर्वरकाल देखा प¥यो । दुई दर्जन जति पत्रिका यस अवधिमा प्रकाशित भएका छन् । 
२०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि सर्जकहरूले निर्विघ्न किसिमले निर्भीक भएर कलम चलाएको पाइन्छ तर यो निर्विघ्नता लामो समयसम्म टिकेन । २०५२ सालपछि नेपालमा माओवादी जनयुद्ध सुरु भयो । माओवादी गतिविधिको विरोध गर्ने लेखक पत्रकारहरूे ज्यान गुमाउनु पर्ने स्थिति आयो । मानसिक हिसाबले लेखकहरू उन्मुक्त, स्वतःस्फूर्त हुन पाएनन् । उनीहरूले आत्मनियन्त्रित भएर कलम चलाए । २०५२ सालदेखि २०६३ सालसम्ममा डेढ दर्जन साहित्यिक पत्रिकाहरू प्रकाशित भएका छन् ।
२०६३ को जनआन्दोलन पछि अहिलेसम्ममा दुई दर्जनभन्दा बढी नै साहित्यिक पत्रिका प्रकाशित भइसकेका छन् । सन्त्रासरहित भएर खुल्ला उन्मुक्त स्वच्छन्द वातावरणमा अहिले सर्जकहरू कलम चलाइरहेका छन् । यही क्रम रहने हो भने झापाली साहित्यिक पत्रकारिताको भविष्य उज्ज्वल देखिन्छ । 

४. साहित्यिक पत्रकारिताको समस्या
समय–समयमा शासकहरूले वक्र्रदृष्टिले हेर्नु, लगाम खैंचेर अगाडि बढ्न नदिनुका अतिरिक्त साहित्यिक पत्रकारिताका आफ्नै समस्याहरू छन् । साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक समस्या नै हो । यही कारणले पत्रिकाहरू एक÷दुई अङ्क प्रकाशित भएर बन्द हुने गरेका छन् । यो झापाको मात्रै नभएर राष्ट्रिय रोग बनेको छ । पत्रिकाको प्रकाशन आवेशमा–लहडमा पनि हुने गरेका छन् । यसलाई पेसाकै रूपमा अँगालेर बाँच्न सक्ने स्थिति राजधानीका एकाध पत्रिकामा भए पनि मोफसलमा साहित्यिक पत्रिकाले पत्रकारलाई पाल्न सकेको छैन । आर्थिक तथा अन्य केही कारणले पत्रिकाले निरन्तरता पाउन सकेका छैनन् । यस्ता कारकहरूमा निरन्तरता र स्तरीयता नहुनु र कुशल, योग्य, दक्ष सम्पादकको अभाव हुनु, विना परिश्रमिकका लेखक–सर्जक हुनु, साहित्यिक पत्रिका नबिक्नु, सुस्पष्ट दृष्टिकोणको अभाव हुनु, चेतनामूलक बौद्धिक जागरण नहुनु, नेपाली साहित्यिक पत्रिकाले पाठकका जिज्ञासा र भोक समाधान गर्न नसक्नु, गुणस्तरीयताको कमी, वितरणमा समस्या, साहित्यिक पत्रिकाको महŒव नबुझ्नु, काम नभएको मान्छे साहित्य लेख्छ र त्यस्तै मान्छेले साहित्यिक पत्रिका प्रकाशन गर्छ भन्ने सामाजिक टेढो बुझाइ र अनास्था आदि समस्याहरूका बीचमा साहित्यिक पत्रिका गुज्रिरहेको छन् । यसका अतिरिक्त औद्योगिक, व्यापारिक तथा अन्य व्यावसायिक प्रतिष्ठान र सङ्घ–संस्थाहरू साहित्यिक प्रकाशनका सहयोगी नहुने जस्ता कारणहरू पनि छन् । समाचारपत्रहरूले समाचार प्रकाशन गर्लान्, आफ्ना अकर्मण्यताको पोल खोल्ने डर–त्रासका कारण हुन सक्छ, तिनलाई उल्लेखित प्रतिष्ठान र सङ्घ–संस्थाबाट सहयोग हुने गरेको अवस्था भए पनि साहित्यिक प्रकाशनसँग त्यस्तो डर–त्रास नरहने हुँदा नै सायद स्थानीयस्तरका सहयोग लिन सकिने संस्थाहरूबाट सहयोग प्राप्त नभइरहेको अवस्था पनि साहित्यिक प्रकाशनका समस्याका रूपमा बुझिन आएका छन् ।

सन्दर्भ सामग्री 
अधिकारी, गङ्गाप्रसाद. २०६५. अभिवीक्षण. भद्रपुर ः कान्ता अधिकारी ।
अधिकारी, द्रोण. २०६७. ‘झापा पोष्ट दैनिकको साहित्यिक योगदानको अध्ययन’.
(अप्रकाशित स्नातकोत्तर शोधपत्र) भद्रपुर ः मेची बहुमुखी क्याम्पस । 
अधिकारी, ध्रुवहरि.२०५१. पत्रकारिता. ललितपुर ः नेपाल प्रेस इन्टिच्युट ।
चापागाईं, नरेन्द्र. २०६२. नेपाली शब्द भण्डार. विराटनगर ः श्याम पुस्तक भण्डार । 
देवकोटा, ग्रीष्मबहादुर. २०२४. नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास. तेस्रो 
संस्क. ललितपुर ः साझा प्रकाशन । 
नेपाल, वसन्तकुमार शर्मा. २०६२. नेपाली शब्दसागर. काठमाडौँ ः । 
प्रेस काउन्सिल नेपाल. २०६५. नेपाली साहित्यिक पत्रपत्रिका संक्षिप्त ग्रन्थकोश 
ललितपुर ः विधागत पत्रपत्रिका विकास उपसमिति ।

नेपाली साहित्यिक पत्रकार सङ्घद्वारा “साहित्यिक पत्रकारिताको विकास क्रममा झापा” शीर्षकमा २०६९ असोज १३ गते शनिबार आयोजित प्रस्तुत भएको कार्यपत्र)


साहित्यिक पत्रकारिताको विकास क्रममा झापा
  चूडामणि वशिष्ठ


१. पृष्ठभूमि
संस्कृत पत्रम् शब्दले पात भन्ने बुझाउँछ । पत्रम् संस्कृत नाम शब्द हो । नेपाली लोकपरम्पराको अर्थमा चाहिँ पत्रम् भन्नाले पातमा लेखेको सन्देश भन्ने बुझिन्छ । पातमा लेखेको सन्देश, लिखित खबर वा चिठ्ठी, कुनै विषयको प्रमाण र पाना नै पत्र हो । (शर्मा, २०६२ ः ५६६) पातको अर्थ दिने पत्र शब्दले अहिले चिठ्ठी–समाचार लेखिएको कागज, धातुको पातलो पातो (ताम्रपत्र, कनकपत्र) आदि बुझिन्छ । (चापागाई, २०६२ ः ६७७) 
पत्रमा इका प्रत्यय जोडिएर पत्रिका शब्द बनेको छ । पत्रिका भन्नाले छापाखानाबाट कागज मसीको प्रयोग गरी विभिन्न घटना–विवरण, विचार, भावना आदि सत्यतथ्य रूपमा पाठकका जिज्ञासा मेट्न आउने अभिलेख भन्ने बुझिन्छ । भएका घटना, मानवीय सूचना र विचारलाई एक सूत्रमा बाँधी व्यक्ति वा समूदायमा पु¥याउने माध्यम पत्रपत्रिका हो (चालिसे, २०४५ ः २५) । पत्रपत्रिका भन्नाले आम सञ्चारका विविध माध्यमहरूमध्ये पाठकले आफ्नो अनुकूलतामा सुरक्षित राखी आफ्नो कौतुहल मेट्ने माध्यम भन्ने बुझिन्छ ।
पत्रकारिता भनेको चाहिँ आम चासोको विषयवस्तुहरूको खोज, सङ्कलन, लेखन, सम्पादन, संयोजन गरी सञ्चार माध्यम मार्फत प्रकाशन–प्रसारण गर्ने काम हो । लेखक, समाचार सङ्कलक, सम्पादक, स्तम्भकार, व्यङ्ग्य चित्रकार, फोटोग्राफर तथा समाचार उत्पादन, प्रकाशन–प्रसारण गर्ने व्यक्ति पत्रकार हो । विश्वको जुनसुकै कुनामा भइरहेका घटनालाई छनौट गरी शब्द, आवाज र तस्वीरद्वारा सम्बन्धित सन्देश जनसमक्ष पु¥याउने कार्य पत्रकारिता हो । पत्रकारिताका यस्ता माध्यमहरूमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन आदि पर्दछन् । 
लोकतान्त्रिक राज्यव्यवस्था भएका मुलुकहरूमा पत्रपत्रिकालाई राज्यको चौथो अङ्ग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछिको अर्को अङ्ग)–को रूपमा मानिन्छ । पत्रकारिताले नागरिकदेखि सरकारसम्मलाई सुसूचित गरी एक प्रकारको जनमत निर्माण गरेर समाज र राज्यव्यवस्थालाई सही ढङ्गले अगाडि बढाउन सक्छ । यसले सूचना, शिक्षा, प्रेरणा र मनोरञ्जन दिने काम गर्छ । आज पत्रकारिता प्रमुख राजनैतिक खेलाडी जस्तै बनेको छ । पत्रकारिताको यही शक्तिलाई बुझेर नेपोलियन बोनापार्टले भनेका थिए– ‘चार हजार सशस्त्र सैनिकभन्दा एउटै विरोधी पत्रिका खतरा र शक्तिशाली हुन्छ ।’ वास्तवमा पत्रकारिता भनेको समाजमा भइरहेका नवीन घटना वा क्रियाकलापहरूको सङ्कलन, सम्पादन, लेखन, प्रकाशन, प्रसारण कार्यसँग सम्बन्धी सूचना प्रवाहको क्रियाकलाप हो । 
पत्रकारिताका अनेक विधा वा किसिमहरू छन् । सञ्चार माध्यमहरू फरक–फरक उद्देश्यका साथ सञ्चालित हुन्छन् । पत्रकारिताका मोटामोटी विधा सूचनात्मक, विश्लेषणात्मक, अनुसन्धानात्मक, मनोरञ्जनात्मक भनिए पनि यसका सबै विधा किटान गर्न सम्भव छैन । प्रचलनमा रहेका विधाहरूलाई नै आधार मानेर यसको वर्गीकरण गर्नुपर्ने देखिन्छ । सूचना प्रविधि र विषयवस्तु वा भूमिकाका आधारमा पत्रकारितालाई मुख्य दुई वर्गीकरण गर्न सकिन्छ । 
१) विद्युतीय पत्रकारिता र २) मुद्रण पत्रकारिता । रेडियो, टेलिभिजन, अनलाइन आदि विद्युतीय पत्रकारिता हुन् भने समाचारपत्र वा अखबार र पत्रिका चाहिँ मुद्रण पत्रकारिता अन्तर्गत पर्दछन् ।
पत्रिकाहरू पनि विषयवस्तु वा क्षेत्रका आधारमा अनेक किसिमका हुन्छन् । फोटो पत्रकारिता, कानुनी पत्रकारिता, आर्थिक पत्रकारिता, खेलकुद पत्रकारिता, सिने पत्रकारिता, शिक्षा, स्वास्थ्य, कृषि, बाल पत्रकारिता, साहित्यिक पत्रकारिता आदि । विषयवस्तुले नै साहित्यिक पत्रकारितालाई अन्य पत्रकारिताबाट अलग्याउँछ ।
२. साहित्यिक पत्रकारिता
साहित्यका विभिन्न विधाहरूमा केन्द्रित भएर गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो । यसमा साहित्यिक विकास, चिन्तन, गतिविधि, समीक्षा, साहित्यिक बहस, अनुसन्धान, भाषा, शैली आदिको निरूपण, समीक्षा, समालोचना, आलोचना आदि सम्प्रेषण गरिन्छ । अथवा, साहित्यिक गतिविधिका बारेमा समाचार, रिपोर्ट, प्रतिवेदन, अनुसन्धान आदिका माध्यमबाट गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो । कविता, निबन्ध, नाटक, आख्यान जस्ता सिर्जनात्मक विधा र तिनका उपविधा तथा समालोचनात्मक लेखहरू समावेश गरी प्रकाशित गरिएको साहित्यसँग सम्बन्धित पत्रकारिता नै साहित्यिक पत्रकारिता हो । यसले भाषा र साहित्यको विकास विस्तारका साथै नयाँ सूचना जानकारी दिने गर्दछ । भाषा–साहित्यको विकास र विस्तारमा साहित्यिक पत्रकारिताको महŒवपूर्ण भूमिका रहेको हुन्छ । साहित्यका सम्पूर्ण सिर्जनात्मक विधा र समालोचना, दैनिकी, आत्मकथा, संस्मरण, अन्तर्वार्ता गतिविधि व्यङ्ग्य चित्र आदि जस्ता कुराहरू साहित्यिक पत्रकारिताभित्रै पर्दछन् । साहित्यिक पत्रकारिता, पत्रकारिताकै एउटा रूप वा प्रकार हो, जसले साहित्यको विकासमा महŒवपूर्ण मद्दत पु¥याउने गर्दछ । 
साहित्यिक पत्रिकाले साहित्यकारलाई चिनाउँछ, स्थापित गर्छ । यो साहित्यिक प्रतिभाको परिचायक उपादान हो । यो एउटा पेसा पनि हो । इतिहासमा धेरैजसो पत्रिकाको सुरुआत साहित्यिक पत्रकारिताबाटै भएको पाइन्छ । अखबारको फिचर लेख तथा समाचारमा धेरै–थोरै साहित्यिक तŒव रहेकै हुन्छ । धेरैजसो साहित्यकारले सुरुमै कृति प्रकाशन गर्दैनन् । अनेक फुटकर रचना साहित्यिक पत्रिकामा प्रकाशन गरी, त्यसको लोकप्रियतालाई बुझेपछि र त्यसबाट प्रेरित भएपछि मात्रै सङ्ग्रहका रूपमा अधिकांश पुस्तक प्रकाशन गर्ने गरेको पाइन्छन् । जस्तो लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रहका अधिकांश निबन्ध शारदा पत्रिकामा प्रकाशित भएका पाइन्छन् । उपन्यास तरिङ्गिणी (१९५९), सुन्दरी 
(१९६३), माधवी (१९६५), गोर्खाली (१९७२), चन्द्रिका (१९७२), गोर्खा संसार 
(१९८३), तरुण गोर्खा (१९८५) आदि जस्ता साहित्यिक पत्रिकाले–लेखनाथ पौडेल, सोमनाथ सिग्देल, राममणि आदी, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणी चालिसे, धरणीधर कोइराला जस्ता प्रतिभालाई अगाडि ल्याएको पाइन्छ । अझ शारदा (१९९१)–ले त लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, पुष्कर शमशेर, विश्वेश्वरप्रसाद कोइराला, माधव घिमिरेजस्ता आधुनिक साहित्यिक महारथी नै जन्मायो । मनोवैज्ञानिक, सामाजिक यथार्थलाई प्रस्तुत गर्दै भाषा–साहित्यको अभिवृद्धि साहित्यिक पत्रिकाले गर्छ । सर्जकहरूलाई जन्माउँछ, साहित्यको उन्नयन गर्छ अनि देश र जनताको हित तथा अधिकारका लागि आवाज पनि उठाउँछ ।

३. झापामा साहित्यिक पत्रकारिता 
नेपाली साहित्यिक पत्रकारिताको आरम्भकर्ता मोतीराम भट्ट हुन् । उनको सक्रियतामा प्रकाशित गोर्खा भारत जीवन (१९४३ बनारस) पत्रिकाले नेपाली साहित्यिक पत्रिकाको श्रीगणेश गरेको हो । यसपछि (१९५५) सालको सुधासागर नेपालबाट प्रकाशित पहिलो साहित्यिक पत्रिका हो । तर यो प्रकाशित भएको ऐतिहासिक पुष्टि भए पनि यो पत्रिका अप्राप्य नै छ । यसपछि (१९५८) मा गोरखापत्रको प्रकाशन भयो । गोरखापत्र अखबार भएपनि यसमा मनग्गे साहित्यिक सामग्री प्रकाशित भएका छन् । 
नेपाली साहित्यिक पत्रकारिताको विकास नेपालभित्रबाट भन्दा बाहिरबाट धेरै भएको पाइन्छ । बनारस, दार्जिलिङ, देहरादून आदि स्थानबाट प्रकाशित साहित्यिक पत्रिकाहरूले नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका छन् । वि.सं. १९९१ मा ऋद्धिबहादुर मल्लको सम्पादनमा प्रकाशित शारदा पत्रिका नेपाली साहित्यिक पत्रिकाको अविस्मरणीय घटना हो । यहीँबाट नेपाली साहित्यिक पत्रिकाले गति लिएको हो । नेपाली साहित्यिक पत्रिकालाई १९४३ देखि १९९१ सम्म आइपुग्न पादरी गङ्गाप्रसाद, मोतीराम भट्ट, गणेशलाल सुब्बा, सूर्य विक्रम् ज्ञावली, पारसमणि प्रधान, मातृकाप्रसाद अधिकारी, शम्भुप्रसाद ढुङ्गेलहरूको महŒवपूर्ण योगदान रहेको पाइन्छ । 
२००७ सालको राजनैतिक परिवर्तनपछि कुण्ठित भएर सुषुप्त रूपमा रहेका साहित्यकारहरू जागे । यस परिवर्तनले काठमाडौँमा मात्रै होइन देशभरि नै साहित्यिक नयाँ जागरणको लहर चल्यो, जसबाट झापा पनि अछुतो रहेन । २०१० सालमा श्यामकृष्ण शर्माको सम्पादनमा भद्रपुरबाट केटो नामक पत्रिकाको प्रकाशन भयो । यसैलाई झापाको र अन्ततः मेची अञ्चलकै पहिलो पत्रिका मानिन्छ ।
जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका र नभएका प्राप्त साहित्यिक पत्रिकाहरूको मात्र विवरण यहाँ प्रस्तुत गरिएको छ । यस लेखमा सबै पत्रिकाको विवरण आएको छ भन्ने दाबी गर्न मिल्दैन । जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएका र भएकै पनि कतिपय पत्रिकाहरूको नाम यस लेखमा छुट्न गएको वा खोज हुन बाँकी रहेको स्वीकार्नै पर्छ ।

झापाबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाको विवरण
क्र.सं. पत्रिकाको नाम प्रकाशन साल  सम्पादकको नाम
केटो २०१० श्यामकृष्ण शर्मा 
हाम्रो नेपाल २०११ महानन्द सापकोटा
विद्यामणि २०१६ भैरवबहादुर श्रेष्ठ
श्रीकुमारी शान्ति प्रसाई
प्रकाश २०१७ वसन्तकुमार खड्का
युवक २०१८ श्यामकृष्ण उपाध्याय
किरण २०१८ तेजराज खतिवडा
जुनेली २०१९ इन्द्र प्रधान÷ देवमणि ढकाल
पञ्चायत २०२० वसन्तकुमार खड्का 
भानु २०२० भवानीप्रसाद घिमिरे
१० आँखो २०२० जय बराल÷तेराख÷चन्द्र भण्डारी
११ पञ्चायत २०२० नकुल काजी÷भरत कोइराला
१२ उषा २०२० रुद्र खरेल÷इन्द्र प्रधान
१३ हाम्रो नेपाल २०२१ वसन्तकुमार खड्का 
१४ मेची सन्देश २०२३ स्वयम्भूलाल श्रेष्ठ
१५ मोती २०२३ चूडामणि रेग्मी र अन्य
१६ पाउलो २०२३ तेजराज खतिवडा
१७ कस्तूरी २०२४ हृषीकेश उपाध्याय 
१८ धारा २०२४ स्वयम्भूलाल श्रेष्ठ
१९ मुना २०२४ रामप्रसाद पोख्ररेल
२० तीनजुरे २०२५ मालेस्टामा दाहाल
२१ साँचो २०२५ दिव्य भूर्तेल 
२२ पञ्चामृत २०२५ वासुदेव शर्मा 
२३ हिमाल २०२५ राधाकृष्ण मैनाली÷रुद्र खरेल
२४ झटारो २०२६ तेजराज खतिवडा
२५ झम्पल २०२७ यज्ञराज प्रसाई
२६ कन्तुर २०२७ द्रोणाचार्य क्षेत्री÷सीता कोइराला 
२७ आह्वान २०२७ अम्बिका रिजाल÷पुण्य ढकाल
२८ सहयोग २०२७ हृषीकेश उपाध्याय
२९ हिमाल २०२७ वासुदेव गौतम
३० किसान दाइ २०२७ तुलसी अधिकारी (टी.ए.)
३१ लालटिन २०२७ मोती इङनाम÷उमा रिजाल
३२ आकृति २०२८ सुशिला÷नरेश कुमार 
३३ कोसेली २०२८ नारद ओझा 
३४ विवेचना २०२८ नकुल काजी
३५ विचार २०२९ भानुभक्त पोख्रेल
३६ धारो २०२९ तेजराज खतिवडा 
३७ श्रीपेच २०२९ गोविन्द्र श्रेष्ठ 
३८ धारो २०३० तेजराज खतिवडा
३९ नलिनी २०३० भरत पोखरेल
४० अञ्जुली २०३० बद्रीनारायण शर्मा
४१ अहिले २०३२ विष्णुविभूु घिमिरे 
४२ ऊर्नी २०३३ लक्ष्मी जोशी
४३ देउराली २०३३ डिल्लीराम तिमसिना
४४ शिरविन्दु २०३४ बोधराज निरौला÷गोविन्द श्रेष्ठ
४५ सेवा सुश्रुषा २०३४ डिल्लीप्रसाद भट्टराई 
४६ प्रतिभा २०३५ पुष्पराज प्रधान
४७ युगवाणी २०३५ लेखनाथ शर्मा निराला
४८ विश्वदीप २०३५ मदन ढकाल
४९ अध्ययन २०३५ चूडामणि रेग्मी 
५० छहारी २०३५ आशु ताम्राकार
५१ हिमज्योति २०३५ गोविन्दराज भट्टराई
५२ साहित्य ध्वनि २०३६ योग्यराज न्यौपाने 
५३ नवज्योति २०३६ युवराज गौतम
५४ साहित्यालोक २०३७ अमृतलाल श्रेष्ठ 
५५ जुही २०३७ प्रदीपमणि रेग्मी 
५६ हाच्छिउँ २०३७ देवेन्द्रकिशोर ढुङ्गाना
५७ यात्रा २०३७ देवेन्द्रकिशोर ढुङ्गाना
५८ रहर २०३७ डिकमान विरही
५९ संसार २०३८ श्यामकृष्ण उपाध्याय
६० लालीगुराँस २०३८ रञ्जीत खड्का 
६१ डोली २०३८ ओलाङचुङ देवान 
६२ जनज्योति २०३८ गञ्जबहादुर दाहाल 
६३ जय नेपाल २०३८ मुकुन्दकुमार ढुंगाना
६४ मेची २०३८ गमनराज आचार्य
६५ महिला संसार २०३८ सीता पाठक
६६ किसान २०३८ मेथङ घिसिङ
६७ दुबो २०३९ राजेन्द्र शर्मा शलभ 
६८ आह्वान २०३९ भरत भूर्तेल 
६९ काकरभिट्टा परिचय २०३९ विष्णुविभु घिमिरे
७० खितिति २०३९ कृष्ण धरावासी
७१. अरुणोदय २०४० डी. कौडिन्य÷विजय खरेल
७२. सङ्केत २०४५ दुर्गा दाहाल
७३. विश्वदीप २०४६ कमल जङ्गली आचार्य
७४. क्षितीज दर्पण २०४६ ठाकुरप्रसाद शिवाकोटी
७५. अञ्जली २०४९  
७६. दोभान २०४९ लोकराज पौडेल 
७७. ज्योतिष दर्पण २०४९ कृष्णप्रसाद भट्टराई र अन्य
७८. शासंक २०४९ राम आचार्य
७९. फलैँचा २०४८ जीवन कोइराला र अन्य 
८०. गन्तव्य २०५० होम सुवेदी 
८१. प्रतिभा २०५० खेमलाल पोखरेल र अन्य 
८२. सिरिजंगा २०५० प्रेमप्रकाश थेवे 
८३. कनकाइ प्रवाह २०५१ कोमल प्र.पोखरेल 
८४. कनकाइ २०५१ कोमल प्र. पोखरेल
८५. दोमुखा २०५२ प्रयागराज काफ्ले 
८६. पूर्णिमा २०५२ प्रयागराज काफ्ले 
८७. तिलकोट २०५२ सुन्दकुमार राई 
८८. यथार्थ कुरा २०५२ चूडामणि रेग्मी 
८९. सङ्गम २०५२ कमल जङ्गली आचार्य
९०. उद्दीपन २०५२ भक्त खपाङ्गी
९१. आधारशिला २०५३ रामनाथ बाँसकोटा 
९२. सिर्जना २०५३ दीपक पोखरेल
९३. त्रिफला दर्पण २०५३ प्रेमप्रकाश फलाहारी
९४. मेचीका सुसेली २०५३ पुण्यप्रसाद खरेल
९५. जिज्ञासा २०५४ धनेन्द्र शर्मा 
९६. सङ्गम २०५४ उत्तमप्रसाद भट्टराई र अन्य 
९७. त्रिफला २०५४ मोहन कुमार खड्का 
९९. नवरङ्ग २०५४ डम्मर घिमिरे र अन्य
१००. अर्को विकल्प २०५५ प्रेमकुमार प्रधान 
१०१. सुसेली २०५५ भोजराज कट्टेल 
१०२ देवानछाप २०५५ चन्द्र भण्डारी 
१०३ गन्तव्य २०५५ होम सुवेदी
१०४ दीक्षा २०५६ लीला उदासी 
१०५ सप्रमाण २०५६ अरूण नेम्वाङ
१०६ मेची किनाराका कविता २०५६ भवानी घिमिरे
१०७ नीलगिरी २०५६ महेन्द्र लुइँटेल
१०८ साहित्याकाश २०५६ लोकेन्द्र बन्जारा
१०९ सुखानी २०५७ कमल गुरागाई 
११० भानु प्रभा २०५७ लम्बोदार पौडेल 
१११ सगरमाथा सौगात २०५९ पञ्चप्रकाश चेम्जोङ
११२ नवरङ्ग २०५९ डम्बर घिमिरे र अन्य
११३ सुसेली २०५९ विजय खरेल र अन्य
११४ मेची प्रपात २०६० केशवराज खनाल
११५ देवकोटा स्मारक २०६० चन्द्र भण्डारी 
११६ दमक टाइम्स २०६१ दुर्गाप्रसाद अधिकारी 
११७ साहित्य चौतारी २०६१ शिवशङ्कर थापा 
११८ कञ्चन २०६१ दीपक गजमेर 
११९ मेचीनगर २०६१ चन्द्र भण्डारी
१२० सूर्याेदय २०६१ गङ्गाबहादुर अधिकारी
१२१ धर्नासो २०६१ दिलिप घिमिरे
१२२ किराँत नामसाङ २०६२ डिकेन्द्रसिंह लिम्बू 
१२३ हाम्रो पर्यावरण २०६२ के.आर.अम्बू÷गङ्गा अधिकारी 
१२४ अनावरण २०६२ यज्ञराज प्रसाईं
१२५ दशरथ २०६४ विजयप्रसाद दाहाल
१२६ बाल ज्ञानमाला २०६४ घनेन्द्र शर्मा 
१२७ साहित्य सचेतना २०६५ पुण्य खरेल र अन्य
१२८ अनुसूचन २०६५ भक्त खपाङ्गी 
१२९ नयाँ जनअदालत २०६५ जि.एन. शर्मा 
१३० द इन्फो एक्सप्रेस २०६५ मीन प्रसाई 
१३१ पूर्वाञ्चल २०६५ मदन ढकाल 
१३२ पूर्वी प्रतिध्वनि २०६५ नकुल काजी 
१३३ किच्चकवध २०६६ चिन्तामणि दाहाल÷गोपाल गिरी
१३४ यात्रा २०६६ गणेश निरौला÷टङ्क विकल्प
१३५ हाम्रो भूमि २०६६ डिल्लीराज श्रेष्ठ 
१३६ योगीनरहरिनाथ २०६७ कमलप्रसाद पोखरेल
१३७ पल २०६७ उमाकान्त खनाल र अन्य
१३८ ज्वलन २०६८ वसन्त बहादुर लिम्बू 
१३९ सुप्तुङ २०६८ प्रेम राई 
१४० आरोहण २०६८ लीलाप्रसाद अधिकारी 
१४१ मिर्मिरे बिहानी २०६८ अच्युत सुवेदी

यी साहित्यिक पत्रिकाका अतिरिक्त झापाबाट जति पनि समाचारपत्रहरू प्रकाशित हुन्छन् तिनमा साहित्यलाई पनि निकै प्राथमिकता दिएको पाइन्छ । गीत, गजल, कविता, निबन्ध, कथा, लघुकथा आदि छोटा सामग्री सबैजसो समाचारपत्रमा प्रकाशित हुने गरेका छन् । कतिपय दैनिक समाचारपत्रले साप्ताहिक रूपमा एक दिन साहित्यिक अङ्क प्रकाशित गर्ने गरेका छन् भने कतिले मासिक रूपमा प्रतिभा परिचय भनेर साहित्यिक सामग्री मात्रै पनि प्रकाशन गर्ने गरेको पाइन्छ । यसरी अखबारकै नाउँबाट साहित्यिक पत्रकारिता गर्नेहरूमा विवेचना, सिद्धार्थ, पूर्वाञ्चल आदि रहेका छन् ।
यसैगरी झापा जिल्लाका धेरै माध्यमिक विद्यालय, उच्च मा. वि. र कलेजहरूले आफ्नो मुखपत्रको रूपमा पनि साहित्यिक पत्रिका प्रकाशन गर्ने गरेको पाइन्छ । त्रि.वि.ले स्नातक तह (मानविकी) तेस्रो वर्षको १०० अङ्कको कार्यमूलक पत्रकारिता पाठ्यक्रममा राखेको हुनाले विद्यार्थीहरूले अभ्यासका रूपमा साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आएका छन् । विद्यार्थीहरूकै सम्पादनमा प्रकाशित यस्ता पत्रिकाहरूमा मेची, कोहेड, मनकामना, कनकाई आदि हुन् ।
यसरी झापाबाट प्रकाशित साहित्यिक पत्रिकाको सूची लामै भए पनि थोरै पत्रिकाले मात्रै निरन्तरता पाएका छन् र केही पत्रिका बन्द भए पनि प्रकाशनको समयमा चर्चित भएको पाइन्छ । लामो समयदेखि निरन्तरता पाउने पत्रिकाहरूमा – भानु, जुही, कनकाई, सुसेली, सुखानी, नवरङ्ग आदि पत्रिका रहेका छन् भने बन्द भए पनि आफ्नो समयमा बहुचर्चित र लोकप्रिय रहेका पत्रिकाहरूमा झम्पल, लालटिन, झटारो, आँखो, पञ्चामृत, यथार्थकुरा, विश्वदीप आदि उल्लेखनीय रहेका छन् । 
झापा जिल्लामा ११ वटा एफ.एम. रेडियोहरू सञ्चालित छन् । यिनले पनि नेपाली साहित्यको उन्नति र विकासमा गहकिलो योगदान पु¥याएका छन् । यस्ता एफ.एम. हरूमा कञ्चनजङ्घा, पाथीभरा, मेची ट्युन, सीमाना, आरम्भ, सनराइज, विर्ता एफ एम, सप्तरङ्गी, रेडियो सन्देश, सरगम, नागरिक आदि रहेका छन् । एउटै कञ्चनजङ्घाले साताको पाँच–पाँचवटा साहित्यिक कार्यक्रम सञ्चालन गर्छ । मेची ट्युनको झटारोले विकृति र विसङ्गतिमाथि झटारो हानिरहन्छ । यसरी एफ.एम. हरूले पनि आ–आफ्नै तरिकाले साहित्यिक कार्यक्रम सञ्चालन गरेर झापा जिल्लालाई नै साहित्यमय बनाएका छन् । 
बेलाबेलामा प्रकाशित हुने स्मृति ग्रन्थ, स्मारिका, सामयिक सङ्कलनहरूले पनि साहित्यलाई नै उच्च प्राथमिकता दिने गरेका छन् ।
माथि उल्लेखित झापाली साहित्यिक पत्रिकाहरूको प्रकाशन र समयलाई हेर्दा २००७ सालको राजनैतिक परिवर्तनले पत्रकारहरूमा उक्सिएको मानसिकता, पत्रपत्रिकामा आएको लहर, २०१७ सालमा पञ्चायती व्यवस्थाको आगमनले केही ओइलायो । प्रजातन्त्रमाथि कुठाराघात भएको कवि कलाकारहरूले स्पष्ट महसुस गरे । तर पनि २०१० सालबाट सुरु भएको झापाली साहित्यिक पत्रिका प्रकाशन २०२४ सालसम्म उत्साहकै साथ प्रकाशित हुँदै आए । यो समयमा झापाबाट डेढ दर्जन जति साहित्यिक पत्रिका प्रकाशित भएको पाइन्छ । 
२०२५ सालदेखि पञ्चायती व्यवस्थाले पञ्च विरोधी वा सरकार विरोधी गतिविधिमाथि कडा निगरानी गर्न थाल्यो । अझ २०२८ सालको झापा काण्डपछि धेरै प्रगतिवादी साहित्यिक पत्रिकाहरूमा प्रतिवन्ध पनि लगायो । जसमा पञ्चामृत, तीनजुरे, आँखो, उषा जस्ता पत्रिका पर्दछन् । यो क्रम २०३१ सालसम्म रह्यो । 
२०३२ सालमा छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन आयो । यसपछि सरकार पञ्चायती व्यवस्था विरोधीहरू प्रति कठोर र क्रुर बन्दै गयो । २०३२ सालको प्रकाशन सम्बन्धी यो कानुनलाई पत्रकारहरूले कालो कानुनको रूपमा लिए । कुनै पनि सामग्री सेन्सर नगरी प्रकाशित गर्न नपाइने भयो । यस्तो कठोर समयमा पनि लेखक साहित्यकार तथा पत्रकारहरूले अनेक छद्म नाममा लेख्न छोडेनन् । २०३२ देखि २०३५ सालको बीचमा एक दर्जन जति साहित्यिक पत्रिकाको प्रकाशन भएको पाइन्छ । 
२०३६ सालदेखि पञ्चायती व्यवस्थाको तुजुग निस्तेज हुँदै गयो । २०४६ सालसम्ममा पञ्चायतका पोया खुकुलिँदै जुइना खुस्किँदै गए । पञ्चायती बाघपन्जाका नङ्ग्रा खिइँदै खुस्किँदै गएकाले पत्रकारितामाथि आक्रमण गर्ने क्रम प्रायः रोकिएको पाइन्छ । यो समय झापाली साहित्यिक पत्रिकाको उर्वरकाल देखा प¥यो । दुई दर्जन जति पत्रिका यस अवधिमा प्रकाशित भएका छन् । 
२०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि सर्जकहरूले निर्विघ्न किसिमले निर्भीक भएर कलम चलाएको पाइन्छ तर यो निर्विघ्नता लामो समयसम्म टिकेन । २०५२ सालपछि नेपालमा माओवादी जनयुद्ध सुरु भयो । माओवादी गतिविधिको विरोध गर्ने लेखक पत्रकारहरूे ज्यान गुमाउनु पर्ने स्थिति आयो । मानसिक हिसाबले लेखकहरू उन्मुक्त, स्वतःस्फूर्त हुन पाएनन् । उनीहरूले आत्मनियन्त्रित भएर कलम चलाए । २०५२ सालदेखि २०६३ सालसम्ममा डेढ दर्जन साहित्यिक पत्रिकाहरू प्रकाशित भएका छन् ।
२०६३ को जनआन्दोलन पछि अहिलेसम्ममा दुई दर्जनभन्दा बढी नै साहित्यिक पत्रिका प्रकाशित भइसकेका छन् । सन्त्रासरहित भएर खुल्ला उन्मुक्त स्वच्छन्द वातावरणमा अहिले सर्जकहरू कलम चलाइरहेका छन् । यही क्रम रहने हो भने झापाली साहित्यिक पत्रकारिताको भविष्य उज्ज्वल देखिन्छ । 

४. साहित्यिक पत्रकारिताको समस्या
समय–समयमा शासकहरूले वक्र्रदृष्टिले हेर्नु, लगाम खैंचेर अगाडि बढ्न नदिनुका अतिरिक्त साहित्यिक पत्रकारिताका आफ्नै समस्याहरू छन् । साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक समस्या नै हो । यही कारणले पत्रिकाहरू एक÷दुई अङ्क प्रकाशित भएर बन्द हुने गरेका छन् । यो झापाको मात्रै नभएर राष्ट्रिय रोग बनेको छ । पत्रिकाको प्रकाशन आवेशमा–लहडमा पनि हुने गरेका छन् । यसलाई पेसाकै रूपमा अँगालेर बाँच्न सक्ने स्थिति राजधानीका एकाध पत्रिकामा भए पनि मोफसलमा साहित्यिक पत्रिकाले पत्रकारलाई पाल्न सकेको छैन । आर्थिक तथा अन्य केही कारणले पत्रिकाले निरन्तरता पाउन सकेका छैनन् । यस्ता कारकहरूमा निरन्तरता र स्तरीयता नहुनु र कुशल, योग्य, दक्ष सम्पादकको अभाव हुनु, विना परिश्रमिकका लेखक–सर्जक हुनु, साहित्यिक पत्रिका नबिक्नु, सुस्पष्ट दृष्टिकोणको अभाव हुनु, चेतनामूलक बौद्धिक जागरण नहुनु, नेपाली साहित्यिक पत्रिकाले पाठकका जिज्ञासा र भोक समाधान गर्न नसक्नु, गुणस्तरीयताको कमी, वितरणमा समस्या, साहित्यिक पत्रिकाको महŒव नबुझ्नु, काम नभएको मान्छे साहित्य लेख्छ र त्यस्तै मान्छेले साहित्यिक पत्रिका प्रकाशन गर्छ भन्ने सामाजिक टेढो बुझाइ र अनास्था आदि समस्याहरूका बीचमा साहित्यिक पत्रिका गुज्रिरहेको छन् । यसका अतिरिक्त औद्योगिक, व्यापारिक तथा अन्य व्यावसायिक प्रतिष्ठान र सङ्घ–संस्थाहरू साहित्यिक प्रकाशनका सहयोगी नहुने जस्ता कारणहरू पनि छन् । समाचारपत्रहरूले समाचार प्रकाशन गर्लान्, आफ्ना अकर्मण्यताको पोल खोल्ने डर–त्रासका कारण हुन सक्छ, तिनलाई उल्लेखित प्रतिष्ठान र सङ्घ–संस्थाबाट सहयोग हुने गरेको अवस्था भए पनि साहित्यिक प्रकाशनसँग त्यस्तो डर–त्रास नरहने हुँदा नै सायद स्थानीयस्तरका सहयोग लिन सकिने संस्थाहरूबाट सहयोग प्राप्त नभइरहेको अवस्था पनि साहित्यिक प्रकाशनका समस्याका रूपमा बुझिन आएका छन् ।

सन्दर्भ सामग्री 
अधिकारी, गङ्गाप्रसाद. २०६५. अभिवीक्षण. भद्रपुर ः कान्ता अधिकारी ।
अधिकारी, द्रोण. २०६७. ‘झापा पोष्ट दैनिकको साहित्यिक योगदानको अध्ययन’.
(अप्रकाशित स्नातकोत्तर शोधपत्र) भद्रपुर ः मेची बहुमुखी क्याम्पस । 
अधिकारी, ध्रुवहरि.२०५१. पत्रकारिता. ललितपुर ः नेपाल प्रेस इन्टिच्युट ।
चापागाईं, नरेन्द्र. २०६२. नेपाली शब्द भण्डार. विराटनगर ः श्याम पुस्तक भण्डार । 
देवकोटा, ग्रीष्मबहादुर. २०२४. नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास. तेस्रो 
संस्क. ललितपुर ः साझा प्रकाशन । 
नेपाल, वसन्तकुमार शर्मा. २०६२. नेपाली शब्दसागर. काठमाडौँ  :। 
प्रेस काउन्सिल नेपाल. २०६५. नेपाली साहित्यिक पत्रपत्रिका संक्षिप्त ग्रन्थकोश 
ललितपुर : विधागत पत्रपत्रिका विकास उपसमिति ।


नेपाली साहित्यिक पत्रकार सङ्घद्वारा “साहित्यिक पत्रकारिताको विकास क्रममा झापा” शीर्षकमा २०६९ असोज १३ गते शनिबार आयोजित प्रस्तुत भएको कार्यपत्र)




साहित्यिक पत्रकारिताको विकास क्रममा झापा : एक टिप्पणी
  पुण्य खरेल


१. सर्वप्रथम ‘साहित्यिक विकास क्रममा झापाको सहभागिता’ नामक यस कार्यपत्रले किटानीसाथ आफ्नो क्षेत्र र सीमा पहिचान गर्न सकेको छैन, परिणामतः शीर्षक र अन्तर्वस्तुका बीच सामञ्जस्य कायम रहेको पाइँदैन । कार्यपत्रको शीर्षक र त्यसको क्षेत्र हेर्दा ज्यादै व्यापकता अनुभव हुन्छ भने अन्तर्वस्तु त्यतिकै सीमित र सङ्कुचित छ । ‘साहित्यको विकास क्रममा’ र ‘झापाको सहभागिता’ बाट निर्मित यस शीर्षकको पूर्व पदावलीबाट एउटा राष्ट्रको सिङ्गो साहित्यको विकास क्रमको सेरोफेरो सङ्केतित हुन्छ जसभित्र नेपाली (खस) लगायत जनजातिगत एवं अन्य भाषा र तिनको साहित्यसमेतको व्यापकतामा अर्थबोध हुन पुग्दछ । त्यस्तै गरी पश्च पदावली अर्थात् ‘झापाको सहभागिता’बाट नेपाली (खस) लगायत अन्य भाषाका साहित्यको सृजना र विकासमा झापाबाट भएको प्रयास, योगदान वा भूमिका भन्ने नै अर्थध्वनित हुन्छ । यस दिशातर्फ कार्यपत्र सम्पूर्णतः मौन मात्र नरही विचलन र विषयान्तर समेत भई प्रस्तुत भएको छ ।
‘साहित्यको विकास क्रममा’ भन्नासाथ नेपाली साहित्यलाई नै बुझिनु पर्छ भने रूढ सनातनता र हुकुमी पूर्वाग्रह राख्ने नै हो भने पनि त्यो समेत यहाँ एकपक्षीय र थपमा विषयान्तरसमेत भएर प्रस्तुत छ । साहित्यका विविध विधाको उन्नयनमा झापाको योगदानको चर्चा यस सन्दर्भमा अपेक्षित थियो र हुन्थ्यो पनि तर यहाँ त्यो देखिएन । बरु पत्रिका र पत्रकारिताको शास्त्रीय विवेचनाबाट कार्यपत्र प्रारम्भ भई झन्डै पौने पृष्ठभन्दा बढी भाग त्यसकै चर्चामा केन्द्रित रहनु र समग्र कार्यपत्रमा साहित्यिक पत्रकारिताको प्रसङ्ग र टिपोट–विवरण पाइनुबाट प्रस्तुत कार्यपत्र शीर्षकले निर्धारण गष्र्न चाहेको क्षेत्र एवं सीमासमेतलाई अतिक्रमण गर्दै बहकिएको पाइन्छ ।
कार्यपत्रको अन्तर्वस्तु नियाल्दा ‘नेपाली (खस) साहित्यिक पत्रकारिताको विकासक्रममा झापाको सहभागिता’ भन्ने विषयलाई उठान र चर्चा गर्ने जमर्को गरिएको अनुभव हुन्छ । त्यसो हो भने प्रथमपृष्ठ (कार्यपत्र) को ‘साहित्यिक पत्रकारिता’ उपशीर्षकबाटै कार्यपत्र थालनी भएको भए त्यस्ता अप्रासङ्गिक शास्त्रीय व्याख्याको आवश्यकता कम पर्न सक्थ्यो भने कार्यपत्र पनि आफ्नो सम्बन्धितथ विषय क्षेत्रमा सोझै प्रवेश गर्न पाउँथ्यो । 
२. कार्यपत्रको प्रथम पृष्ठ, प्रथम अनुच्छेदमा ‘शर्मा, २०६२ः५६६’ र ‘चापागाईं, २०६२’ भनी सङ्केत गरिएको छ तर परिशिष्टमा तिनको उल्लेख छैन । यी ‘शर्मा’ र ‘चापागाईं’ को हुन् र ‘२०६२ः५६६’ र ‘२०६२’ भनेको के हो ? कृति आदिलाई भनिएको हो भने तिनका नामहरू केके हुन् ? यस प्रकृतिको लेखनीबाट सिङ्गो लेखनप्रति नै आधिकारिता नभएको महसुस हुन पुग्दछ, संशय जन्मन्छ ।
३. तेस्रो पृष्ठबाट झापाबाट प्रकाशित पत्रकारिताहरूको सूचि दिइएको छ । झापाका कुन कुन स्थानबाट ती पत्रपत्रिकाहरू प्रकाशित भएका रहेछन् भन्ने तथ्यचाहिँ त्यस सूचीबाट खुल्दैन । झापा एक गाउँठाउँ विशेष नभएर सिङ्गो जिल्ला नै भएकाले ती पत्रिकाहरू झापाका कुन कुन स्थान, सङ्घसंस्था वा व्यक्ति विशेषबाट प्रकाशनमा आएका हुन् सोसमेत कार्यपत्रमा उल्लेख भएको भए त्यसको फरक महŒवका साथै ऐतिहासिक गरिमा समेतको पहिचान हुने थियो । यस पक्षप्रति कार्यपत्र सचेत देखिएन ।
४. कतिपय पत्रपत्रिकाको सम्पादन कार्यमा एक व्यक्ति नभएर सम्पादक मण्डल नै सक्रिय रहेको देखिन्छ । जस्तै, ‘सुखानी’ साहित्यिक पत्रिका । त्यस्ता अवस्थामा सम्पादक मण्डलभित्रको जेष्ठ नामलाई उल्लेख गरी ‘र अन्य’ भनिदिनुपर्छ । यस कार्यपत्रमा यस कुरातर्फ सचेत रहनु आवश्यक देखियो ।
५. यहाँ ‘सुसेली’ स. विजय खरेल, काँकरभिट्टा, मेचीका सुसेली, स. पुण्यप्रसाद खरेल, काँकरभिट्टा, अनावरण, स. यज्ञराज प्रसाईं र अन्य, सङ्केत, स. यज्ञराज प्रसाईं र अन्य काँकरभिट्टा आदि ऐतिहासिक महŒवका पत्रिकाहरू छुटेका देखिन्छन्, थप्नुपर्छ ।
६. पृष्ठ २ को ‘झापामा साहित्यिक पत्रकारिता’ नामक उपशीर्षक अन्तर्गतको पहिलो र दोस्रो अनुच्छेदलाई यसपूर्वको ‘साहित्यिक पत्रकारिता’ उपशीर्षकमै उल्लेख गरिनु बढी सान्दर्भिक हुने देखिन्छ भने त्यसपछिको अनुच्छेददेखि झापाली साहित्यिक पत्रकारिताको चर्चा थाल्नु उपयुक्त हुन्छ ।
७. पृष्ठ ५ को पत्रिकासूची तलको पहिलो अनुच्छेदको अन्तिम वाक्य ‘अखबारकै नाउँबाट साहित्यिक पत्रकारिता गर्नेहरूमा विवेचना, सिद्धार्थ, पूर्वाञ्चल आदि रहेका छन्’ भन्नेसँग पहिलो पृष्ठको ‘साहित्यिक पत्रकारिता’ उपशीर्षकको ‘साहित्यका विभिन्न विधामा केन्द्रित भएर गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो’ भन्ने वाक्यका बीच विरोधाभाष महसुस हुन्छ । ‘विवेचना’ आदि मूलतः समाचार पत्रिका हुन् र तिनको मूलधर्म समाचार सम्प्रेषण हो । साहित्यका विविध विधाविशेषमा केन्द्रित भई साहित्यलाई जनमानसमा चिनाउने, भिजाउने, साहित्यकारहरूको व्यक्तित्व–कृतित्व प्रस्तुत गर्ने र अन्ततः साहित्यको विकास गर्ने अभीष्ट साहित्यिक पत्रकारिताको रहन्छ । अखबारी पत्रकारिताले त साहित्यका निश्चित विधालाई स्थान दिनेसम्मको कार्य मात्र गर्दछ, साहित्यिक पत्रकारिता नै गर्दैन । अखबारी पत्रकारिता र साहित्यिक पत्रकारिता प्रकृतिगत रूपमै बेग्लै भएका कारण उपर्युल्लिखित पृष्ठ ५ को वाक्य यस सन्दर्भमा विरोधाभाषपूर्ण देखिँदा त्यसलाई हटाइदिनु नै उपयुक्त हुने ठहर्छ ।
८. पृष्ठ २ को अन्तिम अनुच्छेदमा लेखकको आफ्नै लेखनीमाथिको टिप्पणी, आत्मस्वीकारोक्ति र प्रतिबद्धता व्यक्त जस्ता प्रसङ्गहरू स्वयम्मा असान्दर्भिक प्रतीत हुन्छन् । यस प्रकृतिको अभिव्यक्तिले लेखनी र स्वयम् लेखकलाई साँघु¥याउने र संशयको घेरामा तान्दछन् । खोज, अध्ययन, अनुसन्धानजस्ता कार्यहरू त निरन्तर भइरहने प्रक्रिया नै हुन् । पुराना तथ्यको शोधन, नयाँ सम्भावनाहरूको उजागर, थपघट आदि त यस प्रकृतिका लेखनीको स्वभाव नै भएकाले त्यसको उल्लेख र चर्चा गरिनु अर्थहीन हुने देखिन्छ ।
९. पृष्ठ ५ मा रहेको पत्रिका सूची तलको दोस्रो अनुच्छेदमा “त्रि.वि.ले स्नातक तह (मानविकी) तेस्रो वर्षको १०० अङ्कको कार्यमूलक पत्रकारिता पाठ्यक्रममा राखेको हुनाले विद्यार्थीहरूले अभ्यासका रूपमा साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आएका छन् । विद्यार्थीहरूकै सम्पादनमा प्रकाशित यस्ता पत्रिकाहरूमा मेची, कोहेड, मनकामना, कनकाई आदि रहेका छन् ।” भन्ने वाक्य तथ्य र अर्थ दुवै दृष्टिबाट त्रुटिपूर्ण छ । सर्वप्रथमतः कार्यमूलक पत्रकारिता भन्ने पाठ्यक्रममा समावेशै छैन, त्यहाँ त स्नातक, तेस्रो वर्षको छैटौँ पत्रलाई कार्यमूलक पत्रका रूपमा राखिएको छ भने त्यसका अन्य विषयसहित ‘नेपाली पत्रकारिता’ शीर्षकसमेत समावेश छ । यो पाठ्यांश लिने विद्यार्थीहरूले ५० पूर्णाङ्क सैद्धान्तिक र ५० प्रयोगात्मक परीक्षा दिनुपर्दछ । प्रयोगात्मक परीक्षा अन्तर्गत एक–एक वटा ३२ पृष्ठको साहित्यिक पत्रिका र ८ पृष्ठको समाचार पत्रिका तयार गरी सम्बन्धित निकायमा बुझाउनुपर्दछ । त्यसपछि मूल्याङ्कन समितिले पत्रिकाहरूका साथ अन्तर्वार्तासमेत लिएर मूल्याङ्कन गर्दछ । यी पत्रिकाहरू सार्वजनिक हुँदैनन्, यी त परीक्षाका उत्तर पुस्तिकातुल्य हुन् । यिनीहरूको सार्वजनिक मूल्य, महŒव र औचित्यसमेत नहुँदा यिनले साहित्यिकको विकासमा अथवा साहित्यिक पत्रकारिताको क्षेत्रमा कुनै योगदान र अर्थ राख्दैनन् । दिँदैनन् । यस कारण यस प्रकृतिका प्रसङ्गहरू चर्चामा ल्याउनु नितान्त असान्दर्भिक देखिन्छ । त्यसै गरी ‘विद्यार्थीहरूकै सम्पादनमा प्रकाशित’ भनेर ‘मेची’, ‘कोहेड’, ‘मनकामना’ ‘कनकाई’ आदि भनिएको छ । यी मेची, कोहेड, मनकामना, कनकाई आदि पत्रिकाका नाम छन् कि ? यस्ता नामका कलेज त छन् तर पत्रिका त सार्वजनिक रहेको एउटै उदाहरण पनि देखिन्न ? फेरि उत्तरपुस्तिकाहरू प्रकाशन गर्ने प्रश्नै आउँदैन । यस मानेमा पनि कार्यपत्रले विचार पु¥याउन सकेको देखिँदैन ।
१०. झापाको साहित्यिक पत्रकारिताको चर्चा गर्दा केही यस्ता व्यक्तित्वहरू आँखाका सामुन्ने आउँछन् जसले झन्डै झन्डै जीवनको पर्याय नै जस्तो गरी साहित्यिक पत्रकारितालाई अँगाले, अगाडि बढाए । उदाहरणका रूपमा भवानी घिमिरे र चूडामणि रेग्मीलाई लिन सकिन्छ । उहाँहरूको एकल प्रयास मात्र पनि साहित्यिक पत्रकारिताको उन्नयनमा, विशेषतः झापालाई झापालाई गाँसेर भन्नुपर्दा कुनै सङ्गठित संस्थाको प्रयासभन्दा कम नरहेको स्वीकारिन्छ । अझ बढी नै योगदान दिएको मानिन्छ । उहाँहरूको नामै किटानी गरी कार्यपत्रमा आउन सकेको भए उत्तम हुने थियो ।
११. कार्यपत्रमा उठाइएका, औँल्याइएका साहित्यिक पत्रकारिताका समस्याहरू अत्यन्त सान्दर्भिक र उचित छन् । तर यस्ता समस्याका सम्भाव्य समाधान वा सुझावहरूसमेत कार्यपत्रमा आउनुचाहिँ उपयुक्त मानिन्थ्यो । त्यतातिर दृष्टि पातलियो ।
१२. ‘साहित्यिक सचेतना’ पत्रिकाका प्रधान सम्पादक पुण्यप्रसाद खरेल भएकाले सच्याउनुपर्ने देखिन्छ ।
१३. प्रस्तुत कार्यपत्र कार्यपत्रको सैद्धान्तिक अवधारणाभित्र रहेर भन्दा पनि एउटा स्वतन्त्र प्रकृतिको सामान्य लेखचाहिँ बढी भएर प्रस्तुत भएका कारण यसका प्रशस्त सीमाहरू रहेको यस पूर्व पनि चर्चा भइरहेको छ । एउटा कार्यपत्र निर्माण गर्न निकै श्रम–साधन, अध्ययन मनन र धैर्यको जोगाड गर्नुपर्छ । कार्यपत्रको क्षेत्र र सीमा, औचित्य र महŒव, विधि र प्रस्तुतिका साथै भाषाशैलीसमेत पूर्व निक्र्यौल गरिनु आवश्यक देखिन्छ । कार्यपत्र मूलतः वस्तुगततालाई अँगालेर नै लेखिने हुँदा आफ्ना पहुँच र सामथ्र्यभित्रका वस्तुगतता र सम्भाव्यताहरूलाई निर्देशनात्मक तवरमा प्रस्तुत गरिनु औचित्यपूर्ण हुने गर्दछ । यहाँ धेरै हदसम्म यस पक्षप्रति उपेक्षाभाव राखिएको पाइन्छ जुन यस कार्यपत्रको थप उल्लेख्य सीमा मान्न सकिन्छ ।
निष्कर्षमा, यस कार्यपत्रले प्रशस्तै सीमाभित्रबाट पनि साहित्यिक पत्रकारिताको क्षेत्रमा झापाले गरेको योगदानलाई धूमिल रूपमै भए पनि चिहाउने प्रयास गरेको छ । यसले यस क्षेत्रमा आउने पछिल्ला अनुसन्धाताका निमित्त डोरेटोको भूमिका अवश्य निर्वाह गर्ने छ नै र यस कार्यपत्रको यो नै सबभन्दा सबल पक्ष हो भनी स्वीकारिन्छ ।

सन्दर्भ सामग्री
१. प्रेस काउन्सिल नेपाल (२०६५) नेपाली साहित्यिक पत्रपत्रिका सङ्क्षिप्त ग्रन्थकोश, ललितपुर ः विधागत पत्रपत्रिका विकास उपसमिति ।
२. पन्थी मधुसूदन र शिवहरि ज्ञवाली (२०६९) कार्यमूलक नेपाली पत्रकारिता, काठमाडौँ, उन्नति प्रकाशन ।
३. रोशा कोइराला (२०६९), सुखानी पत्रिकाको योगदान (अप्र.) शोधपत्र, त्रि.वि. मेची बहुमुखी क्याम्पस, झापा ।
४. सुसेली (२०५९ देखि १० अङ्क) स. विजय खरेल र अन्य, सुसेली साहित्यिक परिवार, काँकरभिट्टा ।
६. मेचीका सुसेली (२०५३) स. पुण्यप्रसाद खरेल ।
७. सङ्केत, सं. यज्ञराज प्रसाईं र अन्य, काँकरभिट्टा आदि ।

(चूडामणि वशिष्ठद्वारा प्रस्तुत कार्यपत्र “साहित्यको विकास क्रममा झापाको सहभागिता” माथि एक सङ्क्षिप्त टिप्पणी)




साहित्यिक पत्रकारिता : एक दृष्टिकोण
  चेतनाथ धमला


विषय प्रवेश
भाषा मानव जातिको प्रथम संवाद हो । यसैको माध्यमले सभ्यता, संस्कृति, साहित्य, कला, ज्ञान, विज्ञान आदिको आविष्कार भएको हो । एक आपसमा दिनहुँ जसो मूर्त र अमूर्त चेतनाको सञ्चार भइरहेको हुन्छ । कुनै पनि राष्ट्र, समाज, सम्प्रदाय केन्द्रित गतिविधि र घटनाहरूका कम्पनहरूले उत्पन्न असरलाई यथार्थ ढङ्गले चित्रण गर्नु, सूक्ष्म विश्लेषण गर्नु साहित्यिक उत्तरदायित्व बहन गर्नु हो । यसभित्र कथा, कविता, उपन्यास, गीत, गजल, नाटक, निबन्ध, नियात्रा, प्रबन्ध, हाइकु, समीक्षा र समालोचना आदि पर्दछन् । यी विधालाई सङ्गृहीत र सम्पादित गरेर प्रस्तुत गर्नुलाई नै साहित्यिक पत्रकारिता भनिन्छ । स्तरीय रचनाको छनोट, कलात्मक भाषा र शैलीलाई अँगालेर सम्प्रेषित गरिने बौद्धिक एवम् प्राज्ञिक आयामलाई साहित्यिक पत्रकारहरूले आत्मसात् गरेका हुन्छन् ।
नेपाली भाषामा साहित्यिक पत्रकारिताको प्रारम्भ युवाकवि मोतीराम भट्ट (वि.सं. १९२३–१९५३) ले अध्ययनको सिलसिलामा भारतस्थित बनारसमा रहँदा वि.सं. १९४३ मा ‘गोरखा भारत जीवन’ नामक मासिक साहित्यिक पत्रिकाको प्रकाशन गरेपछि सुरु भएको मानिन्छ । यसपछि उनकै चाँजोपाँजो अनुसार वि.सं. १९५५ देखि ‘सुधासागर’ मासिक साहित्यिक पत्रिका प्रकाशित भएको पाइन्छ । पण्डित नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा सो पत्रिका निक्लिएको पुष्टि हुन्छ । ‘सुधासागर’ प्रकाशित हुँदा भने मोतीराम भट्टको मृत्यु भइसकेको थियो । यसर्थ उनलाई ऐतिहासिक पुष्टिका आधारमा नेपालको आदिसाहित्यिक पत्रकार मान्नुपर्छ । कुशल स्रष्टा–द्रष्टा मोतीराम भट्टले प्रारम्भ गरेको साहित्यिक पत्रिकाको जगमा समाचार साप्ताहिकको रूपमा वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन भएको हो । यो यथार्थलाई आत्मबोध गरी बामे सरेको नेपालको पत्रकारिता अहिले आधुनिक आमसञ्चारको रूपमा सुस्थापित भइसकेको छ । यस क्रममा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायत सयौँको सङ्ख्यामा समाचार पत्रिकाहरू पनि बेलाबखत प्रकाशित हुँदै आएका छन् । समाचार पत्रिका र विद्युतीय सञ्चार माध्यमले आफूलाई व्यावसायिकीकरण गरेर आत्मनिर्भर तुल्याइरहेका छन् । त्यहाँ कार्यरत श्रमजीवी, सञ्चारकर्मीको जीवनस्तर अपवाद बाहेक केही न केही उस्किरहेको देखिन्छ । जीविकोपार्जनका लागि आशाको दीप बल्न थालेको अनुभूति हुन्छ तर चेतना र सभ्यताको सुसंवाहक साहित्यिक पत्रिका अपेक्षाकृत रूपमा फस्टाउन सकेको छैन । साहित्यिक पत्रकारको जीवनस्तरमा वृद्धि पनि भएको पाइँदैन । कतिपय अवस्था र अर्थमा साहित्यिक पत्रकारिताले मोतीराम भट्टकालीन उपेक्षा र उत्पीडनलाई चिहाइरहेको र गिज्याइरहेको अनुभूति हुन्छ । यसर्थ सिङ्गो पत्रकारिताको मेरूदण्ड मानिएको साहित्यिक पत्रकारिताले आशाजनक फड्को मार्न सकेको छैन । यो एक चिन्तनमुखी प्रश्न भएर हामीसामु तेर्सिएको छ । यसै सन्दर्भमा साहित्यिक पत्रकारिताको विवशता, आक्षेप, प्रवद्र्धन, साङ्गठनिक प्रयास, भेदभाव र सुरक्षाजस्ता विषयमा धारणागत दृष्टिकोणलाई उजागर गरिएको छ ।

साहित्यिक पत्रकारका विवशताहरू
नेपाली साहित्याकाशमा विविध पात्र र प्रवृत्तिहरू विद्यमान छन् । कतिपयका सिर्जनाहरू स्तरीय हुन्छन् त कसैका नाम मात्रैका हुन्छन् । अहिले पद प्रतिष्ठाको प्रभुत्व र प्रभावको कसीले टल्किने परम्परा हाबी छ । कुनै न कुनै रूपका ती सिर्जनामा कला, विचार, सौन्दर्य र शैली खोजिनु निरर्थक हुन्छ नै । फेरि साहित्यिक पत्रिकाको दायित्व, ओझेलमा परेकालाई खोज्नु, प्रतिभालाई प्रोत्साहित गर्नु, नव प्रतिभाका सिर्जनालाई समेट्नु, रहरियाका रहरहरूलाई थेग्नु, विशिष्ट ठानिएकाहरूका अर्ती, घुर्की सुन्नु र चाहेर पनि बजार विस्तार गर्न नसक्नु जस्तो जटिल अवस्था छ । यसर्थ साहित्यिक पत्रकारहरू ती विवशताले अल्झिनु परेको छ । 
साहित्यकारबाट आक्षेप
निजीस्तरमा साहित्यिक पत्रपत्रिकाको प्रकाशन गरी संरक्षण र संवद्र्धन गर्नु स्वयम्ले फलाम चपाएर भोक मेट्न खोज्नु जस्तै दुस्साहसपूर्ण कर्म पनि हो । यो बुझ्दाबुझ्दै पनि कहिलेकाहीँ सहयात्री, सर्जकका कोरा र अव्यावहारिक उपदेश कर्कश पीडा भएर टुप्पीबाट धूवाँ निस्किन्छ, कान टट्याइरहन्छ र दिमाग बोझिलो भइरहन्छ । साहित्यिक पत्रिकाका सम्पादकहरू चेतनहीन भएका हुन् झैँ गरी बखान गरिरहन्छन् । साहित्यिक पत्रिका प्रकाशित गरेर थुप्रै आयआर्जन गरे, विज्ञापन, उठाए, पत्रिका बेचे, सहयोग लिए र लेखकलाई पारिश्रमिक दिएनन् बरु उल्टै शोषण गरे जस्ता आक्षेप साहित्यिक पत्रिकाका सम्पादक–प्रकाशकलाई लाग्ने गर्दछन् । झट्ट सुन्दा स्वाभाविक लाग्छ तर व्यावहारिक रूपमा पारिश्रमिक पनि दिएर पत्रिका प्रकाशन गर्न जटिल छ । प्राविधिक खर्च जुटाउनै धौ धौको स्थिति छ । भिखारीले जस्तो दयाको पात्र नबने पत्रिका धान्न गाह्रो छ । आक्षेप चिर्न थालौँ प्रकाशन नै बन्द गर्नुपर्ने हुन्छ । “नखाऊँ दिउँसोभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार” जस्तो अनुभूति हुन्छ । जसले प्रकाशनको पीडा भोगेको हुँदैन, ऊ गुरु बनेर उभिन्छ तर जो प्रकाशनको पीडाबाट पीडित छ उसले शिष्य बनेर टोल्हाइरहनुपर्छ । प्रायः साहित्यिक पत्रिकाहरू मध्यमवर्गीय शिक्षित व्यक्तिहरूले नै सुस्थापित गरेका छन् । कोही अभिजात्य वर्गले ‘मनि, मसल र माइन्ड’ले वाचाल अपनाएरै पनि प्रतिष्ठित हुने अवसर साहित्य र साहित्यिक पत्रकारितालाई माध्यम ठानेका छन् । यस्तो अवस्थाले साहित्यिक पत्रकारिता एक प्रकारको बौद्धिक हिंसाबाट पीडित छ । जजसले असिर्जनशील र तीतो उपदेश दिँदै आएका छन्– उनीहरूले आफै साहित्यिक पत्रिका प्रकाशित गरून् र नयाँ अनुभूति सँगालून्, यति भन्दा सम्भवतः अत्युक्ति ठहरिने छैन । एकाध सहयोगी र विज्ञापनदाताहरू साहित्यिक पत्रिकाका अनन्य मित्र पनि छन्, उनीहरूको लगावलाई पनि आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । यो एक वाङ्मयिक सेवा हो । यता राज्यले साहित्यलाई अनुत्पादक वस्तु ठान्न खोज्नु र उता स्रष्टाले आक्षेप लगाउनु एउटै सन्दर्भ वा प्रसङ्ग हो ।

साहित्यिक पत्रकारको सामथ्र्य
साहित्यिक पत्रकारबाट प्राज्ञिक क्षमता र दक्षताको अपेक्षा गर्न सकिन्छ । साहित्यिक पत्रिकाको सम्पादन गर्दा प्राविधिक पक्षलाई मेहनतपूर्वक ध्यान दिनु अपरिहार्य छ । त्यसमा वर्णविन्यास र साजसज्जा समेत पर्दछन् । यी दुवै पक्षको सुन्दर संयोजनले मात्रै साहित्यिक पत्रिकालाई स्तरीय रूपमा प्रकाशित गर्न सकिन्छ । कुनै पनि स्तरीय रचनाको छनोट र प्रतिभाशाली स्रष्टालाई प्रोत्साहित गर्ने उत्तरदायित्व पनि साहित्यिक पत्रिकाका सम्पादककै हो । भाषिक सम्पादन, सम्पादकीय लेखनमा गम्भीरता, स्रष्टाको सिर्जनात्मक सुरक्षा र अधिकारप्रति सचेत हुनुमा साहित्यिक पत्रकारहरूले पर्याप्त ध्यान पु¥याउन आवश्यक हुन्छ ।  बरु अखबारी सम्पादनको प्रभाव तीव्र छ । प्राप्त र सङ्कलित रचनालाई एकोहोरो सम्प्रेषित गरेको देखिन्छ । यसको अलवा सर्जकको अन्तर्वार्ता, साहित्यिक समाचार, विधागत आरोह–अवरोह, स्रष्टाको दिनचर्या, सामाजिक र सांस्कृतिक चरित्रका विषयमा उत्तरदायित्वपूर्ण साहित्यिक पत्रकारिताको आवश्यकता झल्किन्छ । खासगरी सम्प्रेषित रचनाको कला, सौन्दर्य, कालचेतना, दर्शन र परिस्थिति के के हुन् ? छापिएका रचनाले कस्तो सामाजिक सन्देश प्रवाह 
गर्छन् ? भन्ने ख्याल चाहिन्छ । त्यसैगरी स्रष्टाका सिर्जनालाई पनि यथोचित पारिश्रमिकको व्यवस्था गर्ने उपायको खोजी हुनुपर्छ । ती प्रवृत्तिलाई सजगतापूर्वक अपनाएमा साहित्यिक पत्रकारको आचरण र निष्ठामा सम्मान पुग्ने अपेक्षा गर्न सकिन्छ । पाठकको अभिरुचि अनुसार सामग्री पस्किने र साहित्यिक पत्रिकालाई उपहारको रूपमा वितरण गने प्रवृत्तिलाई त्याग्नु नै साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकारको हितमा हुनेछ ।

साहित्यिक पत्रिकाको प्रवद्र्धन
नेपालका साहित्यिक पत्रिकाको व्यावसायिक प्रवद्र्धन र पेसागत सुरक्षाको स्थिति आशाजनक छैन । यसको निराकरणका लािग व्यवस्थित उपायको अवलम्बन सरकार एवम् स्वयम् साहित्यिक पत्रकारको उत्तरदायित्वभित्र पर्छ । साहित्यिक पत्रपत्रिकाको संस्थागत विकासका लागि महŒवपूर्ण भूमिकाको निर्वाह हुनुपर्छ । यस सन्दर्भमा भएको प्रयत्न पनि खासमा प्रभावकारी छैन । प्रेस काउन्सिल नेपालले केही वर्ष यता समाचार पत्रिकालाई जस्तै साहित्यिक पत्रपत्रिकाको मूल्याङ्कन गरी वर्गीकरण गर्न थालेको छ । यो कार्य सराहनीय हो तापनि काउन्सिलले साहित्यिक पत्रिकालाई विभिन्न विषय मध्य एउटा विधागत पत्रिकाको एक अंशका रूपमा परिभाषित गरेको देखिन्छ । यस आधारमा पृथक् विधागत मूल्याङ्कनको मापदण्ड अझै छैन भन्ने देखिन्छ । समाचार पत्रिकाले तत्कालीन घटनाको क्षणिक प्रतिबिम्बनलाई सम्प्रेषण गर्छ भने साहित्यिक पत्रिकाले दीर्घकालीन प्राज्ञिक मूल्यलाई उजागर गर्दछ । यो विशिष्ट र बौद्धिक पत्रकारिता भएकाले पृथक् मूल्याङ्कनको आधार तय गर्नु न्यायोचित ठहर्ने छ । विधागत दक्षता र प्रभावलाई ध्यानमा राखी प्रेस काउन्सिल सञ्चालक समितिमा साहित्यिक पत्रकारको प्रतिनिधित्व हुनु अपरिहार्य छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा स्थापित साहित्यिक पत्रपत्रिका सहयोग कोष पनि निष्प्रभावी जस्तै देखिन्छ । यदाकदा अनुदानको रूपमा पत्रम् पुष्पम्को परम्परा रहे पनि त्यो त्यति प्रभावकारी देखिँदैन । प्रस्तुत कोषमा नेपाल सरकारले रकम थप गरी आत्मनिर्भर हुने परिस्थिति सिर्जना गर्नुपर्छ । त्यसैगरी साहित्यिक पत्रिका र कृतिहरूलाई निश्चित सङ्ख्यामा खरिद गरी मन्त्रालय, सरकारी कार्यालय र स्थानीय निकायका सबै तह तप्कामा पु¥याउने व्यवस्था सरकारले मिलाउनु अत्यावश्यक छ । यसका लागि राष्ट्रिय पुस्तक नीति लागु गरिनुपर्छ । नेपाल बाहिर रहेका नेपालीहरू हाम्रा साहित्यिक लगायतका पुस्तक र पत्रपत्रिका अध्ययन गर्नबाट बञ्चित छन् । यो बाध्यताबाट मुक्ति दिलाउन सरकारले विभिन्न देशसँग कूटनीतिक सम्बन्धका आधारमा पारस्परिक सांस्कृतिक आदान–प्रदानका लागि सहज वातावरण तुल्याउनु पर्छ । यसका लागि सांस्कृतिक सहचारीको व्यवस्था हुनु अत्यावश्यक छ । मासिक बाहेकका द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक साहित्यिक पत्रपत्रिकाले अझै हुलाक दर्ता पाएका छैनन् । यसर्थ देशभित्र र बाहिर यी पत्रपत्रिकाहरूको वितरण गर्न सकिएको छैन । यसको निराकरणका निम्ति सम्बन्धित निकायबाट यथाशीघ्र पहल थाल्नु आवश्यक छ ।
अहिले विभिन्न मातृभाषामा साहित्यिक पत्रपत्रिकाहरू प्रकाशित भइरहे पनि यिनीहरूलाई मूल्याङ्कन गर्ने स्पष्ट नीति सरकारले तय गरेको देखिँदैन । मातृभाषिक एकाध नीतिले पत्रपत्रिकाहरूको प्रवद्र्धन हुनेमा शङ्का देखिन्छ । आफैले साहित्यिक पत्रिकाको प्रकाशन गर्नु, ग्राहक बनाउनु, विक्री गर्नु र भीक्षाटन शैलीमा आर्थिक स्रोत जुटाएर मात्रै व्यावसायिक र पेसागत सुरक्षा यथेष्ट हुँदैन । साहित्यिक पत्रिका र लेखकका कृति लगायतका सामग्रीहरूलाई वितरण गर्न सरकारले वैज्ञानिक प्रणाली लागु गर्नुपर्छ ।
समाचार पत्रिकालाई राज्यले पहिलो दर्जाको रूपमा सुविधा, सहुलियत, पुरस्कार र राजकीय भ्रमण टिममा समेट्दै आएको छ तर साहित्यिक पत्रिकालाई तेस्रो दर्जाको जस्तो ठान्ने सरकारको प्रवृत्तिले अहित हुने गरेको छ । तसर्थ सरकारले साहित्यिक पत्रिकाका पत्रकारहरूलाई पनि त्यस्तो अवसर दिनुपर्छ ।

साङ्गठनिक प्रयास
नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना वि.सं. २०६३ मा भएको हो । यस सङ्घको मुख्य उद्देश्य लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गरेको साहित्यिक र सांस्कृतिक रूपान्तरण नै हो । समग्र साहित्यिक पत्रकारितााको हकहितमा समर्पित यो सङ्घ एक मात्रा छाता संस्था हो । साहित्यिक पत्रपत्रिका र साहित्यिक पत्रकारिताले भोग्नुपरेको तमाम् समस्यासँग स्थापना कालदेखि जुझारू भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घले सरकार समक्ष राखेका विभिन्न मागहरूमध्ये समाचार पत्रिकालाई जस्तै साहित्यिकको मासिक, द्वैमासिक र त्रैमासिक साहित्यिक पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्छ भन्ने हो, जुन माग पूरा पनि भएको छ । प्रतिनिधिमूलक विभिन्न सञ्चार संस्थाले जस्तै नेपाल साहित्यिक पत्रकार सङ्घले पनि औसत एक लाख वार्षिक अनुदान पाउन थालेको छ त्यो सकारात्मक आरम्भ भए पनि यो अत्यन्त न्यून छ । यसको रकम वृद्धि गर्नुपर्छ ।
देशभरि छरिएर रहेका साहित्यिक पत्रिका र साहित्यिक पत्रकारहरूलाई एकत्रित गरी आबद्ध गर्न सङ्घ दत्तचित्तले अघि सरिरहेको छ । सय जति साहित्यिक पत्रपत्रिकाले सदस्यता प्राप्त गरिसकेका छन् । स्वतन्त्र साहित्यिक पत्रकारहरू पनि सदस्य छन् । यिनीहरूको व्यावसायिक र पेसागत सुरक्षाका लागि सरकार समक्ष समाचार पत्रकारहरूलाई जस्तै सूचना मन्त्रालय अन्तर्गतका काउन्सिल, आयोग र संस्थानमा साहित्यिक पत्रकारको प्रतिनिधित्व निश्चित गर्न, राजकीय भ्रमण टोलीमा समावेश गर्न, सञ्चार उपकरणको व्यवस्था मिलाउन, राष्ट्रिय पुस्तकालय नीति र साहित्यिक पत्रपत्रिका वितरण गर्न वैज्ञानिक प्रणालीको व्यवस्था गर्न, हुलाक दर्ता समान रूपले दिन, वैदेशिक सांस्कृतिक आदान–प्रदानको व्यवस्था मिलाउन र नेपाल प्रज्ञा–प्रतिष्ठानमा साहित्यिक पत्रकारलाई नियुक्त गर्न लगायतका माग सरकारसँग नेपाल साहित्यिक पत्रकार सङ्घले राखेको छ । यी मागलाई बेवास्ता गरिए सङ्घर्षमा उत्रिने उद्घोष समेत गरिसकेको छ ।

पुरस्कार÷सम्मानमा भेदभाव
सामाजिक, सांस्कृतिक, राजनीतिक, पत्रकारिता र शैक्षिक लगायतका क्षेत्रमा पुरस्कार र सम्मानको ओइरो नै लागेको छ । ‘साहित्यिक पत्रकार’ र ‘साहित्यिक पत्रपत्रिका’ मध्ये कुनै एकलाई प्रत्येक वर्ष प्रेस काउन्सिलले ३० हजार राशिको ‘साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएकोमा यस वर्षदेखि घटाएर रु.१०,०००।– मा सीमित गरेको छ जुन अत्यन्तै दुःखद् कुरा हो । प्रेस काउन्सिलको त्यो निर्णयप्रति साहित्यिक पत्रकार आक्रोशित छन् । अपवाद बाहेक साहित्यिक पत्रकारहरूले गरिमामय र विशिष्ट श्रेणीका सरकारी पुरस्कार र सम्मानहरू प्राप्त गरेका छैनन् । सूचना मन्त्रालयमा स्थापित वरिष्ठ पत्रकारिता सम्मानबाट उनीहरू उपेक्षित छन्, विमुख छन् । त्यसैगरी प्रत्येक वर्ष राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने मान पदवीको मनोनयनमा समेत वञ्चित हुँदै आएका छन् । हुन त अब्बल स्रष्टा र साहित्यिक पत्रकारको मूल्याङ्कन पुरस्कार र सम्मानले होइन– समाजका प्राज्ञिक पाठकहरूले निर्धारण गर्दछन् । तर, पुरस्कार र सम्मानमा राज्यको समान दायित्वको अपेक्षा गर्नु स्वाभाविक नै हो ।

साहित्यिक पत्रकारको सुरक्षा
साहित्यिक पत्रकारको पनि समाचार पत्रकारको जस्तै भौतिक र पेसागत सुरक्षा हुनुपर्छ । माथि नै चर्चा भइसक्यो । व्यावसायिक स्वामित्व ग्रहण साहित्यिक पत्रकारको पनि हुन्छ । साहित्यिक पत्रिकाको अस्तित्व बचाउ र एक्लै सम्पादकको निष्ठा जोडिएकाले पेसागत रूपधारण गर्न सक्ने स्थिति छैन । साहित्यिक, प्राज्ञिक सेवा र समर्पणको योगदान नै साहित्यिक पत्रकारितामा जोडिएको हुन्छ । स्रष्टाको सिर्जनात्मक रक्षाका लागि उत्तरदायी हुनु नै पर्छ, जसमा निजात्मक बिम्ब, विषयवस्तु, शैली र सिर्जनाको अपहरण पर्दछन् । तसर्थ स्रष्टाको स्वामित्व समेत गुमनाम हुने भय हुन्छ । स्रष्टाले आफ्ना कमी कमजोरी र सिर्जनात्मक दुर्बलताको टीकाटिप्पणी र आलोचना प्रायः सहन सकेका देखिँदैनन् । त्यस्ता सामग्रीलाई समेटेर प्रकाशित गरेमा मानसिक हिंसा, आघात, आक्रोश, अमानवीय रूपमा प्रकट गर्न थाल्छन् । अर्कातिर भौतिक आक्रमणको भय पैदा हुन्छ र भएका पनि छन् । यो सन्दर्भमा एकाध सर्जक मात्रै स्वस्थ बौद्धिक प्रतिवादमा देखिन्छन् । कतिपय आलोचकहरू सर्जकलाई घोच्नु र खुइल्याउनु मात्रै परम आनन्द ठान्दछन् । साहित्यिक पत्रकारले उन्मुक्ति र अग्रगामी सांस्कृतिक रूपान्तरणको समर्थनमा बुलन्द आवाज मुखरित गर्दछन् । जति राज्यसत्ता निरङ्कुश हुँदै जान्छ, त्यति साहित्यिक पत्रकारहरू भौतिक रूपमा असुरक्षित हुन्छन् ।
बिरामी पर्दा कतिपय साहित्यिक पत्रकारहरूले आफ्नो उपचार आफै गराउन सक्ने अवस्था देखिँदैन र थप जीवनयापनका लागि सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानमा स्थापना गरेको स्रष्टा उपचार कोष पनि नाम मात्रैको हो कि भन्ने भान हुन्छ । तसर्थ उनीहरूको स्वास्थ्य सुरक्षाप्रति सरकार उदासीन देखिएको छ । समग्र पत्रकारको स्वास्थ्य उपचारका लागि पे्रस काउन्सिलले प्रदान गर्दै आएको सहयोग राशि पनि न्यूनतम देखिन्छ । यसरी पत्रकारको स्वास्थ्य उपचार र सुरक्षा पनि ठोस र प्रभावकारी छैन ।
जनआन्दोलन, क्रान्ति वा जनयुद्धमा होमिएका कैयौँ स्रष्टा र साहित्यिक पत्रकारहरूले जेलनेल, यातना र मृत्युवरण वहन गरेका छन् । राणा शासन र पञ्चायती व्यवस्थाको उन्मूलनमा सङ्घर्षरत कतिपय स्रष्टाहरू आफै साहित्यिक पत्रकार पनि थिए । तत्कालीन राजतन्त्रात्मक बहुदलीय व्यवस्था विरुद्ध नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सङ्घर्षरत प्रगतिवादी कवि एवम् साहित्यिक पत्रकार कृष्णसेन इच्छुकलाई महेन्द्र पुलिस क्लबभित्र प्रहरीले २०५९ जेठ १३ गतेका दिन हिरासतमै हत्या गरेको स्पष्ट हुन्छ । सहिद इच्छुक सर्वहारावादी सांस्कृतिक क्रान्तिको नायकको रूपमा आज स्थापित भइसकेका छन् । उनी प्रगतिशील एवम् प्रगतिवादी साहित्यिक पत्रिका ‘कलम’ त्रैमासिकको सम्पादक पनि हुन् । यसै क्रममा २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा पनि साहित्यिक पत्रकारहरू घाइते हुन पुगे । यी उदाहरणहरू हामीसँग प्रशस्त छन् ।
अन्त्यमा, अनेकौँ अवसरको खोजीमा नेपालीहरू विश्व बजारमा छरिन पुगेका छन् । उनीहरूकै माध्यमले नेपालको भाषा, साहित्य, संस्कृति, कला र पत्रकारिता लगायतका हाम्रा मौलिक पहिचानहरू विश्वव्यापी हुँदैछन् । हाम्रा मौलिकताहरू अन्यत्र पनि स्थापित हुँदैछन् । यसै सिलसिलामा नेपालको साहित्यिक पत्रकारिता पनि विश्व बजारमा फैलिरहेको छ । साहित्य र साहित्यिक पत्रकारिताको स्पन्दन भन्नु नै युग, सौन्दर्य र कला चेतनाको ध्वनन् हो । यो चेतना नै अग्रगामी साहित्यिक पत्रकारिताको मुख्य सर्त हो । प्रवृत्तिगत रूपमा यी विषय उठान हुँदासम्म साहित्यिक पत्रकारिताको अपेक्षाकृत सुधार भएको छैन । स्वयम् साहित्यिक पत्रकारले नै जिम्मेवारीबोध गर्नु परिरहेको छ । 






पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास
  दधिराज सुवेदी


वि.सं. १८२५ मा नेपाल राष्ट्रको एकीकरण भएपछि राजा पृथ्वीनारायण शाहका सभापण्डित सुवानन्द दासका कलमबाट नेपाली साहित्यले जन्मने अवसर प्राप्त गरेको २५ वर्षपछि अर्थात् वि.सं. १८५० तिर पूर्वाञ्चलको सप्तरी जिल्लाले नेपाली कविता साहित्यको यात्रारम्भ गरेको पाइन्छ । आजसम्मको अध्ययन र अनुसन्धानबाट पूर्वाञ्चल (कोशी, मेची र सगरमाथा यसमा भारतलाई समावेश गरिएको छैन)का पहिला कवि उदयानन्द अर्याल र उनको पहिलो कृति २६ श्लोके ‘पुराना वातको अर्जी’ कविता हो । उनी सप्तरीको वैरवा भन्ने ठाउँमा जन्मिएका थिए र उनका बाबुले कुनै किराँती राजालाई खुसी पारेर सोही ठाउँको जग्गा विर्ता पाएका थिए । कवि उदयानन्द अर्याल प्राथमिककालीन वीरधाराका प्रतिनिधि कवि हुन् । 
वि.सं. १८७२ मा भएको सुगौली सन्धीपछि कविहरूमा वीरताको वर्णन गर्ने क्रममा केही कमी देखापर्दछ तापनि लडाईको सवाई जस्ता वीररसका कविता र भक्तिरसका कविताहरू एकैसाथ अगाडि बढिरहेका हुन्छन् । यसक्रममा ताप्लेजुङका लालबहादुर आउँमासीको वि.सं. १९१२ को ‘चौरीको सवाई’ र इलामकै सन्त ज्ञानदीलदास (१८२१–१८८३)को ‘उदयलहरी’ (१९३४) जस्ता काव्य कृतिहरू उल्लेख्य रहेका पाइन्छन् । त्यसबेला सन्त सम्प्रदायका प्रवर्तक जोसमनि सन्तले हिंसा र जातीय भेदभावका विरुद्ध चलाएको यस मतलाई निर्गुण भक्तिधारा भनिन्छ र उनी यस सम्प्रदायका केन्द्रीय र सर्वोच्च कवि पनि थिए ।
वि.सं. १९१२ मा जन्मिएर १९७६ मा परलोक प्रस्थान गर्ने भोजपुरका वैयाकरण नेपाल प्रतिभाशाली र जोशिला कवि थिए । यिनले आप्mना कविता मार्पmत् रामायण, फलपूmल तथा तरकारी आदिको मीठो वर्णन गरेका छन् । यिनी तरकारी विज्ञानका ज्ञाता थिए र नै उनलाई सो समयका मानिसहरूले ‘तरकारीकल्प’ भनेर सङ्केत गर्ने गर्दथे । यसै क्रममा पूर्वाञ्चलका कविराज नरपति पोखरेलद्वारा लेखिएको वि.सं. १९३५ को ‘क्षयरोग’ नामक पुस्तकले गद्य साहित्यको शिलान्यास गरेको पाइन्छ भने धनकुटा कुरुलेका रमाकान्त बरालले १९४९ मा लेखेको ‘अद्भूत रामायण’द्वारा रामभक्ति परम्पराको थालनी गर्ने सफलता प्राप्त गरेको देखिन्छ । वि.सं. १९७७ मा मोरङ, विराटनगरका कृष्णप्रसाद कोइरालाले लेखेको ‘कृष्णविनोद’ नामक ग्रन्थ र १९८७ मा भोजपुर दिङ्लाका यज्ञनिधि चापागाईंले लेखेको ‘आबाल ब्रह्मचारी चरितम्’ नामक कृतिहरूले पनि पूर्वाञ्चलको साहित्यिक गतिविधिलाई अगाडि बढाउन मद्दत पु¥याएका छन् । यी दुवै कृतिहरूले आ–आप्mनो क्षेत्रमा ऐतिहासिक प्रतिष्ठा आर्जन गर्ने सफलता पनि प्राप्त गरेको पाइन्छ ।
यसरी पूर्वाञ्चलीय साहित्यिक श्रङ्खलालाई अगाडि बढाउने पूर्वजहरूका क्रममा धनकुटाका गजेन्द्रबहादुर प्रधानाङ्ग, उनैका भाइ नरेन्द्रबहादुर प्रधानाङ्गलाई पनि हामीले विर्सन मिल्दैन । यी दुवै साहित्यकारहरू मिलेर .िसं. १९९० सालभन्दा पूर्व नै ‘कुसुम–कुमारी’ भन्ने नाटक लेखेर सडक, चोक र गल्लीहरूमा प्रदर्शनको श्रृङ्खलालाई अगाडि बढाइसकेका थिए । यस परम्परालाई उनका नाति अशेष मल्लले आज पनि ‘सडकनाटक’ नाम दिएर आन्दोलनकै क्रममा देशभरि परिचित गराइसकेका छन् । त्यो बेला धनकुटामा नरपति पोखरेलको ‘वण्डापत्र’ नामक नाटक पनि मञ्चन गरिएको थियो ।
वि.सं. १९९० सालले पूर्वाञ्चललाई उपन्यास साहित्यतर्पm पनि अग्रसर गराएको पाइन्छ । तत्कालीन विराटनगरका वडाहाकिम शिवप्रतापशमशेर थापाले बङ्गाली उपन्यासकार वंकिमचन्द्रको प्रभावबाट अभिप्रेरित भएर ‘दुर्गेश नन्दिनी’ (१९९०) भन्ने उपन्यास र शोभाचन्द्र खनालले ‘पाटली पुत्र’ (१९९७) लेखेको जानकारी मिल्न आउँछ ।
यसरी पूर्वाञ्चलीय नेपाली साहित्य (भारततिरको होइन) प्राथमिक कालीन वीरधारादेखि नै प्रारम्भ भएर भक्तिधारा, श्रृङ्गारिकधारा आदिका विविधता भित्र छरिँंदै आजको प्रयोगवादमा आएर राष्ट्रिय परिवेशमा उक्लन सफल भएको छ । यसले अवलम्बन गरेका विभिन्न धारा, मोड र प्रवृत्तिहरू राष्ट्रिय परिप्रेक्षमा कत्ति पनि कमी छैनन् । तसर्थ पूर्वाञ्चलका कोशी, मेची र सगरमाथा अञ्चलका १६ जिल्लामा रहेर नेपाली साहित्यको श्रीवृद्धि गर्ने भाषा–साहित्य साधकहरूको ठाम, जन्ममिति आदिको टिपोटसम्म दिने प्रयत्न भएको छ । यसलाई पूर्णता दिन धेरैले प्रयत्न गर्नुपर्ने हुन्छ । भरसक कृतिगत आधारमा यो पत्र तयार पारिएको छ । जे जति तिथिमिति परेका छन् ती सबै विक्रम सम्वत् हुन् । यस अभिलेखलाई पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकासको प्रारूप मानेर हेरिदिनु हुन सबै विज्ञ व्यक्तित्वहरूसँग सादर अनुरोध गर्दछु । साथै इतिहास सधैँ खोजको विषय हुनाले यसभित्रै पूर्णता न खोजिदिन पनि आग्रह गर्दछु ।

झापा
लेखन तथा प्रकाशनका दृष्टिले झापा अग्रणी जिल्ला पर्दछ । झापाका बहुचर्चित साहित्यकारहरूमा भवानी घिमिरे, चूडामणि रेग्मी, कृष्ण धरावासी, बैरागी काइँला, तुलसीप्रसाद भट्टराई, गोविन्दराज भट्टराई, मोहनराज शर्मा, पुण्य खरेल, तेराख आदि रहेका पाइन्छन् । यस जिल्लाले ऐतिहासिकतालाई धेरै पर नपु¥याए पनि आजको सन्दर्भमा व्यापकता छाएको छ । पूर्वाञ्चलका अरू जिल्लामाभन्दा झापा जिल्लामा नेपाली साहित्यको गतिविधि तीब्र रूपमा अगाडि बढिरहेको पाइन्छ ।
ज्येष्ठताको क्रमबाट अध्ययन गर्दा डा. ऋषिकेश उपाध्याय (१९८८), शिवप्रसाद दाहाल (१९८५), एस.एल.शर्मा (१९८४), गणेशबहादुर प्रसाईं (१९८८), राधिका राय (१९८९), सरोज ओली (१९९८), चन्द्रेश्वर दुवे (१९९५), स्वयम्भूलाल श्रेष्ठ (१९८७), दानियल खालिङ (१९८६), कोलमप्रसाद पोखरेल (१९९९), जयप्रसाद ढकाल आदिलाई अग्रपङ्क्तिमा राख्नुपर्ने हुन्छ ।
एक्काइसौँ शताब्दीको प्रारम्भदेखि आजसम्मको परिस्थितिलाई नियालेर हेर्ने हो भने रोहिणी विलास लुइटेल (२००१), नकुल काजी (२००२), केशव आचार्य (२०११), अमृतलाल श्रेष्ठ (२०१३) लीला उदासी (२००६), जीवन आचार्य (२०१६) चन्द्रमणि प्रसाईं (२०१३) कृष्ण बराल, सीता पाण्डे (२०१६) शिव रेग्मी ‘प्रणत’ (२०२६) रत्नमणि नेपाल, हेम अधिकारी आदि दर्जनौ साहित्यकारहरू झापाको उर्वर भूमिमा रहेर साहित्य साधना गरिरहेका छन् भन्ने कुरा झापाकोमलिलो भूमिमा उम्रिएर साहित्य सेवामा समर्पित निम्न सङ्घ संस्थाहरूबाट पनि जानकारी हुन आउँछ ः लेखनाथ वाचलनालय तथा पुस्तकालय (चन्द्रगढी, २०३५), त्रिफला राष्ट्रिय पुस्तकालय (धुलाबारी, २०५२), नेपाली साहित्य परिषद् (२०२१), महानन्द पुरस्कार समिति, देवकोटा स्मृति–भवन (२०२१), नेपाली साहित्य विकास समिति (भद्रपुर, २०३८), प्रतिभा निकेतन (दमक, २०४९), नेपाली लेखक सङ्घ, देवकोटा स्मारक निर्माण तथा संरक्षण समिति (चन्द्रगढी), सासङ्क प्रतिष्ठान (२०४९, धुलाबारी), नवरङ्ग साहित्य प्रतिष्ठान (धरमपुर, २०४९), प्रगतिशील लेखक सङ्घ (२०५१), कन्काई प्रतिभा प्रतिष्ठान (२०५१, सुरुङ्गा), प्रतिभा यात्रा 
(२०५१, बुधबारे), साहित्यकला सङ्गम (२०५२, दमक), सि.के. चिन्तन प्रतिष्ठान (२०५३, बिर्तामोड), जय नेपल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (२०५५), साहित्य चौतारी (२०५६) वीर्तामोड, भेटघाट चौतारी (२०५८), दमक साहित्य प्रतिष्ठान (२०५९, दमक), गन्तव्य थिएटर (दमक, २०६४), सुसेली साहित्य प्रतिष्ठान, काँकडभिट्टा, प्रतिभा प्रतिष्ठान, हल्दिबारी (२०५२), नव साहित्य समाज (बाहुनडाँगी, २०५५), भानु साहित्य प्रतिष्ठान (काँकडभिटा), गोकुल जोशी साहित्य अनुसन्धान केन्द्र (घैलाडुवा), महानन्द स्मृति प्रतिष्ठान (इरौँटार), जीवन स्मृति प्रतिष्ठान 
(दमक), धर्नासो साहित्य प्रतिष्ठान (धरमपुर), जुही प्रकाशन, झर्रो नेपालीघर 
(चन्द्रगढी), अमर ज्योति प्रकाशन (दमक), बिहानी साहित्य समाज (झापा) ।

इलाम
इलाम प्राकृतिक सौन्दर्यले टन्न भरिएको पहाडी जिल्ला हो । जहाँको परिवेशमा रमाएर असाहित्यिक मानिस पनि भावनामा गुनगुनाउन थाल्दछ भने साहित्यिक मान्छे भित्रको कोपिला स्वतः प्रस्फुटित हुन पुग्दछ । ज्ञानदिल दास, महानन्द सापकोटा, माधव भँडारी, तारानाथ शर्मा, पासाङ गोपर्मा, बीरेन्द्र खुँजेली, जगदीश नेपाली, मायादेवी सुब्बा, जयप्रसाद ढकाल, विष्णु नवीन, डम्बर पहाडी, सरिता ढकाल, विष्णुविभु घिमिरे, कोमलप्रसाद पोखरेल, लीला उदासी, ज्ञानेन्द्र खतिवडा, रामलाल अधिकारी, रविमान लम्जेल, उदय निरौला, राधेश्याम लेकाली, श्याम कृष्ण श्रेष्ठ, देवी पन्थी, टङ्क के.सी. आदि साहित्यकारहरू इलाम जिल्लाकै उत्पादन हुन् ।
पाँचथर र इलाम पहिले एउटै जिल्ला जस्तो लाग्दथ्यो । पछि विभक्त हुँदा धेरै ठाउँहरू यता र उता भए । त्यसैले ज्ञानदिल दास, कहरसिंह राई, इमानसिंह चेमजोङ् आदि हाल आएर दुवै जिल्लाका जस्ता देखिन्छन् । दुवै जिल्लाको साहित्यिक शुभारम्भ यिनीहरूबाटै भएको मानिन्छ ।
२००७ सालको परिवर्तन पछि भाषाशास्त्री महानन्द सापकोटा (१९५८)को विशेष सक्रियतामा करफोक विद्यामन्दिर र नेपाली भाषा प्रचारक सङ्घ स्थापना हुन्छ र इलामको साहित्यिक वातावरणले तीब्र गति लिन्छ । २००८ सालमा इलामले प्रथम राष्ट्रव्यापि कवि सम्मेलन गरेर नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण, दार्जीलिङका सुधपा सूर्य विक्रम, धरणीधर र पारसमणि, आयामेली आन्दोलनका हस्तीहरू इन्द्रबहादुर, वैरागी र ईश्वरवल्लभ आदि सम्पूर्ण साहित्यकारहरूलाई एकठाउँ भेला गराएर साहित्यिक महोत्सव मनाउने सौभाग्य प्राप्त गरेको थियो ।
यिनै वातावरणकासाथ अगाडि बढ्दै जाँदा इलामले साहित्यमा रामै्रं प्रगति ग¥यो । युद्धप्रसाद बैद्य, धर्म गौतम, विमल वैद्य, विष्णु निष्ठुरी, बुद्धि बस्नेत, रमेश शुभेच्छु, गीता सापकोटा, लता गौतम, दिवाकर भण्डारी, नीलम आचार्य, लक्ष्मी मिश्र, मदन दीपविम आदि साहित्यकार जन्माएर सङ्घर्षको मैदानमा दौडाइरहेको छ । यहाँको साहित्यिक वातावरणलाई निम्न संस्थाहरूले विशेष मलजल गरेको पाइन्छ ः करफोक विद्यामन्दिर (२००८), नेपाली भाषा प्रचारक सङ्घ (२००८), भानु प्रतिभा संरक्षण साहित्य समिति, इलाम साहित्य संस्कृति कला प्रतिष्ठान, इलामेली साहित्यिक प्रतिष्ठान (२०६७), गुञ्जन (नयाँ पुस्ता), नवीन साहित्य प्रतिष्ठान, करफोक (२०५९), कञ्चन साहित्य समाज (राँके), चारखोला साहित्य समाज, मङ्गलबारे (२०६७) आदि ।

पाँचथर
पाँचथरको साहित्यिक सन्दर्भ केलाउँदा कहरसिंह राई, ज्ञानदिल दास 
(१८७८) महागुरु फाल्गुनन्द (१९४२) र इमानसिंह चेमजोङ्हरूलाई समेटेर पाँचथर÷इलाम दुवैलाई कर्मथलो बनाएर चिन्तनको खेती गर्ने पुर्खाका रूपमा लिनुपर्दछ । राईको ‘चरीको सवाई’ (१९२४) यस जिल्लाको पहिलो कृति मानिन्छ । उनी सवाईहरू कथ्दै सुनाउँदै हिँड्ने फिरन्ता योगी थिए ।
ज्ञानदिल दासको ‘उदय लहरी’ र फाल्गुनन्दको ‘सत्य धर्मको मुचुल्का 
(१९८८)’ ले त्यो बेलाको समाजमा व्यापक छाप छाडेको थियो । चेमजोङको ऐतिहासिक खोज र लगनले पनि त्यो समयको साहित्यिक वातावरणलाई प्रभावित पारेकै हुनुपर्दछ ।
२००७ सालको परिवर्तनपछि पाँचथरले डिल्लीराम तिमसिना, वैरागी काइँला, डा. स्वामी प्रपन्नाचार्य, भानुभक्त पोखरेल, राजेन्द्र सुवेदी, खगेन्द्र सङ्ग्रौला, विक्रम सुब्बा, गोविन्दराज भट्टराई, रुद्र खरेल, कृष्ण धरावासी, पुष्प सुब्बा, होम सुवेदी, अनिरुद्ध तिमसिना आदि राष्ट्रिय प्रतिभा जन्मायो । यिनीहरूलाई पछ्याउँदै प्रेम ओझा, खोलाघरे साइँलो, बन्दना खालिङ आदि दर्जनौँ साहित्यकार अगाडि बढे । मेचीकाली साहित्यिक पत्रिकाका सम्पादक पद्मेश थुलुङ पुलिसद्वारा मारिए । उनको अपराध साहित्य सृजना थियो । 
माथि चर्चा गरिएका फाल्गुनन्द, इमानसिंह, वैरागी काइँला, पुष्प सुब्बा, सगुन सुसारा आदिले नेपाली साहित्यको विकासमा जति नै योगदान लिम्बू भाषा साहित्यको विकासमा पनि दिएका छन् । यसैकारण पाँचथरमा लिम्बू भाषा साहित्यको पनि विकास भएको छ ।
पाँचथरको साहित्यिक सन्दर्भ केलाउँदा वैरागी काइँलाको तेस्रो आयाम 
(२०२०) व्याख्याता कृष्ण धरावासीको लीला लेखन (२०३४), सिर्जनशील अराजकता (२०५७)का जन्मदाता हाङ्युग अज्ञात र उपेन्द्र सुब्बा, छन्दजागरण अभियान 
(२०५९)को रमेश शुभेच्छु, उत्तरवर्ती सोच (२०६०)का सैद्धान्तिक व्याख्याता थाम्सुहाङ्, पुष्प सुब्बा, रङ्गवादका प्रणेता धर्मेन्द्रविक्रम नेम्बाङ, उत्तर आधुनिक वादका व्याख्याता गोविन्दराज भट्टराई र प्रगतिशील साहित्यका हस्ती खगेन्द्र सङ्ग्रौला आदिलाई बिर्सन पटक्कै मिल्दैन ।

ताप्लेजुङ
ताप्लेजुङ जिल्लाको साहित्यिक इतिहासका सन्दर्भमा खोज गर्दै जाँदा लोकगीतको आधार समात्नु पर्ने हुन्छ । चैनपुरबाट २००९ सालमा ताप्लेजुङ बसाईं सरेर आएका नरबहादुर शाक्यका लोकगीत, उनकै छोरा सरोज शाक्यको ‘तिरिरी मुरली बज्यो वनैमा ... ...’ भन्ने गीत र यिनकै भाइ जगमोहन शाक्यका गीतहरूका शरण लिनु पर्दछ । यिनै व्यक्तिहरूका गीत र चिन्तनशील वातावरणले २०१२ सालमा लालबहादुर आउँमासीले ‘भोटको लडाइँको सवाइ’ लेखे । यो नै ताप्लेजुङमा चर्चामा रह्यो । त्यसपछि रामकुमार श्रेष्ठ गाउँलेले २०१६ मा ‘पाथीभरा’ नामको कथासङ्ग्रह प्रकाशन गरे । सम्भवतः यो यहाँको प्रथम साहित्यिक कृति मानिन्छ । हुन त योभन्दा अगाडि वि.सं. १९९७ सालमा जगन्नाथ गुरागाइँले (१९५८) ‘गुणरत्नमाला’ लेखेर नैतिक पाठ पढाइ सकेका थिए । तापनि साहित्यको हिसावले रामकुमार श्रेष्ठ नै अगाडि देखा पर्छन् ।
ताप्लेजुङको साहित्यिक वातावरणलाई अगाडि बढाउनेमा वैजनाथ भट्टराई (१९७१), शिवराज बराल (१९८०), भवानीप्रसाद गौतम, दिवाकर बराल, जगमोहन शाक्य (१९९०), नारायणप्रसाद अधिकारी (१९८४), टेकनाथ न्यौपाने (२०००), चैतन्य सुब्बा, (२००३) नन्दकुमार प्रसाईं, माधव प्रधान, पुण्यप्रसाद खरेल, प्रताप सुब्बा, योगेश्वर भट्टराई, सरस्वतीप्रसाद दाहाल, विश्वनाथ भट्टराई, एकराज भट्टराई आदिको नाम अग्रपङ्क्तिमा रहेको पाइन्छ । रविमान लमजेलले ने.सा.को इतिहास लेखेर त्यहीबाटै रचनात्मक कार्य गरेका छन् ।
पछिल्लोचरणमा आएर गद्य–पद्य दुवै क्षेत्रमा विशेष गतिका साथ अगाडि बढेका साहित्यकारहरूमा जगमोहन शाक्य, किरण शाक्य, तेजप्रसाद सिटौला, जयप्रसाद भेटवाल, राजेश्वर थापा, शरोजकुमार शाक्य, दिवाकर बराल, भीष्मराज प्रसाईं, खेम कोइराला ‘बन्धु’, भीम खरेल, हरिराज भट्टराई, दीर्घराज प्रसाईं, केन्द्रविक्रम थुलुङ, शङ्कर सुब्बा, नरेन्द्रराज प्रसाईं, रामबाबु प्रसाई, सी.के. प्रसाईं आदि हुन् ।
ताप्लेजुङको साहित्यिक वातावरणलाई संस्थागत रूपमा अगाडि बढाउनमा निम्न पत्रपत्रिका वा सङ्घ संस्थाले अहम् भूमिका खेलेको पाइन्छ ः ‘सगरमाथा’ जगमोहन शाख्यको सम्पादनमा निस्केको हस्तलिखित पत्रिका (२०१३, देखि २०१७)सम्म, भानु पब्लिक हाइस्कूलको मुखपत्र ‘भानु’ (२०२१–२०२४), ‘झुप्रो’ माक्र्सवादी सिद्धान्तको पहिलो पत्रिका (२०२६), श्रङ्गलीला साहित्य तथा सङ्गीत सङ्गम ।

मोरङ
मोरङको साहित्यिक इतिहासको प्रारम्भ पौरखी पुरुष कृष्णप्रसाद कोइरालाबाट प्रारम्भ भएको पाइन्छ । यिनले १९७७ मा प्रकाशित गरेको ‘कृष्णविनोद’ नै मोरङको पहिलो कृति हो । यिनले नै १९८१ मा स्थापना गरेको नेपालको पहिलो सबैलाई समान रूपले सह–शिक्षा दिने ‘आदर्श विद्यालय’ विराटनगरको मुखपत्रका रूपमा हस्तलिखित पत्रिका ‘चन्द्रोदय’ पनि सम्पादन गरेका थिए । तत्पश्चात् तत्कालीन बडाहाकिम शिवप्रतापशम्शेर थापाले ‘दुर्गेशनन्दिनी ’(१९९०) र शोभाचन्द्र खनालले ‘पाटलीपुत्र’ (२०००) भन्ने उपन्यासहरू लेखेका थिए ।
यसपछि मोरङको साहित्यलाई विशेष गतिदिने साहित्यकारहरूमा डा लक्ष्मण शास्त्री (१९६४), मातृकाप्रसाद कोइराला (१९६८), महानन्द सापकोटा 
(१९५३), डा.पिनाकीप्रसाद आचार्य, मित्रदेव ‘साहित्य–भूषण’ (१९७६) विपिनदेव ढुङ्गेल (१९८३), श्यामकृष्ण गौतम (१९४५), विश्वेश्वरप्रसाद कोइराला (१९७१), तारिणीप्रसाद कोइराला (१९७९), डी.पी. अधिकारी (१९८३), नारदप्रसाद ओझा (१९८४), देवकुमारी थापा (१९८५), पं. मेघराज शर्मा (१९८९), डा.गणेश भण्डारी (१९८९), बालकृष्ण पोखरेल (१९९०), भानुभक्त पोखरेल (१९९३), विश्वराज पाण्डे (१९९३), जीतबहादुर अर्जेल (१९९५), कालीप्रसाद रिजाल 
(१९९६) अम्बरप्रसाद रिजाल (२०००) जस्ता अग्रज साहित्यकारले मोरङको नेपाली साहित्यलाई गुणात्मक हिसावले अगाडि बढाएको पाइन्छ ।
२००७ सालको परिवर्तनपछि मोरङको साहित्यिक परिवेशलाई फराकिलो पार्दै जाने अन्य साहित्यकारहरूमा केदार सत्याल, माधवप्रसाद खनाल, सुशीला भण्डारी, नरेन्द्र चापागाईं, कृष्ण भूषण बल, दधिराज सुवेद, मेदिनीप्रसाद शर्मा, अनिरुद्ध तिमसिना, टेकनाथ अधिकारी, वसुश्री पाण्डे, रमाप्रसाद रिजाल, कृष्णराज कोइराला, ऋषिराज बराल, नारायण तिवारी, रमेश तुफान, लक्ष्मण नेवटिया, विमल कोइराला, महेशप्रसाई, इन्दिरा प्रसाईं, विवश पोखरेल, प्रमोद प्रधान, नवराज सुब्बा, लक्ष्मी उप्रेती, गङ्गा सुवेदी, कविराज पोखरेल, सुमन पोखरेल, राजेश्वर रेग्मी, भूषण हुमागाईं, मिश्र वैजयन्ती, अनिल पौडेल, सोमराज अभय, बलराम पोखरेल, मधु पोखरेल, आदि तीव्र गतिमा अगाडि बढेका पाइन्छन् ।
वर्तमान युवापुस्तामा अत्यन्तै क्रियाशील मोरङ्का अन्य साहित्यकारहरू गीता सापकोटा, मञ्जू शर्मा, भूषण ढुङ्गेल, गोकुल अधिकारी, ज्योति जङ्गल, सीमा आभास, राधिका गुरागाईं, मनोज न्यौपाने, सविता गौतम, विमला श्रेष्ठ, कृष्ण पहाडी, डम्बर घिमिरे, खेम नेपाली, गण्डकी पुत्र, हरिप्रसाद बराल, कृष्ण वस्ती, शङ्कर खरेल, इरान राई, रेखा सुवेदी, आदि दर्जनौँको सङ्ख्यामा देखिएका छन् । यीसम्पूर्ण साहित्यकारहरूलाई परिवेश प्रदान गर्न निम्न संस्थाहरूको अहम् भूमिका रहेको पाइन्छ ।
आदर्श विद्यालय (१९८१), आदर्श पुस्तकालय (२००३), नेपाली साहित्य समिति (२०१६), देवकोटा पुस्तकालय (२०१६), विष्णुमाया पुस्तकालय (२०२२), नेपाल राष्ट्रिय वाचनाल (२०२५), गुराँस पुस्तकालय (२०२६), युवक पुस्तकालय रङ्गेली, डिड्पा साहित्यिक परिवार (२०३९), युवा साहित्यक जमात, विराट साहित्य संस्थान (२०३७), शनिवार साहित्यिक समूह (२०३८), प्रतिभा पुरस्कार प्रतिष्ठान (२०३९), पूर्वाञ्चल साहित्य प्रतिष्ठान (२०४१), वाणी प्रकाशन 
(२०५२), वनिता प्रकाशन (४९ अङ्क, २०५६) सम्म, विराट साहित्य सङ्गम 
(२०६१), प्रजातान्त्रिक लेखक सङ्घ, प्रगतिशील लेखक सङ्घ, मोतीराम राष्ट्रिय सा. प्रतिष्ठान, धरणीधर पुरस्कार प्रतिष्ठान (२०४५), आरोहरण गुरुकुल 
(२०४२), सिलसिला परिवार, गहेली साहित्य परिवार, अपाला साहित्यिक समूह, डा. नरेन्द्रचापागाईं स्मृति प्रतिष्ठान, महानन्द वाङ्मय मन्दिर, शिरोमणि पुस्तकालय, भानु कलाकेन्द्र (भानु मो.) २०१९), मोती वाचनालय (२०५६), गणेश पुस्तकालय, चेतना संरक्षक प्रतिष्ठान, सुनगाभा साहित्य समाज (डाँगिहाट), सुस्केरा साहित्य समाज (बेलबारी), गजल मञ्च (उर्लाबारी), विराट साहित्य समाज (विराटचोक), मोती वाचनालय (विराटनगर), मोतीराम गजल मञ्च (२०६१) ।

सुनसरी
नेपाली भाषा र साहित्यको विकासमा सुनसरी जिल्लाको विशेष महŒव रहेको पाइन्छ । वि.सं. १९८० को दशकतिर पं. दीनानाथ शर्माको कलमबाट साहित्य लेखन थालियो भने पनि उनका सिर्जनाहरू उपलब्ध हुन सकेका छैनन् । उपलब्ध कृतिका आधारमा यहाँका जेठा साहित्यकार १९६२ का छविलाल पोखरेल हुन् । उनका भावतरङ्ग, देवासुर सङ्ग्राम, आधुनिक दृष्टिमा वाल्मीकि रामायाण, कौमुदीसार जस्ता धर्म, दर्शन, साहित्य, व्याकरणका करिव २ दर्जन कृतिहरू प्रकाशनमा आएका छन् ।
यसपछि सुनसरीको साहित्यिक विकासमा डा. शिवप्रसाद पोखरेल (१९६९), देवलाल श्रेष्ठ (१९७९), जगदीश नेपाली (१९८२), धरणीधर दाहाल (१९८४), जी.वी. लुगुन (१९८४), भोग्यप्रसाद भण्डारी (१९८६), गजेन्द्रप्रसाद आचार्यं 
(१९८७), यज्ञप्रसाद आचार्य (१९९०), टी.आर. विश्वकर्मा (१९९०), कर्णसिंह मगर (१९९३), मान बज्राचार्य (१९९२), शशीप्रसाद वजगाईं (१९९५), गोपाल कोइराला ‘त्यागी’ (१९९७), पीताम्बर भोला (१९९५), शुभद्रा दंगा (१९९२), सिद्धिकर्ण धिमाल, लक्ष्मी आचार्य पथिक, टीकाप्रसाद वस्ती आदि पुरानो पुस्ताको रूपमा रहेर साहित्यको श्रीवृद्धिमा क्रियाशील भएर लागेको पाइन्छ ।
एक्काइसौँ शताब्दीको प्रारम्भदेखिनै सुनसरीको साहित्यिक विकासमा समर्पित हुनुहुने प्रकाश राई, जयराम सुन्दास, कृष्ण पाख्रीन, वमदेवान, बद्री पलिखे, शरण राई, गोविन्द तिमसिना, टङ्क न्यौपाने, योगन्द्र तिमसिना, रमेश नेपाली, गिरिराज आचार्य, कविताराम श्रेष्ठ, दिलिप सुब्बा, ऋतु आसिक, चन्द्रप्रसाद नेपाली, मोहन विरही, माधवप्रसाद कोइराला, गोपाल भण्डारी, हरिभक्त नेउपाने, कमला नेउपाने, चन्द्रमणि अधिकारी, गोविन्द विकल, विमल गुरुङ, नरेश शाक्य, कुन्ता शर्मा, राजेश वान्तवा, लीला श्रेष्ठ सुब्बा, उपेन्द्र पागल, कृष्ण विनोद लमसाल, रमेश कुमार श्रेष्ठ, हेमन यात्री रामकृष्ण वान्तवा, मनु मञ्जिल, कालीप्रसाद सुवेदी, केदारनाथ श्रेष्ठ, कृष्ण अधिकारी, प्रदीप मेयाङ्वो, बद्रीविशाल पोखरेल, मन्दिरा कोइराला, रीता ताम्राकार, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, हरेराम कर्माचार्य, भीम काफ्ले, कृष्णप्रसाद श्रेष्ठ, वेणु आचार्य, पदम सुन्दास, सुजात, मुकुल दाहाल, खेम दाहाल, कुमुद अधिकारी, शर्मिला खड्का, जस्ता दर्जनौँ साहित्यकारले नेपाली वाङमयको विकासमा रचनात्मक सहयोग पु¥याएका छन् ।
सम्पूर्णमा भन्नुपर्दा सुनसरीको साहित्यिक विकासमा श्रद्धेय छविलाल पोखरेल, मान वज्राचार्य, कवि लक्ष्मी आचार्य, डा. टङ्क न्यौपाने, डा. माधव पोखरेल, डा. गोपालप्रसाद भण्डारी, डा. कविताराम श्रेष्ठ, गिरिराज आचार्य, चन्द्रमणि अधिकारी, मनु मन्जिल, आदिको यस जिल्लामा विशेष भूमिका रहेको पाइन्छ । संस्थागत विकासका हिसावले यो जिल्ला पछिपरेको छैन भन्ने कुरा यी संस्थाहरूले पुष्टि गर्ने छन् ः सुनसरी एकेडेमी (२०१७), साहित्य परिषद धरान (२०२०), प्रगतिशील लेखक सङ्घ (२०२७), सुनसरी साहित्य प्रतिष्ठान (२०३०), मोती संस्मरण समिति, धरान (२०३३), इटहरी साहित्यिक समूह (२०४३), साहित्य सञ्चार समूह 
(इटहरी), लक्ष्मी बाचनालय (धरान), सिर्जना नाट्य समूह (धरान), आरम्भ नाट्य समूह (धरान), सृष्टिनाट्य समूह (धरान), अनाम प्रतिष्ठान (धरान), मिलन गुरुङ स्मृति पुस्तकालय (धरान, २०४८), लक्ष्मी सडकका कविता (धरान), साहित्य अनुसन्धान परिषद्, अच्छा राई रसिक प्रतिष्ठान, महानन्द प्रतिष्ठान, स्वामी प्रपन्नाचार्य चतुर्भुज पुरस्कार, नेपाल साहित्यकार सङ्घ ।

धनकुटा
धनुकुटाको साहित्यिक सन्दर्भ केलाउँदा १९१५ का रमाकान्त बराल समक्ष पुग्नुपर्दछ । उनले ‘अद्भूतरामायण’ (१९४९) लेखेर साहित्यको श्रीगणेश गरेका थिए । त्यसपछि कविराज नरपति पोखरेल (१९५५) बाट साहित्य लेखनमा व्यापकता आउँछ । नाटक र काव्यकवितामा कलम चलाउने पोखरेलले सत्मार्ग, आशा, नेपाली भाषा जस्ता आधा दर्जन कृतिहरू लेखेका छन् । १९७२ पछि मुगा संस्कृत पाठशालाबाट र १९८६ पछि गोकुण्डेश्वर हाइस्कूलबाट हस्तलिखित पत्रिकाहरू प्रकाशन हुन थालेपछि यहाँको साहित्यिक वातावरण तीब्रता आउँछ । यसैक्रममा खगेन्द्र प्रधानाङ्ग (१९८०), पं.छविलाल पोखरेल (१९६२), भोग्यप्रसाद भण्डारी (१९८६), हेमचन्द्र पोखरेल (१९८७), गजेन्द्रबहादुर प्रधान (१९६२), कृष्णप्रसाद शर्मा वस्ती (१९८८), पं. माधवप्रसाद बराल 
(१९७५), अग्निप्रसाद बराल (१९९७) आदि अग्रज साहित्यकारहरूको गति अगाडि बढेको पाइन्छ ।
नेपाली साहित्य आधुनिक युगमा प्रवेश गरेपछि अर्थात् २००० सालपछि धनकुटाले नेपाली साहित्यको विकासमा कम योगदान पु¥याएको छैन । यस क्रममा देखा पर्ने साहित्यकारहरूमा कालिप्रसाद रिजाल (१९९६), तुलसी दिवस 
(१९९८), टीकाप्रसाद लामिछाने (२०००), डा. दयाराम सम्भव (२०००), आनन्द सन्तोषी राई (२००७), डा. गोपाल भण्डारी (२००९), अशेष मल्ल (२०११), घनश्याम बराल (२०१५), डा. विश्वनाथ भण्डारी (२०१५), मोमिला जोशी 
(२०२४), झमक घिमरे (२०३७), मुकुन्द प्रयास (२०३०) आदि अग्रणी साहित्यकारका रूपमा रहेका पाइन्छन् ।
संस्थागत हिसाबले हेर्दा पनि धनकुटाको साहित्य सेवा सन्तोषजनक रहेको पाइन्छ । धनकुटाको साहित्यिक वातावरणलाई विशेष रूपमा मलजल पु¥याउने संस्थाहरूमा निम्न संस्थाहरूको अहम् भूमिका रहेको देखिन्छ ः नव कलाकार सांस्कृतिक समुदाय (२०३०), प्रगतिशील लेखक सङ्घ (२०५४), आयाम नाट्य तथा चलचित्रकर्मी जमात (२०५६), अधिकृत सङ्गम धनकुटा (२०४३), एक्स्पर्ट अभिनय कलाकेन्द्र (२०६६), सल्लेरी साहित्य सङ्गम (२०६१), शिखा साहित्यिक अभियान (२०६२), झमक घिमिरे साहित्यकला प्रतिष्ठान (२०६३), धनकुटा प्रतिभा पुरस्कार कोष (२०६४), नेपाल गजल प्रतिष्ठान, धनकुटा शाखा (२०६५), गर्गाचार्य विश्वभाषा पुस्तकालय (२०६८) ।

तेह्रथुम
यस जिल्लाको साहित्यिक यात्रा मनोरथपाध्या दाहाल (१९४२) को धार्मिक चिन्तनबाट अगाडि बढ्छ । त्यसपछि नारायणप्रसाद खनाल (१९६६), काजीमान कन्दङ्वा (१९८६), पुण्यप्रसाद सुवेदी (१९९०), गुरूप्रसाद गड्तौला (१९९२), ओजेन्द्र उषा (१९९७) आदिको तत्मरतामा अगाडि बढेको पाइन्छ ।
जब अभि सुवेदी (२००२), मोहन सिटौला (२००२), गोपालप्रसाद सङ्ग्रौला (२००२), गङ्गाप्रसाद उपे्रती (२००४), आदिको नयाँ युग प्रारम्भ हुन्छ तब तेह्रथुमको साहित्यले पनि कोल्टे फेर्छ । चिन्तनमा मात्र होइन कलामा पनि परिवर्तन आउँछ । मान्छेका दुःख सुखका कुरा लेख्दै अस्मिताको रक्षा गर्ने प्रयत्नहरू हुन थाल्दछन् । यस क्रममा हरिभक्त बुढाथोकी, पेशल दाहाल, पुरुषोत्तम सुवेदी, विश्वविमोहन श्रेष्ठ, खगेन्द्र सिटौला, राजेन्द्र सङ्ग्रौला, खगेन्द्रप्रसाद लुइटेल आदि तीक्ष्ण प्रतिभाका साथ अगाडि बढेका पाइन्छन् ।
यी अग्रजहरूको प्रभाव र प्रेरणाबाट अग्रसर हुने तेह्रथुमका अन्य साहित्यकारहरूमा उमानाथ भट्टराई, गङ्गा ढुङ्गाना, तोयानाथ भट्टराई, हेम श्रेष्ठ, विजय सुब्बा, कृष्ण वाउसे, छत्रपनि ढुङ्गेल, पुण्य निरौला, सिङ्गक सुब्बा आदि प्रमुख रहेका पाइन्छन् । सङ्ख्यात्मक हिसाबले अरू केही जिल्लाको तुलनामा यहाँका साहित्यकारको सङ्ख्या कम देखिए पनि गुणात्मक हिसावले यो जिल्ला धेरै अगाडि रहेको पाइन्छ ।

सङ्खुवासभा
सङ्खुवासभा अति विकट ठाउँमा रहेको पहाडी जिल्ला पर्दछ तापनि यो भाषा साहित्यका दृष्टिले सारै पछिपरेको पाइँदैन । लोकमान श्रेष्ठ (१९४९) यस जिल्लाका प्रथम भाषा साहित्यसेवी मानिन्छन् यिनको ‘नेवारी–नेपाली शब्दकोश’ (२००९) प्रकाशनमा आएको छ । त्यसपछि यस जिल्लामा रहेर नेपाली भाषा र साहित्यको सेवा गर्नेहरूमा डा. गोरखमान सिंह (१९७३), तुलसीराम ढकाल 
(१९७४), डा. बल्लभमणि दाहाल (१९८३), कोशराज रेग्मी (१९८९), जवाहर रोका (१९९०), रोहिणीप्रसाद खनाल (१९९२) आदि रहेका पाइन्छन् । 
पूर्वजहरूले तयार पारेको साहित्यिक बाटोमा नयाँ नयाँ चिन्तनका साथ अगाडि बढ्ने अन्य साहित्कारहरूमा ज्ञान उदास, फणीन्द्र नेपाल, दुर्गाप्रसाद राई, गेहनाथ गौतम, तराबहादुर बुढाथोकी, मातृकाप्रसाद तिमसिना, सोमराज अभय, रत्ननिधि रेग्मी आदि पनि यस जिल्लाका साहित्यकार मानिन्छन् ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनको प्रारम्भ पनि यसै जिल्लाबाट भएको हो । आन्दोलनका सञ्चालक मध्ये कोशराज रेग्मी, डा. बल्लभमणि दाहाल, चूडामणि रेग्मी, गणेश भण्डारी आदि पनि यसै जिल्लाका सम्पत्ति हुन् । तिब्बत र नेपालका बीच भएको लडाइँको सवाइ लेख्ने लालबहादुर आउँमासी पनि यसै जिल्लाको ओलाङचुङगोलामा बस्तथे भनिन्छ । तरलवादको चिन्तन पनि यहीकै फणीन्द्र नेपालले अगाडि बढाएका थिए ।
यस जिल्लाको भाषा साहित्यलाई उठाउनमा निम्न सङ्घ संस्थाको उल्लेख्य भूमिका रहेको पाइन्छ ः मकालु साहित्य समाज (खाँदबारी), गजल समाज 
(चैनपुर), मा साप्तेन परिवार (पाङमा), नौलो पाइलो (चैनपुर, २०१२), तेस्रो पाइला (दिदिङ), जन सांस्कृतिक मञ्च, प्रगतिशील लेखक सङ्घ ।

भोजपुर
साहित्य र संस्कृतिका हिसावले भोजपुर अन्यन्तै उर्वरभूमि मानिन्छ । वैयाकरण नेपाल (१९१२) यस जिल्लाका प्रथम साहित्यकार हुन् । काव्यकविताका क्षेत्रमा कलम चलाउने यी कवले ‘रामायण किष्किन्धाकाण्ड’, ‘पुण्य शिक्षा’, ‘तर्कारीकल्प’, ‘शालिहोत्र’, ‘लङ्कावर्णन’, ‘विराट वर्णन’, ‘एक्काइस वर्णन’ आदि कृतिहरू युगानुसार रचना गरेर युगीन प्रतिनिधित्व ग्रहण गर्न सफल भएका पाइन्छन् ।
पूर्वीय आकाशमा शिक्षा, संस्कृति र सदाचारको ज्योति पिंmजाएर युगपुरुष बन्न सफल आवाल–ब्रह्मचारी षडानन्द अधिकारी पनि यसै भोजपुरका सन्तति हुन् । उनले सिर्जना गरेका साहित्यिक कृतिहरू नभए पनि शिक्षाको विकास र विस्तारले साहित्यकार जन्माउन र साहित्यिक प्रेरणा प्रदान गर्न विशेष योगदान पु¥याएको पाइन्छ । उनका चेलाहरू नन्दिकेश्वर अधिकारी, यज्ञनिधि चापागाईं (१९२१) र प्रभुनाथ अधिकारी (१९५३) तत्कालीन साहित्यका सुपरिचित नाम हुन् । यिनीहरूले लेखेका क्रमशः ‘सदाचार ज्ञान दर्शक’, ‘आवाल–ब्रह्मचारी चारितम्’ र ‘सङ्गीत–रत्नमाला’ बहुचर्चित पुस्तकहरू मानिन्छन् । क्रान्तिकारी नारी हस्ताक्षर योगमाया (१९१७)को ‘सर्वार्थयोगवाणी’ नामक कवितासङ्ग्रह पनि सम्भवत नेपालकै पहिलो नारी हस्ताक्षर मानिन आउँछ । सोही समयका अन्य लेखकहरूमा पं. जयदेव अधिकारी (१९६३) नारदमुनि थुलुङ (१९५६) सूखीर राई (१९४७) आदि रहेका पाइन्छन् । जोस मनिसन्त परम्पराका निर्गुण भक्तिधाराका साहित्य लेख्ने अगम दिलदास, सत्ब्रह्म दिलदास आदि सन्त कविहरू पनि भोजपुरकै सम्पत्ति मानिन्छन् । सो समयमा प्रायशः शास्त्रीय छन्दमा धर्म–दर्शनमाथि चिन्तन गरियो ।
२००७ सालको परिवर्तनपछि मानिसमा नयाँ–नयाँ चिन्तन र खोज गर्ने साहित्यभित्र मानव अस्मिताको रक्षार्थ कलम चलाउने क्रम तीब्र रूपमा अगाडि बढ्यो । यस क्रममा पूर्णप्रकाश नेपाल ‘यात्री’, कृष्ण जोशी, हिरण्य भोजपुरे, परशु प्रधान, पद्म सुन्दास, कल्पना प्रधान, शैलेन्द्र साकार, मञ्जुल, गणेश रसिक, हेमाङ्गराज अधिकारी, ज्ञानमणि नेपाल, देवज्ञराज न्यौपाने, दिवानसिंह राई, सञ्जय थापा (प्रदीप नेपाल), निनु चापागाई., नरेन्द्र चापागाईं, दधिराज सुवेदी, पोष चापागाईं, विप्लव ढकाल, श्रवण मुकारुङ, शैलेन्दुप्रकाश नेपाल, हरि मञ्जुश्री एस्पी कोइराला, तोया गुरुङ्, मुरारिप्रसाद नेपाल, मुरारि अधिकारी, गायत्री चापागाईं, पवन आलोक, आदि भोजपुरका साहित्यकारका गणना भित्र पर्दछन् । भोजपुरमा बसेर वा भोजपुर बाहिर रहेर भएपनि नेपाली साहित्यको श्रीवृद्धिमा मद्दत पु¥याइ रहेकै छन् ।
भोजपुरको साहित्यिक अस्मिता उठाउन निम्न सामाजिक सङ्घ संस्थाहरूको अहम् भूमिका रहेको पाइन्छ । सबै संस्थाको जन्ममिति अनुसन्धान भविष्यमा गर्दै जाउँला । हाललाई ती संस्थाहरूको सूची मात्र यस प्रकार टिपोट गरिएको छ ः भोजपुर प्रगतिशिल छात्र सङ्घ (२००८), बाल साहित्य मण्डल (भोजपुर), बाल साहित्य निकेतन (भोजपुर), साहित्योदय समिति (भोजपुर), साहित्य सङ्गम 
(दिङ्ला, भोजपुर), शब्द शताब्दी नेपाल (भोजपुर), सिर्जनशील अराजकता 
(भोजपुर), क्रियाशील नारी साहित्य प्रतिष्ठान (भोजपुर), राष्ट्रियजन सांस्कृतिक मञ्च (२०४६), त्रिवेणी भोजपुर, सृजना समूह ( भोजपुर), साहित्यिक सम्पर्क समिति, भोजपुर (२०४२), भोजपुरका कविता (२०२१), भोजपुरका कविता 
(२०६५), भोजपुर, डाइरेक्ट्री (२०६६), भोजपुरको साहित्यिक रूपरेखा (२०४९, विप्लव ढकाल), नारदमुनि थुलुङ स्मृति परिषद भोजपुर शाखा (२०६४), ‘२००७ सालमा भोजपुर’ (२०६४), दिङ्ला साहित्यिक सङ्गम (दिङ्ला, भोजपुर), लाली गुराँस साहित्यिक प्रतिष्ठान (नेपालेडाँडा) ।

सगरमाथा
सप्तरी
सप्तरी जिल्ला सगरमाथा अञ्चलको तराई क्षेत्रमा पर्दछ । यस जिल्लामा राजा पृथ्वीनारायण शाहका सभापण्डित उदयानन्द अज्र्यालले नेपाली साहित्यको श्री गणेश गरेका थिए । प्राथमिक कालीन कविहरू यदुनाथ पोखरेल र रघुनाथ पोख्रेलको साहित्यिक शुभारम्भ पनि सप्तरीबाटै भएको हो । यस हिसाबले हेर्दा पूर्वाञ्चलीय नेपाली साहित्यको थालनी सप्तरीले गरेको हो भन्नुमा कुनै अत्युक्ति नहोला ।
रामेश्वरप्रसाद अर्याल (१९७७) पनि उदयानन्दकै वंशज हुन् । उनले सप्तरी वैरवाको सामाजिक विकास र साहित्यिक समुन्नतिमा विशेष योगदान पु¥याएकाले जनताद्वारा उनको कदर गर्दै वैरवामा अद्र्धकदको सालिक समेत स्थापना गरिएको थियो । मधेश अन्दोलनका क्रममा सो सालिकमाथि तोडफोड गरियो । देवेन्द्रराज उपाध्याय, शर्मिला पोखरेल आदिको पनि सप्तरीको साहित्यिक विकासमा निर्णायक भूमिका रहेको पाइन्छ ।
सप्तरीको नेपाली वा मैथिली साहित्यको विकासमा सगरमाथा साहित्य परिषद् (२०३०) मैथिली साहित्य पषिद् (२०५०) जस्ता वाङ्मय सेवी संस्थाहरूको पनि पूर्ण सहयोग रहेको पाइन्छ । नाम मैथिली रहेपनि काम भाषा साहित्यसेवा रहेकाले नेपाली मातृभाषीहरूका नेपाली रचना पनि यी संस्थामा मर्यादित भएर रहेका पाइन्छन् । शिशुप्रसाद देवकोटा पनि सप्तरीका साहित्यकार मानिन आउँछन् । आर. डी. प्रभास. एवम् शिव हरि भट्टराईको पनि यहाँको साहित्यिक उन्नतिमा अहम् भूमिका रहेको पाइन्छ ।

सिराहा
सिराहा नेपाली साहित्यको ऐतिहासिक श्रृङ्खलालाई अगाडि बढाउने ‘सयपत्री’ र ‘हिमालचुली’का सम्पादक डा. ईश्वर बरालको जन्मस्थल हो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति समेत भएका बरालले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा रहँदा पनि नेपाली वाङ्मयको विकासमा सहयोग पु¥याएका छन् ।
उपन्यास फाँटमा दह्रो कलम चलाएर आपूmलाई स्थापित गर्ने मुरारि अधिकारी (२०००)को जिल्ला पनि सिराहा नै हो । लीलबहादुर राई ‘अकेला’ 
(२०१८)ले ‘छोरी–ज्वाइँ’ नाटक लेखेर सिराहालाई उठाउने प्रयत्न गरेका छन् ।
यहाँका अन्य साहित्यकारहरू प्रदीप गिरी, शेखर गिरी, खेम प्यासी, धीरेन्द्र प्रेमर्षि आदिको अनन्य सहयोग रहनुका साथै शनिवासरीय साहित्यिक साँझ सिराहाको पनि यस जिल्लाको वाङ्मय उत्थानमा अहम् भूमिका रहेको पाइन्छ ।

उदयपुर
नेपाली जातिको लोकलय, लोकभाका र लोकसंस्कृतिलाई आत्मसात् गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा अग्रणी जिल्लाको रूपमा उदयपुर पर्दछ । यस जिल्लाका पहिला साहित्यकार लोकनाथ पोखरेल (१९३३)ले ‘लोकमञ्जरी’मा सोही कुरालाई प्राथमिकता दिएर उनीपछिका ललितबहादुर खड्का, गम्भीर बहादुर थापा आदिले सोही परम्परालाई अगाडि बढाए । ‘छोरीको हारेको कर्म’ भन्दै लोकभाका घन्काउने गणेश काप्mले (१९९०) पनि यसै जिल्लाका सम्पत्ति हुन् ।
यसै वातावरणलाई पछ्याउँदै सात सालको परिवर्तनपछि देखिएका उदयपुरका अन्य प्रमुख साहित्यकारहरूमा लेखबहादुर कार्की (२००७), मातृका पोखरेल 
(२०२३), पार्वती राउत (२०२६), पुण्य कार्की (२०२७, इन्द्र थापा ‘मिलन’ 
(२०३४), शिवहरि राई (२००४), कुमारसिंह कार्की (२००५), तेजनारायण शेर्पा (२००६), लक्ष्मीप्रसाद दाहाल (२००८), विश्वराज ढुङ्गाना (२००९), शान्तिकुमारी राई (२०१३), परशु पहरा (२०१४), उद्धव घिमिरे (२०१७), नन्दकुमारी राई 
(२०२०), टीकाप्रसाद पराजुली (२०२६), धनबहादुर श्रेष्ठ (२०२०), मोहन गोले 
(२०२८), कपिल ठकुरी (२०२९), मणि कोइमी (२०३५), प्रदीप हाइट (२०३६), विन्दास आरके (२०३८), दिवा चामलिङ (२०४०), हरिकुमारी राई ‘अभागी’ 
(२०४०), सुवास आम्बोटेली (२०४६), जीवन चाम्लिङ राई (२०४६), सुरेश परियार (२०४८), जीवन खतिवडा, देवेन्द्र पोखरेल, धमाने सिंह मगर, शाकुरा, राजेश खतिवडा, रामकुमार बस्नेत, नन्दलाल आचार्य, दीपक चिन्तक आदिको लगन र समर्पण उत्साहप्रद पाइन्छ । यस जिल्लाको साहित्यिक वातावरणलाई मलजल गर्ने सङ्घ संस्थाको नालीबेलीको खोज हुन जरुरी छ । रामणि पोखरेल, रामप्रसाद दाहाल, लोकनाथ पोखरेल, कृष्ण शाह ‘यात्री’लाई पनि उदयपुरको साहित्यले बिर्सन सक्दैन ।

खोटाङ
खोटाङको साहित्यिक यात्रा मोहनप्रसाद रेग्मी (१९७४) को मोहनगीता काव्यबाट प्रारम्भ भएको हो । त्यसपछि यस जिल्लाका अग्रज साहित्यिकारहरूमा जसराज किराँती (२००२), राधेश्याम भट्टराई (२००६), अच्युतरमण अधिकारी 
(२००८), गोविन्दप्रसाद भट्टराई (२०१२), प्रह्लाद पोखरेल (२०१४), जीवराज घिमिरे (२०१५), विष्णुकुमार राई ‘आभूषण’ (२०१३),  आदि प्रमुख रहेका पाइन्छन् ।
खोटाङमा जन्मेर यहीको हावापानीमा हुर्केर अन्यत्र गई नेपाली भाषा साहित्यको सेवामा समर्पित अन्य साहित्यकारहरूमा मोहनप्रसाद रेग्मी, केदार रेग्मी, रामविक्रम थापा, डा. धनप्रसाद सुवेदी, वसन्तराज अज्ञात, शरदकुमार भट्टराई, जगत ‘नवोदित’, चमा थुलुङ, सुरेन्द्रचन्द्र राई, उत्तरकुमार राई, मीन कुमार ‘नवोदित’ श्रेष्ठ, हिडपाली साहिँलो, चक्रपाणि खनाल, हेमसागर पोखरेल आदि रहेका पाइन्छन् ।
यी साहित्यकारहरूका अतिरिक्त नेपाली साहित्यको विकासमा समर्पित हुने अन्य महानुभावहरूमा यज्ञनिधि दाहाल, हीराधन राई, गोविन्द आचार्य, कुमार आचार्य ‘दुःखी’, बम थुलुङ, खेमरञ्जन भट्टराई, प्रह्लाद आचार्य, किशनचन्द्र राई, दीपक पराजुली, ज्ञानेन्द्र विवश, आदि आदि र राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङको योगदानलाई पनि हामीले बिर्सन मिल्दैन ।

ओखलढुङ्गा
नेपाली साहित्यको निमित्त यो ऐतिहासिक जिल्ला हो । युगकवि सिद्धिचरण श्रेष्ठ यसै जिल्लामा जन्मेर बाल्यकाल पनि यही विताएका थिए । उनको ‘वखलढुङ्गा’ भन्ने बहुचर्चित कविताले यस कुरालाई पुष्टि गरेको छ ।
वखलढुङ्गाका पहिला साहित्यकार पनि सिद्धिचरण (१९६९) नै हुन् । उनले आधुनिक नेपाली कवितामा स्वच्छन्दवादी प्रवृत्तिलाई अगाडि बढाए । उनकै प्रभाव र प्रेरणाका साथ अगाडि बढेका श्याम दाहाल (१९९६), घटराज भट्टराई (२००२), प्रयागराज ‘वशिष्ठ’ (२०११) लक्ष्मीकुमार कोइराला आदि अग्रपङ्क्तिमा रहेका साहित्यकार हुन् । यसैक्रममा नारदमणि पौडेल, (२०१४) कलानिधि दाहाल (२०१३) आदिलाई समेटेर अध्ययन गर्न सकिन्छ ।
अग्रजहरूले देखाएको बाटो समातेर वाङ्मयसेवामा समर्पित अन्य साहित्यकारहरूमा जीवनाथ धमला (२०१६), चेतनाथ धमला, ईश्वर पोखरेल, रामेश, रायन, व्याकुल माइला, गणेश राई, नारदमुनि गौतम, होमशङ्कर बास्तोला,  पुरुषोत्तम दाहाल, मिलन राई (२०३१), मेघबहादुर श्रेष्ठ, नीलकण्ठ भट्टराई आदिको पनि साहित्य सेवामा अहम् भूमिका रहेको पाइन्छ भने पछिल्लो चरणमा आएर ‘नेपाल हाइकु सङ्घ’ले पनि साहित्यिक वातावरण प्रदान गर्दै आएको पाइन्छ ।

सोलुखुम्बू
सोलुुखुम्बू पूर्वाञ्चलको अति विकट जिल्ला मानिन्छ । सगरमाथा अञ्चलमा पर्निे यस दुर्गम जिल्लामा साहित्यिक वातावरण धेरै कम पाइन्छ तापनि पुरुषोत्तम वस्नेत, सीताराम निरौला, लोचन कुमार शर्मा, मूलीवीर राई, हरि कट्टेल आदिको नाम अग्रपङ्क्तिमा रहेको पाइन्छ । पुरुषोत्तम बस्नेतका कथा, कविता, निबन्ध, मुलीवीर राईका उपन्यास र हरि कट्टेलका आधुनिक काव्य कविताले नेपाली साहित्यमा यस जिल्लाले प्रतिनिधित्व गरेको छ । कवि कट्टेल छन्द विधान भित्र रहेर कविता लेख्न पनि सिपालु छन् । उनका ‘विलौनै विलौना’ (२०४५) र ‘अनावृत्त आकृति’ (२०६१) नामक कविता–सङ्ग्रह चर्चित रहेका पाइन्छन् । उनी छन्दोविधानका पनि राम्रा कवि हुन् । यहाँको साहित्यिक वातावरणलाई चेतनाथ काप्mले आदिले पनि रचनात्मक सहयोग पु¥याएको पाइन्छ ।

सन्दर्भ सामग्री
१. मेची अञ्चलको साहित्यिक रूपरेखा (२०४२) – रविमान लमजेल
भोजपुरको साहित्यिक रूपरेखा (२०४९) – विप्लव ढकाल
३. सुनसरीका प्रतिभाहरू(२०५४) – वद्री पलिखे
४. नेपालको पूर्वाञ्चलक्षेत्रमा साहित्य (२०५०) – हिडपाली साइँलो
५. विराटनगरको संक्षिप्त इतिहास (२०५४) – दधिराज सुवेदी
६. कोशी अञ्चलको साहित्यिक इतिहास (२०५०) – रविमान लमजेल
७. साहित्यकार परिचय र अभिव्यक्ति (२०५४) – जयदेव भट्टराई
८. झापाको साहित्य र साहित्यकार (भक्ति ... सम्म) (२०५७)
– विष्णुकमार भट्टराई
९. पूर्वाञ्चलका साहित्यिक गतिविधि ‘प्रतिभा’ (अङ्क–९, दमक)
– डा.गोपाल प्र. भण्डारी
१०. उदयपुरे कवि र तिनका कविता (‘रचना’ ११९ अङ्क)
– नन्दलाल आचार्य
११. पूर्वाञ्चलमा धनकुटा (२०६८) – टीकाप्रसाद लामिछाने 

(२०६९ असोज १३ गते शनिबार, नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित ‘पूर्वाञ्चलमा नेपाली साहित्य तथा साहित्यिक पत्रकारिताको संस्थागत विकास’ विषयक गोष्ठीमा 
प्रस्तुत कार्यपत्र)




पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास :
एक टिप्पणी
  प्रा.डा. गोपाल भण्डारी


‘जाग जाग अब जागन जाग
लाग उन्नति विषे अब लाग
घोर निद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग’
कवि धरणीधर कोइरालाको यो जागरण मन्त्रले नेपाली जातिलाई ब्युँझाउँदै आएको छ र सुदूर भविष्यसम्म पनि यस मन्त्रले सचेत बनाउँदै लैजाने छ भन्ने विश्वास गर्न सकिन्छ । नेपाली साहित्यमा त्याग, तपस्या र साधना गर्दै आएका कवि, लेखक र साधकहरूका पसिना युगौँदेखि संचित हुँदै आएका छन् । ती साधकहरू नेपालको पूर्वाञ्चल वा पश्चिमाञ्चलमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय सीमासम्म पनि फैलिएका देखिन्छन् । नेपाली भाषा र साहित्यलाई लोकप्रिय बनाउन हजारौँ साधकहरूको ठूलो लगानी छ । अर्कातिर हजारौँ अज्ञात लोकसाहित्य साधकहरूले नेपाली भाषाका रसिला भाका, भाव, लय, उखान, आख्यान आदिलाई संसारभर नै फिँजाउँदै आएका छन् । नेपाली जातिको साझा भाषा र साझा अभिव्यक्तिले संसारकै ध्यान आकृष्ट बनाउँदै लगेको तथ्यलाई हामी सबैले स्वीकार्नै पर्दछ । यसैले हाम्रा पूर्वज बालकृष्ण समले भन्नुभएको यो मन्त्र सम्झौँ ः
“भाषा हो, सभ्यता हाम्रो सारा उदय उन्नति
जीत वैभव भाषा मै बाँच्तछन् पछि सम्म यी ।’
नेपाली भाषा र साहित्यको अन्योन्याश्रित सम्बन्ध छ । भाषिक दृष्टिले नेपालीको अस्तित्व लगभग एघारौँ शताब्दी (१०३८) सम्म पुगेको छ भने साहित्यिक दृष्टिले लगभग पन्ध्रौँ शताब्दी (१४५०) सम्म पुगिसकेको छ । रासकोटी राजा मलयबम्मका समयमा वंशावलीका लेखक विष्णुदास आचार्यद्वारा कथिएको ‘बडेराजा मलयबम’ नामक लयात्मक कवितालाई भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोख्रेलले नेपाली साहित्यको सर्वप्राचीन कविता भनेर अघि सारेका छन् (गरिमा ७।१२, पूर्णाङ्क ८४, सं. २०४६) । उक्त कविताको अंश यस्तो छ ः
जन राजा मलयबम्मले 
“जनराजा मलयबम्बले
आकाश खाँडो प्रकाश्या पाताल खाँडो प्रकाश्या
प्रथभ राजा बडेराजा मलयबम्भले
खाडा चक्र दरिवार उजिलाया
मनसुर लाया देशमै हरिद्वार लाया
दोबन्या गाडु आया हाटबाट मनसुर लाया
अलखनन्दा भागीरथी खाँडो प्रकाश्या
तबै राजा मलयबम्भकी महाराजी भैछ”
यसैगरी लगभग ६० हरफमा संरचित यस कवितालाई प्रथम कविता मान्ने प्रा. बालकृष्ण पोख्रेलको तर्क यस्तो देखिन्छः
“सुवानन्द दासको पृथ्वीनारायण भन्ने कविता पनि ऐतिहासिक सामग्रीबाट चित्तरञ्जन नेपालीका तीखा आँखाले फेला परेका हुँदा नेपाली साहित्यको गौरवमय प्रारम्भविन्दुलाई चारसय वर्ष पछि पु¥याउन सकिएको हो । यदि चित्तरञ्जन नेपालीले सुवानन्द दासको पृथ्वीनारायणलाई नचिनेका भए त्यो कविता पनि इतिहासकै गर्भमा सामान्य सामग्रीकै रूपमा थन्किरहने थियो, तर चित्तरञ्जनले त्यसलाई कविताको प्राणप्रतिष्ठा प्रदान गरेका हुनाले त्यो नेपाली साहित्यको महत्तम रचना मानियो (पाँचसय वर्ष) ।”
यस कथनको अभिप्राय हो – विष्णुदास आचार्यले लखेको मलय बम्भ शीर्षकको यो कविता पनि रासकोटी राजाहरूको वंशावलीमा भेटिएको ऐतिहासिक सामग्री हो । त्यही सामग्रीलाई प्रा. बालकृष्ण पोख्रेलले कविताको आकार दिई प्राण प्रतिष्ठा प्रदान गरेका हुन् (गरिमा, २०४६) ।
नेपालीको प्रथम कविता वि.सं. १४६९ को ‘रिपु मल्लको चाँचरी’ हो भनी अनुसन्धाता देवकान्त पन्थले पनि किटानी साथ उल्लेख गरेका छन् (डोटेली लोक साहित्य, वि.सं. २०३२) ।
अनुसन्धाता प्रा. दिनेशराज पन्त र प्रा.डा. व्रतराज आचार्यले पृथ्वीनारायण शाहका ‘फिरङ्कानते फिरङ्गी’ (पन्त, पारिजात ३÷२, सं. २०३८) र ‘बाबा नरभूपाल शाहकी दुहाई’ (आचार्य, गरिमा–३८, सं. २०४२) लाई पृथ्वीनारायण शाहका कवितात्मक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् भने अनुसन्धाता प्रा.डा. दयाराम श्रेष्ठले पनि पृथ्वीनारायण शाहलाई साहित्य स्रष्टाका रूपमा स्वीकारेको देखिन्छ (नेपाली भाषा र साहित्यको विकासमा शाहवंशको देन, सं. २०४४) ।
उपर्युक्त चर्चाबाट के स्पष्ट हुन्छ भने नेपाली कविताको प्रस्थान विन्दु निकै पुरानो छ । हामीले अहिलेसम्म मान्दै आएका प्रथम कवि सुवानन्द दास (सं. १८३०–३१ तिर) भन्दा अघि पनि नेपाली कवि रहेछन् भन्न उपर्युक्त सामग्रीले हामीलाई घचघच्याएका छन् । राजा पृथ्वीनारायण शाह (१७७९) दिव्योपदेश, ब्रतरत्नमाला, गोरखनाथ स्तुति र पूर्वोक्त दुई दोहाका रचयिता हुन् भन्ने स्पष्ट भएको छ भने उनलाई साहित्यकारका श्रेणीमा नराखी हाम्रो अध्ययन नै अपूर्ण हुन्छ । अतः पृथ्वीनारायण शाहलाई प्राथमिक कालका प्रथम स्रष्टा वा लेखक हुन् भन्नु नै उपयुक्त हुन्छ । यो कुरा हिन्दीका डा. दीनानाथ शरणले पनि स्वीकारेका छन् (नेपाली साहित्यका इतिहास, विहार हिन्दी ग्रन्थ अकादमी, पटना, सन् १९७४ पृ. ११९–१२०) ।
प्राज्ञ दघिराज सुवेदीज्यूले भन्नु भएझैँ सुवानन्द दास पृथ्वीनारायण शाहका ‘सभा पण्डित’ हुन् होइनन् भनी विचार गर्दा उनैको कविता ‘पृथ्वीनारायण’ का पंक्तिहरूमा दृष्टि दिनु उपयुक्त हुन्छ । उक्त कवितामा स्वयम् सुवानन्द दासले नुगाका निवासी, जातको नेवार भएको जनाएका छन् र ‘धनको दुबलो भञा भोकको भोर्जन नाहिं’ भनेको हुँदा राजाको सभा पण्डितले आफूलाई गरिब र खानालाई भोजनकै व्यवस्था गर्न नसक्ने भन्नु नपर्ने हो । त्यसैगरी पृथ्वीनारायण शाहले त्यसबेला (१८२५–३० तिर) एउटा नेवार कविलाई ‘सभा पण्डित’ बनाए होलान् भन्ने अनुमान गर्नु पनि असहज हुने देखिन्छ । पृथ्वीनारायणका सभा पण्डित त शक्तिबल्लभ अज्र्याल जस्ता ज्योतिषी र संस्कृत भाषाका विद्वान् थिए भन्ने बुझिएको छ । सुवानन्द दासले ‘ठण्डिसँ वस्त्रा नाहिं राजैभक्ति कृति जानि लाउने सुवानन्द दास है’ भनी उल्लेख गरेका हुँदा उनको हैसियत सभापण्डितको नभई राजाश्रय पाउन चाहने कविको झैँ देखिन्छ । बरु सुवानन्द दासलाई गाथा गायकका रूपमा चाहिँ चिन्न सकिन्छ ।
नेपालको सन्दर्भमा मेची, कोसी र सगरमाथा अञ्चललाई पूर्वाञ्चल भनिए पनि उदार अर्थमा भारत वर्षका पश्चिम बङ्गाल आसाम, नागाल्याण्ड, मेघालय, अरुणाचल, मिजोरोम आदिलाई लिन सकिन्छ । पत्रका प्रस्तोता सुवेदीले नेपालको पूर्वाञ्चलका १६ जिल्लालाई मात्र अध्ययनको सीमा बनाएको हुँदा त्यसैमा सीमित हुनु परेको छ । पूर्वाञ्चल (मेची, कोशी र सगरमाथा अञ्चलका १६ जिल्ला)मा अहिलेसम्मको खोजी अनुसन्धानमा सबैभन्दा पुराना कविका रूपमा उदयानन्द अज्र्याललाई लिन सकिन्छ भनी प्राज्ञ दधिराज सुवेदीले उल्लेख गर्नु भएको छ जसलाई उपयुक्त मान्न सकिन्छ । सप्तरी जिल्लाको वैरवामा बसोबास गर्ने अज्र्यालले ‘पृथ्वीन्द्रोदय महाकाव्य’ लगायतका कृतिहरू लेखेका थिए । त्यसैगरी यदुनाथ पोख्रेल पनि सप्तरीकै निवासी थिए जसले भीमसेन थापाका समयमा स्तुतिपद्य र कृष्ण चरित्र समेत लेखेका थिए । पूर्वाञ्चलका पुराना कविहरूमा भोजपुरका वैयाकरण नेपाल (१९१२–१९७६), धनकुटाका रमाकान्त बराल (सं. १९१५–१९८९) र सवाई गायक लालबहादुर (ओलाङ्चुङगोला, ताप्लेजुङ, सं. १९१२) अविस्मरणीय देखिन्छन् ।
पत्रमा कविराज नरपति पोखरेलद्वारा लेखिएको ‘क्षयरोग’ नामक कृति सं. १९३५ को भनिएको छ, जसको प्रकाशन मिति १९९२ हो । नरपति पोख्रेलको जन्म सं. १९५५ र देहावसान २०३९ साल फागुन १८ गते भएको हुँदा क्षयरोगको प्रकाशन मिति सच्याउनु पर्दछ । नरपतिले नरजीवन (२००४), सन्मार्ग 
(२०२९), नेपाली भाषा (२०३१), सामयिक अनुभूति (काव्य), धनकुटाको इतिहास, वण्डापत्र (नाटक) र आत्मकथा समेत लेखेका छन् । सन्त ज्ञानदिल दासको जन्ममिति वि.सं. १८७८ र निधन मिति १९४० हो । पत्रमा उल्लेख भएको मिति सच्याउनु पर्दछ । सन्त ज्ञानदिल दासलाई कसैले इलाम र कसैले धनकुटाका लामिछाने थरका बाह्मण पनि भनेका छन् । जनकलाल शर्माका अनुसार उनको निधन गेलिङ्गधाममा स्वघोषित कार्तिक १५ गते भएको थियो । 
पत्रमा पुराना साहित्यकारहरूका सन्दर्भमा भाषाशास्त्री महानन्द सापकोटाको नाम छुटेको छ । इलाममा सं. १९५३ मा जन्मेका सापकोटाले सं. १९८० मै ‘मनलहरी’ लेखेका थिए । यसै प्रसङ्गमा पूर्वाञ्चलका सुप्रसिद्ध साहित्यकार वीपी कोइराला, तारिणीप्रसाद कोइराला, जनकलाल शर्मा, काजीमान कन्दङ्वाहरूलाई पनि उल्लेख गर्नु उपयुक्त हुने देखिन्छ ।
पत्रमा पूर्वाञ्चलका १६ जिल्लाको साहित्यिक परिचय दिने क्रम झापाबाट प्रारम्भ भएको छ । यहाँ झापाको भौगोलिक परिचय, झापाका मुख्य–मुख्य साहित्यिक केन्द्र, झापाका साहित्यकारहरूको विधागत चिनारी, झापाका प्रमुख साहित्यिक पत्रपत्रिका, झापाबाट सञ्चालित पुरस्कार र साहित्यिक आन्दोलनको चर्चा हुन सकेको छैन । झापाका साहित्यकारहरूको पनि जन्म क्रममा नामोल्लेख गर्न पाएको भए राम्रो हुने थियो । अर्कातिर कतिपय साहित्यकारहरू झापा र अन्य जिल्लामा समेत बसोबास गर्ने हुनाले दोहोरो परिचयमा परेका देखिन्छन् । झापाका संस्थाहरूमध्ये केहीकोे स्थापना मिति कोष्ठकभित्र दिइएको छ भने केहीको छुटेको वा अप्राप्य भएको देखिन्छ । झापामा नामोल्लेख भएका वैरागी काइँला, तुलसीप्रसाद भट्टराई र मोहनराज शर्मा प्रायः काठमाडौँकै परिवेशमा स्थापित भइसकेका देखिन्छन् ।
इलाममा नामोल्लेख भएका जगदीश नेपाली सुनसरी जिल्लाका कथाकार हुन् भने रविमान लमजेलको कार्यक्षेत्र वा कर्मक्षेत्र ताप्लेजुङ जिल्ला हो । यसैगरी देवी पन्थी पनि विराटनगरका अङ्ग्रेजी भाषाका गजलकार हुन् । ज्ञानेन्द्र खतिवडा र रामलाल अधिकारीको चिनारी प्रवासी लेखकका रूपमा भइसकेको हुँदा उनीहरूलाई इलाममै थन्क्याउँदा केही द्विविधा उत्पन्न हुन सक्छ । झापामा परिचित भइसकेका जयप्रसाद ढकाल पुनः इलाममा पनि देखिँदा पाठकलाई असुविधा हुने देखिन्छ । इलाममा पनि विधागत विभाजन भएको भए अझ स्पष्ट हुन्थ्यो भने पत्रपत्रिका, पुरस्कार आदिको परिचर्चा आवश्यक देखिन्छ । पाँचथरको परिचयका क्रममा ज्ञान दिलदास, वैरागी काइँला, गोविन्दराज भट्टराईहरू दोहोरिएका छन् । यहाँका पुराना कवि रहरसिंह राई, महागुरु फाल्गुनन्द, लेखक इमानसिंह चेम्जोङ आदिलाई समेटिएको हुँदा पाँचथरको गरिमा बढेको छ भने नयाँ पुस्ताका रङ्गवादी धमेन्द्रविक्रम नेम्बाङ लगायतलाई सम्झिएको हुँदा प्रस्तोता दधिराज सुवेदीको मेहनत सार्थक भएको छ । यहाँ पनि विधागत परिचय, विशेष गोष्ठी, सेमिनार, साहित्यिक सङ्घ संस्था, साहित्यिक प्रकाशन र पुरस्कार आदिको खोजी हुनु वाञ्छनीय छ ।
ताप्लेजुङको परिचयमा आएका कतिपय साहित्यकारहरूले सम्पूर्ण साधना अन्य जिल्लामै बसी गरेका हुँदा उनीहरूलाई ताप्लेजुङमै राखिरहनुको औचित्य देखिँदैन । यसो गर्नाले एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिए सरह हुन्छ । यस जिल्लामा जन्मको मात्र साइनो भएका एकराज भट्टराई जस्ता साहित्यकारलाई उनीहरूकै कर्म भूमिमा स्थानान्तरण गर्नु राम्रो हुनेछ ।
मोरङ जिल्लाका पौरखी पुरुष कृष्णप्रसाद कोइरालाले सर्वप्रथम १९७७ मा प्रकाशित गरेको ‘कृष्ण विनोद’ नै मोरङको पहिलो कृति हो भन्ने स्पष्ट भए पनि सो कृति काव्य वा फुटकर कविता सङ्ग्रह वा आख्यान हो भने छुटिट्न सकेन । मोरङका प्रसिद्ध साहित्यकारहरूको नामोल्लेख गर्दा कालीप्रसाद रिजाल (१९९६) लाई पनि समेटिएको छ । रिजाल धरानमा जन्मेका हुन् र उनको मूल कर्मथलो चाहिँ काठमाडौँ नै हो । त्यस्ता अरू पनि हुन सक्छन्, तिनीहरूलाई त्यसै रूपमा प्रस्तुत गर्दा उपयुक्त हुने देखिन्छ । प्रौढ पुस्ताका कविराज न्यौपाने, गोकुल व्याकुल डा. हरिहर भण्डारी र वीरेश राईहरूलाई पनि समावेश गर्नु उपयुक्त हुन्छ । यस जिल्लाका केही संस्थाहरूको नामका पछाडि स्थापना मिति छुटेको छ भने यहाँ पनि विधागत वर्गीकरण, पत्रपत्रिका, पुरस्कार, प्रमुख प्रकाशन संस्था, प्रमुख कृति आदिको चर्चा हुन सकेको छैन ।
सुनसरी जिल्लाका धेरै साहित्यकार र संस्थाहरूको खोजी भएको छ । यहाँ डा. कविता राम श्रेष्ठलाई समावेश गरिएको भए पनि उहाँको कर्मथलो सुनसरी बाहिरै देखिन्छ । त्यस्ता अरू पनि छन् । यस जिल्लाका संस्थाहरूमा नेपाली लेखक सङ्घ, लिटरेरी एसोसिएसन अफ धरान, शनिवासरीय साहित्यिक समूह, युवा साहित्यिक जमात आदिको नाम छुटेको देखिन्छ । यस जिल्लामा स्थापित साहित्यिक पुरस्कारहरू महानन्द पुरस्कार, प्रपन्नाचार्य पुरस्कार, वीर छाया पुरस्कार आदिको उल्लेख भएको छैन । यस जिल्लाबाट प्रकाशित भएका साहित्यिक पत्रपत्रिकाहरू नेपाल, पीपल, छाया, पीयूष, नवसञ्चेतना, फेवा, योगदान, दृष्टिकोण, महेन्द्र बहुमुखी क्याम्पस स्वर्ण जयन्ती स्मारिका, लक्ष्मी सडकका कविता, चान्द्रमसी, झलक, मोती, आदर्श दर्पण, उद्बोध, स्पन्दन, प्रभा आदिको उल्लेख हुन सकेको छैन । यस जिल्लमा पनि विधागत वर्गीकरण गरी कवि, कथाकार, उपन्यासकार, निबन्धकार, नाटककारहरूको विवरण तयार पार्न सकिन्छ जुन प्रस्तुत पत्रमा आउन सकेको छैन ।
धनकुटा जिल्लाका रमाकान्त बराल (१९१५–१९८९) देखि गत वर्षको मदन पुरस्कार विजेता झमक घिमिरे (२०३७) सम्मको सम्झना गरिएको छ । जन्म धनकुटामै भए पनि कर्मथलो अन्यत्रै भएका प्रा.डा. दयाराम श्रेष्ठ (२०००), तुलसी दिवस (१९९८), डा. गोपाल भण्डारी (२००९) अशेष मल्ल (२०११), डा. विश्वनाथ भण्डारी आदिलाई उक्त जिल्लाबाट स्थानान्तरण गराउनु नै राम्रो होला । धनकुटामा रहेर त्यहीको हावापानीमा घुलमिल गरी साहित्य साधना गर्नेहरूमा कविराज नरपति पोखरेल (१९५५) देखि आजका मुकुन्द प्रसाद 
(२०३०) सम्मलाई लिनुपर्दछ । बरु छुटेकामा प्रा. नारायण जोशी र गोपाल ‘वसन्त’ हरूलाई सम्झनु पर्दछ । कालीप्रसाद रिजाल जन्म र कर्म दुवैले धनकुटासँग असम्बद्ध देखिन्छन् । धनकुटामै बसी लोकसाहित्य र इतिहास्मा अनुसन्धान गरेका प्रा. शिवकुमार श्रेष्ठ र डा. गोपालबहादुर भट्टराईलाई लेखकका रूपमा सम्झनु उपयुक्त हुन्छ । यस जिल्लामा पनि विद्यागत वर्गीकरण गर्नु आवश्यक छ । 
जन्म मात्र तेह्रथुममा भएका तर साधनाभूमि चाहिँ अन्यत्रै भएका डा. अभि सुवेदी, गङ्गाप्रसाद उप्रेती, डा. पेशल दहाल, पुरुषोत्तम सुवेदी, विश्वविमोहन श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, डा. खगेन्द्र लुइटेल आदिलाई भन्दा त्यहीँका साहित्यिक सङ्घसंस्थाको नालीबेली केलाउनु जरुरी छ । 
संखुवासभा जिल्लाका पुराना भाषाशास्त्री डा. वल्लभमणि दाहालदेखि वर्तमान पुस्ताका महाकवि सोमराज अभयसम्मको नालीबेली यहाँ संक्षिप्त रूपमा आएको छ । यहाँ साहित्यिक सङ्घसंस्थाका स्थापना मिति छुटेका छन् भने साहित्यको विधागत वर्गीकरण, ऐतिहासिक पत्रिका ‘नौलो पाइलो’ आदिको चर्चा हुन सकेको छैन । झर्रोवादी आन्दोलनको प्रारूप यसै जिल्लाका डा. वल्लभमणि दाहाल, चूडामणि रेग्मी, पोषराज निरौला, कोशराज रेग्मी आदिबाट समेत भएको थियो ।
भोजपुर जिल्लाको परिचयमा वैयाकरण नेपाल (१९१२) देखि पवन आलोकसम्मको नामोल्लेख भएको छ । यस जिल्लामा जन्मेर कर्मभूमि अन्यत्रै भएका कतिपय साहित्यकारहरू यहाँ पनि दोहोरिएका छन् । डा. नरेन्द्र चापागाईं, प्राज्ञ दधिराज सुवेदी लगायतका साहित्यकार मोरङमै चर्चित भइसकेका छन् भने उनीहरूको जन्मस्थान भोजपुर भएकोमा सो कुरामा मात्र उल्लेख हुनु उपयुक्त देखिन्छ । यस जिल्लाका प्रतिभालाई पनि विधागत वर्गीकरण गरी अध्ययन गर्नु आवश्यक छ । यस जिल्लाबाट प्रकाशित भएका पत्रपत्रिकाको खोजी हुनु पनि वाञ्छीय देखिन्छ । साहित्यिक संस्थाका स्थापना मिति पनि अपूर्ण छन् । 
सप्तरी जिल्लाको ऐतिहासिक महŒव दर्शाउँदै पुराना साहित्यकारहरू उदयानन्द अज्र्याल, यदुनाथ पोखरेल देखि वर्तमानकालका शर्मिला पोखरेल सम्मको चर्चा भए पनि मैथिली मातृभाषा भएका नेपाली गीत गायक उदितनारायण झालाई बिर्सनु हुँदैन । यस जिल्लामा पनि पत्रपत्रिका प्रकाशित भएका हुन सक्छन् । त्यसतर्फ खोजी हुनु आवश्यक छ । 
सिराहा जिल्लाका प्रकाण्ड विद्वान् प्रा.डा. ईश्वर बरालदेखि लेखकहरू प्रदीप गिरी, शेखर गिरी आदिको नामोल्लेख भए पनि यस जिल्लाका मैथिली मातृभाषी नेपाली कवि लेखकहरूको खोजी गर्नु आवश्यक देखिन्छ । वर्तमान अवस्थामा नेपालीको अर्थ व्यापक भएको छ अर्थात् एकातिर नेपाली शब्दले नेपाली भाषा र साहित्यको प्रतिनिधित्व गर्दछ भने अर्कातिर नेपाली शब्दले नेपाल भित्रका सबै राष्ट्रिय भाषा र साहित्यको समेत प्रतिनिधित्व गर्नुपर्दछ । त्यसैले नेपाली भाषा र साहित्यको चर्चा गर्दा नेपालभित्र बोलिने मैथिली, भोजपुरी, राजवंशी, सतार, झाँगड, थारु, माझी, बोटे, दरै, राई, लिम्बू, तामाङ, मगर, अवधी, हायू, नेवार, बनकरिया, गुरुङ, व्यासी आदि र हिन्दी तथा उर्दू भाषाको समेत अध्ययन हुनुपर्दछ । व्यापक अर्थमा यी भाषाका साहित्यिक अभिव्यक्ति पनि नेपालीय नै हुन् । 
यस पत्रमा उदयपुर जिल्लाका पुराना साहित्यकार लोकनाथ पोखरेल 
(१९३३) देखि सुरेश परियार (२०४८) सम्मको खोजी भएको छ । यस जिल्लाका कृष्ण शाह यात्री नाट्य–सङ्गीत प्राज्ञ सभा सदस्य समेत भइसकेका छन् । नाटक क्षेत्रमा क्रियाशील उनले हवाई पत्रिका मार्फत् आफ्नो प्रतिभा प्रस्फुटन गराएका थिए । रामप्रसाद दाहालले सिङ्गो नेपाली भाषा र साहित्यको इतिहास र साहित्यकारहरूको परिचय लेखी नेपाली विद्वान्हरूका माझमा उच्च प्रतिष्ठा कायम गरेका छन् । यस जिल्लाका साहित्यिक सङ्घ, संस्था, पत्रपत्रिका, पुरस्कार आदिको खोजी हुन बाँकी देखिन्छ । 
खोटाङ जिल्लामा जन्मिएर नेपाली साहित्यका विविध क्षेत्रमा योगदान दिने पुराना साहित्यकार मोहनप्रसाद रेग्मी (१९७४) देखि वर्तमान समयका दीपक पराजुली सम्मको नामोल्लेख भए पनि यस जिल्लाका सङ्घ, संस्था, पत्रपत्रिका, पुरस्कार र विशेष कृतिको खोजी हुन बाँकी नै देखिन्छ । यसै जिल्लामा बसी साहित्य साधना गरिरहेका जसराज किराँती (२००२) देखि राष्ट्रियस्तरमा नाम कमाएका राधेश्याम भट्टराई (२००६), अच्युतरमण अधिकारी (२००८) प्रल्हाद पोखरेल (२०१४), रामविक्रम थापा, जगत नवोदित आदिले यस जिल्लाको प्रतिष्ठा बढाएका छन् । यस जिल्लाबाट प्रकाशित भएका पत्रपत्रिका, साहित्यिक सङ्घ, संस्था, पुरस्कार तथा विशिष्ट साहित्यिक कृतिको चर्चा हुन सकेको छैन । यसै जिल्लाका यज्ञनिधि दाहालले सञ्चार माध्यमबाट नेपाली साहित्यलाई लोकप्रिय बनाउन अथक प्रयास गरेका थिए । नयाँ पुस्ताका स्रष्टाहरूको खोजी गरी इतिहास निर्माण गर्न यस पत्रले सहयोग पुु¥याउने आशा गर्न सकिन्छ । 
पूर्वाञ्चलको प्रसिद्ध जिल्ला ओखलढुङ्गामा युगकवि सिद्धिचरण श्रेष्ठ 
(१९६९–२०४९) को जन्म भएको थियो । यसै जिल्लामा जन्मिएका घटराज भट्टराई (२००२–२०६५) प्रयागराज भट्टराई (२००१) आदिले नेपाली साहित्यको विकासमा महŒवपूर्ण योगदान दिएका छन् । वर्तमानकालका जीवनाथ धमला 
(२०१६), पुरुषोत्तम दाहाल आदिले यस जिल्लाको नाम राखेका छन् । यस जिल्लाका पत्रपत्रिका पुरस्कार, प्रकाशित कृति र सङ्घ संस्थाको नालीबेली केलाउन र खोज्नै बाँकी भए पनि प्रस्तुत पत्रले केही मार्ग दर्शन गराउन सहयोग पु¥याउने छ । पूर्वाञ्चलको निकै दुर्गम मानिएको सोलुखुम्बू जिल्लामा जन्मिएका पुरुषोत्तम बस्नेतदेखि हरिकट्टेलसम्मको विवरण यस पत्रमा समेटिएको छ । यसै जिल्लामा बसी साहित्य साधना गर्नेमा मूलीवीर राईले उपन्यासमा र हरिकट्टेलले कवितामा राम्रो नाम कमाएको देखिन्छ । यस जिल्लाका अन्य सङ्घ संस्था, पुरस्कार, पत्रपत्रिका आदिको खोजी हुन बाँकी नै रहेको देखिन्छ । 
‘पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास’ शीर्षकको प्रस्तुत पत्रले पूर्वाञ्चल क्षेत्रको साहित्यिक क्रियाकलाप र गतिविधिलाई यथाशक्य समेट्ने प्रयास गरेको छ । सामग्री र सूचनाको अनुपलब्धताले चाहेजस्तो वा सोचेजस्तो पत्र तयार पार्न अप्ठ्यारो पर्दछ । यति हुँदाहुँदै पनि पत्रका प्रस्तोता विद्वान अनुसन्धाता दधिराज सुवेदीले धेरै मेहनत गरी यो आलेख तयार पार्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै निम्न बुँदामा ध्यानाकर्षण गराउन चाहन्छु ः 
१. पूर्वाञ्चलको ऐतिहासिक सर्वेक्षण गर्दा कालक्रमिक रूपमा प्रस्तुत गर्नुपर्ने, 
२. प्रत्येक जिल्लाको विधागत वर्गीकरण गरी सम्बन्धित विधाका प्रतिभाको नामोल्लेख गरिनुपर्ने, 
३. सकेसम्म सत्यतथ्य र भाषिक शुद्धीकरणमा ध्यान दिइनुपर्ने, 
४. जिल्लाको भौगोलिक सीमा, जिल्लाका प्रमुख साहित्यिक केन्द्र आदिको चर्चा हुनु राम्रो हुनेछ । 
५. पत्रको प्रारम्भमा प्राक्कथन, सीमाङ्कन र सिद्धान्त सम्बन्धी केही सङ्केत हुँदा अझ स्पष्ट हुने देखिन्छ । 

सन्दर्भ सामग्री
ड्ड कट्टेल गङ्गाधर, मोहन भण्डारी र खेमलाल पोखरेल (२०५८) सम्पा. प्रतिभा ९÷९, दमकः प्रतिभा निकेतन । 
ड्ड दाहाल, रामप्रसाद (२०५४) सिङ्गो नेपाली भाषा साहित्यको इतिहास र साहित्यकारहरूको परिचय, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार । 
ड्ड पोखरेल, नरपति (२०६६) नरपति पोखरेलका कृति, काठमाडौँः नइ प्रकाशन ।
ड्ड प्रतिशोध, किसन चन्द (२०५४।५५) सम्पा. भावना साहित्यिक त्रैमासिक पत्रिका धरान ।
ड्ड भण्डारी, गोपालप्रसाद (२०५३) प्राग्भानुभक्तीय नेपालीकाव्य, काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
ड्ड शर्मा, जनकलाल (२०५२) जोसमनी सन्त परम्परा र साहित्य (दो.सं.) ललितपुरः साझा प्रकाशन ।
ड्ड शर्मा, डा. तारानाथ (२०३९) नेपाली साहित्यको इतिहास (दो.सं.), काठमाडौँः सङ्कल्प प्रकाशन । 
ड्ड सुवेदी, दधिराज (२०६९) पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास, 
(अप्रकाशित) ।

२०६९÷६÷१३, चन्द्रगढी, झापा

(२०६९ असोज १३ गते शनिबार, नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित ‘पूर्वाञ्चलमा नेपाली साहित्य तथा साहित्यिक पत्रकारिताको संस्थागत विकास’ विषयक गोष्ठीमा समालोचक दधिराज सुवेदीले  प्रस्तुत गर्नु भएको कार्यपत्र माथिको टिप्पणी)




पश्चिमाञ्चलको साहित्यिक पत्रकारितामा धवलागिरि अञ्चल
  प्रेम छोटा


१. धवलागिरि अञ्चलको सङ्क्षिप्त परिचय
विश्वको सर्वोच्च शिखरहरूमध्ये सातौँ तहको २६७८८ फिट अग्लो उच्च श्रेणीमा रहेको प्रसिद्ध धवलागिरि हिमालको नामकरणबाट धवलागिरि अञ्चलको नाउँ रहन गएको छ, जसको भू–स्वामित्वको आधार ८ हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस अञ्चलअन्तर्गत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चार जिल्लाहरू पर्दछन् । वि.सं. २०४९ मा नेपालको राष्ट्रिय जनगणनामुताबिक वर्तमान कालको जन्म वृद्धिदर २.०१ अनुसार यस अञ्चलमा जनसङ्ख्या ५५६१९१ भन्दा बढी मानिसहरूले बसोबास गरेको पाइन्छ । यस अञ्चलको घनत्व ६०.२ प्रति वर्ग कि.मि. रहेको छ । धवलागिरिमा पर्वत, मुस्ताङ, म्याग्दी र बागलुङ गरी चार जिल्ला रहेका छन् । यिनै चार जिल्लाहरूको सिङ्गो स्वरूप धवलागिरि अञ्चल हो । उक्त चार जिल्लाहरूमध्ये अञ्चल 
(विगतका वर्षमा) र बागलुङ जिल्लाको समेत सदरमुकाम बागलुङ 
(तत्कालीन कालिका आदर्श गाउँ विकास समिति) नगरपालिका (०५४÷०५५) क्षेत्रभित्र हाल करिब ३० हजार मानिसहरू बसोबास भएको देखिन्छ ।
पूर्वमा कास्की, पोखरा र मनाङ (गण्डकी अञ्चल), पश्चिमा रुकुम–रोल्पा (राप्ती अञ्चल) र डोल्डा (कर्णाली अञ्चल), उत्तरमा तिब्बत–चीन र दक्षिणमा प्यूठान–गुल्मी–स्याङ्जा (लुम्बिनी अञ्चल) जिल्लाको बीचमा अवस्थित गौरव पूर्ण सांस्कृतिक सम्पदाहरूले युक्त धवलागिरि अञ्चल स्वयम्मा सांस्कृतिक एवं साहित्यमय छ । यसर्थ यस अञ्चलभित्र छरिएर रहेका महŒवपूर्ण पौराणिक, धार्मिक, साहित्यिक र सांस्कृतिक सम्पदाहरूको शोधखोज, अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी त्यसको सकेसम्मको यथार्थपरक विवरण तयार पार्नु नितान्त आवश्यक देखिन्छ ।

२. साहित्यिक पृष्ठभूमि
धवलागिरि हिमाल स्वयम्मा देदीप्यमान छ । अञ्चलको भौगोलिक बनावट अति विकट र दुर्गम मानिए तापनि यसका पौराणिक सांस्कृतिक, धार्मिक परम्परा र ऐतिहासिक दृष्टिले यस क्षेत्रको विशेष महŒव रहेको कुरा इतिहासले सिद्ध गरेको छ । यस अञ्चलको अपूर्व सांस्कृतिक सम्पदा, उतुङ्ग पर्वत हिमशृङ्खला र अनादिकालदेखि अनन्त कालसम्म निरन्तर रूपमा बगिरहेको कृष्णा (काली गण्डकी) गण्डकीको प्राचीनताको गौरवपूर्ण गाथाको गौरव गर्न सकिन्छ । त्यस्तै ऐतिहासिक, सांस्कृतिक र साहित्यिक रूपमा अङ्कित विक्रमाब्दको सोह्रौँ शताब्दीपछिका नेपाली साहित्यको प्राथमिक कालका विद्वत् मण्डलीहरूमा रमापति, उमापति, हरिराम, शिवराम, प्रेमनिधि पन्त, वीरशाली पन्त, सुकृतिदत्त पन्त, ज्वालादत्त पन्त आदि यशस्वी साधक तथा विद्वान्, कवि लेखकहरू यिनै क्षेत्रका गौरवशाली विभूति (निधि) मानिन्छन् । यिनै प्रसङ्गमा नेपाली साहित्यको इतिहासलाई सबैभन्दा बढी चम्काउने भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त गैरागाउँ ढिकीचौर, मूलपानी बागलुङका अािद (पहिला) कवि हुन् । तिनै गैरागाउँ ढिकीचौरका वीरशाली पन्तका साइला बुवा पं. बद्रीनाथ पन्तको गुरुकुल आश्रम (गैरागाउँ) मा भानुभक्त आचार्यले पढेका रहेछन् सोबापत तनौ चुँदी गाउँस्थित खाल्छे बेसी मादीतिरको खेत मुरी १६ गुरुदक्षिणा स्वरूप आफ्ना गुरु बद्रीनाथ पन्तलाई दिइएको प्रमाण सोही स्थानका केसप्रसाद पन्तद्वारा वि.सं. १९६७ मा लेखिएको हस्तलिपि फेला परेका छन् । उक्त हस्ताक्षरित पत्र यसका पङ्क्तिकारसँग सुरक्षित छ ।
अर्कोतर्फ माध्यमिक कालका युवाकवि मोतीराम भट्ट मोती–मण्डलीका प्रमुख सहमित्र एवं शृङ्गाररसका गजलकार कवि लक्ष्मीदत्त पन्त ‘इन्दु’, आधुनिक नेपाली साहित्यका उज्ज्वल नक्षत्र इतिहासकार तथा उपन्यासकार मोहनबहादुर मल्ल, लोक संस्कृतिका अध्येता स्व. कालीभक्त पन्त, कवि भूपि शेरचन र २००७ सालको जनक्रान्तिका प्रथम सहिद थीरबम मल्ल आदि राष्ट्रिय प्रतिभाहरूको जन्मभूमि र कर्मभूमि पनि धवलागिरि अञ्चल नै हो । यसका अलावा पौराणिक कालका राजा जड्भरत, पुलस्त्य ऋषि (पुलहा पुलाचउर, म्याग्दी), जैमिनि ऋषि, जगन्हग र पारस–कारण ऋषिलगायत केही वर्ष पहिले ब्रह्मलीन हुनुभएका १००८ स्वामी परमानन्द, १००८ स्वामी शालिग्राम शर्मा, १००८ षद्आचार्य श्रीधर स्वामी तथा वर्तमान समयका ब्रह्मनिष्ठ कमलनयनाचार्य (भान्सा), ब्रह्मनिष्ठ ज्ञानानन्द स्वामी, योगाधर्मी डा. टङ्कनाथ पौडेल ‘ओशो पथिक’ जस्ता युवा तपश्वी र विद्वान्हरूको तपोभूमिले यहाँको अति प्राचीनता र नवीनताको महŒवको उदाहरण प्रस्तुत गरेका छन् ।
त्यस्तै पौराणिक युगदेखि अनेकन मठमन्दिर, तालतलैया, देवीदेवालयहरू, धार्मिक र सांस्कृतिक, साहित्यिक अनुष्ठान आदिको परम्परा बोकेको यहाँको सामाजिक, सांस्कृतिक, साहित्यिक, आर्थिक, धार्मिक जीवन र वर्तमान समयमा आधुनिकताको परिवेष्ठित हुँदै आएको प्राथमिक कालदेखि अत्याधुनिक कालसम्म नयाँ पुस्ताका स्व–नामधन्य २०० भन्दा बढी सिर्जनशील साहित्यिक प्रतिभाहरूका ६५० भन्दा बढी प्रकाशित कृतिहरू तथा १५५ जति प्रकाशित साहित्यिक पत्रपत्रिकाहरूले यस अञ्चललाई उत्तिकै उर्वर र उन्नत तुल्याइरहेको छ । तर ६५० भन्दा बढी कृतिहरूको नाम यो लघु कार्यपत्रमा उल्लेख गरिएको छैन ।
माथि उल्लिखित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा अन्यान्य विषयबाहेक प्रस्तुत साहित्यिक पत्रकारितामा धवलागिरि अञ्चलका बारेमा सकेसम्म शोधखोज, अध्ययन–अनुन्धान गरी तयार पार्नु यस कार्यपत्रको प्रमुख उद्देश्य रहेको छ ।

३. साहित्यिक पत्रिका थालनी हुनुमा स्थानीय शैक्षिक तथा साहित्यिक संस्थाहरूको पूर्वाधार
धवलागिरि अञ्चलको सदरमुकाम बागलुङ जिल्ला चारै जिल्लाको पहिलो जिल्लाको रूपमा लिइन्छ । यस जिल्लाको साहित्यिक गतिविधि धेरै समयसम्म वैयक्तिक प्रयासका रूपमा श्रष्टाहरूद्वारा सृजना गरेका कविता, कथा, नाटक आदिमा मात्र केन्द्रित रहेको देखिन्छ । समयको परिवर्तन सँगसँगै २००७ सालको प्रजातन्त्रको स्थापनापछि केही व्यक्तिहरूमा साहित्यिक सचेतना आउन थाल्यो । बागलुङको साहित्यिक फाँटमा पनि सामूहिक प्रयासबाट संस्थागत रूपमा यस क्षेत्रको विकासका लागि केही प्रयासहरू भएको पाइन्छ । यिनै सेरोफेरोमा २०१५ सालभन्दा पूर्व औपचारिक साहित्यिक सङ्घसंस्थाको स्थापना भएको पाइँदैन तर २०१४ असार १ गते तत्कालीन युवा श्रष्टा शिवकुमार प्रधान र सूर्यप्रसाद श्रेष्ठको प्रयासमा ‘साहित्य मण्डल’को गठन भएको थियो । यस दृष्टिले यो संस्था अहिलेसम्मको बागलुङको इतिहासमा पहिलो संस्थाको रूपमा रहेको देखिन्छ । सोही क्रममा २०१७ भदौ १७ गते तेजकुमार श्रेष्ठ, कृष्णप्रसाद दुःखी, प्रेम छोटा लगायतका केही युवा साहित्यकारहरूको तत्परतामा ‘सरोज सुधा सङ्घ’ नामक साहित्यिक संस्थाको स्थापना भएको पाइन्छ । यस दृष्टिले यो संस्था अहिलेसम्म प्राप्त तथ्याङ्कको आधारमा बागलुङको दोस्रो संस्थाको रूपमा रहेको देखिन्छ । त्यसपछि २०२३ वैशाख ८ गते ओमकारप्रसाद गौचनको सक्रियतामा ‘नेपाली साहित्यकार सम्पर्क समिति’ नामक साहित्यिक संस्थाको स्थापना भएको देखिन्छ । यस संस्थाले तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट मासिक रु.२०० अनुदान प्राप्त गरेर साहित्यिक कार्यक्रम सञ्चालन गरेको देखिन्छ । त्यसपछि २०२३ मा शिवकुमार प्रधानको सक्रियतामा ‘नेपाली साहित्य संस्थान’ नामक साहित्यिक संस्थाको स्थापना भएको देखिन्छ । उक्त साहित्यिक संस्थाहरू ‘रत्न श्रेष्ठ पुरस्कार गुठी’ पूर्वका साहित्यिक संस्थाहरू हुन् ।
२०३४ सालमा ‘रत्न श्रेष्ठ पुरस्कार गुठी’ को स्थापना भएपछि बागलुङमा मात्र सीमित नभई सिङ्गो धवलागिरि अञ्चलको साहित्यिक परिवेशमा नयाँ आयाम थपिएको पाइन्छ । वर्तमान अवस्थामा यो संस्था मोफसलकै जेठो पुरस्कार संस्था मानिएको छ । त्यसपछि स्थापना भएका धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठान लगायतका साहित्यिक सङ्घ संस्थाहरूको पनि आफ्नै इतिहास छ । बागलुङमा सर्वप्रथम २०१४ सालमा साहित्यिक सङ्घ संस्थाको बीजारोपण भए यता हालसम्मका प्रमुख सङ्घ संस्थाहरूको सूचीलाई कालक्रम अनुसार यस प्रसकार देखाउन सकिन्छ ।
१. साहित्य मण्डल (२०१४)
२. सरोज सुधा सङ्घ (२०१७)
३. नेपाली साहित्यकार सम्पर्क समिति (२०२३)
४. नेपाली साहित्य संस्थान (२०२३)
४. रत्न श्रेष्ठ पुरस्कार स्थापना (२०३४) पछि रत्न श्रेष्ठ पुरस्कार गुठी
६. धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठान (२०४१) पछि धवलागिरि साहित्य प्रतिष्ठान
७. पर्वत साहित्यिक सङ्गम (२०५४)
८. म्याग्दी साहित्य समाज (२०६३)
९. मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान (२०६०) र
१०. पुलस्त्य साहित्य प्रतिष्ठान आदि संस्थाहरू क्रियाशील देखिन्छन् ।
उपर्युक्त संस्थाहरूले बेलाबखत विविध कार्यक्रम गर्ने र पत्रपत्रिकाको प्रकाशन गर्ने गरेको देखिन्छ तर तिनलाई साहित्यिक पाटोका रूपमा मूल्याङ्कन गर्न सकिँदैन ।
माथिका साहित्यिक सङ्घसंस्था लगायत अन्य विभिन्न सङ्घ संस्था र व्यक्तिहरू आदिका प्रयासमा साहित्यिक पत्रपत्रिकाहरू प्रकाशन भएको पाइन्छ । यस क्रममा सर्वप्रथम हस्तलिखित साहित्यिक पत्रिकाका रूपमा बागलुङको साहित्यिक पत्रकारिताको इतिहास अगाडि बढेको पाइन्छ । २००७ सालको परिवर्तनका साथै यहाँको साहित्यिक गतिविधिमा पनि केही प्रभाव परेको देखिन्छ । बागलुङबाट प्रकाशित हस्तलिखित साहित्यिक पत्रिकाहरूको विवरण यस प्रकार छ ः 
१. मञ्जरी (२०१४), २. ज्योति (२०१५), ३. सरोज (२०१७) र ४. धवलागिरि 
(२०१८) आदि देखा पर्दछन् ।

जिल्ला तथा आञ्चलिक स्तरका साहित्यिक पत्रिका र पत्रकारिताको क्रमिक शृङ्खला
जिल्ला, अञ्चल, राष्ट्र वा भनूँ कुनै पनि ठाउँको प्रतिष्ठा त्यस क्षेत्रको साहित्यिक जागरण वा सांस्कृतिक, बौद्धिक तथा मानसिक विकासमा तत् तत् क्षेत्रका साहित्यिक पत्रिका होस् वा भित्ते पत्रिको रूपमा होस् अथवा मुद्रित रूपमा प्रकाशित कुनै मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक पत्रिका नै किन नहोस् त्यस्ता खाले पत्रिकाहरूले प्रशस्त मात्रामा आआफ्नो योगदान पु¥याएको प्रमाण पाइन्छ । यस सन्दर्भमा धवलागिरि अञ्चल बागलुङबाट समाचारमूलक हस्तलिखित पाक्षिक पत्रिका ‘सही बाटो’ (२००८) को पहिलो प्रकाशनपछि स्थानीय युवा शिवकुमार प्रधान र सूर्यप्रसाद श्रेष्ठको सम्पादनमा ‘मञ्जरी’ 
(२०१४) नामक हस्तलिखित साहित्यिक पत्रिका यस अञ्चलको पहिलो पत्रिको हो । त्यसको एक वर्षपछि स्थानीय विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट ‘ज्योति’ (२०१५) नामक अर्को हस्तलिखित पत्रिका निस्केको थियो । त्यसैगरी नरसिंहभक्त तुलाचन ‘अथक’ को सम्पादनमा ‘उज्यालो’ (२०१६) नामक साहित्यिक पत्रिका जनसेवा रात्रि विद्यालय, थाक, टुकुचे, मुस्ताङ जिल्लाबाट प्रकाशित भएको थियो । मुद्रणको रूपमा प्रकाशित उक्त पत्रिका अञ्चलको नै पहिलो पत्रिका मानिन्छ । त्यस्तै प्रकारले बागलुङका स्थानीय युवा तेजकुमार श्रेष्ठ लगायतका केही युवाहरूको सक्रियतामा वि.सं. २०१७ भदौ १७ गते ‘सरोज सुधा सङ्घ’ नामक एउटा साहित्यिक सङ्घको स्थापना भयो । त्यस मार्फत ‘सरोज’ (२०१७) नामक हस्तलिखित मासिक साहित्यिक पत्रिका प्रकाशित भएको थियो । उक्त पत्रिका चार प्रति मात्र निस्कन्थ्यो । कुश्मा पर्वतका युवा शान्तिनारायण श्रेष्ठको पहलमा ‘आँकुरो’ (२०१८) नामक हस्तलिखित साहित्यिक पत्रिका कुश्मा, पर्वतबाट निस्कने पहिलो पत्रिका हो । त्यस्तै युवा स्रष्टा जगत् नरसिंह अबोधको सम्पादनमा हस्तलिखित मासिक साहित्यिक पत्रिका ‘धवलागिरि’ (२०१९) नामक पत्रिका बागलुङबाट प्रकाशित भएको देखिन्छ । यिनै क्रममा ‘नव प्रकाश’ (२०२०) प्रकाश निम्न माध्यमिक विद्यालय बेनी, म्याग्दीबाट मुद्रित रूपमा प्रकाशित म्याग्दीको पहिलो पत्रिका मानिन्छ । उक्त ‘नव प्रकाश’ पहिलो मासिक भित्ते÷पाटी पत्रिकाको रूपमा निस्कने गथ्र्यो । पछि विद्यालयको वार्षिक मुखपत्रको रूपमा प्रकाशित हुन थाल्यो । ‘पर्वत’ (२०२०) मासिक बुलेटिनका रूपमा कुश्मा, पर्वतबाट प्रकाशित भएको थियो । यिनै क्रममा विद्यामन्दिर बहुउद्देश्यीय विद्यालय मा.वि. बागलुङबाट अकलबहादुर श्रेष्ठको प्रधान सम्पादनमा ‘ज्योति’ (२०२१) 
(वार्षिक मुखपत्रको रूपमा) प्रकाशित भएको थियो । सो विद्यालयबाट मुद्रित रूपमा प्रकाशित यो नै पहिलो पत्रिका हो । वि.सं. २०२२ सालमा मोहनबहादुर मल्लको सम्पादनमा मल्लाज, पर्वतबाट ‘पवर्तमाला’ षडमासिक साहित्यिक पत्रिका प्रकाशित भयो । यसलाई पर्वतको पहिलो मुद्रित साहित्यिक पत्रिका मानिन्छ । वि.सं. २०१७ देखि २०२१ सालसम्म हस्तलिखित मासिक पत्रिकाको रूपमा निस्केको ‘सरोज’ पत्रिका वि.सं. २०२२ मा मुद्रणको रूपमा प्रकाशित भएको थियो । प्रकाशनको क्रममा ‘मुनो’ (२०२२), ‘कोसेली’ (२०२३, अञ्चल पञ्चायत, बागलुङबाट त्रैमासिक), ‘पालुवा’ (२०२३, फलेबास र पवर्तबाट), ‘आजभोलि’ 
(२०२४, बलेवा, बागलुङ), ‘बुकी’ (२०२५–२६, बागलुङ, दुई अङ्कसम्म), ‘प्रतिभा’ (२०२६, फलेबास, पर्वत), ‘झिल्का’ (२०२८), ‘कालीको छाल’ (२०२८), ‘नयाँ सीप’ (२०२८, जि.कृ.वि.का. बागलुङ), ‘करुणा’ (२०२८, बलेवा), ‘किरण’ 
(२०२९), ‘निरझर’ (२०२९), ‘सरोरुह’ (२०३०), ‘नवबालक’ (२०३०), ‘काँठेखोला’ (२०३१), ‘जलजला’ (२०३०–३६), ‘यानीमाया’ (२०३०), ‘कालीको छाल’ (२०३६) (एउटै नामको अर्को जनपक्षीय सामयिक सङ्कलन), ‘बुलेटिन’ (२०३६, रत्न श्रेष्ठ पुरस्कार संस्थानको साहित्यिक एवम् परिचयात्मक पत्रिका १० अङ्कसम्म), ‘नयाँ जाँगर’ (२०३६), ‘प्रयास’ (२०३७), ‘सँगालो’ (२०३७, कर्मचारी क्लब बागलुङ), ‘गङ्गा’ (२०४२, पाङ, पर्वतको सामयिक सङ्कलन), ‘मुक्ति सन्देश’ (२०३८), ‘बुलेटिन’ (२०३९, धवल कला मन्दिर), ‘बुलेटिन’ (२०४२, ध.सा.पु. प्रतिष्ठानको बुलेटिन परिचयात्मक पत्रिका), ‘उपहार’ (२०४२), ‘साहस’ (२०४३, सामयिक सङ्कलन, म्याग्दी), ‘मुस्ताङ सन्देश’ (२०४४, मुस्ताङ), ‘पुष्पाञ्जली’ (२०३९, कर्मचारी मिलनकेन्द्र, म्याग्दी), ‘साहित्यिक स्मारिका’ (२०४४, ने.रा.नि.सङ्घ, बागलुङको मुखपत्र), ‘उत्तरगङ्गा’ (२०५१, सामयिक सङ्कलन, कर्मचारी मिलनकेन्द्र बागलुङ), ‘पर्वत माला’ (२०५१, कर्मचारी मिलनकेन्द्र, पर्वत), ‘संरक्षण’ (२०५१, भू–संरक्षण पत्रिका, मुस्ताङ), ‘बुलेटिन’ (२०५३, सूर्यनारायण पुरस्कार संस्था, म्याग्दी), ‘लालीगुराँस’ (२०५३, सामयिक सङ्कलन, म्याग्दी), ‘जमर्को’ (सामयिक सङ्कलन जमर्को परिवार बागलुङ), ‘कालीको सुसेली’ (२०५४, सामयिक सङ्कलन, कुश्मा पर्वत), ‘सगुन’ (२०५४, कुश्मा पर्वत), ‘गोजी’ (साहित्यिक पत्रिका पर्वत), ‘झिल्का’ (२०५५) आदि । 
उल्लिखित साहित्यिक पत्रिकाहरूमा अञ्चलका स्थापित तथा नवोदित र राष्ट्रका ख्यातिप्राप्त कवि, लेखकहरूको सहभागितामा रहेकाले तिनीहरूको आफ्नै पहिचान हुन गएको पाइन्छ । माथि उल्लिखित केही चर्चित पत्रिकाहरू बाहेक कुनै व्यावसायिक रूपमा, कुनै आआफ्नो विद्यालयको मुखपत्रको रूपमा र कुनै ग्रामीण स्तरका र कुनै सरकारी निकायबाट प्रकाशित मुखपत्रहरूको रूपमा प्रकाशित भए पनि साहित्यिक वा बौद्धिक दृष्टिले त्यति उल्लेखनीय देखिन्नन् तापनि त्यस्ता खालका पत्रपत्रिकाहरूको आयु एक–दुई अङक वा भनूँ एक–दुई वर्षसम्मका लागि मात्र प्रकाशनमा आउन सकेको देखिन्छ । स्थानीय तथा आञ्चलिक स्तरबाट प्रकाशित उक्त साहित्यिक पत्रिकाहरू बाहेक अञ्चलबाहिर बसेका धवलागिरिका केही उत्साही युवाहरूको हकमा बनारस, भारतमा अध्ययनको सिलसिलामा बसेका धवलागिरि छात्र मण्डल, बनारसले आफ्नो वार्षिक मुखपत्रको रूपमा ‘सिर्जना’ (२०२३) नामक साहित्यिक पत्रिका प्रकाशित गरेको देखिन्छ । त्यस्तै प्रकारले काठमाडौँ बसोबास गरेका धवलागिरिको उत्साही युवाहरूको अग्रसरतामा ‘मुक्ति ज्वाला’ (२०२७, धवलागिरि स्वतन्त्र विद्यार्थी परिषद्, काठमाडौँ), ‘मुकाबिला’ (२०३६, म्याग्दी स्वतन्त्र विद्यार्थी युनियन, काठमाडौँ), ‘धवलागिरि’ (२०३७, त्रैमासिक पत्रिका, धवलागिरि जनक्लब, काठमाडौँ) र ‘धवलागिरि सन्देश’ (२०५०, पहिलेको उक्त नाम पछि त्यही नामको अर्को ‘धवलागिरि सन्देश’ २०५२ सालदेखि विचारप्रधान मासिक पत्रिकाको रूपमा प्रकाशित भई नै रहेको पाइन्छ ।
यसरी नै साहित्यिक पत्रिका र पत्रकारिताको कालक्रम अनुसार ‘हाम्रो गाउँघर’ (२०५६), ‘बिहुँको दर्पण’ (२०५६), ‘धवल’ (२०५६, पर्वत), ‘मुक्ति सन्देश’ (२०५६, बागलुङ), ‘सन्देश’ (२०५६, बागलुङ), ‘संरक्षण’ (२०५६, म्याग्दी), ‘ओझेल’ (२०५७), ‘नवप्रतिबोध’ (२०५७), ‘चट्टान’ (२०५७), ‘पर्वत’ (२०५७, पर्वत), ‘नवप्रतिभा’ (२०५७, म्याग्दी), ‘चेतना’ (२०५७, पर्वत), ‘साहित्य र खोज’ (२०५७, पर्वत), ‘धवलप्रभात’ (२०५८), ‘गुप्तेश्वर’ (२०५८), ‘क्षितिज’ (२०५८), ‘घुम्टेको सुसेली’ (२०५८), ‘युवा दर्पण’ (२०५८), ‘संयोग’ (२०५८), ‘पत्रकारिता साहित्यिक स्मारिका’ (२०५९), ‘शान्तिसन्देश’ (२०५९), ‘नव सौगात’ (२०५९), ‘बाल जिज्ञासा’ (२०५९), ‘नौलो अनुभूति’ (२०५९), ‘जागृति’ (२०५९), ‘चिनारी’ (२०५९), ‘मञ्जरी’ (२०६०), ‘दिव्यदर्पण’ (२०६०), ‘बागलुङ कालिका’ (२०६०), ‘बागलुङ एक्सप्रेस’ (२०६०), ‘एकता’ (२०६०), ‘अभियान’ (२०६०), ‘पीयुस’ 
(२०६०), ‘गोरेटो’ (२०६०), ‘उज्ज्वल भविष्य’ (२०६०), ‘साहित्य माला’ (२०६०, म्याग्दी), ‘रत्न’ (२०६०, म्याग्दी), ‘प्रेक्षा’ (२०६०), ‘आँगन’ (२०६१), ‘जूनकिरी’ (२०६१), ‘कोसेली’ (२०६१), ‘सूर्यको किरण’ (२०६१), ‘सप्तरङ्गी’ (२०६१), ‘सङ्गिनी’ (२०६१), ‘मिरमिरे प्रभात’ (२०६१), ‘प्रतिभा सन्देश’ (२०६१), ‘बालसन्देश’ (२०६१), ‘ऋतुरङ’ (२०६१, पर्वत), ‘नवउदय’ (२०६१, बागलुङ), ‘चेलीको कोसेली बागलुङ’ (२०६१), ‘मानसी’ (२०६१, पर्वत), ‘नवज्योति’ (२०६१), ‘भन्ज्याङको सुसेली’ (२०६१), ‘प्रज्ञा सारथि’ (२०६१), ‘त्जभ एयकष्तष्खभ धभबखभच’ (२०६१), ‘मिरमिरेका किरणहरू’ (२०६२), ‘समर्पण’ (२०६२), ‘गोधूलि’ (२०६२), ‘सुस्केरा’ (२०६२), ‘मञ्जुल’ (२०६२), ‘कोसेली’ (२०६२), ‘गोरेटो’ (२०६२), ‘कालञ्जर’ 
(२०६२, पर्वत), ‘स्थलगत कविता’ (२०६२, बागलुङ), ‘गण्डकीका छालहरू’ 
(२०६२), ‘गङ्गा’ (२०६२), ‘जनआवाज’ (२०६२), ‘चौतारी’ (२०६२), ‘सहेली’ 
(२०६२, नारीप्रधान), ‘पृथक यात्रा’ (२०६२), ‘भैरव सन्देश’ (२०६२), ‘साहित्यिक स्मारिका’ (२०६२), ‘आस्था’ (२०६२), ‘हातेमालो’ (२०६२), ‘रात्माटा साहित्यिक दर्पण’ (२०६२), ‘सञ्जाल’ (२०६२), ‘बिहानी’ (२०६२), ‘जनचेतना’ (२०६३, पर्वत), ‘ढोरपाटन’ (२०६४, बागलुङ), ‘परिवर्तनका पुञ्जहरू’ (२०६४, बागलुङ), ‘झुपडी’ (२०६७, बागलुङ), ‘शालिग्राम’ (२०६७, म्याग्दी), ‘अग्रसर’ (२०६८, बागलुङ), ‘प्रहार न्यूज’ (२०६९, बागलुङ), ‘लालुपाते’ (२०६९, पर्वत), ‘नव माधुरी’ (२०७०, पर्वत), ‘घोडेपानी’ (२०७०, म्याग्दी) ।
माथि उल्लिखित सम्पूर्ण साहित्यिक पत्रिकाहरूका अतिरिक्त अन्य विभिन्न विद्यालय, क्याम्पस, क्लब, सरकारी तथा गैरसरकारी सङ्घ संस्था आदिबाट पनि विभिन्न समयमा साहित्येतर पत्रिकाहरूको प्रकाशन गरेको पाइन्छ । तिनीहरू विशुद्ध साहित्यिक पत्रिका नभए तापनि केही साहित्यिक रचनालाई तिनले प्रशस्त स्थान दिएको पाइन्छ । साथै जिल्ला स्तरीयबाट प्रकाशित समाचार प्रधान पत्रिकाहरू रूपमा रहेका दैनिक, साप्ताहिक, पाक्षिक आदि समाचारमूलक पत्रपत्रिकाहरूले पनि साहित्यिक पत्रकारिताको विकासका लागि उल्लेखनीय योगदान नपु¥याइएको भन्न मिल्दैन । यद्यपि त्यस्ता पत्रिकाहरू साहित्यिक नभएका भए पनि साहित्यिक रचना छापेर यस क्षेत्रको विकासका मनग्य योगदान पु¥याएको पाइन्छ । यस प्रकार समग्रमा भन्नुपर्दा धवलागिरि अञ्चलको साहित्यिक पत्रकारिताको विकासमा साहित्यसँग सम्बद्ध पत्रिकाहरू र साहित्येतर पत्रिकाहरूको पनि उत्तिकै भूमिका रहनु निश्चितरूपमा अञ्चलवासीका निम्ति गौरवको अनुभूति हुनु स्वाभाविक मान्न सकिन्छ ।

सान्दर्भिक स्रोतहरू
१. प्रेम छोटा, सम्पा. ‘धवलागिरिका कवि र कविता, प्रकाशक ः अमृतप्रसाद शेरचन, पोखरा (२०५५), पृष्ठ १६–१८ ।
२. पौडेल डुण्डिराज, नेपाली वाङ्मयमा रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङ, प्रकाशक ः दीअ प्रकाशन बागलुङ, २०६३ ।
३. रत्न श्रेष्ठ पुरस्कार गुठी अन्तर्गत सञ्चालित सङ्ग्रहालयमा सङ्गृहीत अधिकांश साहित्यिक पत्रिकाहरूबाट उल्लेख ।
४. प्रेम छोटा वा पुरस्कार गुठीको नाममा सम्बन्धित साहित्यिक पत्रिकाहरूका सम्पादक, प्रकाशक वा विशेष सूत्रबाट प्राप्त पत्रिकाहरूको सूची अनुसार । 
संस्थापक संरक्षक
रत्न श्रेष्ठ पुरस्कार गुठी
बागलुङ, धवलागिरि

(२०७० माघ १७ गते पश्चिमाञ्चलको साहित्यिक पत्रकारिता विषयक गोष्ठी, कुष्मा पर्वतमा प्रस्तुत कार्यपत्र)





लोकतन्त्रमा पनि उपेक्षित साहित्यिक पत्रकारिता
  रोचक घिमिरे
अध्यक्ष : नेपाल साहित्यिक पत्रकार सङ्घ

नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापना भएको ९ वर्ष पुग्यो । साहित्यिक पत्रकारिता प्रति राज्यले गर्ने विभेदको अन्त्य र यस क्षेत्रको प्रगतिका निम्ति सङ्गठित भएर लाग्ने उद्देश्यले २०६३ सालमा संस्था स्थापना गरिएको थियो । आ–आÇना राजनीतिक आस्था र मान्यतामा मत मतान्तर भएपनि साहित्यिक पत्रकारिताको उन्नयनमा एक ढिको भएर अग्रसर हुने प्रतिबद्धता सहित यसका सदस्यहरूको भूमिका सकृय रह्यो । साहित्यिक पत्रकारिता पनि सञ्चारको एउटा सशक्त माध्यम हो र यो क्षेत्र किमार्थ उपेक्षित रहनु हुँदैन भनेर सरकारको ध्यानाकर्षण गराउन नेपाल साहित्यिक पत्रकार सङ्घ प्रयत्नशील रह्यो । साहित्यिक पत्रकारिता सम्बन्धी विविध कार्यशाला÷गोष्ठीहरूको आयोजना राजधानी र मोफसलका विभिन्न ठाउँमा गरियो । यस अवधिमा आंशिक रूपमा भएपनि साहित्यिक पत्रकारिता प्रति केही सकारात्मक उपलब्धि प्राप्त गर्ने क्रम सुरु हुन सक्यो । यस अघि समाचार पत्रकारिता प्रति मात्र केन्द्रित रहने गरेको प्रेस काउन्सिलले साहित्यिक पत्रिकालाई पनि वर्गीकरणमा पार्ने क्रम सुरु ग¥यो । सूचना विभागले साहित्यिक पत्रिकालाई लोककल्याणकारी विज्ञापन दिन सुरु ग¥यो । नेपाल साहित्यिक पत्रकार सङ्घकै प्रयत्नबाट यी कुरा सम्भव भएका हुन् ।
साहित्यिक पत्रकारहरूकै ठूलो प्रयत्नपछि सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत् साहित्यिक पत्रिकालाई वार्षिक अनुदान दिने व्यवस्था मिलाएको थियो । केही वर्ष अवरुद्ध त्यो क्रम नेपाल साहित्यिक पत्रकार सङ्घको प्रयत्नबाट फेरि सुरु हुन सक्यो । तर सरकारले आÇनो प्रतिबद्धता अनुसार दिने भनेको नियमित बजेट रकम नदिएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यिक पत्रकारिता सम्बन्धी कोष अहिले क्षीण हुँदै गएको छ । यसलाई पूर्ववत् बढाउन र वार्षिक बजेटमा समावेश गराउन सरकारलाई र ने.प्र.प्र.लाई घच्घच्याउने क्रम चलिरहेकै छ ।
साहित्यिक पत्रकारिताले अझै पनि राज्यबाट समान न्याय पाउन सकेको छैन । नेपालमा पत्रकारिताको इतिहास साहित्यिक पत्रकारिताबाट नै सुरु भएको यथार्थ कसैले नकार्न सक्तैन । तर समाचार पत्रकारितालाई उच्च महत्व दिने र साहित्यिक पत्रकारितासँग न्यून व्यवहार गर्ने राज्यको परम्परा र प्रवृत्तिमा अझै सुधार आउन नसक्नु क्षोभजनक स्थिति हो । लोककल्याणकारी विज्ञापन, पुरस्कार, सम्मान, विकासका अवसर, सुविधा आदिमा समाचार पत्रकारिता र साहित्यिक पत्रकारितामा निकै ठूलो विभेद राज्यबाट गरिने प्रथा अझ पनि कायम नै छ । लोकतन्त्रमा राज्यले सबै क्षेत्रलाई समान न्याय, समान अवसर, समान अधिकार र समान दृष्टिकोण राखेर व्यवहार गरेन भने लोकतन्त्रकै अनादर भएको ठान्नुपर्दछ । आफूप्रति कायम रहेको त्यस्तो विभेद अन्त्यका निम्ति साहित्यिक पत्रकारहरूको भगीरथ प्रयत्नको निरन्तरता अझै जारी छ ।
संस्था स्थापना भएपछिको प्रथम साधारण सभाले यस पंक्तिकारलाई अध्यक्षको कार्यभार सुम्पेको थियो । आफूप्रति विश्वास र सद्भाव राखेर सहकर्मी साहित्यिक पत्रकारहरूले सुम्पिएको कार्यभार स्वीकार गर्नु बाहेकको विकल्प थिएन पनि । यस वीचमा नेपाल साहित्यिक पत्रकार सङ्घले जे जति काम गर्न सक्यो, साहित्यिक पत्रकारिताको हितमा सङ्घको जेजस्तो सार्थक भूमिका रह्यो त्यसनिम्ति केन्द्रीय कार्यसमिति सहित सम्पूर्ण सदस्यहरूलाई जस जान्छ । साहित्यिक पत्रकारिताको विभेदका तघारा पूर्ण रूपले अझै हट्न नसक्नुमा चाहिं अध्यक्षकै अदक्षतालाई कारक मान्नुपर्ला ।
नेपाल साहित्यिक पत्रकार सङ्घका अगाडि अझ पनि प्रशस्त चुनौतीहरू छँदैछन् । मासिक बाहेकका द्वैमासिक, त्रैमासिक साहित्यिक पत्रिकाले हुलाक दर्ता सुविधा  अझ पाउन सकेका छैनन् । प्रेस काउन्सिलमा नेपाल पत्रकार महासङ्घको अध्यक्षलाई पदेन सदस्यमा मनोनीत गरिने प्रावधान छ । नेपाल साहित्यिक पत्रकार सङ्घले पनि त्यसै अनुरूप प्रेस काउन्सिलको सदस्यता पाउनुपर्दछ । नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो भाषा साहित्यको आधिकारिक निकायमा समेत नेपाल साहित्यिक पत्रकार सङ्घको प्रतिनिधित्व नगराइनु अनुचित हो । यसमा पनि सुधारको खाँचो छ । नेपाल सरकारले पत्रकारिता संवन्धी गठन गर्ने विभिन्न आयोग समितिहरूमा साहित्यिक पत्रकारको प्रतिनिधित्व नगराई उपेक्षापूर्ण व्यवहार गर्ने गरेको छ । सञ्चार मन्त्रालयले पत्रकारिता सम्वद्ध संस्थाहरूलाई दिने नियमित वार्षिक अनुदानमा समेत नेपाल साहित्यिक पत्रकार सङ्घलाई निकै ठूलो विभेद गर्ने गरेको छ । उपर्युक्त कुराहरू पूरा गराउन अव आउँदो केन्द्रीय समितिले सकृयता जारी राख्ने नै छ ।
साहित्यिक पत्रकारिता साहित्यकारहरूलाई प्रोत्साहित, स्थापित, चर्चित गराउने सशक्त माध्यम हो । अतः यसलाई साहित्यकार उत्पादनशाला भने पनि फरक पर्दैन । साहित्यिक पत्रिकामा प्रकाशित भएर नै स्रष्टाहरू समाजमा परिचित हुन्छन् । तिनै स्रष्टाका सृजना पढेर समाज चेतनशील बन्दछ । त्यस्तो राष्ट्रिय चेतनाको सशक्त संवाहक साहित्यिक पत्रकारिता उपेक्षित भैरहनु न्याय सङ्गत हुदै होइन । साहित्यिक पत्रकारिताले आफूप्रति न्यायपूर्ण व्यवहार माग्दा दान बकस मागेझैँ ठान्ने र त्यस्तै कुरा सञ्चारका अन्य क्षेत्रले माग्दा चाहिँ हक अधिकार मागेको ठानेर माग पूर्ति गर्न अग्रसर हुने सरकारी प्रवृत्तिमा सुधार ल्याउन अझै निरन्तर सङ्घर्षरत रहनुपर्ने देखिन्छ ।
अन्त्यमा–
दुइटा कार्यकालसम्म अध्यक्षताको जिम्मेदारीमा रहँदा आफूप्रति सद्भाव र विश्वास सहित सहयोग गर्ने समस्त सहकर्मी साहित्यिक पत्रकारहरूमा हार्दिक आभार व्यक्त गर्दछु । पदीय कार्यभारमा नरहे पनि भविष्यमा नेपाल साहित्यिक पत्रकार सङ्घको प्रतिष्ठा वृद्धिका निम्ति सदैव आÇनो सक्दो सहयोग रहने विश्वास दिलाउँछु । धन्यवाद । 
७१ लामोढुङ्गा मार्ग
गहनापोखरी, काठमाडौं





अनलाइन साहित्यिक पत्रकारिता :
चुनौती र समस्या
  वासु श्रेष्ठ


भूमिका
मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने पछिपछि सर्वसाधारणको हितका लागि सार्वजनिक पत्रिकाहरू सञ्चालन गरियो र यसलाई पत्रकारिताको नामले चिनिन्छ । यसरी सञ्चार जगतको पत्रकारिता क्षेत्रमा विश्वको सबैभन्दा पहिलो पत्रिका चिनबाट सन् ७१३ मा प्रकाशित भएको चिनियाँ भाषाको काईयुआन जा बाओ मानिन्छ । र अहिले विश्वमा पत्रकारिता नहुने मुलुक नै छैन । 
सञ्चारमा पत्रकारिताको अर्को पक्ष रेडियोबाट पहिलो पटक समाचार प्रक्षेपण गरिएको सन् १९२० अगस्त ३१ बाट हो । छापा पत्रकारितापछि सबैभन्दा दु्रतगतिमा समाचार सम्प्रेषण गरिने माध्यम नै यही भयो र यसको लोकप्रियतामा सजिलै वृद्धि भयो । 
यसैगरी सञ्चारको अर्को रूप पहिलो टेलिभिजन प्रसारण टेलिफोनको तारको माध्यमबाट ७५० किमिको दूरीमा रहेका लण्डन र ग्लास्गोबीच सन् १९२७ मा भएको थियो । 
यस्तै २१औँ शताब्दीको सञ्चारको सबैभन्दा सशक्त माध्यम इन्टरनेट भने सन् १९९५ बाट व्यापक भएको हो । हुन त इन्टरनेटको अवधारणा सन् १९५० को मध्यतिर देखि सुरु भए तापनि अनेक सुधार र इन्टरनेट सम्बन्धी भएकोले यसैको बारेमा विषय प्रवेश गर्न चाहन्छु । 
माथि उल्लेख भएका सञ्चारका विभिन्न अवधारणा र तिनको विकाससँगै पछिल्लो सञ्चारको माध्यम इन्टरनेट नै सबैभन्दा सशक्त र प्रभावकारी भएको छ । 

के हो अनलाइन अर्थात् इन्टरनेट ?
अनलाइन भन्नाले कम्प्युटरहरूको सञ्जाल जोड्ने माध्यम हो अर्थात् कम्प्युटरको माध्यमले प्रसारण गरिने विद्युतीय विभिन्न सामग्रीहरू जस्तै पाठ्य सामग्री । दृश्य सामग्री तथा श्रव्य सामग्रीहरू अर्को कम्प्युटरको माध्यमबाट ग्रहण गरिनु हो भन्ने बुझिन्छ । यसलाई अर्को अर्थमा इन्टरनेट पनि भन्न सकिन्छ । यो विश्वव्यापी सञ्जाल अर्थात् डब्ल्यु डब्ल्यु डब्ल्यु अर्थात् वल्र्ड वाईड वेब मार्फत कुनै निश्चित आईपीको नामबाट प्रसारण गरिने र ग्रहण गरिने गरिन्छ । 
हाल यस्ता इन्टरनेटको प्रयोग यो लेख तयार गर्दा बखतसम्म तीन अर्ब चार करोड एकाउन्न लाख चौरासी हजार अर्थात् विश्वको कूल जन सङ्ख्याको झन्डै चालीस प्रतिशत भएको अनुमान गरिएको छ । सन् १९९१ मा एउटा इन्टरनेटबाट सुरु भएको यो सुविधा प्रयोगकर्ताको सङ्ख्या प्रतिपल वृद्धि भइरहेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ । त्यसैले यसको व्यापकता महत्ता सजिलै अनुमान गर्न सकिन्छ । मानवले विकास गरेको विज्ञानको संसाधनमध्ये सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट हो भन्न सकिन्छ । 

यसको उपयोगिता 
अहिलेको समयमा अनलाइन मार्फत विभिन्न सामाजिक कार्यका लागि चन्दा सङ्कलन लगायत अनलाइन किनमेल, अनलाइन विज्ञापन, भिओआइपी टेलिफोन, इमेल, भिडियो कुराकानी, सामाजिक सन्जाल, ब्लगहरू, समाचारहरू उपलब्ध भएर यसले व्यापकता पाएको छ । कामको लागि आवेदन दिने या आवश्यकताको प्रचार प्रसार, विििभन्न प्रकारका महŒवपूर्ण र गोप्य सूचनाहरू पनि भण्डारण तथा सम्प्रेषण गरिन्छ । यसैगरी अनलाइन शिक्षा तथा अनलाइन बैङ्किङ सुविधा पनि उपलब्ध छन् । अनलाइन पुस्तकालय छन् र अनलाइन उत्तरहरू उपलब्ध छन् । उदाहरणका लागि यो कार्यपत्र लेख्न सहयोग गर्ने पनि इन्टरनेट नै हो अर्थात् कतिपय प्रश्नको उत्तर तथा तथ्याङ्कहरू इन्टरनेटमा गुगल या बिँगबाट प्राप्त गरी यो कार्यपत्र तयार गरिएको हो । घरै बसीबसी सूचना सम्प्रेषण गर्न र प्राप्त गर्न यो जस्तो माध्यम अरू छैन र यसले मानिसको जीवनलाई सरल, किफायती, समयको बचत आदि गरिदिएको छ । 
त्यसकारण विशेष गरी विकसित मुलुक तथा सहरहरूमा अनलाइन विनाको जीवन कल्पना गर्न कठिन हुँदै गएको छ । यसको विश्वसनियता यति छ कि कसैले टिभीमा प्रत्यक्ष प्रसारण हेरिरहेको अवस्थामा पनि कम्प्युटरमा सोको थप जानकारी लिने प्रयास गरिरहेका हुन्छन् । 
तर अर्कोतिर अनलाइनको प्रयोग जति जति मात्रामा बढ्दै गएको छ सोही मात्रामा यसको कमजोर पक्ष पनि बढ्न थालेको छ । घरमा झ्याल ढोका वा भित्ता फोरेर चोरी गरे जस्तै अनलाइनका चोरहरूको व्यापकता पनि बढेको छ । यस्ता चोरहरूलाई ह्याकर भनिन्छ । महŒवपूर्ण ठूला ठूला कम्पनीहरू तथा सरकारका विभिन्न प्रकारका गोप्य सूचनाहरू कम्प्युटरको माध्यमबाट चोरी गरेर तहसनहस गर्ने, बेच्ने या त्यसको दुरूपयोग गर्ने काम यस्ता ह्याकरहरूको हुन्छ । हालै अमेरिकामा रहेको सोनी कम्पनीको वेबसाइट कोरियनहले ह्याक गरे भनेर हङ्गामा मच्चिएको थियो यसको बारेमा अमेरिकी राष्ट्रपति ओबामाले समेत बोल्नु परेको थियो । 
जे होस् असीमित सामग्रीहरू उपलब्ध भएको यस्तो व्यापक इन्टरनेटमा नेपालको प्रवेश सीमित रूपमा भए पनि मर्कन्टाइल कम्युनिकेसनसको प्रयासमा सन् १९९८ तिर भएको मानिए तापनि सन् २००० देखि यसले व्यापकता पाउँदै आएको छ भन्न सकिन्छ र यसको प्रयोकर्ता मध्ये सन् २०१२ सम्म झन्डै २७ लाख नेपालीहरू रहेको अनुमान गरिएको छ । 
यसरी इन्टरनेटको प्रयोगसँगै नेपालले पनि विभिन्न विधाहरू अनलाइनमा उपलब्ध गराउँदै आएको छ र यसमा साहित्यिक बिधा छुट्ने कुरै आएन । 
यसरी इन्टरनेटको युगमा नेपालको प्रवेशसँगै नेपालको सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आयो । समाचार, ब्लगहरू, विभिन्न विषयका वेब साइटहरू खुल्दै गए यसमा साहित्यिक विधा पनि अछुतो रहन सकेन । नेपालमा बस्ने साहित्यप्रेमी होस् चाहे विदेशमा बस्ने साहित्यप्रेमी होस्, रहरमा होस् या बाध्यताले होस्, कुनै आर्जन होस् या नहोस् नेपाली वेबसाइटहरू पनि खुल्दै गए । कतिपय जसरी खुल्दै गए त्यसै गरी बन्द पनि हुँदै गए । तर रहेकाहरूले भने साहित्यको सेवा गरी नै रहे र यसलाई अनलाइन साहित्यिक पत्रकारिताको रूपले चिनिन्छ । 
यसका फाइदाहरू
यो छापाभन्दा निकै सस्तो हुन्छ । 
वेब साइटको लागि हुने खर्चको तुलनामा छापा धेरै नै खर्चिलो हुने गर्दछ । 
विक्री वितरण तथा ढुवानीको झन्झट हुँदैन । 
कागज खपतको कारणले यो वातावरण मैत्री पनि हुन्छ । 
भण्डारणको समस्या पनि निर्मूल हुन्छ । 
अनलाइनबाट वितरित सामग्री निमेषभरमै विश्वका कुनै पनि कुनामा बसेकाहरूले हेर्न सक्छन् ।

नेपाली साहित्यिक पत्रकारिता 
त्यसो त समाचार प्रधान नेपाली वेब साइटहरू असङ्ख्य छन् यिनको आँकडा अनुमान गर्न गाह्रो छ । तर पनि देश विदेशमा खुलेका यस्ता समाचार प्रधान वेब साइटहरूले साहित्यलाई पनि स्थान दिएका छन् । जुन प्रशंसनीय कार्य हो । तर विशुद्ध साहित्यिक अनलाइन पत्रकारिता भने सीमित रूपमा रहेको अनुमान गर्न सकिन्छ र विशेष गरी अब यो कार्यपत्र सोही विषयमा केन्द्रित हुन चाहन्छ । 
नेपालमा साहित्यिक पत्रकारिताको उदय वि.सं १९५५ मा ‘सुधासागर’को प्रकाशसँगै भएको मानिन्छ । त्यसपछि ‘शारदा’ लगायत थुप्रै साहित्यिक पत्रिकाहरूको आगमन भयो । त्यसमध्ये कतिपयहरूको अवसान भयो भने कतिपय पत्रिकाहरू जस्तै ‘रचना’ द्वैमासिक, ‘अभिव्यक्ति’ द्वैमासिक, ‘मधुपर्क’, ‘समकालिन साहित्य’, ‘कविता’, ‘मिर्र्मिरे’, ‘नेपाली’, ‘जनमत’, ‘दायित्व’, ‘शब्द संयोजन’ आदिले निरन्तरता दिई साहित्यको सेवा गरिरहेका छन् । ‘गरिमा’ एक वर्षदेखि बन्द भएको छ । यीमध्ये ‘अभिव्यक्ति इमेलको माध्यमबाट अनलाइनमा उपलब्ध भइरहेको छ । भने ‘मधुपर्क’ पनि आÇनो ‘मातृसंस्था’ गोरखापत्रको वेब साइटमा उपलब्ध हुने गरेको छ । त्यसै गरी सन् २०१३ जुनदेखि ‘रचना’ द्वैमासिक र हालै प्रज्ञा प्रतिष्ठानको प्रकाशन ‘कविता’ तथा ‘समकालीन साहित्य’ का पिडिएफ प्रति खसखसडट कम मार्फत अनलाइनमा उपलब्ध हुँदै आएका छन् । स्मरण रहोस् ‘रचना’ द्वैमासिक २००३ जुन जुलाईको पूर्णाङ्क ७७ देखि नै अनलाइनमा उपलब्ध थियो । यो आÇनै ‘नेपाली रचना डटकम’मा उपलब्ध हुन्थ्यो । तर आर्थिक अभावका कारण यसलाई निरन्तरता दिन नसकी बन्द गरियो । पछि त्यसलाई अनलाइन साहित्य डट कममा उपलब्ध गराइएको हो । ‘रचना’ हाल अनलाइन साहित्य डट कम, पुस्तकालय डट ओ आर जी तथा मझेरी डट कममा पनि उपलब्ध हुने गरेको छ । ‘अभिब्यक्ति’ र ‘शब्दाङ्कुर’ अनलाइन साहित्य डट कम मा पनि उपलब्ध हुने गरेका छन् । तर नियमित छैनन् । मदन पुरस्कार गुठीका प्रकाशन ‘नेपाली’लाई पनि खसखस डट कममा उपलब्ध गराउने मौखिक सहमति भए पनि प्रविधिक कारणले यो सम्भव भने हुन सकेको छैन । जे होस् यी भए छापाका साहित्यिक पत्रिकाहरू । तर अब म अनलाइन साहित्यिक पत्रकारिताको चर्चा गर्ने छु । 

अनलाइन साहित्यिक पत्रकारिता
नेपाली साहित्यलाई अनलाइनमा ओराल्ने पहिलो वेब साइट रुसबाट डा. मधु माधुर्यद्वारा सञ्चालित फ्रि नेपाल डट कम भए पनि जानकारीमा आएसम्म पहिलो नेपाली साहित्यिक वेब साइटको रूपमा अमेरिकाबाट प्रकाशित भएको परदेश डट कमलाई मान्नु पर्ने देखिन्छ । तर यो सन् २००५ देखि अवसानको शिकार भयो । तर हाल यो वेब साइट पनि इन्टरनेटमा भेटिन्न । तर केही कालका लागि भने यस्ता वेबसाइटहरूले नेपाली साहित्यलाई अनलाइन मार्फत विश्वव्यापी बनाउने प्रशंसनीय काम गरेकै हुन् र एउटा ऐतिहासिक कोशे ढुङ्गा स्थापना गरेकै हुन् । 
अहिले पनि विशुद्ध नेपाली साहित्यिक वेबसाइटहरूको सङ्ख्या नगन्य रहेको कुरा निर्धक्क भन्न सकिन्छ । हाल जे जति सञ्चालनमा आइरहेका छन् त्यो सञ्चालकहरूको प्रतिबद्धता र साहित्यप्रतिको चासोको कारण नै हो पनि भन्न सकिन्छ । 
माथि नै भनिए झैँ कतिपय साहित्यिक वेबसाइटहरू सञ्चालनमा आएर बन्द भएका छन् । तिनको यहाँ उल्लेख गर्न सम्भव छैन । तर स्थापनाकालदेखि सञ्चालनमा आइरहेका विशुद्ध साहित्यिक वेब साइटहरूमा भने अमेरिकाबाट खसखस डट कम सन् २००७ जुलाई ४ बाट, पहिले बेल्जियम तथा अहिले बेलायतबाट समकालीन साहित्य डट कम सन् २००७ सेप्टेम्बरबाट, जापानबाट मझेरी डट कम, बेलायतबाटै साहित्यघर डट कम अर्थात् अनलाइन नेपाली साहित्य मञ्च, इजरायलबाट साहित्य संसार डट कम, अस्ट्रेलियाबाट साताको साहित्य डट कम काठमाडौँबाट अक्षर क्रियसन्स डट कम, काठमाडौँबाटै नेपाली कला साहित्य डट कम, काठमाडौँबाटै अनलाइन साहित्य डट कम, पोखराबाट पल्लव डट कम आदि छन् । यी अनलाइनहरू मध्ये कतिपय अध्यावधिक भएका छैनन् भने मझेरी डट कम नै एउटा यस्तो साइट हो जसले संस्कृत, तामाङ्, नेवारी, मैथली, भोजपुरी, लिम्बू भाषाका साहित्य पनि प्रकाशन गर्दै आएको छ । यो कुरा यही कार्यपत्र लेख्ने क्रममा थाहा हुन आएको हो । यस्तै समकालीन साहित्य डट कमले पनि अङ्ग्रेजी अनलाइन संस्करण गत वर्षदेखि प्रकाशित गर्दै आएको छ । 
अनुसूचिमा देखाइएका साहित्यिक वेब साइटहरूमध्ये कतिपयमा एउटा समूह खडा गरेर वेब साइट सञ्चालन गरिएका छन् भने खसखस डट कम समकालीन साहित्य डट कम, मझेरी डट कम, अनलाई साहित्य डट कम जस्ता केही वेब साइटहरू भने एक्लो व्यक्तिको प्रयासमा सञ्चालन भइरहेका छन् । 
खसखस डट कमले भने तीन स्तम्भमा श्रव्य सामग्री जसमा नयाँ पाइला पाहुनासँग खसखस र स्वर कविता लगायत कथा, कविता, गीत, गजल, पुस्तक समिक्षा, लेख निबन्धहरू र संस्मरणहरू पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । बाल साहित्य तथा हास्यव्यङ्ग्य स्तम्भ भने ज्यादै न्यून सहभागिताको कारणले हाल बन्द गरिएको छ । पहिला तीन श्रव्य सामग्रीहरू खसखस डट कम नितान्त मौलिक प्रस्तुति हुन् भन्न सकिन्छ । भन्नु परेन बाँकी सब अनलाइनहरू नेपाली भाषामा नै प्रकाशित भइरहेका छन् । 
यस बाहेक थुप्र्रै व्यक्तिले व्यक्तिगत साहित्यिक ब्लगहरू पनि सञ्चालन गरेका छन् भने सामाजिक सन्जाल फेसबुक मार्फत पनि थुप्रै साहित्यिक पेजहरू जस्तै कथा, लघु कथा, उपन्याास, गीत, गजल कविता आदि सञ्चालन भएका छन् । तर ब्लग तथा सामाजिक सन्जाल र अनलाइन पत्रकारितामा भिन्नता हुने भएकोले यी पहिला दुईलाई यहाँ उल्ल्ोख गरिने छैन । 

अनलाइन साहित्यिक पत्रकारिताको समस्या र चुनौती
प्रतिलिपि अधिकार
इन्टरनेटको व्यापकतामा सबैभन्दा कमजोर पक्ष यसले गर्ने प्रतिलिपि अधिकारको हनन हो भन्न सकिन्छ । त्यसो त नेपाल लगायत अमेरिका तथा युरोपमा अनलाइन र अनलाइन प्रतिलिपि बारे छुट्टै कानुनको व्यवस्था नभएको होइन । तर विशेष गरी नेपालको फितलो कानुन, फितलो अवलम्वनले गर्दा प्रतिलिपि अधिकारको राम्रोसँग धज्जी उडेको छ । कतिपय वेब साइटहले लेखक तथा प्रकाशकको विना पूर्व अनुमति गीत, सङ्गीत तथा आख्यानहरू अनलाइनमा उपलब्ध गराउने गरेका छन् । कतिपय वेब साइटले यस्ता सामग्री प्रकाशन गर्ने क्षमता राख्दा राख्दै पनि नैतिकताको आधारमा प्रतिलिपि अधिकारको हनन् गरेका छैनन । उदाहरणका लागि खसखस डट कमले आÇनो वेब साइटमा भिजिटरहरू बढाउन विभिन्न चलचित्र तथा लोक प्रिय सङ्गीतहरू राख्न क्षमतावान् भए पनि प्रतिलिपि अधिकार हनन् हुन नदिन यस्तो अनैतिक काम गरेको छैन । 

अर्थिक र प्राविधिक भार
वेब साइट सञ्चालन गर्न झ्वाट्ट हेर्दा सजिलो देखिए पनि त्यस्तो छैन । एउटा वेब साइटले पाठक दर्शकसामु आउने विभिन्न चरण पार गरेर आउनु पर्छ । जस्तै वेब साइटको डिजाइन, वेब साइटको डोमेन नेम, सर्भर आदिको व्यवस्था गराइनु पर्छ । वेब साइटमा जति जति सामग्री थपिँदै जान्छन् सोही मात्रामा सर्भरको ठाउँ बढाउँदै जानु पर्ने हुन्छ । त्यस वेब साइटलाई समय सान्दर्भिक डिजाइन गर्न उसको विशेषज्ञ या प्रोग्रामरको खाँचो पर्दछ र यसका लागि भार सीधै सञ्चालकमा पर्न जान्छ । किनभने उसले रहरले यस्ता वेब साइट सञ्चालन गरेको हुन्छ । भलै कोही कोही प्रयोजक खारेज आर्थिक भारबाट जोगिएका होलान् तर प्रायशः वेब साइटहरूमा लाग्ने खर्च आफैले ब्यहोरेका हुन्छन् । किनभने यस्ता साइटहरूमा कुनै विज्ञापन राएिका हुँदैनन् । डोमेन नेम तथा सर्भरको खर्च वार्षिक नगन्य डलर हुने भए पनि प्रोग्रामरको शुल्क चाहिँ बढी नै हुन आउँछ । अझ नेपाली रुपियाँमा रूपान्तरण गर्दा त्यो ठूलै रकम हुन आउँछ । त्यस्तै सर्भरको शुल्क साइटको आकार अनुसार जति मेगावाइट या गीगा वाइटमा वृद्धि भयो सोही अनुसार शुल्कमा वृद्धि हुन्छ । 
अर्को कुरा वेब साइटका सचालक आफैलाई प्रकाशनार्थ प्राप्त लेखहरू वेब साइटमा परदेश डटकमका सचालक रहेका कमल भुषालका अनुसार परदेश डट कम सन् २००५ मा बन्द हुनाको मूल कारण समयाभाब रहेको छ भने दोस्रो कारण आर्थिक भार र प्रविधि विशेषज्ञको अभाव । उनका अनुसार वेब साइट डिजाईन गर्ने लगायत युजर फ्रेण्डली बनाउने काम निकै समय लाग्ने खर्चिलो र आर्थिक भार पनि बढी पर्ने गर्दछ । तर पनि परदेश डट कम मार्फत बार्षिक कविता प्रतियोगिता गरेर नगद पुरस्कारको व्यवस्था पनि गरेको उनी सुनाउँछन् । 
अर्को कुरा, अनलाइन भन्नु नै कम्प्युटर भन्ने बुझिन्छ । यसकारण अनलाइन चलाउन कम्प्युटर नभई हुँदैन । तर कम्प्युटर महङ्गो पर्ने हुनाले यो सबैलाई प्राप्त हुँदैन र साहित्यका प्रेमीहरू यसबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ । 

एउटै रचना संसारभरि अर्थात् मौलिकतामा कमी
एउटै रचना विभिन्न वेब साइटहरूमा प्रकाशित हुँदा मौलिकतामा ह्रास आई रहेको छ । यो दुई प्रकारले हुने गरेको छ एक लेखक आफैले असङ्ख्य वेब साइटहरूलाई आÇनो रथना पठाउने गरेर । तर यसरी रचना प्रकाशित हुँदा लेखकले आÇनो रचनाको महŒव नबुझेको जस्तो हुन्छ । दुई कतिपय वेब साइटका सञ्चालकहरूले आÇनो वेब साइटमा रचना प्रकाशकलाई थाहा नै नदिई यसरी कसैको रचना कपी पेष्ट गर्नु नैतिक रूपमा गलत हो । 

सहभागिताको कमी
विरोधाभास र अचम्म मान्नु पर्ने के छ भने साहित्यमा रुचि राख्ने र कलम चलाउने थुप्रै छन् । त्यसैगरी साहित्यिक सामग्री पस्कने वेब साइट पनि त्यत्तिकै छन् । तर पनि साइटहरूमा रचना पठाउने सहभागीको भने उत्साह जनक उपस्थिति छैन । उदाहरणको लागि खसखस डट कमले स्वरमा कविताका लागि विश्वका ७१ देशबाट निःशुल्क फोनबाट आÇना कविता स्वरमा रेकर्ड गर्ने सुविधा उपलब्ध गराएको थियो । तर दुई वर्षसम्म पनि कसैले त्यस्तो सहभागिता जनाएनन् । हाल यो सुविधा बन्द गरिएको छ । तर व्यक्तिगत सम्बन्ध राखेर स्वरमा कविता भने अद्यावधिक भई नै रहेको छ । त्यस्तै हास्यव्यग्य र बाल साहित्य पनि सहभागिताको न्यूनताको कारण बन्द गरिएको छ । 

शुद्धाशुद्धि
कम्प्युटरको प्रविधि भित्रिए पनि कतिपय पक्षलाई नेपालीमा सरलीकरण गर्न सकिएको छैन जुन चुनौतीको रूपमा देखिएको छ । जस्तै वेब साइटमा नेपाली अक्षरहरू जसलाई फन्ट भनिन्छ पढ्न सकिन्न । त्यसको विकल्प युनिकोड भन्ने फन्टको सहारा लिइएको छ र यसले हदसम्मको समस्या समाधान पनि गरेको छ । रोमनमा टाइप गरी युनिकोडमा परिवर्तन गरिन्छ र वेब साइटमा अपलोड गरिन्छ । अनलाइनमा यस्तो सुविधा मदन पुरस्कार गुठीबाट बनाइएको रोमनबाट युनिकोड लगायत थुप्रै व्यक्तिहले पनि उपलब्ध गराएका छन् अर्थात् अर्को अर्थमा कन्भर्टर हो युनिकोड एक प्रकारको चित्र हो जुन विशेष केडिङको आधारमा रोमनमा लेखिएका अक्षरहरू युनिकोडमा परिवर्तन हुन्छन् । रोमनबाट युनिकोडमा परिवर्तन गर्दा कतिपय शब्दहरू प्राप्त नहुने पनि हुन्छ । तर पनि नेपाली भाषा अनलाइनमा पढ्न युनिकोडकै सहारा लिएको छ । त्यसैले मानिसहरू युनिकोडमै निर्भर हुँदै गएका छन् । यसले गर्दा खोजेको शब्द नपाउँदा वैकल्पिक शब्दको सहारा या हिन्दी शब्द चलाउने गर्छन् । अनि नेपाली साहित्यमा अलि खल्लोपना आउने गर्छ । तर अङ्ग्रेजीमा सीधा टाइप गरिए जस्तै अनलाइनमा प्रीति फन्ट पनि टाइप गर्ने प्रविधि भएको भए नेपाली भाषालाई एक प्रकारले शुद्धताका साथ संरक्षण गर्न सकिन्थ्यो होला ।
यसैगरी वेब साइटका सचालक सम्पादकहरूले पनि यथासक्य भाषाको सम्पादन गरी आएका रचनाहरू अपलोड नगर्नाले भाषाको शुद्धतामा चुनौती आएको छ । अनलाइन समाचारका सम्पादकलाई उनले सञ्चालन गरेको साइटमा मैले देखेको अशुद्धताको बारेमा गुनासो गर्दा उनले ‘आफै मिलाएर पढ्नु पर्ने’ भनेर हाँसो उठ्दो र लाज मर्दो सल्लाह दिएका थिए अर्थात् भाषा सम्बन्धी लापरबाही र अज्ञानताको कारण यस्तो भएको हो । 

एकरूपतामा कमी
रहर अनि स्वेच्छाले र आÇनो खर्चमा वेब साइट चलाउने भएकोले के कस्ता सामग्री राख्ने नराख्ने, कसरी भाषागत तथा सिद्धान्ततः साहित्यमा एकरूपता गर्ने भन्ने विषयको भिन्नता र विविधताले अनलाइन साहित्यिक पत्रकारितामा एकरूपता आउन सकेको छैन । फेरि कुनै निश्चित वेब साइटका आÇनै निश्चित पाठकहरू हुने भएकोले पनि एकरूपता आउन सकेको छैन । 

स्रोत खुलाउने बानीको अभाव
एउटा वेब साइट बाट कपी गरेर आÇनो वेब साइटमा पेस्ट गरेर अद्याबधिक गरे पनि त्यस्ता सामग्रीहरू कहाँबाट साभार गरिएको हो भन्ने खुलाउने इमानदारी ज्यादै थोरैले मात्र गरेको देखिन्छ । यसले गर्दा पहिलो पटकको प्रकाशकको मेहनत गौण हुन जान्छ । विशेष गरी सामग्रीहरूको सम्पादन, फन्ट व्यवस्था गरेर आÇनो वेब साइटमा त राख्छ । तर अर्कोले सजिलै स्रोत नखुलाई कपी गरेर आÇनो साइटमा प्रकाशित गर्दछ । त्यसकारण यसमा इमानदारिताको खाँचो देखा परेको छ । कमसे कम स्रोत खुलाएको खण्डमा कसैको मेहनतको कदर त हुन्छ । 

अद्यावधिकको कमी 
इन्टरनेटको व्यापकता र वेब साइटहरूको बाढी आए पनि रहरमा खोलिएका कतिपय साहित्यिक वेब साइटहरूमा अद्यावधिक नभएको पाईएको छ । यो एउटा पनि ठूलो कमजोरी मान्न सकिन्छ । यसमा सञ्चालकको आÇनै माथि भनिए जस्तै विभिन्न बाध्यता होलान् तर वेब साइटका भिजिटरप्रतिको नैराश्य प्रकट हुन्छ । त्यस्तै सञ्चालकले आÇनै रहरमा सञ्चालन गरेको वेब साइट भए पनि जिम्मेबारीबोध नगरिएको अनुभव हुन्छ । 

सल्लाह र सुझाव
अनलाइनको प्रकृति, यसको व्यापकता तथा प्रयोगहरूका बारेमा माथि उल्लेख भैहाल्यो । र माथि नै भनिए झैँ यसको व्यापकताले गर्दा थुप्रै कमी कमजोरी पनि देखा परेका छन् । त्यसकारण यस्ता कमी कमजोरीको समयमै समाधान या निक्र्यौल गरिएन भने गलत कुराको नजीर बन्न सक्ने हुनाले यस तर्फ सचेत प्रबुद्धवर्गले सोच्नुपर्ने बेला आइसकेको छ । 
कुनै पनि कुराको सञ्चालनमा रहर गर्नु एउटा कुरा हो । त्यसकारण गुणस्तर र निरन्तरता नदिने अर्को अहम् कुरो हो । कतिपय वेब साइटहरू आउने जाने गरिरहन्छन् । सबका आआÇनै बाध्यताले बन्द भए पनि तिनले साहित्यको विकासमा गरेको योगदानलाई बिर्सन हुन्न । 
रहरै रहरमा केही क्षणको लागि वेब साइट सञ्चालनमा ल्याउनुभन्दा पहिले निम्न अनुसारका दीर्घकालीन योजना सहित सञ्चालन गरिए एउटा निश्चत भविष्य कोर्न सजिलो हुने र गुणस्तरमा पनि अभिवृद्धि हुने कुरामा निश्चिन्त हुन सकिन्छ । 

भाषिक शुद्धता
शुद्ध भाषिक सम्प्रेषण, भाषिक एकरूपताप्रति सबैले अहिले नै ध्यान दिनु पर्दछ । अन्यथा भाषाले विकृत रूप लिएस्पछि त्यसलाई समल्न या सच्याउन गाह्रो हुन्छ । भाषिक एकरूपता तथा भाषिक शुद्धताको लागि कतिपय एकता कायम गर्न अनलाइन एकताको अभाव देखिएको छ । जसले एउटा मार्गदर्शकको रूपमा सबै वेब साइट सञ्चालकहलाई एकरूपतामा बाँध्न सकोस् ।

फन्टको सुविधा
माथि भनिए झैँ युनिकोडमा टाइप गरिँदा कतिपय लिपिहरूको अभावमा भाषाले विकृतितर्फ मोड लिएको देखिएको छ । त्यसकारण जसरी अङ्ग्रेजी लिपी इन्टरनेटमा सीधै टाइप गर्न सकिन्छ । त्यसैगरी देवनागरी लिपि पनि सीधै इन्टरनेटमा टाइप गर्न सकिने प्रविधि विकसित हुनुपर्छ । त्यसको लागि विद्वत्वर्ग तथा कम्प्युटर ज्ञाताहरूको एक समूह निर्माण गरेर यसतर्फ पाइला चाल्नु अत्याावश्यक भइसकेको छ । युनिकोडलाई अस्थायी साधनको रूपमा मात्र हेरिनुपर्छ भन्ने मेरो सुझाव छ । 

समय र आर्थिक समस्या
यसबारे पनि दीर्घकालीन योजना तर्जुमा गरिएमा केही महिना या वर्ष सञ्चालन भएर बन्द हुने अवस्थाबाट बच्न सकिन्छ । हाल सञ्चालनमा रहेका धेरैजसो वेब साइटहरू व्यक्तिगत खर्च र समयको आधारमा चलेका छन् । यसकारण कुनै एउटा समूह खडा गरेर संस्थागत रूपले सञ्चालन गरे लामो समयसम्म अनलाइन पत्रकारिता गर्न सकिने सम्भावना रहन्छ । 
अन्तमा जहाँ रहेर भए पनि आÇनो व्यस्त दैनिकीबाट पनि केही समय निकालेर रहरै रहरमा साहित्यको सेवामा लागिपरेका ती सबै वेब साइटका सञ्चालकहरूलाई सफलता तथा निरन्तरताको कामना गर्दछु साथै भाषिक शुद्धता र कार्यगत एकतातर्फ पनि ध्यान जावोस् भन्ने कामना गर्दछु । विज्ञानको यो अनुपन उपहारलाई नेपाली भाषा, साहित्य र संस्कृतिको संबद्र्धन मात्र नभई मानवीय हितकै लागि पनि यसको सदुपयोग गरियोस् भन्ने कामना गर्दछु । अनलाइन साहित्यिक पत्रकारिताको बारेमा अनलाइन नै जानकारी प्राप्तिको प्रमुख स्रोत रहेकोले सूचना सङ्कलन गर्ने क्रममा केही वेब साइटहरूको नाम उल्लेख गर्न छुट भएको भए क्षमा प्राथी छु । त्यसैगरी ब्लगको रूपमा सञ्चालन गरिएका र पब्लिक डोमेनमा सञ्चालन नभएका वेब साइटहरूलाई यहाँ उल्लेख गरिएको छैन । 

अनुसूची

सञ्चालनमा रहेका नेपाली साहित्यिक वेब साइटहरूको देश सुरु भएको मिति (थाहा भएसम्म)
वेब साइट सुरु भएको मिति देश
खसखस डट कम सन् २००७ जुलाई ४ अमेरिका
समकालीन साहित्य डट कम सन् २००७ सेप्टेम्बर पहिले बेल्जियम हाल बेलायत
मझेरी डट कम सन् २००८ मे पहिले जापना 
हाल बेलायत
कला साहित्य डट कम सन् २००८ अक्टोबर बेलायत
अनलाइन नेपाली साहित्य बेलायत
हिमाली स्वरहरू सन् २००७ अमेरिका
नेपाली कला साहित्य डट कम नेपाल
अनलाइन साहित्य डट कम सन् २००१० फेब्रुअरी नेपाल
पल्लव सन् २०१३ (?) नेपाल
साताको साहित्य सन् २०११ अस्ट्रेलिया
साहित्य सँगालो बेलायत
साहित्य संसार डट कम


सन्दर्भ स्रोत : विभिन्न अनलाइन अफलाइन सूचना सामग्रीहरू ।



“अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या” नामक कार्यपत्रमा मेरो टिप्पणी
विक्रम सुब्बा


१. लेख्नुको उद्देश्य यो कार्यपत्रमा कतै पनि उल्लेख गरिएको छैन । उद्देश्य प्रस्ट राखेर लेखेको भए कार्यपत्रले ‘उद्देश्य मुताबिक’ कुरा ग¥यो कि बाङ्गो कुरा ग¥यो भनेर टिप्पणी गर्न सजिलो हुने थियो ।
२. यो कार्यपत्रको शीर्षक अनलाइन साहित्यिक पत्रकारिता ः चुनौती र समस्या भनेर राखिएको छ । यो शीर्षकले ‘नेपाली साहित्य’ भनेर किटान गरेन । अर्थात्, शीर्षक आफै बोल्न सकेको छैन । तल पढ्दै जाँदा बल्ल नेपाली साहित्यको कुरा ग¥या रहेछ भनेर बुझिन्छ । कार्यपत्र लेखनमा शीर्षक राख्न कार्य पनि महŒवपूर्ण हुन्छ, सायद ।
३. नेपाली साहित्यको कुरा गरेको छ कार्य पत्रले तर शीर्षकको पहिलो शब्द नै अङ्ग्रेजी शब्द अनलाइनबाट सुरु भएको छ । नयाँ नयाँ प्रविधि भित्रिएपछि त्योसँगै उब्जिएका शब्दहरूको नेपालीकरण गरेर जाने कि आगन्तुक शब्दलाई ग्रहण गरेर नेपाली शब्दभण्डारलाई बढाउने ? सायद साहित्यिक पत्रकारिताले यस किसिमका सवालहरूमा पनि बहस चलाउनु पर्ने होला ।
४. यो कार्यपत्रमा केही सूचना र तथ्याङ्कहरू समावेश गरिएका छन् तर तिनको स्रोत ‘विभिन्न अनलाइन अफलाइन सूचना सामग्रीहरू’ भनिएको छ । सूचनाको स्रोत उल्लेख गर्ने तरिका यही हो त ? यो काइदा मलाई उत्तरआधुनिक कविता जस्तो लाग्यो । म अलमलमा गरेँ । किनभने यो कार्यपत्रमा उल्लेख भएका तथ्याङ्कहरू मैले खोज्नुपरे वा जाँच–परख गर्नुपरे, कसरी, कहाँ खोज्ने ?
५. अब मलाई राम्रा लागेको कुराहरू गर्छु– यस कार्यपत्रले समस्या र चुनौतीहरू ठीक ठीक ढङ्गले उठाएको छ । प्रतिलिधि अधिकारको कुरालाई ख्यालै नगरी मनपरि गरिएको कुरा, सञ्चालकहरूलाई पर्ने आर्थिक र प्राविधिक कार्यभारको कुरा, मौलिकताविहीनताको कुरा, सहभागितामा उत्साह नभएको कुरा, शुद्धाशुद्धि लेखनको कुरा, स्रोत नखुलाउने बानीको कुरा, ठीक ठीक समयमा अध्यावधिक नहुने कुरा आदि । यस्तो हो भने यिनलाई आक्कलझुक्कल अनलाइन नेपाली साहित्यिक पत्रिका भन्नुपर्ला । यस किसिमको कार्यले नेपाली साहित्यको इमेजलाई जन बिगार्छ मात्र ।
६. अब कसरी जाने त ? भन्ने बारेमा पनि कार्यपत्रले सल्लाह–सुझाव पेश गरेको छ । ती निम्न रहेका छन् ।
६.१ भाषिक शुद्धतमा ध्यान दिनुपर्ने यो ठीक कुरा हो । किनभने नेपाली भाषामा ह्रश्व, दीर्घले मात्र नपुगेर पुलुत्त समेतको प्रयोगले अर्थ फरक पर्दछ ।(जस्तै ः पिरो, पीरो, पीऽऽऽऽऽऽऽरो । त्यस्तै गरेर चाँडो र ढिलो गरी बोल्दा पनि अर्थ फरक हुन्छ । जस्तै ः ह ¤ भन्यो भने गोरु हिँड्छ । तर त्यही हलाई ‘हऽऽऽऽऽऽऽ’ भन्यो भने गोरु रोकिन्छ । अर्थात् भाषिक शुद्धता हुनुपर्ने कुरा ठीक छ । तर कार्यपत्रले त्यो कसरी गर्ने ? बारे बोलेको छैन । मेरो विचारमा (१) साहित्यिक पत्रकारितामा प्रचलित कति (१०००–१२०००) शब्दावली होलान् । तीनको छुट्टै नेपाली साहित्यिक पत्रकारिता शब्दकोश तयार गर्ने हो कि ? या (२) नेपाली भाषा आफै शुद्धाशुद्धि गर्ने (ब्गतय ऋयचचभअतष्यल) कम्प्युटरकै सफ्टवेयर तयार गर्ने ।
६.२ युनिकोड फन्ट चलाउनु पर्ने यो युनिकोड भन्ने लिपि ऋयmउभिह कअचष्उत भएका कम्प्युटरले पढ्ने लिपि हो । यसै लिपिलाई सबैले चलाए राम्रो हुनेछ । यसमा मेरो थप सुझाव – (१) अहिले उपलब्ध (मङ्गल र कालिमाटी बाहेक) अरू पनि आकर्षक फन्टहरू पनि विकास गर्नुपर्दछ । (२) युनिकोडमा टाइप गर्न सिकाउने सफ्टवेयरको व्यापक प्रचार प्रसार पनि गर्ने ।
६.३ दीघकालीन योजना बनाएर काम गर्नुपर्ने सुझाव राम्रो हो । योजना विना काम गरे छिट्टै विलिन हुने सम्भावना हुन्छ । जन्मिँदै मर्दै गर्ने भएपछि मानिसले पत्याउन पनि छोड्छन् । यसमा मेरो थप सुझाव अनलाइन साहित्यिक पत्रकार सङ्घ नेपाल स्थापना गर्ने र उसले अनलाइन पत्रिकाहरूको (वार्षिक रूपमा) क, ख, ग, घ गरेर वर्गीकरण गर्ने (वर्गीकरणका आधारमा भाषिक शुद्धाशुद्धि लेख्ने गरेको÷नगरेको, युनिकोड लिपि चलाउने गरेको÷नगरेको, कम्तीमा एक जना मानिसले पूर्णकालीन काम गरे÷नगरेको जस्ता कुरा राख्ने) र तिनलाई आर्थिक सहयोग सरकारले दिने किसिमले व्यवस्था मिलाउने । हरेक वर्ष यसो गर्दा राम्रो गुणस्तरकाले आफ्नो स्तर कायम राख्ने प्रयास गर्छ भने तल परेकाले माथि उक्लने प्रयास गर्ने किसिमको प्रणाली बस्छ र बिस्तारै गुणस्तर पनि बढ्छ । अनलाइन साहित्यिक पत्रकार सङ्घ अमेकिार वा बेलायतजस्ता पनि स्थापन गरेर त्यहीँको सरकारसँग वार्षिक बजेट माग गर्ने । किनभने अब अमेरिकामा वा बेलायतमा बसेको नेपाली त्यहीँका करदाता हुन्, नागरिक हुन् भने ती सरकारले पनि नेपाली साहित्यको विकासप्रति दायित्व बन्छ ।
७. मेरो तर्फबाट पनि थप सुझाव 
७.१ लेखक, कवि तथा साहित्यकारहरूको पनि क, ख, ग, घ गरेर वर्गीकरण (न्चबमष्लन) गर्ने र सोही अनुरूप निर्धारण गरेर पारिश्रमिक प्रदान गर्ने । यसो गर्दा साहित्य लेखनमा समेत गुणस्तर बढाउने एउटा प्रणाली बस्दछ । राम्रो गुणस्तरको साहित्य उत्पादन गर्नु आकर्षक साहित्यिक पत्रकारिताको पूर्वशर्त नै हो ।
७.२ अनलाइन नेपाली साहित्यिक पत्रकारिताभित्र टिभी र रेडियोलाई समेत समेटेर यसको नाम विद्युतकणीय नेपाली साहित्यिक पत्रकारिता नाम दिने । र, त्यस अनुसार परिचय पत्र दिने ।
७.३ जसरी छापा पत्रकारिताको निश्चित पाठ्यक्रम अनुसार तालिम हुन्छ त्यसैगरी विद्युतकणीय साहित्यिक पत्रकारिताको पाठ्यक्रम तयार गरेर तालिम सञ्चालन गरेर तालिम प्राप्त जनशक्ति तयार गर्ने । यो नयाँ पाठ्यक्रम पत्रकािरता पढाइ हुने विश्व विद्यालयहरूको पाठ्यक्रममा समावेश गर्न पैरवी गर्ने र समावेश गराउने ।
७.४ अनलाइन साहित्यिक पत्रिकाहरू, वा साहित्यिक टिभी कार्यक्रमरू र रेडियो साहित्यिक कार्यक्रमहरू पनि विशिष्टीकरण गर्ने । जस्तैः कुनै पत्रिकाले कवितामा विशिष्टीकरण गर्ने, कुनै पत्रिकाले कथामा विशिष्टीकरण गर्ने, कसैले निबन्धमा विशिष्टीकरण गर्ने, कसैले विचार प्रधानमा विशिष्टीकरण गर्ने, कसैले सबै विधा राखेर छ्यासमिसेमा, आदि ।
७.५ अनलाइन कार्यहरूको अहिलेसम्म अमेरिका केन्द्र रहेको छ । यसो गर्दा हरेक गतिविधिहमरूको म्बतब द्यबकभ अमेरिकासँग रहन थालेको छ । यो जासुसी काम भइरहेको छ । यस किसिमको जासुसीको जालोबाट उम्किने उपाय छन् कि ? जस्तै आफ्नै ख्(कबत स्थापना वा नेपालकै ख्(कबत को को उपयोग, आदि ।



सत्यमोहन विशेषाङ्कका कथा 
   वासुदेव अधिकारी 


१. यो आलेख किन ? 
राम्रा लेखककले सानो झिल्का अनुभूतिलाई विस्तार गरी ठुला किताब लेख्छन् । मैले शब्द–संयोजनको शताङ्क अर्थात् २०६९ भदौ अङ्क सत्यमोहन जोशी विशेषाङ्कको रूपमा ८५२ पृष्ठ प्रकाशित गरेँ । सम्पादकीय, प्रकाशकीय सहित १६० वटा सामग्री समेटिएको सो ग्रन्थ कसरी तयार भयो होला ? अरुसित पनि प्रश्न होलान्, मसित पनि लामो कथा छ, अनुभूतिका केही खजाना छन् । यस आलेखमा म त्यही कुरा पोख्छु ।   
१. कामको उठान
हामीले शब्द–संयोजन २०६१ साल वैशाखदेखि प्रकाशन आरम्भ ग¥यौँ । त्यतिबेला राजनीतिक व्यवस्था अलि कसिलो थियो । जनजीवनमा सशस्त्र द्वन्द्वको धुँवा मडारिरहेको थियो । करिव ९०–९२ अङ्क पत्रिका प्रकाशन गरिसक्दा मेरो मनमा एउटा विचार आयोः ‘सत्यमोहन दाइको एउटा लामो अन्तरवार्ता लिन्छु । अन्तर्वार्तामामा रोचक विषय फेला परे भने त्यसलाई लम्ब्याएर उहाँको अन्तरवार्ता विशेषकै रूपमा प्रकाशित गर्छु ।’ त्यतिबेला मलाई उहाँको कुराले ६४ पेज भरिन्छ कि भरिँदैन थाहा थिएन । ‘लिभिङ कल्चरल लिजेण्ड’ सत्यमोहनसँग पक्कै पनि रोचक कुराकानी हुने कुरामा म आशावादी थिएँ । तथापि मसँग समय अभाव थियो । जागिर, नियमित खालका सामाजिक तथा अन्य काम काँधमा झुण्डिरहेकै थियो । तथापि मलाई त्यो काम गर्ने थियो । म त्यही विषयलाई लिएर उहाँको घर बखुंडोल गएँ । पहिला पाटन, बाल कुमारीमा बस्दा पटक पटक चोक देखेको, उहाँकै घरनेरबाट हिँडेको, अमर गिरी र म एक पटक प्रज्ञा प्रतिष्ठान गठनको सन्दर्भको काम विशेषले त्यहाँ पुगेको र पछि सूर्य थापालाई लिएर नवयुग पत्रिकाको लागि उहाँको घरमा म पुगि सकेको थिएँ । त्यतिबेलासम्म मेरो गाढा होइन सामान्य खालको मात्र चिनाजानी थियो । सामान्य चिनजान भए पनि उहाँ हामीसँग खुलस्त हुनु हुन्थ्यो । म उहाँलाई भेटेको बेला शब्द–संयोजन पत्रिका दिन्थेँ । शब्द–संयोजन पत्रिकाको बारेमा उहाँले केही सुझाव पनि दिनु हुन्थ्यो । उहाँकै सुझाव अनुरूप हामीले तयस पत्रिकाको अक्षरको आकार अलि ठुलो बनाउका थियौँ । 
म प्रगतिशील आन्दोलनसित गाँसिएको कम उमेरको व्यक्ति उहाँ पञ्चायतकलीन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भएर काम गर्नु भएको हजुरबाभन्दा पनि पाको उमेरको व्यक्तित्व । त्यसमाथि पटक पटक मदन पुरस्कार पाउनु भएको साधक । उहाँसँग नजिक हुने काम परेकै थिएन । हामी प्रजातान्त्रिक तथा गणतान्त्रिक धारमा क्रियाशील रहँदा उहाँलाई अनुदार राजनीतिको हिमायतीको रूपमा बुझ्नु नपरेको कारण उहाँसितको सम्बन्ध चिसो पनि थिएन । घरि घरि हामी उहाँलाई परिवर्तनको पक्षमा उभिएको देख्थ्यौँ । हामी उहाँलाई काठमाडाँैमा आयोजना हुने साहित्य, कला, रङ्गमञ्च आदिको कार्यक्रममा युवाहरूसँगै नारिनु भएको देख्थ्यौँ । उहाँको घर बखुंबहालमा अन्तरवार्ताको लागि पहिलो दिन पुग्दा मैले उहाँलाई आफ्नो योजनाको बारेमा बताएँ । त्यसको लागि उहाँको जीवन, काम तथा लेखनको आयामको बारेमा आम कुरा चाल पाई खाका बनाउन खोजेँ । सामान्य कुराकानी भयो । मैले उहाँका कृतिहरू मागेँ । दुर्लभ भइ सकेका कयौँ कृतिहरू सजिलै दिने कुरा पनि भएन । उहाँले रुखो जवाफ दिनु भयो । म यो काम साथी ओमी शर्मासित मिलेर अघि बढाउन चाहन्थेँ । एक दिन ओमीसँग यस विषयमा कुरा पनि भयो । उहाँले ‘कुरा त ठीक हो तर उहाँको स्वभाव सामन्ती छ, यो कुरा थाहा छ कि छैन ?’ भनी प्रश्न गर्नु भयो । त्यतिबेला केही गलफत पछि ओमी मसित काम गर्न सहमत हुनु भएको थियो । विडम्बना, उहाँ त्यसको केही महिनामै खस्नुभयो । ओमीसित गरेको वाचाको कारण पनि मैले यो काम गर्नै पर्ने भयो । म त्यस काममा लागेँ । 
त्यस कामको लागि मैले सत्यमोहन दाइको घरमा धेरै पटक आउजाउ गरेँ । काम अघि बढाउँदै जाँदा उहाँले क्रमिक रूपमा मलाई विश्वास गर्दै जानु भयो र धेरै सामग्री उपलब्ध गराउनु भयो । राजेश थापाको सहयोगमा मैले उहाँसित घर तथा कीर्तिपुरको नेपाल भाषा एकेडेमीमा गरी झन्डै तीस घण्टाको भिडियो अन्तर्वार्ता लिएँ । उहाँको समय पाउन कठिन भए पनि हामीले उहाँलाई पिछा गरी गरी त्यो अन्तर्वार्ता लिएका थियौँ । अन्तर्वार्तामा उहाँसँग धेरै विषयमा छलफल भयो । त्यसमा धेरै विषय, सन्दर्भ, घटना, पात्र र रोचक सवालहरू आए । तिनलाई मैले एक एक गरी नोट गर्दै गएँ । घटनासित सम्बन्धित व्यक्तिहरूको नाम टिपोट गरेँ । त्यही टिपोटको आधारमा मैले उहाँको बारेमा लेख्न सक्ने व्यक्तिको सूची बनाएँ । सुरुमा त्यो सूची करिव ५० जनाको बन्यो । त्यस सूचीमा नाम थपिदै गयो । सूची लामो हुँदै गयो । ५० बाट १०० हुँदै २÷३ सय नाम पुग्यो । आफ्नो जागिर भएकाले म पूर्णकालीन रूपमा त लागिनँ तर बिहान बेलुका र बिदाको समयलाई पूरापूर उपयोग गरेँ । हरेक महिना पत्रिका निकाल्ने काममा पनि समय खर्चिनै प¥यो । आधार सामग्रीको रूपमा लिइएको अन्तरवार्ता निकै लामो भयो । धेरै मिहिनेत गरी त्यसलाई उतारेँ । चिसोको समय राती राती काम गरेकाले पाखुराको नसामा रगत जम्यो । डाक्टर वसन्त पन्तले त्यसको निदान गरिदिनु भयो । त्यसको भाषा सुमीजीले पनि हेरि दिनु भयो । उतारेर प्रिन्ट गरी सत्यमोहन दाइलाइँ दिँदा उहाँले अनौपचारिक लवजमा बोलेको र त्यसलाई केही परिमार्जन गर्नु पर्ला भनी घरमा राख्नु भयो । उहाँको बेफुर्सदीको कारण त्यसलाई परिमार्जन गर्ने दिन कहिल्यै आएन । र, विशेषाङ्कको मूल सामग्री ‘अन्तरवार्ता’ आजसम्म पनि छापिन पाएन । समय लगाएर छायाङ्क गरिएको भिडियो रेकर्ड पनि खासै उपयोग हुन सकेको छैन । त्यो राजेश थापासँग छ । 
२. फराकिलो परिमिति 
सत्यमोहन जोशीसँग अन्तरर्वाता लिँदा लिँदै मैले कामको सूची बनाउँदै गएँ । कुन कुन घटनाका साक्षी को को रहेछन् त्यो थाहा हुँदै गयो । उहाँको सम्बन्ध चाल पाइयो । उहाँबारे अझै विशद अध्ययन भएपछि काम सुरु गरेको भए समय वचत हुन्थ्यो । तथापि एक्लैले बृहत् योजना बनाएँ । पत्रिकाको सम्पादन समूहका साथीहरू अति व्यस्त मुद्रामा देखिने र त्यस खालको काममा सोचाइ पनि नपुग्ने जस्तो लाग्यो । उहाँबारे लेख्नु पर्ने प्रसङ्गमा उहाँको बाल्यकाल, राणाकालीन पढाइ, त्यसबेलाको समाज आदि विषय टिपोट गरेँ । उहाँको युवाकाल अर्थात् लोकगीत सङ्कलन र पहिलो मदन पुरस्कार छुटाउनै नहुने विषय थियो । यसको आधारमा नै उहाँ संस्कृतिविद्को रूपमा सुपरिचित हुनु भएको हो । पुरातत्वको जागिर अर्को महŒवपूर्ण विषय देखियो । यस अवधिमा उहाँले महŒवपूर्ण काम अघि बढाउनु भयो । जागिरपछि यही काममा आधारित भई उहाँले केही महŒवपूर्ण किताब लेखी दोस्रो पटक मदन पुरस्कार पाउनु भयो । अर्को छुटाउन नहुने विषय थियोः चीनको बसाइ र काम । त्यहाँ उहाँले अरनिकोबारे थप खोजबीन गरी हराएका अरनिकोलाई चिनाउन मद्दत गर्नु भयो । रोयल नेपाल एकेडेमीको सदस्य सचिवको भूमिका उहाँको अर्को उल्ल्ेखनीय जिम्मेवारी थियो । त्यहाँ रहँदा नाटक महोत्सव तथा जाइजात्रे कार्यक्रम थालनीदेखि लिएर आफ्नै अग्रसरता र नेतृत्वमा उहाँले कर्णाली जुम्लामा गई लोक संस्कृति तथा समाजशास्त्रीय अध्ययन गर्नु गराउनु भयो । सो कृतिले पनि मदन पुरस्कार प्राप्त ग¥यो ।  यसरी उहाँबारे लेख्नु पर्ने आयाम फराकिदै गयो । नेपाली तथा नेवारी भाषाका उहाँका कृतिका बारेमा चर्चा गर्नैै प¥यो । नेपाल भाषा एकेडेमीको कुलपति रहनु भएको उहाँले नेवा एफएमका लागि खर्चपर्च समेत जुटाउनु भएको आफैँले देखियो । ती सब काम चर्चायोग्य काम थिए । मैले छुटाउन नहुने पुरानो पुस्तादेखि काम लगायत सजिलो पर्ने नयाँ पुस्तासम्मको सूची बनाएँ । सूचीमा सांस्कृतिक तथा पुरातात्विक काममा जोडिएका अन्य व्यक्तित्व सहित संस्थापक गभर्नर हिमालय शंशेर राणादेखि डा. युवराज खतिवडासम्मको नाम आयो । अमेरिकन लाइब्रेरीदेखि रङ्गमञ्चसम्मका काम भ्याउनु भएको सत्यमोहनको बारेमा लेखाइको परिमिति चाल पाउनु त्यति सजिलो काम थिएन । पहिलोपल्ट जागिर खाँदाको फोटो सुरक्षित गर्ने, पहिलोपल्ट नेदरल्याण्ड्स पुग्ने सत्यमोहनको बारेमा लेख्नका लागि सँगै मदन पुरस्कार पाउनेदेखि अहिलेका पुस्तासम्मको सूची बनाएँ । ललितकलाका साथीहरू, साहित्य तथा भाषाका विद्वान्हरू सकेसम्म सबैको नाम टिपोट गरेँ । राष्ट्रिय गान छनौट समितिको काम समेतलाई दृष्टिगत गरी मैले सूची तयार तयार गरेँ । 
३. कामको बाँडफाँड 
मैले विशेषाङ्कका लागि पटक पटक सूची बनाउने र परिमार्जन गर्ने काम गरेँ । त्यसको लागि पाटन क्याम्पस गएँ र छलफल गरेँ । त्यहाँ प्रेमहीरा तुलाधरले सघाउनु भयो । सुरेश किरण, नर्मदेश्वर प्रधान,  मदनसेन बज्राचार्य लगायत धेरैसँग बसी वा टेलिफोन सम्पर्क गरी सूचीलाई थप परिमार्जन गरेँ । रात बिरात काम थालेँ । साथीहरू व्यस्त हुनु हुन्थ्यो । तैपनि शब्द–संयोजनमा एकाध पटक बैठक राखी टिपोट गरेका धारणा र कामको प्रगति सुनाएँ । खास गरी समीक्षा खण्डको लागि कीर्तिपुरमा कार्यरत, अध्ययनरत साथीहरूको योगदान अपेक्षित थियो । साथीहरूले कीर्तिपुरका सरहरूको जिम्मा लिनु भयो । जीवेन्द्रदेव गिरी, डिडी अधिकारी, लेखराज निरौला, विष्णु ज्ञावाली आदिले यस क्रममा केही सघाउनु भयो । काम अघि स¥यो । कोही कोही भद्रो हेरेर पनि बसे । साथीहरूले यस काममा केही सघाए पनि कामको धेरै हिस्सा आफैँलाई आयो । मैले सहर्ष स्वीकार गरेँ । लेखकको घरघर जाने, टेलिफोन गर्ने, एसएमएस पठाउने काममा आफूलाई होमेँ । अहोरात्र काममा लागुन्जेलको आफ्नै स्वाद हुन्छ । त्यसलाई मैले अनुभूत गरेँ । कहिल्यै साहित्यिक क्षेत्रमा कलम नचलाउने व्यक्तिले पनि यस काममा सघाउनु भयो । मैले त्यस्ता साथीहरूबाट पनि उहाँको बारेमा लेख्न लगाएँ । नयाँ लेखकको ‘भर्जिनिटी’ले किताबलाई कमसल होइन ओजिलो नै बनाउन सहयोग पु¥यायो । 
४. पाका पुस्ताको सङ्गत
शताङ्क आफैँमा बृहत् स्तरको काम थियो । आइप्याड यस कामको अभूतपूर्व सहारा बन्यो । सो का लागि मैले धेरै पाका लेखक तथा शीर्ष व्यक्तित्वहरूको सङ्गत गरेँ । उहाँहरूको घरघर गएँ । सत्यमोहनबारे उहाँहरूको धारणा, स्मृति तथा अनुभवहरू आइप्याडमा रेकर्ड गरेँ । बिहान बेलुका पाका व्यक्तित्वसँग बसी कुराकानी गरी त्यसलाई मैले आइप्याडमा रेकर्ड गरेँ । राती अबेरसम्म बसी वा बिहान सबेरै उठी ती भनाइलाई कम्प्युटर टाइप मार्फत् लिपिबद्ध गर्नुको विकल्प थिएन । त्यसलाई दिउँसो प्रिन्ट गरी म फेरि उहाँहरूलाई देखाउन जान्थेँ । त्यसो गर्दा एउटा सामग्री तयार गर्न कहिले त हप्ता दिन पनि जान्थ्यो । सधैँ उहाँहरू भेटिनु हुन्नथ्यो । भेट भएको बेलामा अरु कुराकानी पनि गर्नु परि हाल्यो । यसरी समय पनि पर्याप्त खर्च भयो । करेक्सको लागि पनि समय लाग्थ्यो । रेकर्ड गर्ने क्रममा बत्ती नहुने । मैले कयौँ कुारकानीको भिडियो मोबाइलको टर्च बालेर पनि खिचेको छु । दुर्गालाल र माधवलाल कर्माचार्यको घरमा त्यही भयो । कति चाहिँ आफूले सबै तयार गरिसकेपछि उहाँले ‘हैन म आफैँ फेरि लेख्छु’ भनी लेख्नु पनि भएको छ । चित्तरञ्जन नेपाली, माधवलाल कर्माचार्य लयागतका विद्वान्ले कुराकानी पछि मैले टाइप गरेर सामग्री दिइसकेपछि त्यसलाई थाँती राखी अर्को लेख तयार गर्नु भयो । त्यसमा म आफ्नो मिहिनेत खेर गएको खिन्नता भन्दा पनि झन् परिष्कृत लेख आउने सम्भावनाले उज्यालिन्थेँ ।  
५. लगालगको निधन
मेरो सूचीमा रही काम थाल्ने मध्ये चिन्तनराज पाण्डे आफ्नो रचना पुरा नगरी बित्नु भयो । केही समयपछि कर्णालीका सांसद डिल्ली बहादुर महत बित्नु भयो । मैले क्यान्सरको आखिरी क्षणमा फेला पारी वार्ता गरेको केशरमान श्रेष्ठ पनि लगत्तै बित्नु भयो । किताब निस्किएको लगत्तै सूर्य बहादुर बज्राचार्य बित्नु भयो । ग्रन्थ निस्किएपछि निकै खुशी भई त्यसको समीक्षा समेत छाप्न सघाउनु हुने माधवलाल कर्माचार्य र थीर बहादुर रायमाझी त्यसको करिव एक वर्षपछि बित्नु भयो । धेरै जना पाका व्यक्ति समेटिएकाले त्यसो हुनु स्वाभाविक नै छ । ग्रन्थमा सत्यमोहन जोशी भन्दा दुई जना पाका उमेरका व्यक्ति हुनु हन्थ्योः शेषराज दली र माधव प्रसाद घिमिरे । शेषराज दली ग्रन्थ निस्केको एकाध महिनामा बित्नु भयो । वनवारीलाल २०७२ मा बित्नु भयो । पाका पुस्ता धेरै समेटेको कारण मृत्युको मुखमा पुग्ने स्रष्टाहरू धेरै हुनु हुन्छ । अहिले सम्झिदा लाग्छः ‘मैले समयमा नै त्यो काम गरेर उहाँहरूको धारणा लिन भ्याइछु ।’ 
६. अनौठा संयोग÷परिघटना
बृहत्स्तरको कामको आयाम पनि बृहत् नै हुन्छ । काम सजिलो नभए पनि त्यसमा आफ्नै खालको रोचक सन्दर्भहरू फेला पर्छ । त्यस क्रममा धेरै घटना परिघटनासँग साक्षत्कार गर्ने मौका पाएँ । त्यस कामको परिमिति मेरा लागि सानो विश्वविद्यालय नै भयो । काममा कुदिरहँदा नयाँ नयाँ विषय सिक्न, सुन्न वा अनुभूत गर्न पाइयो । मेरा लागि सबै व्यक्ति वा रचनासँगको जम्काभेट सिकाइको स्रोत बन्यो । यस बाटोमा यात्रारत हुँदा समाजका विभिन्न आयाम फेला परे, दृश्यहरू भेटिए । ती मध्ये केहीको चर्चा उल्लेखयोग्य छ ।   
क) कुकुर प्रेमको कथा 
मानवशास्ती विहारीकृष्ण श्रेष्ठ साहित्यकार तुलसी दिवसको घर नजिक बस्नुहुँदो रहेछ, पाटनढोका इनार टोलमा । राजेशजी र म भिडियो सहित कुराकानी गर्न उहाँकोमा पुग्यौँ । उहाँ कर्णालीको खोजमा सत्यमोहनसँग सिँजा उपत्यका जानेमध्येको एक हुनुहुन्थ्यो । मानवशास्त्री विहारीकृष्णजीसँग हामीले लामो कुराकानी ग¥यौँ । कुराकानी सकिएपछि उहाँले ‘द हिमालय’ अङग्रेजी पाक्षिक पत्रिकको कटिङ भित्तामा झुण्ड्याएको देखाउनु भयो । त्यसमा ‘उहाँका कुकुरसँग प्रेम सम्बन्धमा गाँसिएको जापानीले पालेको एउटा कुकुर जापानी त्यहाँबाट नेपालको बसाई सकी जापान फर्किदा दोलखाको काम गर्ने केटालाई उपहार दिएको, उसले त्यस कुकुरलाई आफ्नो घर दोलखा लगेको र  त्यही कुकुर दोलखाबाट भागी महिनौँ दिन लगाएर मरणान्त भई रौँ खुइलिएको अवस्थामा आइ पुगेको’ प्रेम कथा छापिएको रहेछ । विहारीलालाको कुरा सुन्दा हामी छक्क प¥यौँ । हुनत पशुको प्रेम र यौनेच्छाले जगाएको शक्तिबारे अन्यत्र पनि केही दृष्टान्त मैले देखेको हुँ । उहाँको यस वर्णनबाट म अरु चकित हुन पुगेँ । खासगरी बँधुवा अवस्थामा ज्युँन विवश पशुको यौनाकांक्षाबारे हामी धेरै कुरा अन्दाज गर्न सक्छौँ । कुकुरको यो मिलनेच्छा अद्भुत प्रेमको उदाहरण नै हो ।   
ख) नेवारी साहित्य संस्कृतिको विराटता
नेपाल भाषा अर्थात् नेवारी साहित्यको उत्थानमा लाग्ने धेरै व्यक्तिहरू आदरणीय छन् । ती नामहरू हुन्ः हृदयचन्द्र सिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, प्रेम बहादुर कंसाकार, महाकवि सिद्धिदास, चित्तधर हृदय आदि आदि । तीमध्ये केहीसित त मेरो पनि धमिलो धमिलो चिनजान र भेट भएको हो । प्रेम बहादुर कंसाकारको निधन पश्चात् उहाँको बारेमा मैले मिर्मिरेमा सम्पादकीय पनि लेखेको छु । सिद्धिचरणसँग पनि शहीद दिवसमा आयोजित कविता गोष्ठीको सन्दर्भमा मेरो भेट भई मैले कविता वाचन गरिसक्दा च्यासलको कार्यक्रममा उहाँले प्रशंसा गर्नु भएको हो । बिभिन्न व्यक्तिहरू सङ्गत गर्दै र उहाँहरूको कुरा सुन्दै जाँदा मलाई ती व्यक्तित्वहरूको काम र साधनाप्रति अगाध सम्मान भाव पैदा भयो । सङ्गत गरिएका कयौँ नेवार बुद्धिजिवी सन्दर्भ सामग्रीको राखनधरन र अभिलेखमा निकै पक्का र जिम्मेवार देखिनु भयो । फणीन्द्ररत्न बज्राचार्य, नरेशमान शाक्य लगायतका विद्वान्ले त्यो छाप मलाई छाड्नु भएको छ ।  
ग) सांस्कृतिक क्रान्तिको आगो
चीनको सांस्कृतिक क्रान्ति विश्व इतिहासकै चर्चित घटना हो । त्यसका राम्रा नराम्रा दुवै पक्ष छन् । यसलाई बुझ्न हामी सन्दर्भ सामग्री उपयोग गर्छौँ । तर त्यस क्रान्तिका प्रत्यक्षदर्शी तथा भोक्ता व्यक्तित्व होः सत्यमोहन जोशी, उहाँको श्रीमती राधादेवी जोशी र जेठी छोरी काबेरी जोशी । उहाँहरूसित अन्तरङ्ग कुराकानीबाट मैले चीनको सांस्कृतिक क्रान्तिको सानो झिल्का आगो फेला पारेँ । त्यो मेरा लागि ऐतिहासिक चीज बन्न गयो । सांस्कृतिक क्रान्तिको सकारात्मक पक्षबारे उहाँकी छोरी काबेरीको भनाइमा केही गुदी पाएँ । सत्यमोहन दाइले मसँगको अन्तर्वार्तामा अरु थप सवाल उठाउनु भयो ।  
घ) मित्तलको साहस
सत्यमोहनसँग वार्ता गरिरहँदा उहाँले नेपाली कला प्रदर्शनको लागि तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको अनुमति लिएर हवाइ जहाजमा ठुुलो परिमाणमा नेपाली कला मुम्बई लगेको र त्यहाँबाट प्रदर्शनीपछि कला फिर्ता ल्याउँदा पटनामा रेल रोक्न नमान्दा तत्कालीन विद्यार्थी तथा आयोजक युवा वनवारीलाल मित्तल तथा गोपालसिंह नेपालीले रेलको चेन नै फुस्काई बाध्य भएर रेल रोकी सुरक्षितसाथ सामान उतारेको घटना निकै चाख लाग्दो लाग्यो । आफ्नो राष्ट्रको कलात्मक सम्पदा संरक्षण गर्न गरिने यस्तो कामको जति प्रशंसा गरे पनि कमै हुन्छ । त्यही कारण मित्तलजीप्रति म समेत कृतज्ञ भएँ । 
ङ) पेटमा जुँगा
ग्रन्थको लागि मैले गरेको कुराकानीमा उहाँको श्रीमती राधादेवी जोशीले भन्नु भयोः ‘‘मलाई नेपाली भाषा बोल्न आउँदैनथ्यो । राजदूतको श्रीमतीसँग धेरै पटक कुरा गर्नु प¥यो । उनीहरू बेला बेला बोलाइ रहन्थे । राजदूत रणधीर सुब्बाकी जहानले नेपालीमा कुरा गर्न सिकाउनु भयो । कति बेला त मलाई कुरै गर्न आउँदैनथ्यो । एउटा कुरा भन्नु पर्नेमा अर्कै बोल्थेँ । एक पटक त्यस्तै भयो । श्रीमान्लाई पेट दुख्यो । उनीहरूले के भो ? भनेर सोधे । मैले ‘पेटमा जुका छ’ भन्नु पर्नेमा ‘पेटमा जुँगा छ’ भन्दा सबै जना हाँसे ।’’ मातृभाषा बाहेकको अन्य भाषामा कुरा बुझाउन कति कठिन हुँदो रहेछ र त्यसले अपठितलाई कसरी समस्या पार्छ भन्ने कुरा मार्मिक तवरले बुझ्न पाएँ ।  उहाँकी अपठित र हिन्दु धर्मात्मा श्रीमती राधादेवी जोशी कसरी बुद्ध मार्गमा लाग्नु भयो र प्रज्ञापारमिता पाठ गरी नेवारीमा ‘प्रज्ञापारमिता’ लेख्नु भयो भन्ने चीज मैले सङ्गतकै क्रममा चाल पाएँ । त्यो मेरा लागि अवस्मरणीय विषय हुन गयो ।   
च) मदनकृष्णको श्रीमतीको दुर्दान्तता
ग्रन्थको लागि वार्ता गर्न जाँदा मदनकृष्ण श्रेष्ठको श्रीमती क्यान्सरको रोगले आक्रान्त हुनु हुन्थ्यो । तैपनि उहाँले मसँग सत्यमोहन जोशीको बारेमा बृहत् कुराकानी गर्नु भयो । उहाँले गाइजात्रे कार्यक्रमको सुरुवातको रहस्य खोलिदनिु भयो । उहाँसँगको कुराकानीबाट समयमा सही तरिकाले नजचाउँदा उहाँको परिवारमा कसरी क्यान्सर प्रवेश ग¥यो भन्ने कुरा मैले चाल पाएँ । त्यस मनोदसाले मलाई पछिसम्मै गाँजिरह्यो । अरुलाई हँसाउने मानिसको अन्तर आत्माको रुवाइ मैले त्यस दिन देख्नु प¥यो । 
छ) वैद्यको गुनासो 
बुढाहरूको सङ्गतको क्रममा म जनकलाल वैद्यको घरमा पुगेँ । राम्रोसित कान नसुन्ने वैद्यसँग केही दिन लगाएर धेरै कुराकानी भयो । भक्तपुरको न्यातपोल दरबारमा रहेका÷कुँदिएका अभिलेखका बारेमा बृहत्तर शोध गर्नु भएको उहाँको श्रीमती बितेको र चित्तधर हृदयको नामको पुरस्कार नपाएको ठुलो दुःख रहेछ । चाहना भए पनि उहाँले नदेखाउनु पर्ने, देखाउनु भयो । सिधा मानिस लुकाउन जान्नु भएन । जेठो छोरा पनि विदेश भासिएपछि सरसम्पर्क रहेनछ । मैले नेपाल भाषाका साथीहरूसित कुरा गर्दा उहाँलाई पुरस्कारमा अन्याय भएको कुरा स्वीकार पनि गरे । अशक्त अवस्थामा रहेको वैद्य दाइसँग कति चित्त दुखाइ ? ज्ञान तथा अनुभवको आकाश खोज्दा म उहाँको गुनासोको झरीले निथ्रुक्क भिजेँ ।
ज) अङ्गे्रजीमा सपना 
धेरै पुराना पुस्ताले माधवलाल कर्माचार्य र केशरलाललाई अङ्ग्रेजीको आधिकारिक व्यक्ति मान्नु हुँदो रहेछ । माधवलाल कर्माचार्यलाई त मैले उहाँ बस्नु भएको कोठामा गई आफ्नो कविता पनि अनुवाद गर्न दिएको हुँ । तर केशरलालसँग कुराकानी गर्दा थाहा भयोः उहाँले त एक कक्षा पनि औपचारिक शिक्षा हासिल गर्नु भएको रहेनछ । तथापि उहाँको कमाण्ड अङ्गे्रजीमै रहेछ । अङ्ग्रेजीमा लेख्ने अङ्ग्रेजीमा पढ्ने । मैले उहाँसँग सोधेँ ः तपाई कुन भाषामा सपना देख्नु हुन्छ ? उहाँले भन्नु भोः अङ्ग्रेजीमा । म छक्क परेँ । उहाँ रस्किन बण्ड मन पराउने असल पाठक हुनु हुन्थ्यो । यस घटनाले मलाई आफ्नो अङ्ग्रेजी ज्ञानप्रति दया लागेर आयो ।    
७. स्वीकार अस्वीकार दुवै  
विशेषाङ्कको काममा लाग्दा थाहा भयोः सत्यमोहन आम रूपमा सकारात्मक र सहयोगी हुनु हुँदो रहेछ । उमेरको कारणले पनि उहाँलाई सबैजसोले श्रद्धा गर्ने रहेछन् । तर प्रज्ञा प्रतिष्ठानको जागिरको क्रममा उहाँले निर्वाह गरेको भूमिका, एक बेला काम मार्फत देखिएको राजावादी रुझान, सांस्कृतिक संरक्षणको क्रममा उहाँले व्यक्त गरेको विचार, भाषा आन्दोलनमा उहाँले खेलेको वा खेल्न सक्ने भूमिकाको दाँजोमा उहाँको क्रियाकलापको कारण केहीले भने उहाँको विषयमा लेख्न अलि आनाकानी गर्नु भयो । नलेख्नेहरूको धारणा स्पष्ट र तर्कसम्मत थियो । माथि उल्लेख गरिएको सन्दर्भमा अशेष मल्ल, पिटर जे कार्थक, लोक बहादुर शाक्य, रमेशकाजी स्थापित आदिले उहाँको बारेमा कलम नचलाउने स्पष्ट धारणा राख्नु भयो । यही सन्दर्भमा कुराकानी गर्दा माधव काफ्लेले उहाँले प्रज्ञामा छँदा हरिभक्त कटुवाललाई अपमानित गरी जागिर निकालेको प्रसङ्ग निकाल्नु भयो । लेख माग्ने क्रममा पिटर जे कार्थकले प्रज्ञामा काम गर्दाको बेलादेखि उहाँसित मतभिन्नता रहेको, लोक बहादुर शाक्यले उहाँ बुद्धवादी देखिए पनि पूर्णतः अहिंसावादी हुन नसकेको र रमेशकाजी स्थापित लगायतका साथीले नेपाल भाषा आन्दोलनमा उहाँले आफू पदमा भएको बेला खासै योगदान गर्न नसकेको भनी भने पछि मैले उहाँहरूलाई लेख्न कर लगाइन । लेख्छु भनी जिम्मा लिनेहरूमध्ये कोहीले आफ्नो व्यस्तताको कारणले, केहीले चित्त दुखाइ वा सैद्धान्तिक मतभेदका कारणले वा यो विशेषाङ्क यति बृहत् र समयमै निस्किन्छ भनी अन्दाज गर्न नसकेको कारण लेख्नु भएन । यति सकारात्मक, सक्रिय, अरुलाई सघाइ रहने व्यक्तिको बारेमा लेख्न त आनाकानी हुन्छ भने अरुको बारेमा किन विवाद नहुने ? मलाई व्यवहारमै यो कुरा हेक्का भयो । जति सकारात्मक सोची अरुलाई सघाए पनि आफ्नो हालत त्यही हुने सवालमा म विश्वस्त भएँ । 
८. लेखन र ताकेता
काम तथा व्यक्तिको सूची बनाएपछि मेले एसएमएसबाट लेखकहरूलाई धेरै ताकेता गरेँ । धेरै लेखकहरूले अलि झर्को पनि मान्नु भयो । कतिलाई त करिव पचास साठी पटकभन्दा बढी नै पटक ताकेता गरेँ । जति झर्को माने पनि मलाई सामग्री सङ्कलन गर्नै थियो । मैले चाहिँ जे जस्तो मनोविज्ञान भोगेर पनि ताकेता गर्दै गएँ । काममा सहयोगका कारण सुमी लोहनीलाई अतिथि सम्पादकमा भिœयाएँ । नेपाल भाषा क्षेत्रका साथीहरूको रचना सङ्कलन गर्न केही सहयोग गर्नु भएकाले प्रेमशान्ति तुलाधरलाई पनि अतिथि सम्पादकको रूपमा आमन्त्रण गरेँ । सुमीजी त्यसपछि सम्पादक मण्डलमा सामेल पनि हुनु भयो । अहिले उहाँले हिन्दी रचनाको अनुवाद तथा सेटिङ लगायतको काममा इमान्दारीपूर्वक सघाउनु भएको छ । यही कामको कारण मैले उहाँलाई भरपर्दो साथी बनाउन सकेँ ।  
९. नयाँ व्याकरण र शैली÷ सुन्दरजीको कला 
सामग्री सङ्कलन भइ सकेपछि टाइप तथा प्रुफको आयो । धेरैजसो सामग्री टाइप भएरै आयो । केही कीर्तिपरमा टाइप गराइयो । डिडी अधिकारी लगायतका साथीले त्यसमा सामग्री लैजान र ल्याउन सघाउनु भयो । केही मैले, केही रमेशजीले र केही सुमीजीले टाइप ग¥यौँ । भाषा व्याकरणको हकमा त्रिभुवन विश्व विद्यालय र प्रज्ञा प्रतिष्ठानले नयाँ व्याकरणलाई प्रयोग गर्ने भने पछि र हाम्रो टिमका साथीहरू पनि त्यही अभियानका सदस्य हुनु भएकाले हामी नयाँ व्याकरण अनुसार पत्रिका वा विशेषाङ्क निकाल्ने भयौँ । त्यसको पक्ष वा पिपक्षमा म धेरै लागिन । अहिले पनि त्यति मन दिएर लागेको छैन । नयाँ व्याकरण तथा हिज्जे प्रयोग गर्दाको असहजता भने भोगिरहेको छु । नयाँ भाषा तथा हिज्जेको जिम्मेबारी कार्यकारी सम्पादक रमेश पोखरेलजीलाई जिम्मा दिएँ । उहाँले पूरै सघाउनु भयो । प्रश्रितजीको सुझाव अनुसार र भनाइ अनुसारको लेखाइ गर्न ‘संस्कृति र ‘सांस्कृतिक’ शब्दलाई ‘सँस्कृति’ र ‘सांस्कृतिक’ हिज्जे प्रयोग गरियो । त्यसमा मेरो मन त्यति रमाउन सकेन र पनि त्यही गरियो । समुह काममा त्यस्तो हुन्छ । सोही अनुसार विशेषाङ्क प्रकाशित भयो । प्रेसका साथी विष्णु आचार्यजीले यस विशेषाङ्कलाई समयमा निकाल्नका लागि निकै नै मिहिनेत गर्नु भयो । आवरणकला सुन्दरजीले बनाउनु भयो । ग्रन्थको आधा मूल्य सुन्दर आवरणले नै जगाएको छ । उहाँले त्यो चित्र विमोचन कार्यक्रममा सत्यमोहन दाइलाई उपहार दिनु भयो । 
१०. सहयोग 
धेरै मिहिनेत पश्चात् विशेषाङ्क तयार भयो । सोचेका, अनुरोध गरिएका र ताकेताको झटारोले लिन खोजिएका कयौँ लेख आएनन् । आएका कयौँ लेख स्तरीय हुन सकेनन् । तैपनि धेरै व्यक्ति र सन्दर्भलाई समेट्न ग्रन्थको बाक्लो भयो । प्रकाशन पश्चात् बिमोचनको लागि समय मिलाउँदै थिएँ । सोही समयमा उहाँको क्यानडामा बस्ने माहिला छोरा हेमन्त र बुहारी बिजुला नेपाल आउनु भयो । मैले सकेसम्म उहाँहरू रहँदाकै समय विमोचन गर्न खोजेँ । बत्ती बिजुली लगायतका कारण काम पूरा गर्न अलि भ्याइएन । एकाध दिनले उहाँहरू उम्किनु भयो ।  त्यसपूर्व सत्यमोहन दाइले मलाई भन्नु भयोः ‘हेमन्त आएको छ, म उसलाई अलिकति सहयोग गर्न भनिदिउँ ?’ मैले मानिन । मैले सत्यमोहन दाइलाई भनेँ ‘यो काम बापत म तपाइँको छोरासित पैसा लिन्न ।’ ग्रन्थ निकालेको करिब २ वर्षपछि हेमन्त जोशीजीसित म एडमन्टन, क्यानडा जाँदा भेट भयो । म उहाँको घरैमा गई एकप्रति ग्रन्थ उपहार दिएँ । यसरी सत्यमोहन दाइसित केही लिनुको बदला मैले उहाँलाई पटक पटक गरी सयौँ प्रति ग्रन्थ सित्तैँमा घर पु¥याई दिएँ ।  
११. खाँटी कुरा 
सबैसित लेख रचना माग्दा, आएका रचनाका सन्दर्भ पढ्दा तथा आफैँले सङ्गत गर्दा थाहा भयोः सत्यमोहन सरल र सक्रिय व्यक्ति हुनु हुन्छ । ठुलो स्तरको विद्वता भन्दा पनि उहाँ समाजलाई आवश्यक सबै सवाल बुझ्न चासो दिनु हुन्छ, आफूले जानेको विषय अरुसित शेयर गर्नु हुन्छ र सबैलाई केही न केही गर्न प्रेरित गरिरहनु हुन्छ । बृद्ध उमेरमा पनि नित्य सक्रिय भइरहनु हुन्छ । लेखपढलाई आत्मसात गर्नु हुन्छ । खेतको माटोमा मिसिएका किसानदेखि राष्ट्रपति वा ससाना बालकको कार्यक्रम सबैलाई समान महŒव दिनु हुन्छ । सभामा बोल्दा स्रोता मनोविज्ञान, सामयिक सन्दर्भ तथा तत्क्षण चर्चा गरिएका विषय सबलाई ख्याल गर्नु हुन्छ । सबभन्दा गज्जबको कुरा उहाँले आफ्नो कामलाई लेखनको विषय बनाउनु हुन्छ । उहाँमा सामान्यतया घमण्ड र अहङ्कार देखिदैन । कसैले उहाँलाई बढी नेवार देख्छन्, कसैले नेवार भएर पनि त्यसको उत्थानमा लाग्दैन भन्छन् । मैले हेर्दा उहाँमा अतिशय सङ्कीर्णता देखिदैन । संस्कृतिका विविध पक्षका बारेमा उहाँको चासो र बुझाइ सम्यक छ । त्यही कारण मैले उहाँलाई शताङ्कको लागि चयन गरेको हुँ । तत्काल बिग्रिरहेको सामाजिक सद्भावको हिसावले पनि बाहुन थर भएको मैले उहाँलाई सम्मान गर्न आवश्यक थियो । यो उच्च दर्जाको सामाजिक सद्भावको सन्देश दिनको लागि मैले अज्माएको सूत्र पनि थियो । त्यो कुरा केही केहीले मात्र हेक्का गरेका छन् । समूहमा रहेर पनि ‘म’ शब्दको उच्चारण आफ्नै बाध्यता हो ।
१२. बिमोचन
अनेक यत्नहरूलाई एकीकरण गरी पत्रिका छपाइको काम सकियो । तीनै प्रज्ञा प्रतिष्ठानका कुलपति, गभर्नर, प्रश्रितजीको हातबाट शताङ्क विमोचन गर्ने कुरा थियो । काम ठुलो् भएकाले प्रेसलाई प्रभावकारी तवरले बोलाउनु पर्छ भनी त्यस कामको जिम्मा केही साथीहरूले लिएका थिए । उनीहरूको हातबाट माखो मरेन । मैले आफू कार्यरत नेपाल राष्ट्र बैङ्क थापाथलीमा अवस्थित बैङ्कर्स क्लबको हल तोक लगाएँ र बैंकिङ कार्यालयका कार्यकारी निर्देशक हरि प्रसाद काफ्लेलाई भेटी सबै कुरा बताएँ । उहाँलाई सो कार्यक्रममा गभर्नरको पनि उपस्थिति हुन्छ भन्ने जनाउ दिई जेनेरेटरको व्यवस्था गरिदिन अनुरोध गरेँ । कार्यक्रम हुने समयमा लोड सेडिङ चालु थियो । ठुलो हल भएकाले प्रकाश तथा आवाजका लागि बत्ती अनिवार्य नै थियो । जेनेरेटर चलाउने व्यक्ति घर गइ सकेछन् । हरि काफ्लेलाई जनेरेटरको कुरा गर्दा सम्बन्धित व्यक्ति घर गइसकेछ, त्यो त हुँदैन भन्ने जवाफ दिए । गभर्नर युवराज खतिवडाजस्तो योग्य व्यक्तित्व गभर्नर भएको बेलामा उहाँलाई आफूले हाल्ने भोटसँग अमिल्दो व्यक्ति ठानी असहयोग गर्ने निम्छरा उच्चाधिकारीको नियतको अँध्यारो फोटो मेले त्यही बेला हृदयमा खिचेँ । म स्वयम् त्यही संस्थाको निर्देशक थिएँ । हामी उत्तेजनामा आएनौँ । छुद्रतालाई सहनुको कुनै विकल्प पनि थिएन । सहभागी आइसकेपछि ठुलो पानी प¥यो । त्यति ठुलो हलमा विना बत्ती कार्यक्रम सञ्चालन गरियो । हल करिव भरिएको थियो । बत्ती नदिएको पीडा भन्दा पनि समाजमा उत्तम काम गरेको गर्वले हामी चुलियौँ । मैले उपस्थित करिब ४०० जना सहभागीलाई ८५६ पृष्ठको किताब दिई धन्यवाद ज्ञापन गरेँ ।  
१३. छपाइमा छुट
सीमित व्यक्तिले अनेक सीमाका बीच ठुलो स्तरको काम रातारात गर्नु पर्ने काम गर्दा गल्ती त्रुटी भइहल्दो रहेछ । त्यसो त हामीले किताबको काम गर्दा केही न केही त्रुटी भित्र्याएकै छौँ । टिम काम गर्न भन्दा नाम लेख्नको लागि बढी काम लाग्ने रोग अभियान वा सामुहिक कामको अहिलेसम्मको रोग नै हो । हामी यस काम गर्दा साना ठुला त्रुटी हुने नै भए । पत्रिकाको कार्यालय भए पनि पुराना किताब राख्ने प्रयोजनमा मात्रै भाडा तिरिएको छ । नियमित बैठक गर्न साथीहरूलाई फुर्सद छैन । आफू पनि अस्त व्यस्त प्रकृतिको छुः पेसामा पनि छु अरु काममा बाँडिएको पनि । तैपनि समय निकालेर साथीहरूको सहयोगमा यति काम भयो । समयमै काम थालनी गरेको कारण धेरै व्यक्तिका अमूल्य विचार राख्न पाएँ । अन्यथा कतिपयलाई यस धर्तीमा फेला पार्न सकिदैनथ्यो । त्यसमा अलि अलि सन्तोष पनि छ । फुर्सदमा गर्न खोजेको भए ती सामग्री छुट्थे ।  छपाउँदै जाँदा एक जना साथी सुरेन शाक्यको रचना छुटेछ । त्यसलाई पुनः छपाएर बाइण्डिङ गरेँ । समयमै पठाएको रचना पनि कता हरायो हरायो, पत्तै भएन । तैपनि सकेको सुधार गरेँ । गल्ती सुधार गर्नु नै उत्तम कार्य हो । डा. शैलेन्दुप्रकाश नेपालको चाहिँ शीर्षक नै छुटेछ । विषय सूचीमा छ, मूल पाठमा शीर्षक छैन । त्यस्तै, कम्प्युटर गर्न नजान्ने दुई जना विद्वान्को लेखोट मैले हराएको पनि छु । एक जना प्रा. गोपीकृष्ण शर्माको, अर्को तेजेश्वरबाबु ग्वँगःको । दुवै जना सज्जनले पछि अर्को लेखिदिनु भयो । प्रा. शर्माको लेख मैले ग्रन्थ छापिएको केही महिनापछि घरमा फेला पारेँ । उहाँहरूको यस सज्जनताप्रति म कृतकृत्य छु । सीमित समय तर अस्तव्यस्त व्यवस्थापनको बाबजूद पनि काम भयो । त्यसमा मलाई ग्लानिभन्दा सन्तोष नै लागेको छ ।   
१४.  छुटेको कुरा
ग्रन्थ मोटो भएको र धेरै जनालाई योजना बनाएर काम बाँडेकाले सत्यमोहन दाइका बारेमा धेरै विषय तथा आयाम समेटिएका छन् । तर पनि केही पक्ष छुटेका छुटेका पनि छन् । उहाँ अनुवादक पनि हुनु हुन्थ्यो । उहाँले अनुवाद गर्नु भएको कतिपय कृतिको बारेमा चर्चा छुट भएको छ । उहाँले त्रिचन्द्र कलेज पढ्दा अङ्ग्रेजी गद्य काव्यबाट सिको गरेर लेखिएको २ काव्यको बारेमा चर्चा हुन सकेको छैन । कैयौँ विषय धेरै जनाको संस्मरणमा आएको छ अर्थात् विषवस्तु दोहोरिएको छ । उहाँको अङ्ग्रेजी कृतिको बारेमा चर्चा हुन सकेको छैन । त्यस्तै, मूल नेवारीमा लेखिएका कृतिको बारेमा पनि चर्चा हुन सकेको छैन । यस्तो हुनुमा अलिअलि योजनागत र धेरै चाहिँ जिम्मा दिइएका लेखकको व्यस्तता कारण रहेको छ ।       
१५. छिरेको उज्यालो 
कर्मठ व्यक्तिबाट धेरै कुरा सिक्न सकिन्छ । मेरो प्रयत्न त्यही सिकाइको एक कडी थियो । काम ठुलै भयो । कार्यक्रममा दिल खालेर ग्रन्थ बाँडियो । तर पत्रिका वा मिडियाले त्यस कामको चर्चा गरेनन् । यसमा मलाई कुनै खेद छैन । के काम गरेँ मैले इमान्दारीपूर्वक गरेँ । ज्ञान बाँड्ने चासो हो मेरो । यो खासमा समयबोधले गरिएको काम थियो । काम गर्दै जाँदा आएको जोश र स्वतःस्फुर्त जाँगर तथा प्रेरणा आफैँमा इतिहास भएको छ । म त्यस ऊर्जालाई कहिल्यै बिर्सिन सक्तिन । यति ठुलो कामको चर्चा परिचर्चा नहुँदा मन अँध्यारिन्छ कि भन्ने आशङ्का म आफैँसँग थियो । भोलिपल्ट समाचार ब्ल्याक आउट पनि भयो । तैपनि मेरो मन खिन्न भएन । कामबाट प्राप्त गरेको गर्वलाई मैले अचर्चाको खिन्नतामा साटिन । हृदयमा गर्व कायमै रह्यो । मनमा छिरेको उज्यालो मास्न खिन्नताको कुपित अँध्यारो छिर्नै पाएन । यसमा मेरो जित भयो ।      
१६. पुरस्कारको ओइरो 
विशेषाङ्कको प्रकाशनपछि सत्यमोहन दाइलाई सम्मान र पुरस्कारको ओइरो नै लाग्यो । देशभरिबाट उहाँलाई सम्झिने र सम्मान गर्ने क्रममा बढोत्तरी भयो । उहाँको बारेमा केही चर्चा चल्यो कि,  कहिँकतै बायोडाटा दिनु प¥यो कि त्यही विशेषाङ्क दिने गर्नुभयो । त्यसपछि त काण्डै खतम । यसले निकै काम ग¥यो । यही आधारले उहाँलाई शताब्दी पुरुष बनाउन, शताब्दी जन्मोत्सब मनाउने आयोजक समिति बनाउन प्रेरणा दियो । 
अनेक कमजोरीका बाबजूद म सत्यमोहन विशेषाङ्कको सम्पादन प्रकाशनको आफ्नो कार्यप्रति गर्वबोध गर्छु । 


ताप्लेजुङका पत्रपत्रिकाको सङ्क्षिप्त इतिहास
 हेमराज अधिकारी


परिचय
नेपालको सुदूर पूर्वोत्तरमा अवस्थित ताप्लेजुङ जिल्ला प्राकृतिक र सांस्कृतिक दृष्टिले ज्यादै सम्पन्न छ । भारतको सिक्किम र चीनको तिब्बत प्रान्तसँग सिमाना जोडिएको नेपालको एक मात्र जिल्लाका रूपमा परिचित ताप्लेजुङ अनेकौँ वनस्पति, जडीबुटी, जीवजन्तु, चराचुरुङ्गी, हिमाल, ताल, पोखरी, झर्ना, नागी, भञ्ज्याङ, मठमन्दिर र गुम्बाहरूका साथै मनोहर हिमनदी र लालीगुराँसका कारण पनि प्रसिद्ध रहेको छ । मेची अञ्चलका चारवटा जिल्लाहरूमध्ये ताप्लेजुङ सुदूर पूर्वोत्तरमा अवस्थित हिमाली जिल्ला हो । २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लमा विभाजन गर्नुपूर्व यो जिल्ला धनकुटा गैँडाअन्तर्गत पर्दथ्यो । नेपाल अधिराज्यमा गाभिनुपूर्व यस जिल्लाको इतिहास किरात प्रदेशसँग जोडिएको छ ।

विषय–प्रवेश
सामाजिक परिवर्तनका लागि पत्रपत्रिकाको अहम् भूमिका हुने कुरामा दुई मत हुन सक्दैन । शैक्षिक, राजनीतिक, सांस्कृतिक चेतनाको विकास र विस्तारका लागि पत्रपत्रिकाहरूको महŒवपूर्ण योगदान हुने गर्दछ । पत्रपत्रिकाको विकास र समुन्नति नै समाज विकासको पूर्वाधार हो । पत्रपत्रिकाहरूको प्रकाशनबाट नै साहित्यका विभिन्न विधाहरूले फस्टाउने मौका पाउँछन् । मोतीराम भट्टबाट प्रारम्भ भएको मानिने नेपाली पत्रकारिता यस जिल्लामा २०१६ सालमा मात्र प्रवेश गरेको हो । वि.सं. २०१६ सालमा जगमोहन शाक्यको सम्पादनमा प्रकाशित भएको ‘सगरमाथा’ हस्तलिखित मासिक पत्रिका नै यस जिल्लाको प्रथम प्रकाशित पत्रिका हो ।
वि.सं. २०२१ सालमा भानुजन माध्यमिक विद्यालयले ‘भानु’ नामक मुखपत्र प्रकाशित गरी ताप्लेजुङ जिल्लाको साहित्यिक पत्रकारिताको यात्रालाई संस्थागत रूप दियो । त्यसपछि यस जिल्लाबाट व्यक्तिगत र सामूहिक प्रयासबाट हालसम्म पनि विविध खाले पत्रिकाहरू प्रकाशित हुँदै आएका छन् । तिनीहरूलाई साहित्यिक र समाचारमूलक गरी दुई वर्गमा छुट्याई त्यसभित्रका पनि प्रत्येक पत्रपत्रिकालाई अलगअलग शीर्षकमा राखी प्रकाशन समयका आधारमा सङ्क्षेपमा परिचय दिइएको छ ।
साहित्यिक पत्रपत्रिका
ताप्लेजुङ जिल्लाबाट साहित्यिक मासिक, साहित्यिक त्रैमासिक, अर्धवार्षिक, मुखपत्र, स्मारिका, सामयिक सङ्कलन गरी हालसम्म २४ वटा पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् । तिनीहरूको छोटो परिचय यसप्रकार छ ।

सगरमाथा
यो ताप्लेजुङ जिल्लाबाट प्रकाशित पहिलो पत्रिका हो । हस्तलिखित पत्रिकाका रूपमा प्रकाशित यस पत्रिकाका सम्पादक जगमोहन शाक्य हुन् । जम्मा ६ अङ्क निस्केपछि यो पुनः प्रकाशित भएन । कथा, कविता, निबन्ध, साहित्यिक विधाहरू समावेश गरिएको यस पत्रिकाले ताप्लेजुङमा साहित्यिक चेतना फिजाउने कार्यमा निकै सघाउ पु¥याएको देखिन्छ ।
भानु 
भानु फुङलिङस्थित श्री भानुजन मा.वि.ले प्रकाशन गरेको वार्षिक मुखपत्र हो । पहिलो अङ्कका सम्पादकहरू गोरखप्यारा श्रेष्ठ, रामकुमार श्रेष्ठ र जगमोहन शाक्य रहेका देखिन्छन् । गोकुल जोशी, भानुभक्त पोखरेलजस्ता राष्ट्रिय स्तरका लेखकहरूदेखि स्थानीय तहका सिकारु अवस्थाका लेखकहरूका रचना समेटिएको ‘भानु’ पत्रिकाका जम्मा तीन अङ्क प्रकाशित भएका देखिन्छन् । ताप्लेजुङ जिल्लाका साहित्यप्रेमी र सर्जकहरूका बीच निकै लोकप्रिय बनेको यस पत्रिकाले तत्कालीन समयमा साहित्यिक क्षेत्रमा निकै ठूलो योगदान दिएको कुरालाई कसैले पनि नकार्न सक्दैन ।
तुवाँलो
ताप्लेजुङ जिल्लाको पनि दुर्गम मानिने फाकुम्बाबाट पहिलोपटक २०२४ सालमा झुल्किएको ‘तुवाँलो’ फेरि प्रकाशनको उज्यालोमा आएन । भवानीप्रसाद गौतम सम्पादक रहेको यस पत्रिकाले पनि आफ्नो पहिलो अङ्कबाट ताप्लेजुङको साहित्यिक विकासमा आफूलाई अमिट बनाएर छोड्यो ।
झुप्रो
झुप्रो वि.सं. २०४४ सालमा श्री ५ वीरेन्द्रको शुभजन्मोत्सव अङ्कका रूपमा प्रकाशित भएको हो । ‘जन्मोत्सवाङ्क’ भनेर छापिए पनि यसमा श्री ५ वीरेन्द्र र जन्मोत्सवसम्बन्धी कुनै पनि सामग्री छापिएका छैनन् । राजेश्वर थापा सम्पादक र मोती झुप्रो साहित्यिक प्रकाशन खोकलिङका लागि अम्बिका साँवा प्रकाशक रहेको यस पत्रिकामा खलिल जिब्रान, इभान तुर्गनेवजस्ता विश्वचर्चित साहित्यकारका रचनादेखि लिएर देवकुमारी थापा, भैरव अर्यालजस्ता राष्ट्रिय प्रतिभाका र स्थानीय रचनाकारका रचनाहरू छापिएका छन् । पहिलो अङ्क प्रकाशित भएपछि फेरि यसको प्रकाशन भएन तापनि साहित्यिक र सांस्कृतिक चेतनाका साथै साहित्यिक विधाहरूको विकासमा र नयाँ प्रतिभाहरूलाई प्रेरणा दिने महान् कार्यमा यसको अमूल्य योगदान सधैं स्मरणीय छ ।
नोटको मखुण्डो
वि.सं. २०२६ सालमा प्रकाशित नोटको मखुण्डो लिथोबाट प्रकाशित जिल्लाको पहिलो पत्रिका हो । भरत चूडाल सम्पादक रहेको यस पत्रिकाले पनि फेरि प्रकाशनको उज्यालो देख्ने सौभाग्य पाएन । यस पत्रिकाले आफ्नो एक अङ्कमै थुप्रै युवाहरूलाई साहित्यिक सिर्जनामा प्रेरणा दिएको तथ्य स्मरणीय छ ।
मुहान
फाकुम्बा गाविसबाट प्रकाशित यस पत्रिकाले पनि पहिलो अङ्क पछि प्रकाशनको उज्यालो देख्न पाएन । भवानीप्रसाद गौतम सम्पादक र प्रकाशक रही प्रकाशित यस पत्रिकामा साहित्यका कथा, कविता, समलोचनाजस्ता विधा समेटिएका छन् । स्थानीय साहित्यप्रेमी र सर्जकहरूका रचना छापेर साहित्यिक सिर्जनाको क्षेत्रमा युवाहरूलाई प्रेरणा प्रदान गर्ने कार्यमा यसको राम्रो भूमिका रहेको छ ।

थोक्ला
वि.सं. २०३० मा देवनागरी लिपीमा लिम्बू भाषामा प्रकाशित भएको यो ताप्लेजुङ जिल्लाकै पहिलो साहित्यिक पत्रिका हो । रणबहादुर मेयाङ्बो, देवेन्द्र कन्दङ्वा र बिजलीप्रसाद अन्छाङ्वो यस पत्रिकाका सम्पादक÷प्रकाशक रहेका देखिन्छन् । नेपाली भाषापछि लिम्बू भाषा यस जिल्लाको दोस्रो मुख्य बोलचालको भाषा हो तापनि यस भाषामा खासै प्रकाशनहरू नभएको अवस्थामा यसको ऐतिहासिक महŒव त छँदैछ तर दुर्भाग्यवस यसले पनि निरन्तरता भने पाउन सकेन ।
शैक्षिक जागरण
जिल्लाको शैक्षिक तथ्याङ्क र सामयिक रचनाहरू समावेश गरिएको यस पत्रिकाको प्रकाशन २०४२ सालमा भएको हो । तत्कालीन का.मु. जि.शि.अ. रामदयाल दास र पशुपतिनाथ भट्टराई, शिवप्रसाद दाहाल, केशवप्रसाद दाहाल, लयप्रसाद निरौला सम्पादक रहेको यस पत्रिकाको प्रकाशन जिल्ला शिक्षा कार्यालयले गरेको हो । साहित्यिक विधाहरूअन्तर्गत कथा, कविता, समीक्षा र सामयिक लेख रचनाहरू समावेश गरिएको यस पत्रिकाले जिल्लाको शैक्षिक विकासको थोरै भए पनि चर्चा गरेको छ भने केही तथ्याङ्कहरू पनि प्रस्तुत गरेको छ । शैक्षिक चेतनाको वृद्धि गर्ने कार्यमा यस पत्रिकाको महŒवपूर्ण भूमिका रहेको छ ।
शुभारम्भ
वि.सं. २०४६ सालको नयाँ वर्षको उपलक्ष्यमा प्रकाशन गरिएको यस पत्रिकालाई शुभ कार्यको आरम्भको रूपमा प्रकाशन गरिएको भए पनि आरम्भमै यसले विश्राम लियो । राजेश्वर थापा, रविमान लमजेल र सुवास श्रेष्ठ सम्पादक रहेको यस पत्रिकामा साहित्यिक र समसामयिक रचनाहरू सङ्कलित छन् । खास गरी स्थानीय स्तरका प्रतिभाहरूलाई साहित्यिक सिर्जनाको क्षेत्रमा हौस्याउने प्रयास चाहिँ यसले गरेको छ ।
रेडक्रस
श्री ५ वीरेन्द्रको ४५औँ शुभजन्मोत्सवको अवसर पारेर वि.सं. २०४६ सालमा प्रकाशित यस पत्रिकाको प्रधान सम्पादक राजेश्वर थापा रहेका छन् भने यसको प्रकाशन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ताप्लेजुङले गरेको हो । नेपाली राजनीतिका सुविख्यात हस्तीहरू कीर्तिनिधि विष्ट, राजेश्वर देवकाटाका समेत लेख रचना समावेश गरिएको यस पत्रिकामा जिल्लामै रहेर साहित्यिक सिर्जनामा क्रियाशील प्रतिभाहरूको उल्लेख्य उपस्थिति रहेको देखिन्छ । रेडक्रस बुलेटिन भनेर प्रकाशन गरिए पनि यस पत्रिकामा साहित्यिक विधाहरूलाई नै प्रमुखताका साथ स्थान दिइएको छ । अवसरको खोजीमा रहेका स्थानीय तहका प्रतिभाहरूलाई समेटेर प्रकाशन गरिएको यस पत्रिकाको योगदान जिल्लाको साहित्यिक इतिहासमा स्मरणीय रहने छ ।
हाम्रो तमोर
यसको प्रकाशन जनसांस्कृतिक मञ्च ताप्लेजुङले वि.सं. २०४८ मा गरेको हो । पुण्य खरेल सम्पादक रहेको यस पत्रिकामा वामपन्थी राजनीतिमा समेत सक्रिय रहेका अधिकांश स्रष्टाहरूका जनपक्षीय भावहरू समेटिएका छन् । जम्मा ३ वटा कथा र १९ वटा कविता मात्र समावेश गरिएको यस पत्रिकाले साहित्यिक विधाहरूलाई माध्यम बनाएर राजनीतिक चेतना फिजाउने उद्देश्य राखेको देखिन्छ । जेहोस् ताप्लेजुङको साहित्यिक विकासमा यसले ठूलो सघाउ पु¥याएको छ ।
आहुति
विजयकुमार श्रेष्ठ सम्पादक÷प्रकाशक रही वि.सं. २०५० सालमा यसको प्रकाशन भएको हो । साहित्यिक विधाहरू र सामयिक लेखहरू समाविष्ट यस पत्रिकाको पुनः प्रकाशन भएन । तापनि प्रकाशनको खडेरी रहेको यस जिल्लाका लागि यसले साहित्यिक खुराकहरूको वर्षा गरी थोरै भए पनि सुकेका ओठहरूलाई रसाउने प्रयास गरेको छ ।
उत्साह
यसको प्रकाशन नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले गरेको हो । गोपाल गुरुङ, पदम पालुङ्वा, दमन यङ्देन सम्पादक रही पहिलोपटक २०५० मा प्रकाशन गरिएको यस पत्रिकाका जम्मा २ अङ्क प्रकाशित भएका देखिन्छन् । वी.पी. कोइराला, गणेशमान सिंहजस्ता प्रबुद्ध राजनीतिज्ञहरू र जिल्लाका नेपाली कांग्रेस र ने.वि.सङ्घका नेता, कार्यकर्ताका लेख रचनाहरू समेटिएको यस पत्रिकाले ताप्लेजुङ जिल्लाका हिमाल, ताल, पोखरी, वनस्पति र स्थानहरूको परिचय पनि राम्रैसँग प्रस्तुत गरेको छ । ताप्लेजुङ जिल्लाको भूगोल, राजनीति, जातजातिका विषयमा यस पत्रिकाले राम्रो सामग्री प्रस्तुत गरेको छ । साहित्यिक, राजनीतिक र सांस्कृतिक चेतनाको विकासमा यसको राम्रो योगदान रहेको छ ।
आगमन
यस पत्रिकाको प्रकाशन २०५२ सालमा भएको हो । जिल्लाकै प्रतिष्ठित साहित्यकार जगमोहन शाक्य सम्पादक रहेको यस पत्रिकामा स्थानीय साहित्यप्रेमी, सर्जकहरूलाई समेट्ने राम्रो प्रयास भएको छ । साहित्यका विविध विधा समेटिएको यस पत्रिकाले नवप्रतिभाहरूलाई साहित्यिक सिर्जनाको क्षेत्रमा निकै आकर्षित तुल्याएको छ । यसको पुनः प्रकाशन भएन तापनि जिल्लाको साहित्यिक इतिहासमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ ।
सुबोधिनी
यो जिल्लाको मेदिबुङस्थित श्री बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालको मुखपत्र हो । डिल्लीरमण बराल प्रधान सम्पादक रहेको यस पत्रिकाको प्रकाशन २०५२ सालमा भएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यालयका लागि योगदान दिने महानुभावहरूको समेत नामावली प्रकाशन गरिएको यस पत्रिकामा शिक्षक, विद्यार्थी, साहित्यकार र स्थानीय बुद्धिजीवीहरूका कथा, कविता, समीक्षा र लेखहरू छापिएका छन् । भर्खर सिकारू अवस्थामा रहेका विद्यार्थीहरूदेखि लिएर स्थापित स्रष्टाहरूका रचना समावेश गरिएको यस पत्रिकाले ताप्लेजुङको साहित्यिक पत्रकारिताको क्षेत्रमा आफ्नो भिन्नै चिनारी प्रस्तुत गरेको छ भने साहित्यिक सिर्जनामा युवाहरूलाई प्रोत्साहित गर्ने महŒवपूर्ण काम गरेको छ ।
खुला आकाश
यो सामूहिक सँगालोका रूपमा वि.सं. २०५३ देखि प्रकाशित हुँदै आएको पत्रिका हो । हालसम्म यसका पाँच अङ्क प्रकाशित भइसकेका छन् । हालसम्म जिल्लाबाट प्रकाशित भएका साहित्यिक पत्रिकाहरूमध्ये सबैभन्दा बढी अङ्क प्रकाशित भएको पत्रिका यही मात्र हो । जगमोहन शाक्य, रविमान लमजेल, नरनाथ भट्टराई, मोहनचन्द्र दाहालजस्ता जिल्लाका अगुवा साहित्यकारहरू सम्पादक रहेको यस पत्रिकाको प्रकाशन ताप्लेजुङ साहित्यिक परिवारले गरेको हो । चौथो अङ्कसम्म जिल्लामा क्रियाशील रहेका साहित्यकारका मात्र रचना छापिने गरेकोमा अङ्क पाँचदेखि भने जिल्ला बाहिरका पाँचजना स्रष्टाहरूलाई समेत समावेश गरिएको छ । राष्ट्रिय स्तरमै चर्चा पाएका जगमोहन शाक्य, रविमान लमजेलहरूका रचना हरेक अङ्कमा राखिएका देखिन्छन् भने जिल्लास्तरमा सक्रिय अन्य रचनाकारका रचनाहरू पनि यसमा समेटिएका छन् । जिल्लाभित्र र बाहिर पनि यसको प्रशंसा हुँदै आएको छ । यसले जिल्लाभित्र एउटा स्तरीय साहित्यिक पत्रिकाको भूमिका निर्वाह गरी सबैलाई बौद्धिक खुराक प्रदान गर्ने महŒवपूर्ण कार्य गरेको छ । जिल्लाको साहित्यिक इतिहासमा यसको अमूल्य योगदान रहेको छ ।
उभार
यो ढुङ्गेसाँघु गाविसबाट प्रकाशित हवाई पत्रिका हो । यसको पहिलो प्रकाशन वि.सं. २०५३ मा भएको हो । देवेन्द्र गौतम जुझारू सम्पादक रहेको यस पत्रिकाले स्थानीय साहित्यप्रेमी युवाहरूलाई सिर्जनाका लागि हार्दिक प्रेरणा प्रदान गरेको छ । यसभित्र लघु आयामका कथा, कविता, गीत, गजलहरू समेटिएका छन् ।
पाथीभरा
यो जिल्लाको एक मात्र क्याम्पस पाथीभरा क्याम्पसको मुखपत्र हो । क्याम्पसको परिचयसहित कथा, कविता, लेख, समीक्षा, समालोचनाहरू समावेश गरिएको यस पत्रिकाका सम्पादकहरू डिल्लीरमण बराल, मातृकाप्रसाद भट्टराई, कुलप्रसाद भट्टराई रहेका छन् भने यसको प्रकाशन पाथीभरा क्याम्पसले २०५४ मा गरेको हो । क्याम्पसका शिक्षक विद्यार्थी र अन्य स्रष्टाका लेख रचना समावेश गरिएको यो पत्रिका जिल्लाबाट प्रकाशित पत्रिकाहरूमध्ये स्तरीय पत्रिका हो । प्रशस्तै बौद्धिक खुराक पस्किएको यस पत्रिकाले युवावर्गलाई साहित्यिक क्रियाकलापमा प्रेरित गरेको छ भने ताप्लेजुङ जिल्लाको साहित्यिक लेखनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यसको अर्को अङ्क प्रकाशमा आउन सकेको देखिँदैन ।
ताप्लेजुङ स्मारिका
यसको प्रकाशन अधिकृत मैत्रीकेन्द्र ताप्लेजुङले वि.सं. २०५४ मा गरेको हो । रेवतप्रसाद खरेल प्रधान सम्पादक रहेको यस पत्रिकामा जिल्लामा कार्यरत कर्मचारीहरूका अधिकांश लेखरचनाहरू छापिएका छन् । जिल्लाको भूगोल, स्थान, कार्यालयहरूका प्रगति विवरणका साथै साहित्यिक लेख रचनाहरू समेत समेटिएको यो पत्रिका जिल्लाका बारेमा बुझ्न चाहनेहरूका लागि अत्यन्तै उपयोगी हुने देखिन्छ । कर्मचारीहरूको यस्तो क्रियाशीलता र जाँगरबाट स्थानीय व्यक्तिहरूसमेत प्रेरित हुनुपर्ने देखिन्छ ।
जस्केलो
जि.प्र.का. मा दर्ता भई प्रकाशित भएको जिल्लाको पहिलो साहित्यिक पत्रिका हो । हेमराज अधिकारी सम्पादक÷प्रकाशक रही २०५५ मा थुम्बेदिनबाट प्रकाशनमा आएको यो पत्रिका अर्धवार्षिक भनिए पनि फेरि प्रकाशनको उज्यालोमा आउन सकेन । राजेन्द्र सुवेदी, चूडामणि रेग्मी, रविमान लमजेलजस्ता राष्ट्रिय प्रतिभाहरूका रचनादेखि लिएर नवप्रतिभाहरूसम्मका रचना समेटिएको यस पत्रिकाले ताप्लेजुङे साहित्य र साहित्यकारहरूलाई चिनाउने स्तुत्य प्रयास गरेको छ भने नवप्रतिभाहरूलाई प्रेरित गर्ने महŒवपूर्ण कार्य समेत गरेको छ ।
स्मारिका
यो ताप्लेजुङबाट प्रजातन्त्रका लागि लड्दालड्दै कारागारमा मृत्युवरण गर्न पुगेका सहिद श्रीप्रसाद पराजुलीका सम्झनामा प्रकाशित स्मारिका हो । यसको प्रकाशन वि.सं. २०५४ सालमा भएको हा । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, रामचन्द्र पौड्यालजस्ता राजनीतिज्ञका शुभकामनाहरू समेत समावेश गरिएको यस पत्रिकाका प्रधान सम्पादक तुलसीप्रसाद भट्टराई हुन् भने यसको प्रकाशन सहिद श्रीप्रसाद पराजुली स्मृति परिषदले गरेको हो । यसमा सहिद श्रीप्रसाद पराजुलीका जीवनीसँग सम्बन्धित अनेक ऐतिहासिक प्रसङ्गका साथै राजनैतिक प्रसङ्गहरू समेत प्रस्तुत हुन आएका छन् । यो पत्रिका ताप्लेजुङ जिल्लाकै महŒवपूर्ण ऐतिहासिक दस्तावेज बन्न पुगेको देखिन्छ ।
हाङपाङ
यो ताप्लेजुङको हाङपाङस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रकाशित स्मारिका हो । यसको प्रकाशन २०५६ मा सरस्वती माध्यमिक विद्यालयले गरेको हो । यस स्मारिकाका प्रधान सम्पादक हर्क याक्सो हुन् भने प्रबन्ध सम्पादक बेनुप्रसाद चुडाल रहेका छन् । यस स्मारिकामा विद्यालयको गतिविधि, शिक्षक, कर्मचारीहरूको नामावली विद्यालयको परिचयदेखि थुप्रै साहित्यिक लेख रचनाहरू प्रकाशित भएका छन् । स्थापित साहित्यकारहरूदेखि लिएर सिकारू अवस्थाका विद्यार्थीहरूका रचनाहरूसम्म छापिएको यो पत्रिका ताप्लेजुङ जिल्लाकै शैक्षिक दस्तावेज बन्न पुगेको छ । यसले यहाँका नवप्रतिभाहरूलाई हुनसम्म गुण लगाई ठूलो प्रेरणा दिएको छ । ताप्लेजुङको साहित्यिक इतिहासमा यो स्मारिका सधैं स्मरणीय रहने छ ।
कञ्चनजङ्घा
यसको प्रकाशन ने.क.पा. (एमाले) ताप्लेजुङ काडमाडौँ सम्पर्क मञ्चले वि.सं. २०५७ सालमा गरेको हो । काठमाडौँमा बसोबास गर्ने ने.क.पा. (एमाले) समर्थित ताप्लेजुङेहरूको सङ्गठन ने.क.पा. (एमाले) ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चको मुखपत्रका रूपमा प्रकाशित यस स्मारिकाका सम्पादकहरू लेखनाथ गुरागाई, गोपालचन्द्र पोखरेल, फणीन्द्रराज निरौला, दङ्गध्वज खोयाहाङ, पासाङ शेर्पा रहेका छन् । ताप्लेजुङ जिल्लाको भूगोल, राजनीति, उद्योग, पर्यटन, साहित्य, जातजाति आदि विषय समेटिएको प्रस्तुत स्मारिका ताप्लेजुङका बारेमा जान्न बुझ्न चाहने जोसुकै पाठकहरूका लागि अत्यन्तै उपयोगी देखिन्छ । जिल्ला बाहिर रहेर पनि जिल्लाको सम्झना गरी यसरी सूचनाप्रद र ज्ञानवद्र्धक पत्रिका निकाल्ने यससँग सम्बन्धित सबै धन्यवादका पात्र बनेका छन् ।
पाथीभरा
यसको प्रकाशन ताप्लेजुङ विकास परिषद काठमाडौँले गरेको हो । वि.सं. २०५८ सालमा प्रकाशित यस पत्रिकाका सम्पादक टंक श्रेष्ठ रहेका देखिन्छन् । ताप्लेजुङको जलस्रोत, जातजाति, धर्म, संस्कृति, पर्यटनस्थलहरू र केही संस्मरण र कविताहरू समावेश गरिएको यस पत्रिकाले ताप्लेजुङको चौतर्फी विकासका लागि गरिनुपर्ने कार्यहरूको सूचीसमेत प्रस्तुत गरेको छ । ताप्लेजुङबाट काठमाडौँमा आई बसोबास गर्ने ताप्लेजुङप्रेमीहरूको प्रयास र जाँगरबाट प्रकाशित यसको महŒव आफ्ना ठाउँमा छँदैछ तर ताप्लेजुङका बारेमा जान्न चाहनेहरूका लागि पनि यो निकै उपयोगी हुने देखिन्छ । हालसम्म यसको प्रकाशनमा रोकावट आएको छैन ।

समाचारमूलक पत्रिकासमाचारमूलक पत्रिका
कञ्चनजङ्घा साप्ताहिक
यसको प्रकाशन जिल्लाबाट साप्ताहिक समाचारमूलक पत्रिकाका रूपमा वि.सं. २०५५ मार्ग १८ गतेबाट भएको हो । यस पत्रिकाका प्रधान सम्पादक डिल्लीरमण बराल रहेका छन् भने प्रकाशक चाहिँ युवराज बस्नेत हुन् । यसको कार्यालय ताप्लेजुङ बजारमै रहेको छ । खासगरी समाचार र गद्यलेखनतर्फ यसको महŒवपूर्ण योगदान रहेको छ ।
ताप्लेजुङ साप्ताहिक
साप्ताहिक रूपमा प्रकाशित हुने जिल्लाको पहिलो समाचार पत्रका रूपमा यसको चिनारी रहेको छ । यसको प्रकाशन आरम्भ वि.सं. २०५४ पुष ७ गतेबाट भएको हो । यसका सम्पादकका रूपमा किशोर राई रहेका छन् भने प्रकाशक चाहिँ मनमणि काफ्ले हुन् । समाचार र गद्यलेखनमा यसको राम्रो स्थान रहेको छ । फाटफूट गीत, कविता आदि साहित्यिक विधाको पनि प्रकाशन यसमा हुँदै आएको देखिन्छ ।
कञ्चनजङ्घा (पाक्षिक)
यो जिल्लाबाट प्रकाशित पहिलो पाक्षिक समाचारमूलक र गद्यलेख प्रधान पत्रिका हो । यसको प्रकाशन वि.सं. २०५१ जेठदेखि भएको हो । यसका प्रधान सम्पादकका रूपमा नराज श्रेष्ठ रहेका छन् भने प्रकाशक चाहिँ अरविन्दकुमार शर्मा रहेका छन् । यसको प्रकाशनमा नियमितता देखिँदैन । समाचार गद्यलेखन र फाटफुटरूपमा साहित्यका गीत कविता आदि प्रकाशन हुने यो पत्रिका हाल नियमित प्रकाशनमा आएको छैन ।
सूर्य पाक्षिक
यस पत्रिकाको प्रकाशन पाक्षिक रूपमा ताप्लेजुङ बजारबाट वि.सं. २०५५ सालबाट आरम्भ भएको हो । यसका प्रधान सम्पादकका रूपमा लीलाचक्र गुरुङ रहेका देखिन्छन् भने प्रकाशकका रूपमा चाहिँ नारायण चौलागाईको संलग्नता रहेको देखिन्छ । पाक्षिक भनिए तापनि यसको प्रकाशनमा नियमितता रहेको छैन । खास गरी समाचार, गद्यलेखन र फाटफुट रूपमा गीत, कविताहरू प्रकाशित हुने यसले स्थानीय जनतालाई सुसूचित गराउने कार्यमा निकै सघाउ पु¥याएको देखिन्छ ।
उज्यालो ताप्लेजुङ
यस पत्रिकाको प्रकाशन साप्ताहिक प्रकाशनका रूपमा वि.स.ं २०७० सालमा आरम्भ भएको हो । राजेन्द्र श्रेष्ठ सम्पादक रहेको यस पत्रिकामा स्थानीय समाचारलाई प्राथमिकता दिइएको पाइन्छ । यसमा केही समसामयिक विषयका लेखरचना छापिएका देखिन्छन् भने गीत, कविता, गजल आदि साहित्यिक रचनाले पनि स्थान पाएको देखिन्छ । हाल सम्म यस पत्रिकाको प्रकाशनमा निरन्तरता रहेको देखिन्छ । 
यस अतिरिक्त विभिन्न समयमा उत्साही साहित्यप्रेमीहरूले विविध खाले पत्रपत्रिकाहरू प्रकाशन गरिरहेकै छन् । नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा यस जिल्लाको महŒवपूर्ण योगदान रहेको छ । 
  

 अन्तर्वार्ता 

साहित्यिक पत्रपत्रिकामा नारीले 
निरन्तरता दिनुपर्छ 
भुवन ढुङ्गाना
(पूर्व सम्पादक तथा कवि)


साहित्यिक पत्रकारिता र समाचार पत्रकारितामा कत्तिको अन्तर छ ?
साहित्यिक पत्रकारितामा लामो समय लगाएर परिष्कृत पारिएका बौद्धिक विचारका सिर्जनालाई साहित्यको माध्यमबाट विविध विधामा प्रवाह गरिन्छ । साहित्यिक पत्रकारिता धेरै दिनसम्म दिगो हुन्छ जसले लामो समयसम्म प्रभाव पार्छ । समाचार पत्रकारितामा तात्कालीन समाचारका टिपोट जस्तै खोजमूलक, घटना प्रधान, व्यक्तिगत, अवसरका चर्चा आदि निबन्धपरक शैलीमा प्रस्तुत गरिन्छ । साहित्यिक पत्रकारिताले बौद्धिक चिन्तन गर्न सघाउँछ भने समाचार पत्रकारिता क्षणिक हुन्छ ।
साहित्यिक पत्रकारितामा तपाईंको अनुभव के कस्तो रहेको छ ?
वि.सं. २०२६ सालदेखि सिउँडी साहित्यिक पत्रिकाको प्रकाशनबाट साहित्यिक पत्रकारिता सुरु गर्नुको उद्देश्य साहित्यिक आन्दोलन ल्याउनु थियो । जसमा अमलेखका कुराहरू, त्यस बेलाको शासन व्यवस्थालाई साहित्य मार्फत प्रवाह गर्ने, समाजमा चेतना ल्याउने, परिवर्तनकारी भूमिका निर्वाह गर्ने उद्देश्यले सुरु गरेको थियो । त्यसमा बौद्धिक लेखकको जमात थियो । म एक्लै थिइनँ । विशेष सहयोगीका रूपमा पुरुषोत्तम बस्नेत हुनुहुन्थ्यो । त्यस बेलाको व्यवस्थाका कारण केही असहज भए तापनि साहित्यिक पत्रकारिता मार्फत केही चेतनामूलक भूमिका निर्वाह गर्न पाएकोमा रमाइलो भएको अनुभव गर्दछु । त्यस बेला व्यवस्था विरोधी रचना भन्ने अञ्चलाधीश कार्यालयका जाँचकीहरूले बुझेमा कालो मसी लगाएर दुःख दिन्थे । अक्षरको उपकरण पनि सजिलो थिएन । अहिले जस्तो खुल्ला वातावरण कहाँ हुनु नि ¤
साहित्यिक पत्रकारितामा कहिलेदेखि कसरी आउनुभयो र कहिलेदेखि किन हराउनुभयो ?
वि.सं. २०२६ सालमा समकालीन साहित्यिक समूह बनेको थियो, जसमा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, मदन रेग्मी, ध्रुवचन्द्र गौतमहरू हुनुहुन्थ्यो । उहाँहरूकै प्रेरणाबाट साहित्यिक पत्रकारितातिर समावेश भएँ । यही समूहगत निर्णयबाट सिउँडीको जन्म भयो । खास त मोहन दाइको प्रेरणा, सङ्गत र प्रस्तावबाट साहित्यिक पत्रिका मार्फत विचार प्रवाह गर्ने अश्र ठानेर आएँ । सिउँडी पत्रिका ५ अङ्कसम्म प्रकाशित भएपछि मेरो बिहे भयो । त्यसपछि जीवनले अर्कै मोड लियो र २०२८ सालदेखि सिउँडीको प्रकाशन पनि बन्द भयो । मेरो साहित्यिक पत्रकारिताको पहिचानको यात्रा पनि टुङ्गियो । सिउँडी दर्ता हुन नपाईकन प्रकाशनले विश्राम लियो ।
साहित्यिक पत्रकारितामा अबको अवस्था कस्तो देख्नुभएको छ ?
विद्यूतीय प्रविधिका कारण साहित्यिक पत्रकारितामा पहिलेको भन्दा केही सुधार आएको छ । तर अन्य कारणले अझै पनि साहित्यिक पत्रकारिताको अवस्था नाजुक नै छ । पहिले रूपरेखाले कति साहित्यकारहरू जन्मायो तर निरन्तरता पाउन सकेन । पहिलेको साहित्यिक पत्रिकामा अभिव्यक्ति रचनाले निरन्तरता दिएको छ तर सहजता पक्कै पनि छैन होला । समाचारमूलक पत्रिकाको बाढी नै आएको छ, सुधार र सुविधा पनि आशाजनक छ तर साहित्यिक पत्रिकाको सुधार आशाजनक छैन । राम्रा साहित्यिक पत्रिका गरिमाको अवस्थात दयनीय छ भने अन्य व्यक्तिगत प्रयासमा निस्कने साहित्यिक पत्रिकाबारे त के भनौँ र ¤
साहित्यिक पत्रकारका रूपमा तपाईं आफूलाई कहाँनेर पाउनुहुन्छ ?
खै अब यो कुरो समयले नै बताउला । स्तम्भकारका रूपमा निकै साहित्यिक पत्रिकाहरूमा काम गरेँ । तर यस बेला यी सबै ऐतिहासिक पृष्ठभूमिमा रहेका छन् । जतिखेर म स्तम्भ लेख्थेँ, धेरैले मन पराउँथे ।
तपाईंको सम्पादनमा निस्किएका साहित्यिक पत्रिकाहरू बारे केही बताइदिनु न ।
सिउँडी र प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने कविताका केही अङ्कहरू मैले सम्पादन गरेँ । आफ्नो विचार सम्प्रेषण गर्न पाएकोमा सिउँडीको सम्पादनमा रमाएँ र प्रकाशनको सहजताका लागि कविताबाट । सिउँडी प्रकाशनको सहकार्यले मलाई ऊर्जा दिन्थ्यो तर अन्य व्यावस्थापनमा कठिनाई पथ्र्यो त्यस्तो कठिनाइ कवितामा परेन ।
साहित्यिक पत्रिकाको निरन्तरता नहुने जटिल कुरा के हुन् ?
कुनै पनि कार्य निरन्तरताका लागि पहिलो कुरा त प्रतिबद्धता नै हो । प्रतिबद्धता नहुनु, आर्थिक कठिनाइ हुनु, साहित्यिक ज्ञान र सीपमा कमी हुनु, रचना सङ्कलन र छनोटमा कठिनाइ हुनु मुख्य कारण हो । पत्रिका प्रकाशन गर्नु सामूहिक कार्य हो । समूहले आआफ्नो दायित्व बोध नगर्दा निरन्तरता पाउन सक्दैन । समयसापेक्ष पाठकको अभिरुचिको जानकारी लिन नसक्नु, व्यवस्थापनको कमी कमजोरीबाट पनि निरन्तरता हुन सक्दैन । साहित्यिक पत्रिकाको निरन्तरताका लागि सरकार तथा गैरसरकारी निकायले विशेष सुविधा दिएर अर्थात् केही प्रतिहरू पत्रिका खरिदको व्यवस्था गरिदिएर प्रोत्साहित गर्न सके आर्थिक मारबाट राहत पाउँथे र निरन्तरता हुन सक्थ्यो ।
साहित्यिक पत्रकारितामा नारीहरूको निरन्तरता नहुनु र सहभागितामा न्यून किन रहेको छ ?
पहिलो कुरो त रुचि नै हो । दोस्रो कुरो नारीलाई साहित्यिक पत्रकारितातिर उत्प्रेरणा दिने कुनै त्यस्तो व्यवस्था नै छैन । सञ्चार पत्रकारितालाई झैँ साहित्यिक पत्रकारितालाई पनि पाठ्यसामग्रीका रूपमा अध्यायन गराउन सके नारीहरूमा आकर्षण बढ्थ्यो कि ¤ नारीहरू समय दिन सक्ने अवस्थामा पनि हुन्नन् । पुरुषबाट नै निरन्तरता दिन नसकिरहेको यो क्षेत्र नारीहरूको समस्या त झन् जटिल छ । यस्तो अनेक समस्याका कारण अन्य देशका नारीहरूद्वारा सम्पादित÷प्रकाशित राम्रा राम्रा साहित्यिक पत्रिकाहरूले पनि निरन्तरता पाएको पाइँदैन ।
साहित्यिक पत्रकारहरूको विशेषज्ञता केमा हुनुपर्छ ?
रचना सङ्कलन, सम्पादन, डिजाइन, बजार व्यवस्थापन आदिमा ध्यान दिनुपर्छ । साहित्यिक पत्रकारहरूले पाठकलाई रुचिकर कसरी बनाउन सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ । यो बौद्धिक क्षेत्र हो, पाठकलाई चेतना दिन जरुरी छ । यो काम सम्बन्धित सम्पादक र प्रकाशकसँगै यो क्षेत्रकै सबै मानिसहरूको सामूहिक सहभागिताबाट मात्र सम्भव देखिन्छ । सम्पादकको चौतर्फी सोच हुन जरूरी छ ।
साहित्य र साहित्यिक पत्रकारितामा के भिन्नता छ ?
साहित्यिक पत्रिकाका लागि साहित्यिक रचना हुन जरूरी छ । साहित्यिक रचना बेगर साहित्यिक पत्रिका हुन सक्दैन । साहित्यिक पत्रिका सार्वजनिक हुन्छ, सबैको र सबैका लागि हुनुपर्छ । तर साहित्य लेख्ने साहित्यकारले विचार प्रवाह भयो÷भएन, त्यसको हेक्का हुन्न । साहित्यिक पत्रिकाले उसको रचना प्रवाह गरेर पाठक सामुन्ने पु¥याउनु पर्छ । साहित्य एउटा व्यक्तिको विशुद्ध अनुभूतिको लेखन हो । साहित्यिक पत्रकारिता साहित्य समायोजनको मञ्च हो । साहित्य, साहित्यकारबाट सिर्जना हुन्छ त्यो सिर्जनालाई प्रवाह गरेर साहित्यिक पत्रकारितामा लाग्नेले पाठक सामु पु¥याउनु पर्छ । साहित्य लेख्ने साहित्यकार तटस्थ पनि हुन सक्छ, साहित्यिक पत्रिका तटस्थ हुन सक्दैन ।
साहित्य लेखन र सम्पादनमध्ये कुनमा बढी रमाउनु सक्नु हुन्छ ?
सिर्जनशील साहित्यमा आनन्द आउँछ । तर व्यक्तिगत मेरो विचार भन्दा सामूहिक विचार प्रभावकारी हुनाले साहित्यिक पत्रकारितामा रमाउँछु । सामूहिक विचारले पाठकलाई प्रभाव पर्छ । त्यसैले साहित्यिक पत्रकारिता जरुरी छ ।
साहित्यिक पत्रकारिता गरिरहेका नारीहरूलाई केही सुझाव ¤
साहित्यिक पत्रकारिता गरिरहनुभएका नारीहरूले निरन्तरता दिने प्रयास गर्नुपर्छ । अध्यायन गरेर अलि समयसापेक्ष र रुचि अनुकूल निकाल्नुपर्छ । विभिन्न विधा, रुचि र क्षेत्रलाई समेटेर निकाल्ने प्रयासमा जुट्नुपर्छ भन्छु म ।
  
प्रस्तुति : लक्ष्मी उप्रेती

000


अन्तर्वार्ता 

साहित्यिक पत्रिकामाथि भेदभाव भएको छ 
मोहन दुवाल
(प्रधान सम्पादक : जनमत, साहित्यिक मासिक)


साहित्यिक पत्रकारिता कस्तो हुनुपर्छ ?
सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो भन्न सकिन्छ । यसको प्रभावकारिता र महŒव आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसक्नु आजको वास्तविकता हो । सिर्जनात्मकता प्रस्तुत गरिने, बौद्धिकता यसको विशेषता रहेको पत्रकारिता भएर पनि यस साहित्यिक पत्रकारिता जस्तो रूपमा प्रकाशित हुनुपर्ने हो सो भएको देखिँदैन । यसका कारणहरूमा छन् ः १) राज्यबाट जति सहयोग हुनुपर्ने हो सो भएको देखिँदैन । २) लगानीकर्ताहरू यस क्षेत्रमा लगानी गरेर आएको पाइँदैन । ३) आम पाठकहरू साहित्यबाट प्रभावित छैनन् । यी आदि कारणले साहित्यिक पत्रकारिताको रूप र ढङ्ग त्यति प्रभावकारी ढङ्गको देखिँंदैन । 
साहित्यिक पत्रकारिता गर्न कत्तिको सहज छ ?
निजी क्षेत्रको साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन् । सहज छैनन्† तर पनि सम्पादक÷प्रकाशकहरू सेवाको भावनाले उत्प्रेरित रहेर साहित्यिक पत्रकारिता गर्नेहरू कर्मशील छन् । स्रोत साधन र बौद्धिक जनशक्तिको अभावमा साहित्यिक पत्रकारिता गर्नु गाह्रो विषय हो । सहज नभएर पनि समर्पण भावकै उत्प्रेरणाले साहित्यिक पत्रिकाहरू प्रकाशित हुन्छन् ।
साहित्यिक पत्रकारिताका लागि महŒवपूर्ण पक्ष के होला ?
साहित्यमार्फत् देश, समाज र जनमानसमा चेतना फिँजाउने उद्देश्यसहित प्रभावशाली ढङ्गका विविध विधामा लेखिएका लेख–रचना सम्प्रेषण गर्नु नै साहित्यिक पत्रकारिताका लागि महŒवपूर्ण पक्ष मानिन्छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना कुन उद्देश्यले कहिले भयो ?
साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापित नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना वि.सं. २०६३ मा मात्र भएको हो । 
उद्देश्य अनुरूप कत्तिको सफल हुन सकेको छ यो सङ्घ ?
देशभरका साहित्यिक पत्रकारहरू छन् । यसर्थ यो संस्था नेपालका साहित्यिक पत्रकारहरूको आधिकारिक साझा छाता संस्था पनि हो । साहित्यिक पत्रिकाहरूलाई वर्गीकरणमा पार्ने कार्यदेखि थुप्रै जिल्लामा पुगी साहित्यिक पत्रकारिताको परिचय दिने अभियानमा र साहित्यिक पत्रिकाहरूलाई सम्मान गर्ने कार्यमा सफल रहेको देखिए तापनि साधनस्रोतको अभावले जति हुनुपर्ने हो, ती उद्देश्यहरू अनुरूपका कार्यहरू सबै भएको जस्तो देखिँदैन ।
साहित्यिक पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि नेपाल सरकारले कस्तो नीति लिएको छ ?
साहित्यिक पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि सरकारले देखेजस्तो, नदेखेजस्तो गरेर व्यवहार देखाउँदै आएका छन् । राज्यले साहित्यिक पत्रकारिताको हैसियत र महŒवको आँकलन नै गरेनन् । पाइरहेको सुविधा कटौती गर्ने, सहुलियत नदिएर पनि सहुलियत पाइरहेको जस्तो देखाउने समाचार पत्रकारिता सँगसँगै हिँड्नुपर्ने नियम–उपनियमहरू बनाउँदै जानेजस्ता अदूरदर्शी व्यवहारहरू सरकारका तर्फबाट भएका छन् । साहित्यिक पत्रकारिताले नै नेपाली साहित्यको इतिहास निर्माणमा अग्रिम भूमिका खेल्दै आएको इतिहासलाई बिर्सेर समाचार–पत्रिकालाई दिएजस्तो कुनै पनि सुविधाहरू दिन हिच्किच्याइरहेको आजको अवस्था हो । माथि नै भनेजस्तो गरेजस्तो गर्ने उल्टो च्याप्ने व्यवहार मात्र भएको छ । वर्गीकृत विज्ञापनमा पनि भेद गर्ने, पुरस्कार राशीमा कटौती गर्नेजस्ता अनेकौँ जञ्जाल तेस्र्याइदिएर वाधा–व्यवधान पु¥याइदिने कार्यहरू भएका छन् । त्यसैले भन्नुपर्छ– सरकारले गर्नुपर्ने, गर्न सकिने संरक्षण साहित्यिक पत्र–पत्रिकालाई पु¥याइरहेको छैन । कुरोमा कुरो हुन्छ† तर व्यवहार भोग्दा तीतो मात्र भोग्नुपर्छ ।
सूचना विभाग, प्रेस काउन्सिलबाट साहित्यिक पत्रिकालाई कत्तिको सहयोग गरेको पाउनुहुन्छ ?
माथिकै कुराहरूले नै यसको जवाफ दिन्छ । सुख्खाक्षेत्र, बलौटे भूभागजस्तो देखिँदो यो क्षेत्रमा लाग्नेहरूको ताँती छैन । न्यून सङ्ख्यामा भाषा–साहित्यको सेवा गर्ने उद्देश्य बोकेर लाग्नेहरू छन्† तिनीहरूका लागि भरोसालाग्दा सहयोगहरू प्राप्त छैनन् ।
साहित्यिक पत्रकारिता गर्ने पत्रकारहरूको समस्यालाई नेपाल साहित्यिक पत्रकार सङ्घले के–कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
समस्याले ग्रस्त यो देशमा सबै क्षेत्रमा अनेकौँ खालका समस्याहरू मडारिएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घले कम्तिमा साहित्यिक पत्रकारहरूलाई गोलबन्द गर्ने महŒवपूर्ण कार्य गरेर, वर्गीकरणमा साहित्यिक पत्रिकालाई पार्ने कार्य गरेर, देशका ठाउँ–ठाउँमा पुगेर साहित्यिक पत्रकारिता सङ्गोष्ठी गर्नुका साथै साहित्यिक पत्रकारहरूको सम्मान गर्ने परम्परा थालनी गरेर ऐतिहासिक कार्य गरेको छ । धेरै कुरा र कार्य गर्न बाँकी छन् – यसको तत्परताका लागि हामी क्रियाशील छौँ ।
साहित्यिक पत्रकार सङ्घको अवस्था अब कस्तो छ त ?
सङ्घको अवस्था मन रहेर पनि सुकिलो, फुर्तिलो ढङ्गले हिँड्न नपाएको व्यक्तिको जस्तै छ । बहालमा एउटा कोठा लिइएको छ– कहिले हामी आफैं पालो मिलाएर कोठा बहाल तिर्छौैं । कहिले पालो–पालो कार्यालय कुर्छौैं । सरकारबाट सिरीखुरी वर्षका लागि भनेर रु. १ लाख सहयोग भएको छ । अनुदान आएको रकम मुद्दतीमा सुरक्षित ढङ्गले राखेका छौँ । एउटै साहित्यिक पत्रकार सङ्घ बनाउने अभियानमा छौँ† तर काकताली मिलिराखेको छैन ।
साहित्यिक पत्रिकालाई स्तरीयता बनाउन कुन–कुन निकायले के–कस्ता कदम चाल्नु पर्ला ?
साहित्यिक पत्रकारितालाई स्तरीय तुल्याउन धेरै खालको चाँजोपाँजोको व्यवस्थापन अनिवार्य हुन्छ । यो क्षेत्रमा पूँजीपतिहरूले लगानी गर्न पटक्कै रुचाएनन्, सरकारले यसको गहनताबारे बेवास्ता गरेर, समाचार पत्रिकालाई जस्तो पनि सहयोग नगरेर सौतेनी व्यवहार भएका छन् जुन अनुपयुक्त र पक्षपाती व्यवहार हो । व्यक्तिको रहरमा व्यक्तिले छाक कटाएर प्रकाशन गरिरहेको आजको साहित्यिक पत्रकारितालाई स्तरीयतामा पु¥याउन कठिन सङ्घर्ष गर्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण व्यवहार गरेर संरक्षण गर्ने सोच बनाइदिएको खण्डमा, राज्यले दिन सकिने सबै खालका सहुलियतहरू प्रदान गरेर, साहित्यिक पत्रकारहरूको प्रतिनिधित्व सबै क्षेत्रमा गराएमा पत्रिकालाई निकै स्तरीय बनाउन सकिन्छ ।
साहित्यिक पत्रकारितामा नारीहरूको अवस्था सहभागिता कस्तो रहेको पाउनु भएको छ ?
पुरुषहरूको सहभागितामा नै न्यून रहेको यो क्षेत्रमा नारीहरूको सहभागिता जति हुँदै आएको छ, त्यो सराहनीय ढङ्गमा सक्रिय छन् । शशिकला शर्माले ‘स्वास्नीमान्छे’को बिँडो थामेर देखापरेको साहित्यिक पत्रकारिता अभियानमा भुवन ढुङ्गानाले ‘सिउँडी’ कोरेर, कुन्ता शर्माले ‘सङ्कल्प’ बोकेर आफ्नो साहित्यिक पत्रकारिताको अभियान देखाउँदै आएका कार्यहरू भुलिनसक्नु छ । हालसम्म पनि सक्रिय साहित्यिक पत्रकारका रूपमा देखापर्दै आएको नारी पत्रकारहरूमा रुक्मिणी श्रेष्ठ, लक्ष्मी उप्रेती, भारती श्रेष्ठ, हिरण्यकुमारी पाठक, मेरिना स्मृति, बालिका गिरी, सरस्वती शर्मा ‘जिज्ञासु’, शिवानी घिमिरे आदि छन् । त्यसैले भन्न सकिन्छ साहित्यिक पत्रकारितामा नारीहरूको अवस्था उल्लेखनीय र प्रशंसनीय नै रहेको देखिन्छ ।
साहित्यिक पत्रकारितामा यहाँको अनुभव ?
साहित्यिक पत्रकारिता गरेर गौरव महसुस गरेको छु । घाटा र असहुलियत व्यहोरेर पनि किञ्चित कुण्ठा व्यहोरिएन । यस क्षेत्रमा लागेर काम छैन भनेर हात बाँधेर बस्नु परेन† सधैँ सक्रिय रहन पाउनु पनि यस क्षेत्रमा लाग्नुको विशिष्टता भएको छ । घाटा जीवनमा सहेर ऊर्जा मनमा साँचेर बाँच्न पाउनु नै यस क्षेत्रमा लाग्दाका अनुभूतिजन्य अनुभवहरू हुन् ।
नेपाल साहित्यिक पत्रकार सङ्घको भावी योजना बारे सङ्क्षिप्तमा ?
देशभरका साहित्यिक पत्रकारहरूको अध्यावधिक तथ्याङ्क खिँचेर विस्तृत इतिहास निर्माण गर्नु, साहित्यिक पत्रकारहरूको परिचय खुलाउन अभियान चलाउनु, एक अर्कोमा साहित्यिक पत्रकारिताको भावनामा भावना थपिदिएर गोलबन्द तुल्याउनु, साहित्यिक पत्रकारिताको हक–हितमा आवाज बुलन्द तुल्याउँदै जानु नै हाम्रो भावी योजना र कार्यक्रम हुनेछ ।
तपाईं साहित्यकार कि साहित्यिक पत्रकार भन्नमा आफूलाई गर्व गर्नुहुन्छ ?
साहित्यकार भएर साहित्यिक पत्रकारिता गर्न पाउँदा खुसी छु । साहित्यिक पत्रकारका रूपमा चिनिएका साहित्यकार भएर साहित्य र भाषाको क्षेत्रमा सङ्लग्न हुन पाएर दङ्ग छु । साहित्यकार÷साहित्यिक पत्रकारका नाममा आफूलाई समर्पित तुल्याएर राष्ट्रमा देखाउन सक्रिय भइरहँदा सबै थोक पाएजस्तो, विजयगान गाउँजस्तो पो प्रतीत हुन्छ । त्यसैले मलाई साहित्यकारसँग साहित्यिक पत्रकार र साहित्यिक पत्रकारबाट साहित्यकार छुट्याउन मन लाग्दैन । दुवै जोडिएर ‘म’ भएको जस्तो लागेको हुँदा छुट्याएर मोहन दुवाल बन्न मन लागेन – यसैमा म सङ्घर्षरत छु ।
प्रस्तुति :  लक्ष्मी उप्रेती

1 comment:

  1. पढ्ने मौका पाइयो साह्रै राम्रो लाग्यो आलेखन वर्ष ६ अंक २ को अनलाइन साहित्यिक पत्रिका

    ReplyDelete