Friday, March 9, 2018

'लुसुनका निबन्ध : सामाजिक तथा राजनीतिक महत्व' विषयक गोष्ठी सम्पन्न ।


चिनियाँ साहित्यकारबारे नेपालमा चर्चा : को हुन् लु सुन ?

काठमाडौँ, १९ फागुन २०७४ – साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण तथा राजनीतिक परिवर्तनमा चिनियाँ साहित्यकार ‘लु सुन’ को महत्वपूर्ण भूमिका रहेको औँल्याइएको छ । 

देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लु सुनका निबन्ध : सामाजिक तथा राजनीतिक महत्व’ विषयक अन्तक्र्रियाका वक्ताले लु सुनका निबन्धले अन्तर्राष्ट्रिय रुपमै सामाजिक चेतना अभिवृद्धि गर्न योगदान पुगेको बताए ।

चीनका विभिन्न प्रान्तबाट आएका विज्ञहरुले साहित्यकार लु सुनको साहित्यिक जीवन र चिनियाँ सांस्कृतिक क्रान्तिमा पु¥याएको योगदानको व्याख्या गर्दै आजको सन्दर्भमा पनि लुका सांस्कृतिक दर्शन सान्दर्भिक भएको उल्लेख गरे ।

नेपाली लेखक तथा साहित्यकारको जमघट रहेको उक्त कार्यक्रमका चिनियाँ साहित्यकार लु नेपालको कम्युनिष्ट आन्दोलनका लागि प्रेरक भएको पनि व्याख्या गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चिनियाँ साहित्यका पिताका रुपमा मानिने साहित्यकार लु सामाजिक रुपान्तरण अभियन्ताका रुपमा पनि स्थापित भएको र उहाँका ग्रन्थ नेपाली अध्येताका लागि उपयोगी हुने बताए । 

उनले साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रतिष्ठानले आफ्नो भूमिकालाई बढाएको सन्दर्भमा यस्ता कार्यक्रमले आपसी संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे । 

देवकोटा लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागार्इंले चीनको आधुनिक साहित्यका प्रवद्र्धक लु चिनियाँ सांस्कृतिक क्रान्तिको रुपान्तरण तथा नेपालको कम्युनिष्ट आन्दोलनका प्रेरक भएको उल्लेख गरे । 

कार्यक्रममा लु सुन सङ्ग्रहालय बेइजिङका कार्यकारी निर्देशक हुवाङ कियाओसेङ, विज्ञहरु वाङ जियापिङ, झाओ जिनहु, दोङ विन्गुये र जियाङ यिछिनले लुका विविध पक्षबारे उल्लेख गर्दै उहाँको सिर्जनात्मक निबन्धले चीनको सांस्कृतिक क्रान्तिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुगेको बताए । 

सो अवसरमा लुका शास्त्रीय शैलीका कविताहरु द्विभाषीय संस्करण’ नामक कृति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरेका थिए । लुका कवितालाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिएको छ । 

त्यसैगरी, नेपालमा लु सुनबारे पहिचान गराउन योगदान पु¥याउने साहित्यकार शान्तदास मानन्धरलाई नगद रु ५० हजारसहित सम्मान गर्ने घोषणा गरियो । उक्त पुरस्कार आगामी कार्यक्रममा प्रदान गरिने संस्थाले जनाएको छ । 

साहित्य क्षेत्रबाट समाजमा भएका विकृतिबारे चिरफार गर्ने लु सुनले शुरुमा आलोचनात्मक ढंगले समाजलाई बदल्न महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँका सामाजिक तथा राजनीतिक परिवर्तनसँग जोडिएका धेरै कृति छन् जुन चीनमा मात्र नभई अन्य एशियाली मुलुकमा समेत चर्चित छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन सर्वोच्च नेता माओत्सेतुङले साहित्यकार लु सुनलाई चीनको सांस्कृतिक क्रान्तिको कमाण्डरको रुपमा समेत व्याख्या गरेका थिए ।



http://lokaantar.com बाट 

फागुन १९, २०७४ मा प्रकाशित
----------------------------------------------


A discussion of essays by Lu Xun 



Mar 6, 2018-A discussion of essays by Lu Xun, widely known as the father of modern Chinese literature, was recently held in the Capital. The discussion, titled Writings of Lu Xun: Their Sociopolitical Importance, was organised by the Devkota-Lu Xun Academy at the premises of the Nepal Academy for Language, Literature, and Social Sciences in Kamaladi. The speakers emphasised Lu Xun’s global influence with regards to “socially conscious” literature.
Speaking at the event, Ganga Prasad Upreti, chairperson at Nepal Academy, said Lu Xun’s writings “relay to the reader a transformative vision of society that can easily be applied to Nepal’s present day context.” Upreti also claimed that the cross-pollination of literature has strengthened cultural ties between Nepal and China. 
Lu Xun, whose writings had often lampooned the excesses of the Chinese ruling class, had also brought to the fore stories of the poor and marginalised—as such he is regarded as having influenced the communist revolution in China as well as communist thought across the world. The event also saw Shantadas Manandar awarded with the ‘Devkota-Lu Xun Prize’ as well as a purse of Rs 50,000 for his contributions to popularising Lu Xun’s works in Nepal. Further discussions regarding Nepali and Chinese literature are expected to be held at the Nepal Academy in the near future.


Published: 06-03-2018 08:40

-------------------------------------------------------------











































No comments:

Post a Comment