Saturday, October 1, 2016

नेपाल साहित्यिक पत्रकार सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल साहित्यिक पत्रकार सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन  २०७३ साल असोज १५ गते एक समारोहका बीचमा प्रेस काउन्सिल , नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले गर्नुभयो । काठमाण्डुको बागबजारस्थित हार्दिक होटलमा  आयोजना गरिएको सम्मेलनको प्रथम तथा उद्दघाटन सत्र सङ्घका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  उक्त अवसरमा  साहित्यिक पत्रकारिता मार्फत राष्ट्रलाई  लामो योगदान दिनुभएका साहित्यिक पत्रकारहरु दाहाल यज्ञनिधि, कृष्णप्रसाद दुवाल, दिल वरदान र सुवास श्रेष्ठलाई सम्मान गरिएको थियो । उद्घाटन सत्रमा सङ्घका महासचिव मोहन दुवालले स्वागत मन्तव्य र उपाध्यक्ष लक्ष्मी उप्रेतीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र बिष्टले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

सम्मेलनको दोस्रो सत्रमा वरिष्ठ साहित्यिक पत्रकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा धिरकुमार श्रेष्ठ र माधव पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन भयो ।  बन्दसत्रमा महासचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदन र बिधान संसोधन प्रस्ताव र कोषाध्यक्ष नवराज पुडासैनीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित भयो।

सम्मेलनले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गर्‍यो । त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा मातृका पोखरेल, उपाध्यक्षहरुमा - वियोगी बुढाथोकी , लक्ष्मी उप्रेती , रामप्रसाद पन्त, नवराज पुडासैनी 'ज्योत्स्ना' , महासचिव- मोहन दुवाल, उप - महासचिव - चेतनाथ धमला, सचिवहरु - यादव भट्टराई र होमशङ्कर बास्तोला र कोषाध्यक्षमा नवराज रिजाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा - आरएम डङ्गोल, गणेश राई, ठाकुर शर्मा, राम सञ्जेल, सूर्यप्रसाद लाकोज, सुधीर घिमिरे, गायत्रीकुमार चापागाइँ, लक्ष्मी भट्टराई, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, बालिका गिरी, माधव घिमिरे ‘अटल’, अर्जुनबहादुर तामाङ, डा रेवतीरमण लाल, गङ्गा सुवेदी, प्रकाश सिलवाल, श्रीराम श्रेष्ठ, रामेश्वर राउत ‘मातृदास’, विष्णु भण्डारी, नरेशवीर शाक्य, अशोक सुवेदी, दीपसागर पन्त, बालकृष्ण गैह्रे, ऋद्धिरमण घिमिरे निर्वाचित हुनुभएको छ ।


























































































































=======================================

बिभिन्न सञ्चार माध्यमहरुमा सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन  


अन्नपूर्ण पोष्ट दैनिक , वर्ष - १५ , अङ्क - १५५, असोज -१६, २०७३

=================================================
प्रभाव दैनिक , २०७३ साल असोज १९ गते

==============================================================

गोरखापत्र दैनिक , वर्ष- ११६, अङ्क - १५०, असोज -१६, २०७३ 


No comments:

Post a Comment